भर्खरै :

देशको समसामयिक स्थितिबारे बहिनीलाई दाजुको पत्र

देशको समसामयिक स्थितिबारे बहिनीलाई दाजुको पत्र

६ कार्तिक २०८२
प्रिय तृप्ति
मधुर सम्झना !

आज बिहान ७ बजे नै केही समाचारपत्रहरू हात लाग्यो । एकैछिनपछि तिम्रो पत्र हात लाग्यो । तिम्रो पत्र लामो थियो र बिचबिचमा अनेक राजनीतिक व्यक्तित्वहरूको भनाइ र उद्धरणहरू थिए । एक–दुई ठाउँमा हिन्दी सिनेमाका गीतहरूको टुक्राटुक्री पनि थिए । यसले थाहा हुन्छ, तिमी पहिले अनेक देशी र विदेशी सिनेमाबाट प्रभावित छौ वा रोमान्टिक गीत र कविताबाट प्रभावित छौ । तर, पछिल्ला कति हिन्दी सिनेमाका गीतहरू प्राचीन संस्कृत साहित्यबाट प्रभावित थिए ।
‘म नदी हँु, तैपनि म प्यासी छु, नदीको दुई किनारा कहिले भेट्न पाएनौँ’ । ….
‘माया गर्नेहरू, न धर्मको बाधा होस् न त उमेरको सीमा होस् – माया गर्नेहरू हौ !’
तिम्रो पत्र पढेपछि म एकछिन अलमलिएँ, तिमी अहिले कुन रङ्गमा रङ्गिँदै छौ ।
तर, ३ कार्तिक २०८२ को ‘कान्तिपुर’ दैनिकको रिपोर्टिङले कति हाम्रा पश्चिमी विश्वविद्यालयमा पढेका शिक्षितहरू ट्रम्पले भनेजस्तै ‘माक्र्सवादीहरूको’ प्रगतिशील र वामपन्थीहरूको हल्ला हो आदि ।
अमेरिकामा भएको राष्ट्रपति ट्रम्पविरोधी विरोध प्रदर्शनहरूमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार ७० लाख सहभागीहरू थिए ।
दुई हजार ६ सभन्दा बढी सहरहरूमा विरोध प्रदर्शन भए र ३ सत्न्दा बढी सङ्गठनहरूको मोर्चाले त्यो आन्दोलनको अगुवाइ गर्दै थियो ।
त्यस्तै ‘नो किङ्ग’ अर्थात् ‘ट्रम्प राजा बन्न खोजेको ’ भन्दै ट्रम्पमा तानाशाही प्रवृत्ति देखिएको, लोकतन्त्र कमजोर पारेको, आप्रवासीविरूद्ध कडा नीति अपनाएको, समाजमा विभाजन बढाएको आदि आरोप थियो ।
स्वतन्त्र लेखक तथा सम्पादक वेथ जालोफले ‘फासीवाद र अधिनायकवादी सरकारतर्फको कदमप्रति आफू दुःखी’ भएको समाचारमा बताइएको छ ।
तृप्ति, तिमीले अमेरिकी जनताको वर्तमान स्थितिबारे एक झलकमात्रै बताउँदा पनि म तिमीप्रति खुसी छु किनभने अमेरिकी जनता बेलायती साम्राज्यवादविरोधी सशस्त्र सङ्घर्ष गर्दै पहिलो स्वतन्त्र भएको देश हो । यसकारण, स्वतन्त्रता आन्दोलन संसारप्रसिद्ध क्रान्ति मानिन्छ । त्यस्तै मजदुर आन्दोलनको मईको सङ्घर्ष पनि त्यही देशमा भएको हो । त्यतिमात्र होइन तृप्ति, सोभियत सङ्घको समाजवादी क्रान्ति, चिनियाँ क्रान्ति, भियतनामी क्रान्तिमा अमेरिकी पत्रकार जोन रीड, एड्गर स्नो, अन्ना लुइस स्ट्रङजस्ता ज्यूँदा–जाग्दा पत्रकारहरू र भियतनाममाथि अमेरिकी सरकारको आक्रमण औपचारिक युद्ध वा घोषित नभएको, भियतनामी जनताले अमेरिकामाथि आक्रमण गरेको हुनाले आफू त्यो युद्धमा भियतनामी जनताको विरोधमा एक अमेरिकी सिपाही र नागरिकको नलड्ने घोषणा गरी अदालतलाई स्तब्ध पारेका सेनानी पनि अमेरिकी युवा हुन् ।
यसकारण, तृप्ति – नेपाली नयाँ पुस्ताले संसारका सबै क्रान्तिकारीहरूको जीवनीको अध्ययन गरेर नेपालको नयाँ पुस्तालाई साम्राज्यवादविरोधी सङ्घर्ष गर्न तयार गर्नु आवश्यक छ ।
प्रिय तृप्ति, आज ४ कार्तिक हो, राणा काल, पञ्चायत काल र प्रजातन्त्र पुनःस्थापनापछि र गणतन्त्रको यो अवधिमा शासक दलहरूले औपचारिकताबाहेक जुवा–तासलाई रोक्ने कुनै पाइला चालेनन्, बरू भन्नुपर्ने स्थिति भयो – प्रजातन्त्रवादीहरू प्रजातन्त्रवादी रहेनन्, कम्युनिस्ट र माओवादीहरू पनि न कम्युनिस्टरहे न त माओवादी ! राप्रपाहरू पनि सरकारमा गएर गणतन्त्रवादी भए र सरकारबाट झरेपछि फेरि राजावादीहरू भए । सारमा, तिनीहरू पहिलेदेखि दही–चिउरे भए । घण्टी चिह्न लिने स्वतन्त्र पार्टी र तराईका रङ्गीचङ्गी दलहरू पनि माथिका दलहरूजस्तै छेपाराले रङ फेरेजस्तै भए ।
तृप्ति, भदौ २३–२४ को घटनापछि शासक दलहरू पनि पानीमा रूझेका मुसाजस्तै नयाँ बनेकी महिला प्रधानमन्त्री सुशीला कार्की र सानो मन्त्रीमण्डलमा २४ गतेको राति बालुवाटारमा संसद्, सिंहदरबार, सर्वोच्च अदालत र देश र गाउँभरिका प्रहरी र सरकारी भवनमा लागेको ‘जेन–जी’ को आन्दोलनको नाउँमा लगाएको आगलागीबाट क्षति भएका भवनहरूबारे चासो नराखी आ–आफ्ना व्यक्तिगत जलाइएका घरहरूबारे उद्धार गर्न बिन्ती बिसाउँदै थिए ।
तृप्ति, सबै जनता र देशकै बन्दोबस्त भएपछि ती अर्बपति र खर्बपतिहरूको पनि बन्दोबस्त हुनेबारे तिनीहरूको मन र मस्तिष्कको कुनै पनि कुनामा चासो थिएन र सल्लाहमा कसैले मुख खोलेनन् ।
प्रिय बहिनी तृप्ति, रातको १२ नाघ्यो र भन्नुप¥यो आज हामी ५ कार्तिक, भाइपूजामा छौँ ।

– धेरै धेरै माया गर्ने दाजु

Leave a Reply

Your email address will not be published. Required fields are marked *