गाईजात्रा
- भाद्र १२, २०८३
प्राचीन ऐतिहासिक नगर भक्तपुरका
एक चेतनशील शिक्षक
शोषण, दासता निरङ्कुशताविरोधी
परिवर्तनशील समाजका अग्रदूत
नेपालभाषाका एक मजबुत खम्बा !
सदियाँैदेखि अँध्यारो पथमा
ज्ञानको ज्योति बालेर अघि बढ्ने
समानताको शङ्खनाद गरेर
देश बोकी हिँड्ने साहसी मानव
मास्टर जगत सुन्दर मल्ल !
तिमीले सिकाएको ज्ञानको सुवास छरिरहेछ
यो फूलबारीमा जहाँ अज्ञानताले घेरिएको बस्तीमा
तिम्रो शिक्षा सेवा ! तिम्रो भाषा सेवा
यो मातृभूमिको लागि एक पथ प्रदर्शक बनेको छ
तिम्रो लगनशीलता ! तिम्रो तपस्या !
यो नवयुगको आकाशमा एक आदर्शको नमुना हो
आफ्नो मातृभाषाबाट यो ज्ञानभूमिमा शैक्षिक चेतना जगाएर
यो पुण्त्ूमिमा ज्ञानको प्रज्ञा प्रज्ज्वलन गर्ने महान् गुरु हो
जीवनको हरेक मोडमा रतिभर नथाकेर
भाषासेवी, शिक्षासेवी भएर आफ्नो जीवन अर्पण गर्ने
ज्ञानको मन्दिरको उन्नति र प्रगतिको लागि
हरपल कम्मर कसी जीवनभर सामाजिक सेवा गर्यो
आज तिम्रो महान् सेवाले हामी सम्झना गरिरहेका छौँ
यो धरतीमा तिम्रो गुणगान सधैँ गरिरहने छौँ
जगतलाई सुन्दर शान्त पार्ने तिम्रो पथमा
भोलिका भविष्यका कर्णधारहरू अघि बढिरहने छ ।
(नेपाल संवत ११४६ नव वर्षको अवसरमा मास्टर जगतसुन्दर मल्लप्रति एक स्मृति कविता)
Leave a Reply