के रास्वपाको सरकारले मुस्ताङको खानी संरा अमेरिका र अष्ट्रेलियालाई दिएको हो ?
- बैशाख ७, २०८३
विभिन्न जात–जाति, भाषा–भाषीहरूमा पढेलेखेका र माथिल्ला सरकारी कर्मचारी, निजी वा सार्वजनिक स्कूल, कलेज, अस्पताल, सामाजिक संस्था र सरकारका विभिन्न अङ्गहरूमा ‘हाम्रो बहुमत छ’, यसकारण ‘हाम्रो प्रभुत्व हुनुपर्छ’ भन्ने सङ्कीर्ण र साम्प्रदायिक (जातीय) भेदभावलाई बढावा दिन सुरु गरेको अनुभव नेपालको वर्तमान राजनीतिक डबलीमा संवेदनशील समुदायले गर्दै छ । सङ्कीर्ण सोच र साम्प्रदायिक भेदभाव समाजलाई धेरै टुक्रामा विभाजित गर्ने अपराधी साबित हुनेछ ।
साम्प्रदायिक भावना भित्रभित्र फैलाउँदै जानेहरूमा ‘खस–आर्य’ भनिने शासक दलहरू शासनसँग सम्बन्धित अङ्ग प्रत्यङ्गमा देखिँदै छन् । त्यसको परिणाम दैनिक पत्रपत्रिकाहरूमा छापिने ठुलठुला भ्रष्टाचार, ठगी र अख्तियार दुरुपयोगको आरोपमा तानिएका व्यक्तिहरू पुराना र नयाँ शासनकै परिवारका नातागोता हुने कुरामा ढुक्क भए हुन्छ । त्यसको कारण हो – प्रहरी, गुप्तचर विभाग, सेना, अदालत, विदेश र पत्रकारितामा समेत आफ्ना सम्बन्धित साथीहरू ऐन–कानुन र नैतिकताबिना चिन्ता र डरको अभावमा खोटपूर्ण बाटाहरूमा लाग्दै छन् ।
अर्काे पक्ष हो – जिल्ला, नगर, गाउँ वा प्रदेशमा आफ्नो बहुमत छ । आ–आफ्नो जातीय र भाषाभाषीको प्रभाव प्रशासनमा भएको हुँदा ऐन–कानुन र नैतिकताले गर्न नहुने सबै खोटपूर्ण कार्यमा छाती खोलेर लागेका छन् भन्ने जताततै सुनिन्छ र देखिन्छ ।
कुनै संस्थामा कर्मचारी र प्राविधिक विषयमा योग्य व्यक्तिको निम्ति विज्ञापन र सूचना प्रकाशित हुन्छ† परीक्षा लिइन्छ र परीक्षा परिणामको उल्टो कनिष्ठ व्यक्ति पदमा पुग्छ । निर्णय, नियम र उद्देश्यविपरीत माथिको आदेश र चोर बाटोबाट कमजोर व्यक्तिको नियुक्ति हुन्छ । यसबारे केहीले सामान्य तर अस्वीकार्य तर्क दिन्छन्, “छानिएका वा नियुक्त भएका व्यक्ति गरिब छन् र स्थानीय जनताका छोराछोरी हुन् ।”
त्यस्तो तर्क काँचो धागोजस्तै छ भन्ने बुझ्नु आवश्यक छ । सत्य त्यही हो भने गरिब उम्मेदवारलाई योग्य बनाउने प्रथम कर्तव्य प्रस्तुत गर्ने व्यक्ति को हो ?
केही जिल्लाहरूमा नक्कली प्रमाणपत्र धारण गर्ने कति डाक्टरहरू पक्राउ परेका छन् र ती डाक्टरहरूलाई जानेरै नियुक्ति दिने व्यक्तिहरूसमेत तानिनु आवश्यक छ । काङ्ग्रेस , एमाले वा अन्य सरकारहरूको पक्षपात र मनपरीको विरोध गर्ने दलका व्यक्तिहरूले पुनः तिनीहरूकै सिको गर्दा उनीहरू कसरी ‘समाजवादी’ विचारका हुन्छन् ?
समाजवादमा अयोग्य, अपराधी र बलमिचाइँ गर्नेहरू हुने गर्दैन जसरी निर्दलीय पञ्चायती व्यवस्था, पुँजीवादी प्रजातन्त्र र गणतन्त्रमा देखिन्छ । हिजो शासक दलहरूकै समर्थक शिक्षक र प्रधान अध्यापकहरूले नै राम्रा र मेहनती शिक्षकहरूलाई ‘धेरै दुःख गर्नु पर्दैन’ भनी हतोत्साहित गर्थे र परीक्षाको बेला विद्यालयका प्रधानाध्यापक र शिक्षकहरू नै उत्तरपुस्तिकाको निम्ति उत्तर टाइप गरेर सबै विद्यार्थीहरूलाई बाँड्थे र परीक्षाफल राम्रो बनाउँथे । के यसरी समाजवादी व्यवस्थामा सुसञ्चालन होला ?
केही समाजवादी चिन्तकहरूको समाजवादी व्यवस्थाबारेको दृष्टिकोणलाई सम्झौँ – समाजवाद पुँजीवादकै गर्भबाट आएको हुँदा सुरुमा त्यो नयाँ व्यवस्था पनि भर्खर जन्मेको बच्चामा रगतका टाटाहरू भएजस्तै केही पुस्तामा पुराना खराबीहरू रहनेछन् । तर, विज्ञान र प्रविधिको विकास एवम् चिन्तनको उचाइले शारीरिक श्रम र बौद्धिक श्रमको भेद हट्दै जानेछ; किसान र मजदुरको पनि भेद हट्दै जानेछ; गाउँ र सहरको भेद हट्दै जानेछ । समाजमा उत्पादनको प्रचुरताले आवश्यकताअनुसारको पूर्ति हुनाले लोभको प्रवृत्ति इतिहासको विषय हुनेछ र मानिसमा स्वास्थ्य चेतनाको विकासले आफ्नो शरीरअनुसारको मात्रै खानपान, आराम र शारीरिक श्रम गर्ने प्रवृत्तिमा परिवर्तन आउनेछ । कामचोरको भावना, अरुको लोभ गर्ने र अरुलाई दबाउने आफ्नो बडप्पन र अरुलाई होचो सम्झने मपाईँका प्रवृत्ति घट्दै जानेछ ।
समाजकै संस्कृति र चेतनाको विकासले ‘आफ्नो मानिसलाई’ पक्षपात गर्नुपर्ने छैन; बहुमतले कमजोर र अल्पमतको विकासमा प्राथमिकता दिँदा तिनीहरूमा पनि सांस्कृतिक स्तरको विकासले समाजमा बौद्धिक स्तरमा भएको असमानता घट्दै जानेछ । समाजवादी भावनाका व्यक्तिहरू विकास नभएसम्म समाजवादी समाज सुचारु हुनेछैन । यसकारण, राजनीतिक कार्यकर्ताहरू पहिले सङ्कीर्णता र साम्प्रदायिकताको भावनाबाट मुक्त हुन आवश्यक छ ।
Leave a Reply