भर्खरै :

निर्वाचन पनि एक वैचारिक सङ्घर्ष

निर्वाचन पनि एक वैचारिक सङ्घर्ष

निर्वाचन पनि एक वैचारिक सङ्घर्ष हो । देशका प्रतिक्रियावादी, सामन्त, जालीफटाहा, पुँजीपतिहरूविरूद्ध छ्यास्ने एउटा माध्यम हो । देशका भ्रष्टाचारी, कमिसनखोर, अत्याचारीहरूको विरोध गरी जनतालाई सैद्धान्तिक र वैचारिक रूपले सचेत पार्ने बाटो पनि हो । यसकारण, प्रजातान्त्रिक देशमा राजनीतिक दलहरूले निर्वाचनमा भाग लिन्छन् । आ–आफ्नो दलको सिद्धान्त र विचार जनतामाझ पु¥याउने एउटा राम्रो बाटो हो निर्वाचन । निर्वाचनमा देश र जनताको सेवा गर्ने व्यक्ति निर्वाचित गर्न जनता पनि त्यतिकै सचेत हुनुपर्छ । बहुमत जनता राजनीतिक रूपले सचेत नहुँदा यहाँ भ्रष्टाचारी, ठेकेदार, कमिसनखोर, आपराधिक मात्र होइन सामन्त र जालीफटाहाहरू निर्वाचनमा जितेका छन् । जनता राजनीतिक रूपले सचेत नभएकै कारण देशघाती र जनघाती सन्धि सम्झौता गर्ने दलका प्रतिनिधिहरू जितेका हुन् । यसकारण, जनता पनि सचेत हुनुपर्छ ।
दल र देशको नेतृत्व गर्ने नेताहरू इमानदार र निःस्वार्थी हुनुपर्छ । देशमा इमानदार नेताहरूको अभाव छ । विशेषतः शासकहरू इमानदार नहुँदा, देश र जनताप्रति जिम्मेवार नहुँदा देश बिग्रिएको हो† देश विकासको उचाइमा नपुगेको हो । अन्तरिम सरकारले निर्वाचनको घोषणा गरिसकेको छ । संसद् पुनस्र्थापना भएन भने राजनीतिक दलहरू निर्वाचनमा जुट्नुपर्छ । कुनै पनि राजनीतिक दल निर्वाचनबाट भाग्नु हुँदैन । कुनै दलले निर्वाचनमा भाग लिएन भने उसैलाई हानि हुन्छ । निर्वाचनमा भाग नलिँदा त्यहाँ अर्कै बिकराल रूप लिन सकिन्छ । त्यसबेला नेपाली राजनीतिक दलको आन्तरिक कलहमा स्वदेशी तथा विदेशी प्रतिक्रियावादी, साम्राज्यवादी तथा विस्तारवादी तत्वहरूले फाइदा लिन सक्छन् । बरू, सरकारमा पुगेका शासक दलका नेताहरूले विगतको कमी कमजोरीबाट पाठ सिक्नुपर्छ । पैसा बाँडेर, लोभलालच देखाएर या सामान दिएर निर्वाचन जिते फेरि नयाँ पुस्ता उठेर देशमा अर्काे उत्पात मच्चाउन सक्छ । नयाँ पुस्ताको आक्रोशलाई अझ उत्तेजित पार्ने काम ठुलठुला राजनीतिक दलहरूले गर्नु हँुदैन । विगतको गल्ती दोहोे¥याएर थप समस्या निम्त्याउने काम कुनै दलले गर्नु हुँदैन । निर्वाचनमा भाग लिँदा होस् या सरकारमा जाँदा सबै राजनीतिक दलले इमानदारीपूर्वक काम गर्नुपर्छ ।
सबै राजनीतिक दलका नेताहरू इमानदार नभएसम्म न देशमा भ्रष्टाचार अन्त्य हुन्छ न त देश र जनताको समस्या हल गर्न सक्छ । अतः संसद् पुनस्र्थापना भएन भने निर्वाचनमा भाग लिनुको अर्को विकल्प छैन । तर, निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण हुनुपर्छ । निर्वाचन शान्तिपूर्ण बनाउन सरकार र निर्वाचन आयोग तयार हुनुपर्छ । सरकारले निर्वाचन सफल पार्न राम्रो सुरक्षा व्यवस्था गर्नुपर्छ । निर्वाचनलाई निष्पक्ष बनाउन देशका सबै दलहरू जुट्नुपर्छ । राजनीतिक दलले जसरी भए पनि जित्ने हिसाबले भ्रम फैलाउने, झूटको खेती गर्ने र सिद्धान्त र विचारभन्दा पद र पैसाको निम्ति राजनीति गर्न थाल्यो भने निर्वाचन निष्पक्ष र स्वच्छ हुनेछैन । निर्वाचन झगडा गर्ने थलो बनाइयो भने देश जहिल्यै अन्योल र सङ्कटमा फस्नेछ । देश जहिल्यै अनिर्णयको बन्दी बन्ने छ ।
निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचारसंहिता सबै राजनीतिक दलले इमानदारीपूर्वक पालना गर्नुपर्छ । निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने दल र दलका उम्मेदवारहरू कारबाहीमा पर्नुपर्छ । बल या शक्तिको राजनीति भयो भने निर्वाचन निष्पक्ष हुनेछैन । निर्वाचनमा इमानदार व्यक्तिलाई चयन गर्नुपर्छ । भ्रष्टाचारी, कालाबजारी, अपराधीहरूलाई छानी छानी हराउनुपर्छ । यस अर्थमा बहुमत जनता राजनीतिप्रति सुझबुझ हुनुपर्छ । सरकारको कार्यशैली ठीक नभएरै नयाँ पुस्ता जागेको हो, उठेको हो; विशेषतः शासक दलहरूविरूद्ध उभेको हो । सरकारकै कमजोरी र मनपरीको कारण देश सङ्कटको स्थितिमा पुगेको हो; ७६ जनाको ज्यान गएको हो; दर्जनौँ घाइते भएको हो; खरबौँ बराबरको भवन या कार्यालयको क्षति भएको हो । के यसको दोषी सरकार होइन ? सरकारको सानो कमजोरीले, सरकारले बेलैमा बुद्धि नपु¥याउँदा देशको ठुलो सम्पत्ति नास भयो । के यसबारे सरकारले शिक्षा लिनुपर्दैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *