क्युवा : अमेरिकी विमान खसालिनुको रहस्य
- जेष्ठ १६, २०८३
विश्वको सबैभन्दा महत्वपूर्ण जलवायु शिखर सम्मेलन कोप–३० ब्राजिलको अमेजन बन्दरगाह सहर बेलेममा सुरू भएको छ । सम्मेलन विवादास्पद हुने देखिन्छ । प्रमुख देशहरूले नयाँ जलवायु योजना पेस गरेका छैनन् । जलवायु कार्यका लागि कसले भुक्तानी गर्ने भन्ने विवादले वार्ता रोकिएका छन् । हामीले जून महिनामा वार्ताको प्रारम्भिक चरणमा भाग लियौँ, जुन ठोस सम्झौताविना समाप्त भयो । वार्तामा धेरै प्रस्तावमा ‘सहमत नभएको’ र ‘संशोधनका लागि खुला’ भएको बताइएको थियो । ती विभाजित वार्ता गत वर्ष अजरबैजानमा निराशाजनक कोप–२९ पछि भएका थिए । जारी कोप–३० मा विभिन्न मुद्दामा छलफल हुने अपेक्षा गरिएको छ ।
पेरिस सम्झौता भएको दस वर्षपछि देशहरूले आफ्नो तेस्रो चरणको राष्ट्रिय जलवायु योजना वा राष्ट्रिय रूपमा निर्धारित योगदान (एनडीसीएस) शब्दावलीमा पेस गर्नुपर्नेछ । यिनीहरूलाई प्रत्येक पाँच वर्षमा पुनर्जागृत गरिन्छ र जलवायु कार्यलाई बढाउन ‘सर्वोत्तम प्रयास’ प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । तर, नोभेम्बर २०२५ सम्म ७९ देश (जसले विश्वव्यापी उत्सर्जनको ६४ प्रतिशत समेट्छन्) ले मात्र आफ्नो एनडीसीएस पेस गरेका छन् । पेस नगर्ने देशमा भारतजस्ता केही उच्च उत्सर्जक समावेश छन्, जबकि अमेरिकाले (फेरि एकपटक) पेरिस सम्झौताबाट हात झिकेको छ । पेरिस सम्झौताअनुसार विश्वको तापमान परिवर्तनलाई १.५ डिग्री सेल्सियसभन्दा न्यून राख्ने उल्लेख छ, जुन बढ्दो रूपमा असम्भव देखिन्छ । प्रत्येक देशले आफ्ना प्रतिज्ञा पूरा गरे पनि हामी अझै लगभग ३ डिग्री सेल्सियस तापमानको पथमा छौँ ।
गत वर्ष कोप–२९ मा विकासशील देशलाई सहयोग गर्न २०३५ सम्ममा प्रतिवर्ष ३०० अर्ब डलर (२२७ अर्ब युरो) भुक्तानीको प्रतिबद्धता जनाइएको थियो । यो अघिल्लो लक्ष्त्न्दा तीन गुणा बढी भए पनि यो विकासशील देशले माग गरेको १.३ ट्रिलियन डलरभन्दा कम हो । यस रकमलाई ‘महत्वाकाङ्क्षी’ बताइएको छ । भारत र नाइजेरियालगायत धेरै देशले कोप–२९ आयोजक अजरबैजानलाई सहमतिबिना सम्झौता गर्न बाध्य पारेको आरोप लगाएका छन् । निराशा अझै कायम छ र जलवायु परिवर्तनका लागि कसले भुक्तानी गर्छ भन्ने प्रश्न अझै सुल्झिएको छैन ।
यदि संसारलाई उच्च उत्सर्जनबाट कम उत्सर्जनमा परिवर्तन गर्ने हो भने निष्पक्ष र समावेशी भुक्तानी हुनुपर्छ । यसलाई ‘न्यायसङ्गत सङ्क्रमण’ भनेर चिनिन्छ । कोप–२८ सम्मेलनपछि न्यायसङ्गत सङ्क्रमण वार्ताहरू तनावग्रस्त बनेका छन् । ती सम्मेलनमा धनी देशले जीवाष्म इन्धन उद्योगमा कामदारका लागि नयाँ रोजगारीमा जोड दिएका थिए । हामीले जलवायु परिवर्तनलाई कसरी हेर्ने भन्ने कुरामा पुनर्विचार गर्नु आवश्यक थियो । यद्यपि, धनी देशले अन्ततः अन्तिम सम्झौतामा आफ्नो स्वार्थअनुकूलको बाटो रोजे । व्यापक महत्वाकाङ्क्षा प्रभावकारी रूपमा मेटाइयो । धनी देशका लागि यो छोटो अवधिको जितले दीर्घकालीन परिणाम निम्त्यायो, गत वर्षको कोप–२९ वार्ता नतिजामुखी हुन सकेन । यस वर्षको जर्मनीको बोनमा भएको प्रारम्भिक बैठकमा समितिका अध्यक्षहरूले कडा समय पालना गरे र प्रतिनिधिलाई प्रस्ताव अगाडि बढाउन बारम्बार आग्रह गरे । एक बिन्दुमा उनीहरूले खुलेआम भने, “हामीलाई पहिले नै सबैको अडान थाहा छ, हामी कडाइ गरौँ, सामान्य कथनबाट रोकौँ ।” यो दृष्टिकोणले काम गरेको देखिन्थ्यो, किनकि कार्य समूहले अनौपचारिक नोट पेस ग¥यो, जुन अन्तिम नभएको बताइयो ।
जारी शिखर सम्मेलनले अमेजनको उष्णकटिबन्धीय वनमा ध्यान केन्द्रित गरेको छ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले एउटा साहसिक पहलमा उष्णकटिबन्धीय वन सुविधा प्रस्ताव गरेका छन्, जसले संरक्षण प्रयासका लागि देशहरूलाई पुरस्कृत गर्न १२५ अर्ब डलर उठाउने लक्ष्य राखेको छ । यद्यपि, बेलायतले यसको चिन्ताजनक विश्वव्यापी वन फँडानी पदचिह्नको विवरण दिए पनि वन सुविधामा योगदान गर्न पहिले नै अनिच्छा देखाएको छ । अमेजनले २० वर्षसम्म विश्वव्यापी कार्बनडाइअक्साइड उत्सर्जन भण्डारण गर्दछ, स्थलीय जैविक विविधताको १० प्रतिशत कायम राख्छ र पारिस्थितिक प्रणाली सेवाहरूमा अर्बौँ डलर समर्थन गर्छ । यसको विनाशले आदिवासी सार्वभौमिकता र पृथ्वीको जलवायु स्थिरतालाई खतरामा पार्छ । यदि कोप–३० ले वर्षावनहरूको संरक्षण गर्ने आफ्नो लक्ष्य पूरा गर्न सक्छ भने यो फरक पार्ने वास्तविक अवसर हो ।
कोप–३० पछिल्लो स्मृतिमा सबैभन्दा कम समतामूलक जलवायु वार्तामध्ये एक हुन सक्छ । सम्मेलनमा लगभग तीन हजार आदिवासी प्रतिनिधि सहभागी छन् । त्यस्तै हजारौँ जीवाष्म इन्धन पैरवीकर्ताले पनि सक्रिय सहभागिता जनाएका छन् । यद्यपि, जीवाष्म इन्धनसँग जोडिएका व्यक्तिले आफ्नो सम्बद्धता खुलासा नगरी मुख्य औपचारिक वार्तामा पनि भाग लिएको हुनसक्ने जनाइएको छ । यदि कोप–३० ले आदिवासी अधिकार केन्द्रित गर्न सक्यो भने यसले प्रक्रियालाई केही वैधता पुनस्र्थापित गर्न सक्छ ।
(डाइजेल ब्रिस्टल विश्वविद्यालयको जलवायु न्यायकी वरिष्ठ व्याख्याता हुन् भने फिट्जप्याट्रिक ब्रिस्टल विश्वविद्यालयको मानवशास्त्रकी पीएचडी उम्मेदवार हुन् ।)
– ‘द कन्भर्सेसन’ बाट
Leave a Reply