भर्खरै :

ल्याटिन अमेरिकामा साम्राज्यवाद र गैरसरकारी संस्थाहरू – ३

ल्याटिन अमेरिकामा साम्राज्यवाद र गैरसरकारी संस्थाहरू – ३

सार सङ्क्षेप
गैर–सरकारी संस्थाका प्रबन्धकहरू आयोजनाहरूको ढाँचा तयार गर्ने काममा खप्पिस भइसकेका छन् । तिनीहरू जनआन्दोलनको ‘जानकारी’ र ‘भूमण्डलवाद’ लाई नयाँ पोशाक लगाई दिने गर्छन् । तिनीहरूका गतिविधि र पुस्तकहरूले अन्तर्राष्ट्रिय सहयोग, स्वावलम्बन, स–साना व्यवसायहरूलाई अगाडि बढाउँछन् र तिनीहरूले जनतालाई बाहिरी दाताहरूका आर्थिक अधीनमा जान बाध्य गराएर नवउदारवादी सैद्धान्तिक बन्धनमा पार्छन् । दस वर्षको गैर–सरकारी सङ्गठनहरूको गतिविधिबाट ती पेशेवर व्यक्तिहरूले स्वास्नीमानिसहरू, छरछिमेकीहरू तथा युवा सङ्गठनहरूजस्ता सामाजिक जीवनका सम्पूर्ण क्षेत्रमा ‘राजनीतिको विरोधी’ र परिवर्तनविरोधी बनाइदिए । गैरसरकारी संस्थाहरूले बलियोसित जग हालिसकेको पेरु र चिलीजस्तो देशमा परिवर्तनवादी सामाजिक आन्दोलन ¥हास हुँदै गयो ।
तत्कालीन मागहरूको स्थानीय सङ्घर्षहरू सम्भावित आन्दोलनलाई हुर्काउने खुराक र पौष्टिक पदार्थ हुन् । गैरसरकारी संस्थाहरूले निश्चय पनि ‘स्थानीय’ लाई जोड दिन्छन्, तर मुख्य प्रश्न कुन बाटोमा स्थानीय सङ्घर्षलाई लान खोज्दछन् भन्ने हो । के तिनीहरूले सामाजिक व्यवस्थाको ठुलठुला विषयलाई उठाउने छन् र राज्य तथा तिनीहरूका साम्राज्यवादी दाताहरूसँग भिड्ने अरु स्थानीय शक्तिहरूसँग सम्बन्ध जोड्छन् अथवा तिनीहरू त्यसैभित्र पस्ने हुन् वा विदेशी दाताहरू खोज्दा बाहिरी सुविधा र अनुदानको निम्ति ती प्रतिस्पर्धी पक्षहरू लगातार विसृङ्खलित हुन्छन् भन्ने हो । गैरसरकारी संस्थाहरूले पछिल्लो अर्थात् विदेशीको मुख ताक्न आपसमा टुक्रयाउने नीतिलाई उत्साहित गर्छन् ।
गैरसरकारी संस्थाका बुद्धिजीवीहरू बरोबर ‘सहयोग’ बारे लेख्छन् तर तिनीहरू नव–उदारवादी शासनहरू तथा समुद्रपारका दाता संस्थाहरूको सहयोगको निम्ति गुमाउनुपर्ने मूल्य र सर्तहरूबारे उल्लेख गर्दैनन् । मध्यस्थकर्ता र दलालहरूको भूमिकाको रूपमा तिनीहरू स्थानीय लक्षित समूह र दाताहरूलाई स्वीकार्य आयोजनाको निम्ति समुद्रपारिबाट कोष तान्नु र कोष उपलब्ध गराउनु हो । ‘उद्यम व्यवसायहरूका स्थापना गर्नेहरू’ पहिलेका ‘ज्यामीका ठेकेदारहरू’ (Enganchadores) सँग मिल्ने खालका राजनीतिको नयाँ रूपमा काम गर्छन्, ‘तालिम गर्न’ महिलाहरूलाई जम्मा गर्छन्, स–साना व्यवसायहरू स्थापना गरेर ठुलठुला उत्पादनहरूलाई ठेक्का पु¥याउँछन् वा सस्तोमा ज्यामीहरू निर्यात गर्छन् । गैर–सरकारी संस्थाहरूको नयाँ राजनीति सारमा विदेशी दलालहरूको राजनीति हो । तिनीहरूले कुनै राष्ट्रिय उत्पादन गर्दैनन्, त्यसको सट्टा तिनीहरूले स्थानीय श्रम (स्वावलम्बी स–साना उद्यम व्यवसायहरू) सँग विदेशी दाताहरूलाई नव–उदारवादी शासनको निरन्तरतालाई सजिलो पार्न सम्बन्ध राखी दिन्छन् । गैरसरकारी संस्थाका प्रबन्धकहरू मौलिकरूपले ‘राजनैतिक’ पात्रहरू हुन् । तिनीहरूको आयोजना र तालिमको कार्यशाला गोष्ठीहरूले मजदुरहरू र किसानहरूको आम्दानी बढाउने कार्यमा उल्लेख्य कुनै ‘आर्थिक’ प्रभाव पार्दैनन् । तर, तिनीहरूको गतिविधिले जनतालाई वर्गसङ्घर्षबाट मोडेर आफ्ना दमनकारीहरूसँग सहभागिताको रूपमा प्रभाव पार्ने काम गर्छ ।
यस दृष्टिकोणलाई न्यायोचित ठह¥याउन, गैरसरकारी संस्थाका सिद्धान्तकारहरूले प्रायः क्रान्तिकारी वामपन्थीको ¥हास, पूर्वमा पुँजीवादको विजय, ‘माक्र्सवादमा सङ्कट’, विकल्पको अन्त, संरा अमेरिकाको शक्ति, सैनिक विद्रोह र दमनलाई उल्लेख गरेर ‘व्यवहारवाद’ र ‘यथार्थवाद’ लाई अगाडि सार्छन् । वामपन्थीहरूलाई विश्व बैङ्क र संरचनात्मक समायोजन लेनदेन (Structural Adjustment) बाट थोपेको स्वतन्त्र बजारको घेराभित्र काम गर्न चित्त बुझाउन ‘सम्भावनावाद’ लाई प्रयोगमा ल्याउँछन् र सेनाद्वारा थोपिएको निर्धारित निर्वाचकीय राजनैतिक घेराभित्र ल्याउन कोसिस गर्छन् ।
गैरसरकारी संस्थाहरूको सिद्धान्तको निराशावादी ‘सम्भावनावाद’ अनिवार्यरूपले एकपक्षीय छ । तिनीहरूले नवउदारवादी चुनावी विजयहरूलाई उल्लेख गर्छन् र संसदीत्न्दा फरक व्यापक जनता सङ्गठित र गतिविधि भएको ठुलठुला हडताल र निर्वाचनपछिको व्यापक जनताको विरोधलाई ध्यान दिँदैनन् । तिनीहरू १९८० का पछिल्लो अवधिमा पूर्वी युरोपेली देशहरूको समाजवादी व्यवस्थाको पतन वा अस्थायी हारलाई मात्र हेर्छन् र १९९० को मध्यदेखिको परिवर्तनवादी सामाजिक आन्दोलनहरूको पुनर्जागरणलाई ध्यान दिँदैनन् । तिनीहरू निर्वाचनवादी राजनीतिज्ञहरूमाथि सैनिक दबाबलाई उल्लेख गर्छन् तर तिनीहरू मेक्सिकोको जापाटिष्टा गुरिल्लाहरू (Zapatista Guerrillas), काराक्सका सहरी विद्रोहीहरू (Urban Rebellious in Caracas) र बोलिभियाको देशव्यापी हडतालको उल्लेख गर्न चाहँदैनन् । छोटोमा भन्ने हो भने सम्भावनावादीहरू सेनाको चुनावी घेराभित्रको क्षेत्रीय र स्थानीय स्तरबाट सुरु भएको सङ्घर्षहरूको गतिशीलतालाई बेवास्ता गर्छन् र जनताका प्राथमिक माग र आवश्यकताहरूलाई पूरा गर्न सम्भावनावादीहरूको असफल एवं तिनीहरूको पहुँच बाहिर पुग्दा ती सङ्घर्षहरू उचाइमा पुग्छन् भन्ने कुरामा तिनीहरू ध्यान दिँदैनन् ।
गैरसरकारी संस्थाहरूको व्यवहारवाद नव–उदारवादीहरूको अतिवादसँग मिल्दोजुल्दो छ । १९९० को दशक नवउदारवादी नीतिहरूको परिवर्तनको साक्षी हो, समुद्रपारिका बैङ्कहरू र बहुराष्ट्रिय कम्पनीहरूलाई ब्राजिल, अर्जेन्टिना, मेक्सिको, भेनेजुयलामा पेट्रोलमा बढी लगानी गर्ने सहुलियतहरू दिएर साथै फट्काजी गर्न दिएर (Speculative Opportunities) सङ्कटलाई टार्ने कार्यहरू भए, कम ज्याला, कम समाज कल्याण वा सुरक्षा कोष वा भत्ता, बढी कर छुट र श्रमिकहरूलाई सुरक्षा प्रदान गर्ने सबै ऐनहरूको खारेजीजस्ता ‘कृकृत्यहरू’ गराइए । वर्तमान ल्याटिन अमेरिकी वर्गीय बनावट बढी दृढ भयो र राज्य पनि पहिलेभन्दा शासक वर्गहरूसँग झन् प्रत्यक्षरूपले आपसमा एक भए । व्यङ्ग्य के हो भने गैरसरकारी संस्थाको परिकल्पनाभन्दा उल्टो नवउदारवादीहरूले समाजको माक्र्सवादी दृष्टिकोणसँग अझ नजिक बनाउँदै वर्गीय बनावटलाई अझै ध्रुवीकरण गर्दै छन् ।
यसरी माक्र्सवादले गैरसरकारी संस्थावादलाई एक वास्तविक विकल्प प्रदान गर्छ । ल्याटिन अमेरिकामा अहिले पनि माक्र्सवादी बुद्धिजीवीहरू बाँकी छन्, समान राजनैतिक परिणाम भोग्न वचनबद्ध ती बुद्धिजीवीहरू सामाजिक आन्दोलनको सङ्घर्षबारे लेख्ने र बोल्ने काम गर्छन् । तिनीहरू ‘जीवित’ (Organic) बुद्धिजीवीहरू हुन् । तिनीहरू आन्दोलनकै एक भाग, वर्गसङ्घर्षको विश्लेषण र शिक्षा दिने संवाहक हुन् । तिनीहरू गैरसरकारी संस्थाका प्राज्ञिक गोष्ठीहरू, विदेशी परिषद्हरू, अन्तर्राष्ट्रिय सम्मेलनहरू, कर्मचारीखाले प्रतिवेदनका लेखकहरू तथा संस्थाहरूको संसारमा जेलिएका ‘पूर्वमाक्र्सवादी’ बुद्धिजीवीहरूजस्ता होइनन् । ती माक्र्सवादी बुद्धिजीवीहरू स्थानीय सङ्घर्षमा केन्द्रित हुन स्वीकार्छन् । ती सङ्घर्षको सफलता राष्ट्रिय स्तरको राज्यसत्तामाथिको वर्गहरू बिचको भिडन्तको परिणाममा धेरै मात्रमा निर्भर गर्छन् भन्ने कुरा तिनीहरूलाई थाहा छ ।
तिनीहरूले विदेशी सहायता र नवउदारवादसँगको सहभागिताको तहगत ‘ऐक्यबद्धता’ (Hierarchical ‘Solidarity’) प्रदान गर्दैनन् बरु वर्गीय ऐक्यबद्धता तथा विदेशी तथा घरेलु शोषकहरूको विरोध (महिला तथा विभिन्न जाति र रङ्गका जनता) को दलित–पीडित समूहहरूको वर्ग ‘भित्र’ को ऐक्यबद्धता प्रदान गर्छन् । मुख्य ध्यान वर्गहरूलाई विभाजन गर्ने तथा निश्चित समयमा स–साना दलहरूलाई थामथुम गर्ने अनुदानहरूमा होइन बरु उही वर्गका सदस्यहरूको सामूहिक उन्नतिको निम्ति साझा आर्थिक एवं कठिन सङ्घर्षमा साथै रहेकाहरूको साझा सङ्घर्षमा मुख्य ध्यान दिन्छन् ।
आलोचनात्मक माक्र्सवादी बुद्धिजीवीहरूको शक्ति परिवर्तित सामाजिक यथार्थतासँग मेल खान्छ र तिनीहरूको विचारमा स्थिरता छ । बढ्दो वर्गीय ध्रुवीकरण तथा बढ्दो हिंसात्मक भिडन्तहरू स्पष्टै छन् । सङ्ख्याको हिसाबले संस्थागत अर्थमा माक्र्सवादीहरू कमजोर देखिए पनि मेक्सिकोका जापाटिस्टादेखि ब्राजिलका भूमिहीन गाउँले कामदार आन्दोलन (MST) सम्मका क्रान्तिकारी लडाकुहरूको नयाँ पुस्तासँगको सम्बन्धले तिनीहरू रणनीतिकरूपले बलिया छन् ।

स्रोत ः ल्याटिन अमेरिकामा साम्राज्यवाद र गैरसरकारी संस्थाहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *