भर्खरै :

नयाँ नेपाल निर्माणको निम्ति शिक्षा, स्वास्थ्य र रोजगारीको बन्दोबस्त हुनुपर्ने

नयाँ नेपाल निर्माणको निम्ति शिक्षा, स्वास्थ्य र रोजगारीको बन्दोबस्त हुनुपर्ने

भक्तपुर, २ कार्तिक । वाकुपति नारायण बचत तथा ऋण सहकारी संस्था महिला समूहको आयोजनामा भेला कार्यक्रम सल्लाघारीको चोङ्गा गणेश परिसरमा भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले ठुलाठुला भ्रष्टाचारीहरूलाई मृत्युदण्ड सजाय दिने बन्दोबस्त गर्नुपर्ने बताउनुभयो । नयाँ नेपालको निर्माणको निम्ति शिक्षा, स्वास्थ्य र रोजगारीको बन्दोबस्त हुनुपर्ने उहाँले बताउनुभयो  ।
अतिथि सुवालले नेता कार्यकर्ताले राम्रो काम गरी अरुलाई मार्ग निर्देशन गर्नुपर्ने र मद्यपान र धूमपानबाट अहिलेको युवा पिँढीलाई टाढा राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले अहिलेका युवा युवतीहरू धेरै दुव्र्यसनीमा लागेको हुँदा अभिभावकहरू सचेत हुनुपर्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सृजना सैंजुले महिलाहरू शैक्षिक र आर्थिकरूपले अगाडि बढ्नुमा सहकारीको पनि योगदान रहेको चर्चा गर्नुभयो । सहकारीमार्फत माओले चीनमा किसानको आर्थिक स्तर माथि उकासेको प्रसङ्ग उल्लेख गर्दै राजनीतिक सचेतनाको कमीले देशको अस्तित्व नै सङ्कटमा पुग्ने बताउनुभयो ।
उहाँले जङ्क फुडबाट आफ्नो छोराछोरीलाई टाढा राखी घरको खानालाई प्राथमिकता दिए राम्रो हुने बताउनुभयो ।
वकुपति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीकृष्ण सुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा भनपा ९ का वडा सदस्य छोरीमैया सुजखु र संस्थाका प्रवीण कासुलालगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिले विभिन्न अतिरिक्त क्रियाकलापमा विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *