नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
पाठ ४
चेका डायरीमा उनले लेखेका वृत्तान्तहरूबाट सफलताको सम्भावनाहरूको यथार्थता तथा छापामार सङ्घर्षको असाधारण उत्प्रेरक शक्ति कति छ भन्ने कुरा देख्न सकिन्छ । बोलिभियाली सरकारको कमजोरी तथा तीव्र पतनको सन्दर्भमा उनले लेखे, “सरकार तीव्रगतिमा विखण्डित भइरहेको छ हामीसँग थप १०० जना व्यक्ति नहुनु लज्जाको कुरा हो ।”
क्युवामा आफ्नो अनुभवको कारण चेलाई हाम्रो सानो छापामार समूह कतिपटक समाप्त हुने अवस्थामा पुगेको थियो भन्ने कुरा थाहा थियो । यस्ता कुराहरू केही हुन्छ भने त्यो पूर्णतः युद्धको सम्भावना र अवसरहरूमा भर पर्दछ । तर, यस्तो सम्भावनाले के कसैलाई हाम्रो बाटो गलत छ भन्ने अधिकार दिन्छ ? के त्यसले क्रान्तिलाई निरुत्साहित गर्ने उदाहरण तथा जनतामाझ शक्तिहीनताको भावना भर्ने उदाहरण प्रस्तुत गर्छ ?
इतिहासमा धेरैपटक क्रान्तिकारी प्रक्रियाहरू कठीन श्रृङ्खलाहरूबाट सुरु भएको छ । हाम्रै क्युवामा पनि के हामीले जनताको सशस्त्र सङ्घर्षको निश्चित विजय हुनुभन्दा ६ वर्षपूर्व मोन्काडाको अनुभव गरेका थिएनौँ ?
सान्टियागो डे क्युवा (Santiago de Cuba) को मोन्काडा व्यारेकमा २६ जुलाई १९५३ मा भएको आक्रमणदेखि सन् १९५६ डिसेम्बर २ को दिन ग्रान्मा जहाज क्युवामा पुग्दासम्मको अवधिमा आधुनिक तथा हतियारहरूले सुसज्जित सेनासँगको क्रान्तिकारी सङ्घर्षमा धेरै जनताले सफलताको कुनै पनि सम्भावना देखेका थिएनन् । मुट्ठीभर योद्धाहरूको क्रियाकलापलाई ठुलो गल्ती गर्ने आदर्शवादी विचारको रूपमा हेरियो ।
५ डिसेम्बर, १९५६ मा अनुभवहीन छापामार समूहको पराजय तथा तित्तर–वित्तरले त्यस्ता निराशावादी अनुमानलाई सत्य साबित गरेको देखियो । तर, २५ महिनाभित्रै त्यो छापामार समूहका अवशेषहरूले उही सेनालाई अप्ठेरोमा पार्न आवश्यक शक्ति र अनुभव विकसित गरे ।
सबै समयमा तथा सबै परिस्थितिमा सङ्घर्ष नगर्नका पर्याप्त निहुँहरू सधैँ हुनेछन् । तर, सङ्घर्ष नगर्नु कहिल्यै स्वतन्त्रता प्राप्त नगर्ने एउटैमात्र बाटो हो । चे आफ्ना विचार जत्तिकै लामो समयसम्म बाँचेनन् । तर, उनले आफ्ना विचारलाई आफ्नो रगतले सिँचे । आफ्नो राजनीतिक कायरता तथा सङ्घर्षको अभावसँगै चेलाई आलोचना गर्ने झूटा क्रान्तिकारीहरू तिनीहरू आफ्नै मूर्खताको प्रमाणको रूपमा बाँच्नेछन् ।
के कुरा ध्यान दिन योग्य भने ल्याटिन अमेरिकामा भइरहेको आफ्नैखाले क्रान्तिकारी नमुनाहरूका कामहरू त्यसै दैनिकीमा उल्लेख छन् । बोलिभियाली कम्युनिस्ट पार्टीको सचिवको रूपमा मारियो मोन्जे (Mario Monje) ले आन्दोलनको राजनैतिक र सैनिक नेतृत्वको विषयमा चेसँग विवाद गरे । यो जिम्मेवारी लिन आफ्नो पार्टी पदबाट राजीनामा दिने उनको आशय रहेको मान्जेले दाबी गरे । उनको विचारमा यस्तो अधिकारको दाबी गर्न एकपटक त्यस्तो पदमा रहनु पर्याप्त थियो ।
मारियो मोन्जेसँग स्वाभाविक रूपमा छापामार युद्धको कुनै अनुभव थिएन । उनी लडाइँमा पनि कहिल्यै गएका थिएनन् । यसका अतिरिक्त आफूलाई एउटा कम्युनिस्ट ठान्ने उनले कम्तीमा पनि समग्रमा र व्यवहारिक रूपमा ठुलो राष्ट्र अहङ्कारवादबाट आफूलाई मुक्त गर्नुपथ्र्यो जसरी बोलिभियाको प्रथम स्वाधीनताको लागि सङ्घर्ष गर्नेहरू त्यसबाट मुक्त थिए ।
ठुलो राष्ट्र अहङ्कारवादको धारणा राख्ने ‘कम्युनिस्ट नेताहरूले’ युरोपेली उपनिवेशहरूद्वारा दबाइएको बेलाको आदिवासी जनजातिहरूको अन्तर्राष्ट्रवादको स्तरलाई समेत नाघ्न सकेन भन्ने यस महादेशको साम्राज्यवादविरोधी सङ्घर्षबारे तिनीहरू के कस्तो धारणा राख्ने होलान् ।
बोलिभिया र त्यसको ऐतिहासिक राजधानी सुक्री (Sucre) सो देशका प्रथम मुक्तिदाताहरू सिमोन बोलिभार (Simon Bolivar) र उन्टोनियो जोसे डी सुक्री (Antonio Jose de Sucre) को नामबाट राखिएको थियो । ती दुवै भेनेजुयाली थिए । त्यो देशको कम्युनिस्ट पार्टीका नेतासँग आफ्ना जनताको अन्तिम मुक्ति सङ्घर्षका लागि एक सच्चा क्रान्तिकारी व्यक्तित्वको राजनीतिक, साङ्गठनिक र सैनिक क्षमताको सहकार्यको प्राप्ति सम्भावना थियो । बोलिभियाको सिमानासम्मको साँघुरो र कृत्रिम क्षेत्रको उद्देश्य नराख्ने व्यक्तिको सहकार्य प्राप्त गर्ने सम्भावना उनले पाएका थिए । तर, उनले नेतृत्वको विषयमा अपमानजनक, हास्यास्पद र अनुचित दाबीहरू गरे ।
बोलिभियाको समुद्रसम्म पहुँच थिएन । आफ्नो मुक्तिको लागि तथा क्रूर नाकाबन्दीलाई पञ्छाउन त्यस देशलाई भन्दा बढी आफ्ना छिमेकी देशहरूको क्रान्तिकारी विजयको आवश्यकता थियो । आफ्नो ठुलो अधिकार, क्षमता र अनुभवको कारण चे त्यस्ता व्यक्ति थिए जसले त्यो प्रक्रियालाई तीव्र बनाउन सक्थे ।
बोलिभियाली कम्युनिस्ट पार्टीमा विभाजन आउनुपूर्व चेले त्यसका नेता र सदस्यहरूसँग सम्बन्ध स्थापना गरेर दक्षिण अमेरिकाको क्रान्ति आन्दोलनको निम्ति वर्षाैँसम्म मिलेर विभिन्न क्षेत्रमा काम गरेका थिए । विभाजनपछि विशेष परिस्थितिको सृजना भयो, उनीसँग काम गरिरहेका सदस्यहरू एउटा वा अर्को समूहमा परे । तर, चेले बोलिभियाको सङ्घर्षलाई एउटा पृथक सङ्घर्षको रूपमा लिई दक्षिण अमेरिकाका अन्य देशहरूमा चाँडै फैलने क्रान्तिकारी मुक्ति आन्दोलनको एक भागको रूपमा लिए । साम्प्रदायिक भावनाबाट मुक्त, साम्राज्यवादद्वारा दबाइएका ल्याटिन अमेरिकाका सम्पूर्ण जनता तथा बोलिभियाको मुक्तिको लागि सङ्घर्ष गर्न चाहने जोकोही सामेल हुनसक्ने आन्दोलन सङ्गठित गर्न उनले खोजेका थिए ।
छापामार एकाइको लागि एउटा आधार स्थापना गर्ने कामको पहिलो चरणमा पार्टी विभाजनको बेला थियो । मोन्जेको नेतृत्वमा रहेको पार्टीका साहसी र होशियार सदस्यहरूको समूहको मद्दतमा चे भरपरेका थिए । मोन्जेप्रति उनको कुनै सहानुभूति नभए तापनि उनले मोन्जेलाई आफ्नो शिविरको भ्रमण गर्न आमन्त्रण गरे । उनले पछि खानी मजदुरहरूका नेता र एक राजनैतिक नेता मोइसेज ग्वेभारा (Moises Guevara) लाई आमन्त्रण गरे । मोइसेज ग्वेभाराले ओस्कार जामोरा (Oscar Zamora) को नेतृत्वमा रहेको अर्को सङ्गठनमा सामेल हुन पार्टी त्यागेका थिए । पछि गएर मोइसेज ग्वेभाराले जामोरा सेनाको मतभिन्नताको कारण यो समूह त्यागेका थिए । जामोरा अर्को मोन्जे थिए । उनले एकपटक चेलाई बोलिभियामा सशस्त्र छापामार सङ्घर्ष संयोजनमा मद्दत गर्ने वाचा गरेका थिए । पछि उनी आफ्नो प्रतिबद्धताबाट पछाडि हटे तथा काममा लाग्नुपर्ने समयमा कायरतापूर्वक हतियार बिसाए । चेको मृत्युपछि जामोरा उनको एक कट्टर माक्र्सवादी–लेनिनवादी आलोचक बने । मोइसेज ग्वेभाराले विनाकुनै शङ्कोच चेसँग सहकार्य गरे किनभने चे बोलिभिया आउनुपूर्व नै उनले त्यो विचार रोजेका थिए । उनले चेलाई समर्थन गरे तथा क्रान्तिकारी उद्देश्यका लागि बहादुरीपूर्वक आफ्नो ज्यान दिए ।
त्यस बेलासम्म मोन्जेको सङ्गठनमा रहेका बोलिभियाली छापामारहरको समूहले पनि चेसँग सहकार्य गरे । साहसी र प्रख्यात योद्धा साबित भएका इन्टि (Inti) र कोको पेरेडो (Coco Peredo) ले मोन्जेलाई त्यागे तथा चेको समर्थन गरे । तर, बदलाको भावनाले प्रेरित मोन्जेले आन्दोलनलाई अन्तरध्वंश गर्न प्रयास थाले । ला पाज (La Paz) मा उनले छापामारहरूसँग सहकार्य गर्न आइरहेको प्रशिक्षित कम्युनिस्ट योद्धाहरूलाई रोके । यी तथ्यहरूले क्रान्तिकारीहरूमाझ पनि असक्षम, कुटिल र आत्मप्रशंसा गर्ने नेताहरूले सङ्घर्षको लागि आवश्यक सबै परिस्थिति पाएका मानिसलाई पनि आपराधिक ढङ्गले निराश बनाउन सक्छन् भन्ने कुरा देखियो ।
चे पद, नेतृत्व र सम्मानप्रति व्यक्तिगत रूपमा रुचि नराख्ने व्यक्ति थिए । सम्पूर्ण ल्याटिन अमेरिकी देशहरूको आर्थिक, राजनीतिक र सामाजिक परिस्थितिको सन्दर्भमा ल्याटिन अमेरिकाका जनताको मुक्तिको लागि गर्नुपर्ने आधारभूत काम क्रान्तिकारी छापामार युद्ध हो भन्ने कुरामा उनी विश्वास गर्थे । छापामार सङ्घर्षको सैनिक र राजनैतिक नेतृत्व एकै हुनुपर्छ भन्ने कुरामा पनि उनी विश्वस्त थिए । सङ्घर्ष सहरहरूमा रहेका कर्मचारीहरूको सुविधाजनक कार्यालयहरूबाट नभई छापामार एकाइबाट मात्र नेतृत्व गर्न सकिने कुरामा उनी विश्वस्त थिए । तसर्थ, पछि गएर ल्याटिन अमेरिकामा व्यापक आकारको सङ्घर्षमा परिणत हुनसक्ने छापामार समूहको नेतृत्व त्याग्न उनी तयार थिएनन् । उनी यस्तो नेतृत्व एक अनुभवहीन, विचारहीन, साँघुरो, ठुलो राष्ट्र अहङ्कारवादी दृष्टिकोण भएका व्यक्तिलाई दिन तयार थिएनन् । यस्तो ठुलो राष्ट्र अहङ्कारवादले ल्याटिन अमेरिकाको विभिन्न देशहरूको क्रान्तिकारी तत्वलाई पनि दूषित पारेको थियो । ठुलो राष्ट्र अहङ्कारवादले प्रतिगामी, हास्यास्पद र अनुत्पादक विचारले नेतृत्व गर्ने भएको हुँदा त्यस प्रवृत्तिविरुद्ध लड्नुपर्ने विश्वास चेमा थियो ।
त्रि–महादेशीय सम्मेलनलाई पठाएको आफ्नो सन्देशमा उनले भनेका थिए, “सच्चा सर्वहारावादी अन्तर्राष्ट्रवाद विकास गरौँ । हामीले जुन झन्डामुनि सङ्घर्ष गरेका छौँ, त्यो सङ्घर्ष मानवताको मुक्तिको पवित्र उद्देश्यको लागि हो । यसकारण, भियतनाम, भेनेजुयला, ग्वाटेमाला, लाओस्, गिनी, कोलम्बिया, बोलिभियाको झन्डामुनि मर्नुस् सशस्त्र सङ्घर्षको वर्तमान दृश्यमात्र उल्लेख गर्नु पनि ल्याटिन अमेरिकी, एसियाली, अफ्रिकी र एक युरोपेलीका लागि उत्तिकै गौरवशाली र आकाङ्क्षाको विषय बन्नेछ ।”
“आफू नजन्मेको भूमिमा पोखिएको हरेक थोपा रगत बाँचेकाहरूले पनि गएर आफ्नै देशमा मुक्ति सङ्घर्षमा लागु गर्ने अनुभव हो । आफैलाई मुक्त गर्ने हरेक व्यक्ति स्वयम् आफ्नो जनताको मुक्तिको लागि हुने सङ्घर्षको एक कदम हो ।”
विभिन्न ल्याटिन अमेरिकी देशहरूका योद्धाहरूले छापामार सङ्घर्षमा भाग लिने तथा बोलिभियाको छापामार सङ्घर्षमा क्रान्तिकारीहरूले युद्धको प्रशिक्षण लिने विद्यालय बन्ने कुरामा चे विश्वस्त थिए । यस काममा उनको मद्दतको लागि उनले बोलिभियाली सँगसँगै लड्न क्युवामा आफ्नो क्रान्तिकारी सङ्घर्षको क्रममा सियरामायस्ट्रामा लडेका आफ्ना सबै कामरेडहरूलाई अनुभवी छापामारहरूको सानो टोली बनाउन अनुरोध गरे । ती कामरेडहरूको क्षमता, साहस र आत्म बलिदानको भावनाप्रति चे अवगत थिए । तीमध्ये कसैले पनि उनको आह्वानको प्रतिउत्तर दिन हिच्किचाएनन्, कसैले उनलाई त्यागेनन् तथा आत्मसमर्पण पनि गरेनन् ।
बोलिभियाली अभियानमा चेले आफ्नो चर्चित दृढता, सीप, आफ्नो पीडा अभिव्यक्त नगर्ने गुण तथा उदाहरणीय प्रवृत्तिसँगै काम गरे । आफूले जिम्मा लिएको अभियानको महत्वप्रति उनी सचेत थिए तथा हरेक समयमा उनी दोष लगाउन नसकिने उत्तरदायित्वको भावनाले अगाडि बढे । जब छापामार एकाइले लापरबाही र गल्ती गथ्र्यो तब उनी तुरुन्तै त्यसप्रति ध्यान दिन्थे, सच्याउँथे र आफ्नो डायरीमा उल्लेख गर्थे ।
उनीविरुद्ध अविश्वसनीय रूपमा कठीन कुराहरू देखापरे । एउटा उदाहरण पृथकता, छापामार समूहको एउटा भाग केही दिनसम्म अर्को भागबाट छुटिनु थियो । सो एकाइमा साहसी व्यक्तिहरूको एउटा समूह थियो । तीमध्ये कोही बिरामीबाट तङ्ग्रेका व्यक्तिहरू थिए ।
एकपटक एउटा उराठलाग्दो दुईवटा समूहबिच सम्बन्ध विच्छेद भयो तथा दुई समूह छुटिए, महिनौँसम्म चे तिनीहरूलाई खोज्ने प्रयासमा लागे । त्यो समयमा साधारण औषधिबाट सजिलै निको हुने उनको क्षयरोग औषधिको अभावमा एउटा भयानक शत्रु बन्यो र उनी बारम्बार त्यसबाट पीडित भए । छापामारहरूले पहिले नै जम्मा गरेका औषधिहरू शत्रुले फेला पारेर कब्जामा लिएपछि त्यो झन् गम्भीर समस्या बन्यो । यो तथ्य तथा उनले सम्पर्क गुमाएको छापामार टोलीको एक भागको पछि विनाशले घटनाक्रमको विकासमा उल्लेख्य प्रभाव पार्यो । तर, आफ्नै दृढ इच्छाशक्तिले चेले आफ्नो शारीरिक कठिनाइहरूमाथि विजय पाए तथा एकक्षणको लागि पनि आफ्नो गतिविधि रोकेनन् वा आफ्नो भावना मर्न दिएनन् ।
चेको बोलिभियाली किसानहरूसँग धेरै सम्बन्ध थियो । तिनीहरूको शङ्कास्पद र सचेत चरित्र चेको लागि कुनै आश्चर्य थिएन । किनभने, अन्य अवसरहरूमा तिनीहरूसँग सम्पर्क गरिसकेको हुनाले चेलाई तिनीहरूको मनोभावनाको राम्रो ज्ञान थियो । आफ्नो उद्देश्यमा तिनीहरूको सहभागिता जित्न लामो, कठीन र धैर्यपूर्वक काम गर्नुपर्ने कुराप्रति उनी अवगत थिए । तर, लामो समयसम्म तिनीहरूले किसानहरूको समर्थन पाउने कुरामा उनलाई कुनै शङ्का थिएन ।
यदि घटनाक्रमहरूलाई ध्यानपूर्वक पछ्याउने हो भने चेले विश्वास गरेका व्यक्तिहरूको सङ्ख्या सानै भए तापनि सेप्टेम्बर महिना, चेको मृत्यु हुनुभन्दा केही हप्ता अगाडिसम्म छापामार एकाइले विस्तार हुने क्षमता राखेको थियो । अहिलेसम्म पनि त्यहाँ इन्टि र कोको पेरेजजस्ता बोलिभियाली कार्यकर्ताहरूले आफ्नो राम्रो नेतृत्वको सम्भावना देखाइरहेका थिए ।
चेका नेतृत्वमा रहेको छापामार समूहविरुद्ध सेनाले गरेको एउटैमात्र सफल कारबाही भनेको सन् १९६७, सेप्टेम्बर २६ मा हिग्युरस (Higueros) मा भएको घात लगाउनु वा शत्रु सेना लुकी बसेको घटना थियो । त्यो घटनाबाट तिनीहरूले पार पाउनै नसक्ने परिस्थिति सिर्जना गरेको देखेँ । दिउँसो उच्च तहको राजनीतिक विकास भएको किसान क्षेत्रमा जान लागेकोमा थापिएको सो धराप (Ambush) मा परेर अगाडि हिँड्ने रक्षक मारिए तथा धेरैजना घाइते भए । त्यस घटनालाई डायरीमा उल्लेख गरिएको छैन । तर, बाँचेकाहरू यस घटनाप्रति राम्ररी अवगत छन् । धेरै दिनसम्म हिँडिरहेको उही बाटोमा दिउँसो हिँड्नु खतरा थियो । पहिलोपटक पार गरिरहेका क्षेत्रका बासिन्दाहरूसँग सम्पर्कमा आउने सम्भावना थियो । कुनै न कुनै बिन्दुमा सेनाले तिनीहरूलाई भेटाउने कुरा स्पष्ट र निश्चित थियो । तर, यो सम्भावनाप्रति सचेत भए तापनि चेले खराब स्वास्थ्य स्थितिमा रहेका चिकित्सक मोरो (Moro) को मद्दत गर्न खतरा मोल्ने निर्णय गरे । धरापमा पर्नुभन्दा अगाडि दिनमा चेले लेखेका थिए हामी पूजीओ (Pujjio) पुग्यौँ तर एकदिन पहिले तल हामीलाई देखेका मानिसहरू त्यहाँ थिए । रेडियोमा हाम्रो बारेमा घोषणा गरिएको थियो । खच्चडहरूका साथ यात्रा गर्नु खतरनाक थियो । तर, चिकित्सक कमजोर अवस्थामा भएको हुनाले यथासम्भव सहज यात्रा गरोस् भन्ने म चाहन्थेँ ।
त्यसको भोलिपल्ट उनले लेखेका थिए, “१३ बजे अगाडि हिँड्ने रक्षकले जाग्वे (Jaguey) जाने तथा त्यहाँ खच्चड र चिकित्सकको बारेमा निर्णय गर्ने प्रयास गरे । उनी सडकबाट ओर्लन र आवश्यक सावधानी अपनाउन, बिरामीको समाधान खोजिरहेका थिए । तर, सोही दिन दिउँसो उनी जाग्वे पुग्नु अगावै घातक घराप विस्फोट भयो तथा छापामार समूह रक्षा गर्न नसक्ने परिस्थितिमा पुग्यो ।”
केही दिनपछि एल युरो (El Yuro) मा चेले आफ्नो अन्तिम लडाइँ लडे ।
यी मुट्ठीभर क्रान्तिकारीहरूले प्राप्त गरेको विजयको कारणले सबैको वातावरणविरुद्धको सङ्घर्ष आफैमा वीरताको अपराजय पृष्ठ थियो । इतिहासमा मुटु छुन्छ । आफ्नो क्रियाकलाप जारी रहेको वैमनस्यतापूर्ण प्राकृतिक कहिल्यै पनि यति सानो सङ्ख्यामा रहेका व्यक्तिहरूले त्यस्तो ठुलो काम गरेका थिएनन् । ल्याटिन अमेरिकाका जनताको अपार क्रान्तिकारी क्षमता जागृत गर्न सकिन्छ भन्ने तिनीहरूको विश्वास तिनीहरू आफैमा रहेको दृढता र यो उद्देश्य पूरा गर्न तिनीहरूले देखाएको विश्वास र दृढताले ती व्यक्तिहरूको सही मूल्याङ्कन गर्छ ।
एकदिन चेले बोलिभियाका छापामार योद्धाहरूलाई भनेका थिए, “यस्तो प्रकारको सङ्घर्षले हामीलाई क्रान्तिकारी र मानव जातिको सबभन्दा उच्च रूप बन्ने अवसर प्रदान गर्छ र हामीलाई मानिस बन्न पनि सक्षम बनाउँछ । यी दुई चरणहरूमध्ये कुनैमा पनि पुग्न नसक्नेहरूले त्यसो भन्नुपर्छ र सङ्घर्ष त्याग्नुपर्छ ।”
उनीसँगै अन्त्यसम्म लड्नेहरू यस्ता सम्मानित शब्दहरूका उत्तराधिकारी बनेका छन् । एउटा साँच्चै शुद्ध र कठिन काम ल्याटिन अमेरिकाको क्रान्तिकारी सङ्क्रमणको लागि इतिहासले आज मागिरहेका यस्ता क्रान्तिकारी तथा व्यक्तिहरूको प्रतीक बनेका छन् ती योद्धाहरू ।
हाम्रा पूर्वजहरूले आफ्नो स्वाधीनताको लागि गरेको पहिलो सङ्घर्ष नै नैतिक रूपले ¥हासोन्मुख उपनिवेशी शक्तिसँगको लडाइँ थियो । आजका क्रान्तिकारीहरूले आफ्नो शत्रुको रूपमा अत्याधुनिक प्रविधि र उद्योगद्वारा सुसज्जित शक्तिशाली साम्राज्यवादी शिविरलाई पाएका छन् । जनताद्वारा पहिलेका दमनकारी सैनिक संयन्त्रलाई नष्ट गरिएको बोलिभियामा नयाँ शत्रुले नयाँ सेना सङ्गठित र सुसज्जित पारेको छ । यसका साथै छापामारहरूविरुद्धको सङ्घर्षमा मद्दत गर्न हतियार र सल्लाहकारहरू पनि पठाएको छ । यस महादेशका हरेक दमनकारी शक्तिलाई समानरूपमा यसले सैनिक र प्राविधिक समर्थन उपलब्ध गराएको छ । यस्ता उपायहरू पर्याप्त नभएपछि डोमिनिकन गणतन्त्रमा जस्तै त्यस शत्रुले आफ्नो सेनाद्वारा प्रत्यक्ष हस्तक्षेप गर्छ ।
यस्तो शत्रुसँग लड्न चेले चाहेको जस्तो क्रान्तिकारी र मानिसहरू चाहिन्छ । तिनीहरूले गरेजस्तै गर्न तयार क्रान्तिकारी र मानिसहरूबिना, तिनीहरूले सामना गरेका धेरै बाधाहरूको सामना गर्ने भावनाविना, हरेक क्षण मर्न तयार हुने तिनीहरूको जस्तो तत्परताबिना, आफ्नो उद्देश्यको सत्यताप्रतिको गहिरो विश्वास तथा जनताको अजेय शक्तिमाथिको असीम आस्थाबिना सम्पूर्ण विश्वमा आफ्नो सैनिक, प्राविधिक र आर्थिक स्रोतमाथि प्रभुत्व जमाएको अमेरिकी साम्राज्यवादजस्तो शक्तिविरुद्ध जनताको मुक्ति हासिल हुँदैन ।
आफ्नो देशमा व्याप्त डरलाग्दो राजनैतिक संरचना केही समयदेखि देशका संस्थापकहरूद्वारा झण्डै दुई सय वर्षअगाडि स्थापना गरिएको राम्रो चित्र भएको पुँजीवादी गणतन्त्र नरहेको कुरा संरा अमेरिकी आफै बुझ्न सुरु गर्दै छन् । तीनचौथाइ मानव जाति अविकसित र भोकमरीमा बाँचेको बेला आफ्नो आक्रमक युद्धहरूमा, राजनैतिक अपराधहरूमा, मानवताको लागि उसले स्थापना गरेको दुःखद श्रेणीतन्त्र, जातीय भेदभाव, आफ्नो बृहत् प्रतिगामी, दमनकारी सैनिक संयन्त्रमा आर्थिक वैज्ञानिक र मानवीय स्रोतको घृणित ढङ्गले खेर फाल्नु आदिमा आफ्नै जनतालाई पीडा बढाउने अनुचित, अमानवीय, विरोधी र पशुवत प्रणाली भएको नैतिक बर्बरतामा तिनीहरू दबिएका छन् ।
ल्याटिन अमेरिकाको क्रान्तिकारी परिवर्तनले मात्र संरा अमेरिकाका जनतालाई साम्राज्यवादसँगको आफ्नो हिसाबकिताब चुक्ता गर्न सक्षम बनाउनेछ । यस्तै र सँगसँगै साम्राज्यवादी नीतिविरुद्ध संरा अमेरिकाका जनताको सङ्घर्ष ल्याटिन अमेरिकाको क्रान्तिकारी आन्दोलनको लागि एक निर्णायक मित्र हुनसक्छ ।
यस शताब्दीको सुरुमा अमेरिकामा बृहत् भिन्नता र असन्तुलन आयो । एकातिर आफ्नो सामाजिक र आर्थिक शक्ति अनुरूप एउटा शक्तिशाली र तीव्रगतिमा औद्योगिकृत हुँदै गएको राष्ट्र साम्राज्यवादी उचाइतर्फ अगाडि बढिरहेको छ भने आकृति ल्याटिन अमेरिकाका कमजोर यथास्थितिमा रहने देशहरू सामन्ती अल्पतन्त्रहरू तथा तिनका प्रतिक्रियावादी सेनाको पैतालामुनि कुल्चिएका छन् । पृथ्वीको यस गोलाद्र्धमा गहन क्रान्तिकारी सङ्क्रमण नभए देशहरू बिचमा अर्थ, विज्ञान र प्रविधिमा रहेको डरलाग्दो असमानताको धमिला प्रतिबम्ब भइरहनेछ । यसका साथै साम्राज्यवादी संरचनाको चर्कोसित बढ्दै गएको दरले आगामी २० वर्षमा ल्याटिन अमेरिकाका जनतामाथि लादिने भयानक असमानता पनि प्रतिबिम्बत हुनेछ । हामी यही बाटोमा रह्यौँ भने हामी झन्झन् गरिब, कमजोर, परनिर्भर र साम्राज्यवादको दास बन्नेछौँ । अफ्रिका र इसियाका अल्पविकिसत राष्ट्रहरूमा पनि यही सम्भावना समान रूपमा लागु हुन्छ । यदि युरोपका औद्योगिक र शिक्षित राष्ट्रहरू र तिनीहरूको साझा बजार र बहुराष्ट्रिय वैज्ञानिक संस्थाहरू आफू पछाडि पर्ने सम्भावनाप्रति चिन्तित तथा अमेरिकी साम्राज्यवादको आर्थिक उपनिवेशमा परिणत हुने सम्भावनाबाट त्रसित छन् भने ल्याटिन अमेरिकाका जनताको भविष्य कस्तो हुनेछ ?

स्पेनियाली भाषामा पहिलोपटक प्रकाशित ‘बालिभियाको डायरी’ पुस्तक
हाम्रा जनताको भाग्यलाई निर्णायक रूपमा असर पार्न प्रश्न उठाउने नपर्ने वास्तविक स्थिति यही हो । विश्वको यस भागमा सबै नैतिक असर पार्ने प्रश्न उठाउनै नपर्ने वास्तविक स्थिति हो । विश्वको यस भागमा सबै नैतिक भौतिक र मानवीय शक्तिलाई एकजुट पार्न सक्ने तथा शताब्दीयौदेखिको आर्थिक, वैज्ञानिक र प्राविधिक पछौटेपनलाई क्रान्तिकारी सिद्धान्तमा रूपान्तरण गर्नु आवश्यक छ, औद्योगिक विश्वको तुलनामा हामीले हाम्रो पछौटेपनाको कारण बढी पीडा भोग्दै छौँ । संरा अमेरिकासँगको तुलनामा झन् धेरै पछौटेपनाबाट क्रान्तिकारी रूपान्तरण गर्न बढी योगदान गर्नु आवश्यक छ । यदि कोही उदारवादी वा पुँजीवादी सुधारवादी वा झूटो क्रान्तिकारी, काम गर्न असक्षम नेताहरूसँग एउटा छुट्टै उत्तर छ भने, चेको भन्दा फरक धारणाको एक सूत्र वा एक जादुगरी बाटो कसैले प्रस्तुत गर्नसक्छ भने कसैले अल्पतन्त्रका पक्षपातीहरू अत्याचारीहरू अर्थात् स–साना राजनीतिज्ञहरूलाई फाल्न सक्छ भने वा अमेरिकी साम्राज्यवादी मालिकहरू वा तिनीहरूका नोकरहरूले यस्तै परिस्थितिमा फल्न सक्दछ भन्नेमात्र उसले चेलाई हाँक दिनसक्छ ।
तर, ल्याटिन अमेरिकाको ३० करोड जनतामाझ आशाको सञ्चार गर्ने ठोस नीति वा इमानदार जवाफ कसैसँग छैन । अत्यन्त बहुसङ्ख्यक सा¥है गरिब रहेका तथा आगामी २५ वर्षभित्र ६० करोड पुग्ने ती जनतासँग भौतिक जीवन जीउनको निम्ति आवश्यक भौतिक स्थिति, संस्कृति र सभ्यताको अधिकार छ । तसर्थ, सबैभन्दा सम्मानजनक काम भनेको चेको काम तथा आफ्नो विचारको बहादुरीपूर्वक रक्षा गर्दै उनीसँग वीरगति प्राप्त गर्ने व्यक्तिहरूको सामु मौन रहनु हो । एउटा महादेशलाई सुधार्ने आदर्श विचारबाट निर्देशित यी मुट्ठीभर व्यक्तिहरू दृढ निश्चय, वीरता र मानवीय महानताले पूरा गर्नसक्ने कामको सबभन्दा ठुलो प्रमाण हो । यो चेतनालाई उज्यालो पार्ने तथा ल्याटिन अमेरिकाका जनताको सङ्घर्षको नेतृत्व गर्ने उदाहरण हो । चेले जुन गरिब र शोषित जनताको लागि आफ्नो ज्यान दिए, तिनीहरूको कानसम्म चेको वीरतापूर्ण आवाज पुग्नेछ तथा आफ्नो निश्चित मुक्ति प्राप्त गर्न धेरै हातहरूले हतियार उठाउनेछन् ।
अक्टोबर ७ का दिन चेले आफ्नो अन्तिम हरफहरू लेखे । त्यसको भोलिपल्ट दिउँसो १ बजे शत्रुहरूको घेराबन्दी तोड्न रात नबितेसम्म पर्खने साँघुरो उपत्यकामा ठुलो शत्रु सेनासँग तिनीहरूको सामना भयो । छापामारहरूको सानो समूहले साँझसम्म बहादुरीपूर्वक लडे । गहिरो उपत्यकाको तल्लो र माथिल्लो भागमा रहेको व्यक्तिगत ठाउँहरूबाट तिनीहरूले धेरै सैनिकहरूको सामना गरे । सैनिकहरूले तिनीहरूलाई घेरेर आक्रमण गरे । चेको सबभन्दा नजिक रही लड्नेहरूमध्ये कोही पनि बाँचेनन् । चेको पछाडि गम्भीर स्वास्थ्य स्थितिमा रहेका माथि उल्लिखित चिकित्सक तथा गम्भीर अवस्थामा रहेका अन्य एक पेरुभियाली छापामार रहेको हुनाले आफू घाइते भएर नपल्टेसम्म चेले ती कामरेडहरूलाई सुरक्षित स्थलसम्म पु¥याउन सक्दो प्रयास गरे । ती चिकित्सक सोही सङ्घर्षमा मारिएनन् तर थोरै दिनपछि एल युरो (El Yuro) उपत्यकाबाट कम दूरीको ठाउँमा मरे । चट्टानी उकालो ओरालो भू–भागको कारण छापामारहरूलाई सम्बन्ध कायम राख्न गा¥हो थियो । उपत्यकाको अर्को भागको प्रवेशद्वारमा रहेका छापामारहरू तथा तिनीहरूसँगै रहेका इन्टि पेरेदो (Inti Peredo) ले अँध्यारोसम्म पनि प्रतिरोध गरिरहेका थिए तथा शत्रुलाई हराएपछि पहिले भेट्ने सहमति भएको ठाउँमा पुगे ।
उनको एम–२ (M-2) राइफललाई एउटा गोलीले नष्ट गरेर प्रयोगहीन नभएसम्म घाइते भए तापनि चेले सङ्घर्ष जारी राखेको कुरा धेरै सम्भव छ । उनले बोकेको पेस्तोलमा म्यागाजिन थिएन । यस्ता अविश्वसनीय परिस्थितिहरूको कारण उनलाई जिउँदै गिरफ्तार गर्न सम्भव भयो । उनको खुट्टामा लागेका घाउहरूले उनलाई बिनामद्दत हिँड्नबाट रोक्यो तर ती घाउहरू घातक थिएनन् ।
लापाजमा भएको एउटा बैठकमा बारिओन्टोस (Bariontos), ओभान्डो (Ovando) र अन्य सैनिक नेताहरूले चेको हत्या गर्ने निर्णय गरे । हिग्युरासको विद्यालयमा यस्तै विश्वासघाती सम्झौता कसरी गरियो भन्ने कुराको वृत्तान्त थाहा भइसकेको छ । अमेरिकीहरूद्वारा प्रशिक्षित वनका अधिकारीहरू मेजर मिग्युल आरोया (Miguel Ayoroa) र कर्णेल एन्ड्रेज सेल्निक (Andres Selnich) ले पक्राउ गर्ने अधिकारी मारियो तेरान (Mario Teran) लाई हत्या गर्ने आदेश दिए । धेरै पिएका तेरान विद्यालय हातमा पस्यो । बोलिभियाली सिमोन क्युवा विली (Simon Cuba -Willy) र पेरुभियाली छापामार जुआन पाब्लो चाङ्ग (Juan Pablo Chang, (Chino) को ज्यान लिने गोलीको आवाज सुनेको चेले तेरान अलि डराएको देखेर भने, “गोली हान, नडराऊ ।” तेरान त्यहाँबाट भाग्यो तथा उसका माथिल्ला अधिकारीहरूले पुनः आदेश दोहो¥याए । त्यसपछि तेरानले मेनिगनबाट गोली चलायो । चे लडाइँको केही घण्टापछि मरेको कुरा पहिले नै प्रचार गरिएको थियो । तसर्थ, हत्याराहरूसँग घातक घाउहरू नपार्न, टाउको वा छातीमा हान्ने आदेश थिएन । यसले चेको पीडा लामो समयसम्म बढायो तथा रक्सी पिएको सैनिकले उनको बायाँ भागमा गोली हानेपछि उनको मृत्यु भयो । त्यस्तो प्रक्रिया चेले कैदी बनाएका धेरै बोलिभियाली सेनाका अधिकारीहरू र सैनिकहरूको जीवनप्रति देखाएको सम्मानको पूर्ण विपरीत थियो ।
सम्मान अयोग्य शत्रुहरूको हातमा आफ्नो जीवनको अन्तिम घडीहरू बिताउनु उनको लागि धेरै तीतो रहेको हुनुपर्छ । तर, यस्तो परीक्षा दिन चेबाहेक अन्य कुनै व्यक्ति तयार हुन सक्दैनथे ।
त्यो डायरी हाम्रो हातमा कसरी आयो त्यो कुरा यस समयमा भन्न सकिन्न । यसको लागि पैसा तिर्नुपरेन, यही नै पर्याप्त छ । चे नानकाहुआचु (Nancahuazu) मा पुगेको दिन, १९६६ नोभेम्बर ७ देखि एल युरो उपत्यकामा सङ्घर्ष हुनुभन्दा अगाडिको साँझ १९७६, अक्टोबर ७ सम्मको सबै वृत्तान्त डायरीमा उल्लेख छ । केही पृष्ठहरू गायब छन्, अझै हाम्रो हातमा आइपरेको छैन तर जुन दिनको पृष्ठहरू गायब छन् ती दिनहरूमा केही महत्वपूर्ण घटना घटेन तसर्थ डायरीमा उल्ललेखित वृत्तान्तहरूमा केही फरक पर्दैन ।
त्यो दस्ताबेजको आधिकारिकतामा अलिकति पनि शङ्का छैन । तैपनि, सबै फोटोकपीहरूको आधिकारिकता प्रमाणित गर्न तथा जतिसुकै सानो भए तापनि सम्भावित हरेक भिन्नताको परीक्षण गर्न फोटोकपीहरूको कडा परीक्षण गरियो । डायरीमा उल्लेख मितिहरू बाँचेका एक छापामार योद्धाको डायरीसँग तुलना गरियो तथा दुवै डायरीहरू हरेक क्षेत्रमा समान थिए । हरेक घटनालाई देखेका अन्य जिउँदा छापामारहरूको बयानले पनि डायरीको आधिकारिकता प्रमाणित गर्यो । सबै फोटोकपीहरू चेको डायरीको विश्वसनीय प्रतिहरू भएको प्रस्ट भयो ।
सानो र कठीन लेखाइ बुझ्नु एउटा कठीन काम थियो तथा सहयोद्धा अलैदा मार्च डे ग्वेभारा (Aleida March de Guevara) को अथक सहयोगबाट यो काम सफल भयो ।
सो डायरीमा फ्रान्स फ्रान्कोइन मास्पेरो (Fravcoin Maspero) को प्रकाशन भवनबाट इटालीमा फेल्ट्रीनेली (Feltrinelli) प्रकाशनबाट, जर्मनीमा त्रि–कोन्ट भेर्लोग (Trikont Verlog) बाट, संरा अमेरिकामा राम्पार्टस (Ramparts) पत्रिकाबाट, फ्रान्समा स्पेनियाली भाषामा एडिसिनस रुएडो आईबरिको (Ediciones Ruedo Iberico) बाट चिलीमा पुन्टो फाइनल पत्रिकाबाट, मेक्सिकोमा एडिटोल्लि सिग्लोबाट र अन्य देशहरूमा पनि प्रकाशित हुनेछ ।
स्रोत : चे, फिडेल क्यास्ट्रोको संस्मरण
Leave a Reply