शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
जीवन सुःख दुःखको सङ्गम रे
कहिले उज्यालो कहिले अँध्यारो
मानव समाजमा हामीले
भोग्दै जानुपर्ने
जीवन सुख दुःखको सङ्गम रे ।
दीन दुःखीले सधैँ यो समाजमा
दुःखै भोग्नुपर्ने हो र ?
आउँछ किन आखिर यो
सोझा सिधामाथि
जीवन सुख दुःखको सङ्गम रे ।
लपनछपन जान्दैनन्
निमुखा सोझा जनताले
बरू आफ्नै पौरखले दस नङ्ग्रा
खियाउँदै हिँड्छन्
जीवन सुख दुःखको सङ्गम रे ।
दुःखै दुःखले पिल्सिएकोले
मात्र आफ्नै मात्र सोच्दैनन्
वरपर छरछिमेक यो संसारको
जहिल्यै हित खोज्छन्
जीवन सुख दुःखको सङ्गम रे ।
अर्काथरी मानव मालिक रे
जहिल्यै उज्यालोमै रमाउँछन्
अँध्यारो मन पराउँदैनन्
दुःखीलाई सम्झाउँदै हिँड्छन्
जीवन सुख दुःखको सङ्गम रे ।
शोषित दुःखी जनले भने
जीवनभर मालिकको दास बन्नैपर्छ
नत्र पाप पखालिँदैन
जस्तोसुकै पीडा सहनुपर्छ
जीवन सुख दुःखको सङ्गम रे ।
मानव समाजको यो संसारमा
वर्गीय भिन्नताको जञ्जालमा
फसाउँदै फाइदा लिइरहने
बुर्जुवाहरू निर्दयी भई हिँड्छन्
जीवन सुख दुःखको सङ्गम रे ।
गतिशील यो समयसँगै
वर्गीय चेतको विकासले
दुःख, धर्म पापको फल होइन
यो त शोषणको प्रपञ्च
जीवन वर्गसङ्घर्ष रहेछ ।
Leave a Reply