भर्खरै :

प्रजग कोरियालीले मनाए किम इल संगको जन्म दिवस(फोटो फिचर)

प्रजग कोरियाका क्रान्तिकारी नेता किम इल संगको जन्म दिवस आइतबार(अप्रिल १५) विश्वभर विभिन्न गतिविधि गरी मनाइयो । प्रजग कोरियाली जनताले भने यो दिनलाई सुर्य दिवसको रुपमा मनाए ।
प्योङयाङ र अन्य प्रजग कोरियाली शहरमा किम इल संगको सम्मानमा निर्माण गरिएका विभिन्न स्मारकहरुमा पुगेर कोरियाली जनताले नेता किमप्रति श्रद्धा व्यक्त गरे ।
कुमसुसान सौर्य दरबार, किम इल संगको पार्थिव शरीर राखिएको जुछे पवित्र मन्दिरमा ठूलो संख्यामा प्रजग कोरियाली जनता जम्मा भएका थिए ।
मान्सु पहाडमा बनाइएको किम इल संग र किम जंग इलको स्मारकमा पनि मानिसहरुको ठूलो घुइँचो लागेको थियो ।
सुर्य दिवसको अवसर पारेर प्रजग कोरियामा विभिन्न साँस्कृतिक तथा खेलकुदका गतिविधि आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *