भर्खरै :

जारशाही संसद्मा बोल्शेभिक सांसद – १३

  • मंसिर १, २०८२
  • ए. बादायेभ
  • विचार
जारशाही संसद्मा बोल्शेभिक सांसद – १३

यी प्रश्नबारे डिसेम्बर १४ को संसद्मा छलफल गर्ने तय भएको थियो । क्रिसमस पर्वभन्दा अगाडि सदनको सत्र अन्त्य हुँदै थियो । हाम्रो समूहले मलाई प्रश्न गर्ने जिम्मा दियो । सुरुमा मैले ट्रेड युनियनमाथि गैरकानुनी कारबाहीको भण्डाफोर गर्नुपर्ने थियो । यसपछि प्रश्नको सान्दर्भिकताको प्रतिरक्षा गर्ने बहानामा मैले मूल प्रश्न राख्नुपर्ने थियो । अन्त्यमा मैले क्रान्तिकारी सङ्घर्षको माध्यमबाट मात्र जनताले आफ्नो अवस्थामा सुधार ल्याउन सक्छन् भनी प्रमाणित गर्नुपर्ने थियो । मजदुरका सांसदहरूले राख्ने मन्तव्यको विषयवस्तु र शैली यस्तो हुन्थ्यो ।
संसद्मा मेरो मन्तव्यको खाका त्यस्तो थियो । सदनका प्रतिक्रियावादी बहुमतलाई हाम्रो मन्तव्य असह्य थियो । मजदुरका सांसदहरूको सिधा, सटिक र तीखा प्रश्नले कालासय ‘राजभक्त’ हरू रिसले आगो भए । हाम्रो मन्तव्यमा सेन्ट पिटर्सबर्गका मजदुरहरूको अवस्थाबारे वर्णन गर्न थालेपछि उनीहरू रिसले मुर्मुरिन थाले । पिटर्सबर्गका मजदुरहरूबिच क्रान्तिकारी आन्दोलन बिस्तारै बढिरहेको तथ्य तुराइद दरबार (सदन) ले महसुस गर्दै थियो । त्यसकारण, हामीले मजदुरहरूलाई सङ्घर्ष तीव्र पार्न अपिल गर्दा राजाका बफादार मतियारहरू आक्रोशित हुनु स्वाभाविक थियो । मजदुरहरूको सङ्घर्ष तीव्र भएको खण्डमा ढिलोचाँडो जारशाही र उसका आसेपासेहरूको दबदबा बढारिने उनीहरूले बुझेका थिए ।
मजदुरका सांसदहरूलाई अल्मल्याउन र तर्साउन तिनका कुरालाई बिचबिचमा काट्न सदनको बहुमत पक्षले यिनै चाल अपनाउँथे । खासगरी मजदुर सांसदले पहिलोपल्ट बोल्दै छन् भने उनीहरूलाई यसरी ¥याख¥याख्ती पारिन्थ्यो । बहुमत सांसद र सभामुखले सदनमा मनलाग्दी गर्थे । उनीहरू मजदुर सांसदको पहिलो मन्तव्यलाई अन्तिम बनाउन मरिहत्ते गर्थे । उनीहरू ती सांसदको मुख थुन्न तिनको सातो खान खोज्थे । तुराइद दरबारमा चौथो संसद्को कार्यकालभरि एकपल्ट पनि मुख नखोली बस्ने बहुमत सांसदहरूले गर्ने गर्थे । मजदुर सांसद पनि उसरी नै बसून् भन्थे उनीहरू । संसद्को माहोलका कारण मजदुर सांसदहरू कतिसम्म आलसतालस हुन्थे भने तिनीहरू दबुमै टाँसिएजस्ता हुन्थे र तिनलाई त्यहाँबाट बाहिर निकाल्न मानौँ बल नै लगाउनुपथ्र्यो ।
प्रत्येक मजदुर सांसदहरू सदनमा पहिलो मन्तव्य राख्दा यसरी नै थर्कमान हुन्थे । बोल्नै अत्यासिनुपर्ने यो अनुभव लगभग सबैको हुन्थ्यो । म दबुमा उक्लिँदा मैले आफ्ना प्रतिनिधिहरूलाई मजदुरहरूले दिएको जिम्मेवारी महसुस गरेँ । सदनमा मैले राख्ने मन्तव्य मजदुरहरूका कानुनी र गैरकानुनी बैठकहरूमा दिँदै आएको भाषणजस्तो हुने कुरै भएन । यहाँ हामी मजदुरहरूका प्रतिनिधिहरू शत्रुको ठीक सामुन्ने उभिन्थ्यौँ । युगौँदेखि मजदुरवर्गमाथि अन्याय–अत्याचार गर्नेहरूका अगाडि खडा हुन्थ्यौँ । हामीले कुनै पनि संसदीय बहानाबाजी वा दाउपेच प्रयोग नगरी सम्पूर्ण जनताले सोचिरहेको कुरा सिधा र खुला रूपमा राख्नैपथ्र्यो । हाम्रो अभिव्यक्तिमा जनताका प्रत्येक इच्छा–आकाङ्क्षा प्रतिबिम्बित हुनुपथ्र्यो र विद्यमान व्यवस्थाका प्रतिनिधिहरूविरुद्ध जनताले गर्ने सबै तर्कको वाण हान्नुपथ्र्यो ।
मजदुर सांसदले बोल्ने शब्द–शब्दमा सबैको ध्यान हुन्थ्यो । संसद् भवनभित्र मात्र होइन, रुसका करोडौँ सर्वहारा जनताले हाम्रो कुरा सुन्थे । उनीहरू हामीलाई आफ्नो हितका रक्षक ठान्थे । सदनमा हामीले दिने भाषण र गर्ने अपिलमा मजदुर जनताको क्रान्तिकारी भावना गुञ्जिन्थ्यो । हाम्रो आवाजले शत्रुविरुद्ध तिनको सङ्घर्ष थप सशक्त बन्थ्यो । सदनको ढोकादेखि नै हामीले मजदुरवर्गको उच्च मनोबल देखाउँथ्यौँ । लामो समयदेखि रुसी सर्वहारावर्गको मनमा जम्मा भएको शक्ति हामीले प्रदर्शन गथ्र्यौँ ।
जारशाही निरङ्कुशतन्त्रको मुकाममै पुगेर आफ्नो पहिले मन्तव्य राख्न हामीलाई हम्मेहम्मे पथ्र्यो । कालासयहरूको स्याल हुइँयाविरुद्ध आफ्नो कुरा राख्न ठुलै आँट चाहिन्थ्यो । सभामुखले बारम्बार वक्तालाई टोकिरहन्थे । उनलाई पेलेरै मजदुरवर्गको राजनीतिक र आर्थिक दासत्वको वर्णन गर्नुपथ्र्यो, दमनकारीहरूलाई लल्कार्नुपथ्र्यो ।
सदनमा सांसदहरूलाई दण्ड लाग्दैन र तिनलाई ‘अभिव्यक्ति स्वतन्त्रता’ छ भन्नु जारशाही झूटमात्र थियो । सरकार मजदुर सांसदहरूलाई एकै घानमा ठेगान लगाउन उपयुक्त निहुँ खोजिरहेको हुन्छ भन्नेमा हामी प्रस्ट थियौँ । दोस्रो संसद्का सामाजिक जनवादी सांसदहरूको मुद्दा हाम्रो दिमागमा ताजै थियो । तिनीहरूलाई सशरीर श्रम शिविरमा पठाइएको थियो । “सदनका कतिपय व्यक्ति मन्त्री बन्न सदनको मञ्च छोड्थे तर मजदुर सांसदहरू भने अपराधी बन्ने अपजस खेप्न मञ्च छोड्थे ।” लेनिनले मजदुर सांसदहरूको सम्भावित भाग्यलाई यसरी सटिक शब्दमा उतार्नुभएको थियो । तर, विपत्ति यत्तिमै टुङ्गिँदैनथ्यो । हाम्रा मन्तव्यहरू जतिजति साहसी हुँदै जान्थे हामीले उति नै अप्ठ्यारा पहाड उक्लिनुपथ्र्यो । सांसदहरूले भोग्नुपर्ने दण्डले गर्दा उता मजदुरहरू भने झन्झन् शिक्षित बन्दै जान्थे र क्रान्तिकारी सङ्घर्षमा अझ दृढ बन्दै जान्थे ।
सुरुमा त समग्र सदनले मेरो कुरा बडो ध्यान दिएर सुन्यो । साँझको समय थियो । तुराइद दरबार बत्तीले झलमल्ल थियो । मन्त्रीहरूको कक्ष सरकारी अधिकारीले भरिभराउ थियो । सँगैको अर्को कक्षमा प्रेस प्रतिनिधिहरू थिए । जनसाधारण बस्ने बार्दलीमा मान्छेको घुइँचो थियो । उच्च अधिकारीहरूका पत्नीहरूले एक ताल्चा बनाउने मजदुर संसद्मा कसरी प्रस्तुत हुँदो रहेछ, के भन्नो रहेछ भनी दूरबिनले उत्सुक आँखाले मतिर हेर्दै थिए । अर्कोतर्फ जसोतसो सदनको टिकट हात पारेर भित्र पसेका मुट्ठीभर मजदुरहरू सासै रोकेजस्तो गरेर मेरा एकएक शब्द समाउन बसेझैँ त्यहाँ बसिरहेका थिए; आफ्ना सांसदको मन्तव्य सुन्दै थिए ।
रोद्जान्कोको मोटो शरीर सभामुखको आसनमा गजधम्म बसेको थियो । उनले आफ्नो घण्टी तयार पारे र ध्यान जति मेरो मन्तव्य सुन्नमा लगाए । मेरो मन्तव्यमा हलो अड्काउन पाइन्छ कि भनेर उनी ढकिबस्न थाले ।
अघिका सबै कुरा राखे पनि मलाई मन्तव्यको निष्कर्ष सुनाउन दिइएन । मजदुरवर्गको दुर्दशा र सरकारले तिनको जीवन कस्टकर बनाइरहेको विषय छुनेबित्तिकै सभामुखले मेरो कुरा काटिदिए ।
मैले दबु छोड्दै गर्दा सदनको दुवैतिर तालीको गडगडाहट सुनियो । वामपन्थीहरूले मेरो मन्तव्यमा समर्थन जनाउँदै ताली बजाए । उता एक मजदुर सांसदलाई तह लगाइदिएकोमा दक्षिणपन्थी र मध्यमार्गीहरूले रोद्जान्कोलाई बधाई दिँदै ताली पड्काए ।
ट्रेड युनियन खारेजीको विषयमा मैले राखेको प्रश्नलाई कालासय बहुमतले अस्वीकार गर्ने नै भयो । सामाजिक जनवादी समूहले राखेको दोस्रो प्रश्नलाई पनि यसरी नै किनार लगाइयो । त्यो प्रश्न बैठक बस्नमाथि लगाइएको रोक्का र बीमा आयोगको निर्वाचनसँग सम्बन्धित थियो । यसबारे सदनको एउटै बसाइँमा डिसेम्बर १४ को दिन छलफल भयो । दुवै मुद्दालाई संसद्ले ‘असान्दर्भिक’ भन्दै अस्वीकार ग¥यो । हाम्रो प्रश्नलाई प्रश्नोत्तर आयोगमा पठाइयो र त्यही थन्कोमन्को लगाइयो । मजदुरवर्गले जमिनदार र कुलिनहरूको सदनबाट अर्थोक निर्णय आउने कल्पनै गर्न मिल्दैनथ्यो । प्रश्नोत्तरमा जाने हाम्रो एउटै उद्देश्य थियो – विद्यमान शासन सत्ताको सक्कली अनुहार जनताबिच उदाङ्ग्याउने ।
सामाजिक जनवादी समूहले कालासय सदनमा गरेको यो सङ्घर्षलाई सेन्ट पिटर्सबर्गका मजदुरहरूले समर्थन गरे र सबल बनाए । सोही दिन उनीहरूले एकदिने हडतालको घोषणा गरे । हामीले संसद्को मञ्चबाट जारशाहीको पछिल्लो दमनको उदाहरण सुनाउँदै गर्दा मजदुरहरूले हतारिँदै कलकारखानाको काम छोडेर बैठक बसे र विरोधको स्वर घन्काइहाले ।
डिसेम्बर १४ को एकदिने हडताल व्यवस्थित र योजनाबद्ध थियो । बीमाको विषयलाई लिएर गर्न खोजिएको बैठकमाथि रोक लगाएर ट्रेड युनियनमाथि गरिएको कारबाहीको उदाहरण ‘प्राभ्दा’ मा दिनकै जसो छापिन्थ्यो । पत्रिकामा बीमा आयोगमा ‘मजदुर’ प्रतिनिधिको ‘नियुक्ति’ को विषयमा पनि छापियो । यो आयोगले सरकारी बीमा कानुनलाई असफल पार्न चाहन्थ्यो । पत्रिकामा छापिने यस्ता लेखको भाषामा चलाखी अपनाइन्थ्यो । सेन्सरले पनि पर्गेल्न नसक्ने गरी लेखिन्थ्यो । तर, सचेत मजदुरहरूले भित्री आसय बुझ्न सक्थे । संसद्मा प्रश्नोत्तर चल्ने बेला जुलुस प्रदर्शन गर्नुपर्ने सन्देश यसरी नै दिइएको थियो । डिसेम्बर १३ को दिन रुसी सामाजिक जनवादी मजदुर पार्टीको केन्द्रीय समितिले हस्ताक्षर गरेको पर्चा बाँड्दै बोल्शेभिकहरूले सामाजिक जनवादी समूहको समर्थनमा हडताल गर्न अपिल गरेका थिए ।
पर्चा जारी गरिएको दिन विभिन्न कलकारखानामा बैठकहरू डाकियो । संसद्को प्रश्नोत्तरलाई स्वागत गर्दै प्रस्तावहरू पारित गरियो । समूहलाई समर्थन गरिरहने वचन दिइयो । उदाहरणको लागि पह्लको उद्योगमा पारित गरिएको प्रस्तावमा लेखियो, “हडतालमार्फत हामी चौथो राज्य ड्युमाको सामाजिक जनवादी समूहले सदनमा राखेका प्रश्नहरूमा समर्थन जनाउँछौँ ।” प्रत्येक प्रस्तावमा ट्रेड युनियनहरूमाथि भएको कारबाहीको कडा शब्दमा विरोध गरिएको थियो । बीमा आयोगमाथि प्रहरीले नियन्त्रयण जमाएकोमा विरोध गरिएको थियो । हडतालको आह्वान गर्ने अपिलप्रति उत्साहप्रद समर्थन प्राप्त भयो । तेह्र कारखानाका मजदुरहरूले तुरुन्तै काम छोडे र केही नगन्य समूहले मात्र वा केही थान मजदुर र त्यसमा पनि महिलाहरूले मात्र काम गरिरहे, काम छोडेनन् ।
हडताल डिसेम्बर १४ को दिन नै टुङ्गिएन । भोलिपल्ट बिहान अन्य कारखाना र ज्यासल पनि हडतालमा सहभागी भए । त्यस्तै, अघिल्लो दिन कारखाना छोडेका मजदुरहरू काममा फर्केनन् । हडताली मजदुरहरूको सङ्ख्या यकिन साथ भन्न सकिन्न । तर, त्यो सङ्ख्या ६० हजारभन्दा मुनि हुनै सक्दैन । यसको अर्थ सेन्ट पिटर्सबर्गको सबैभन्दा ठुलो उद्योगमा काम गर्ने जति मजदुर हडतालमा सहभागी भए । यसका साथै छापाखाना, मर्मत कारखानाजस्ता केही साना व्यवसाय पनि बन्द भए । सेन्ट पिटर्सबर्गका मजदुरहरूको यो भव्य विरोध हडताललाई मजदुरहरूले आफ्ना सांसदहरूप्रति ऐक्यबद्धता जनाएको अर्थमा बुझियो ।
हडताललाई सधैँझैँ प्रहरीले दमन ग¥यो । ठाउँ–ठाउँमा कारखाना मालिक पनि दमनमा उत्रिए । म्याक्सवेलका दुई कारखाना पेत्रोभ्स्काया र स्पासकायामा काम गर्ने ३ हजार मजदुरले हडतालको भोलिपल्ट डिसेम्बर १५ को दिन उद्योगको मूल गेट बन्द गरिएको पाए । सूचनापाटीमा यस्तो लेखिएको थियो, “बारम्बारको हडताल र मजदुरहरूलाई दिइएको चेतावनीलाई दृष्टिगत गर्दा कारखाना प्रशासन सम्पूर्ण मजदुरलाई तलब दिन बाध्य भएको छ । तलब दिने दिन पछि घोषणा गरिनेछ ।” कारखानाका वरिपरि प्रहरी अधिकारी र हवल्दारहरूको ठुलो टोली गस्ती बस्न थाल्यो । कारखाना केही दिन ढिलो खुलोस् भनेर मजदुरहरूले ज्याला लिन अस्वीकार गर्ने निधो गरे । ज्याला लिने बेला अनेक सर्तहरू पालन गर्नुपर्ने कुरा उनीहरूलाई थाहा थियो । फेरि एक दिन काम बन्द भए पनि मालिकहरूलाई ठुलो नोक्सानी हुन्थ्यो । मध्यान्नसम्ममा केही फोरमेनहरूलाई ज्याला दिइयो । यसकारण, उनीहरूलाई पुनः काममा लिइनेछ भन्ने प्रस्ट भयो । साँझको खानापछि मजदुरहरूको मनोबल अलि खस्कियो र कार्यालयअघि मान्छेको ताँती लाग्यो । त्यस अवधिमा कारखाना प्रशासनलाई प्रहरीले पहरा दिइरहेको थियो । उनीहरूले गोठालाले जस्तै मजदुरलाई कार्यालयसम्म पु¥याउँथे । भित्र कारखाना म्यानेजर आफैले कमान सम्हालेको थियो । उसको हातमा ‘विद्रोही तत्वहरू’ को सूची थियो । खजान्चीले मजदुरहरूलाई पैसा दिएपछि म्यानेजरले पुनः काममा फर्काइने मजदुरको तिरान–पुस्तिकामा छाप लगाउँथ्यो । ज्यालाबाट सञ्चय कोषमा पैसा हाल्नका लागि निश्चित रकम काट्ने अन्तरिम नियमले गर्दा अधिकांश मजदुरले पचास कोपेक (पैसा) देखि दुई रुबल (रूपैयाँ) सम्म पाउँथे । तर, अधिकांश मजदुरले केही पनि पाएनन् । ‘अविश्वासिलाहरू’ लाई सकेसम्म कष्ट दिन कारखाना प्रशासनले पति पत्नी, बाबु छोरी, भाइबहिनीलाई एकैपल्ट कामबाट बेदखल ग¥यो ।
मजदुरहरूलाई यसरी निकाला गरेर प्रशासनलाई उति फाइदा भने हुँदैनथ्यो । भोलिपल्ट केही घण्टाको काम गरेपछि काममा राखिएका सबै मजदुर हडतालमा सामेल हुन आए र बेदखल गरिएका सबै मजदुरलाई पुनः काममा लगाउन माग गरे । मजदुरहरूलाई कारखानाबाट बाहिर जान नदिने प्रहरीको प्रयास सफल भएन । यसपछि मजदुरहरू प्रहरीलाई जिस्क्याउँदै र धम्क्याउँदै अनेक दिशामा छरिए ।
लगातार पक्राउ र दमनको उपाय अपनाए पनि, कारखानाका कोठाहरूबाट मजदुरहरूलाई निकाला गरे पनि मजदुरहरूले हार मानेनन् । म्याक्सवेल कारखानाले मजदुरहरूलाई सताए पनि त्यसको विरोधमा सङ्घर्ष सुरु भयो । यो सङ्घर्षलाई सेन्ट पिटर्सबर्गका बाँकी सर्वहारा जनताले समर्थन गरे । सम्पूर्ण कारखाना र ज्यासलमा जम्मा गरिएको चन्दा तालाबन्दी र हडतालले पीडितहरूलाई राहत दिन खर्च गरियो ।
हाम्रो संसदीय समितिले चन्दा जम्मा गर्ने र बाँड्ने जिम्मा लियो । सेन्ट पिटर्सबर्गबाट मात्र होइन अन्य औद्योगिक नगरी (मस्को, वार्सा, लोज, रिगा आदि) का मजदुरहरूले पनि हामीलाई दैनिकजसो सङ्कलित रकम पठाउँथे । रकम सङ्कलन गरिएका उद्योगहरूको एउटा लामो सूची ‘प्राभ्दा’ मा प्रकाशित भयो । यसले के देखायो भने मजदुरहरूले म्याक्सवेल कारखानामा भइरहेको लडाइँलाई अलग्गै घटनाको रूपमा हेरेनन् । बरु, पुँजीपतिहरूविरुद्धको वर्गसङ्घर्षमा त्यो लडाइँलाई अर्को एक अध्यायको रूपमा हेरे ।
सामाजिक जनवादी समूहका सदस्यहरू, मजदुर सांसदहरू सघन सङ्घर्षमा हेलिएका थिए । हामी हडतालीहरूसँग नियमित सम्पर्कमा थियौँ; हामीले मजदुरहरूलाई आफ्नो माग तय गर्न सघायौँ† उनीहरूलाई सङ्कलित चन्दा हस्तान्तरण ग¥यौँ; विभिन्न सरकारी अधिकारीहरूसँग सम्झौता ग¥यौँ आदि ।
दुवै कारखानामा हडताल पन्ध्र दिनभन्दा बढी चल्यो । तिनताका त्यत्तिको हडताललाई लामै हडताल मानिन्थ्यो । मजदुरहरू एउटै कारणले टिक्न सके । सेन्ट पिटर्सबर्गका मजदुरहरूले दिएको नैतिक र भौतिक सहायताले गर्दा मजदुरहरू त्यो हडतालमा डट्न सकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *