भर्खरै :

जनवादी क्रान्तिको उद्घोष

जनवादी क्रान्तिको उद्घोष

साम्राज्यवादी दलाल तिमीले राष्ट्रिय पुँजी र श्रम बेच्यौ,
परजीवी अर्थतन्त्र नाइके ¤ आत्मनिर्भरताको बाटो छोड्यौ ।
राज्यसत्ताको उच्च तहले जनवादी नैतिकता नै बेच्यो,
अनि किनिन्छ महँगो फोन परदेशीले पठाएको ।
अनि खिचिन्छ फोटो विदेशी शासकको द्वारमा टाउको निहुराएर,
अनि फूर्ति गरेर भनिन्छ दलालले जोडेको छु घडेरी ।
अहिले हाइसुख होइन, घोर सङ्कट छ देशमा,
स्वाधीनता र श्रमको सम्मान बेचेर,
दलालले डलर भित्याएकै छ, राष्ट्रले होइन ।
देशले पाएकै छ परजीवी रेमिट्यान्स,
सुदखोरको ऋण काढेर,
युवाहरू खाडी–अस्ट्रेलियातिर लागेकै छन् ।
कोही मेक्सिकोको जङ्गलमा हिँड्दा–हिँड्दै,
मानव तस्करको हातमा बेचिए,
कोही शरणार्थी बन्ने आशमा,
साम्राज्यवादीको षड्यन्त्रमा फँसिए ।
कोही कोरियाका कृषि फार्महरूमा,
सस्ता दासका रूपमा बेचिए ।
घर–घरमा उत्पादन भएकै छन्,
विदेशीको नाफाका लागि योग्य कामदार ।
देशको क्रान्तिकारी शक्ति रित्तिने गरी,
बढेकै छ साम्राज्यवादी पलायन ।
जब देशमा उत्पादनशील जनशक्ति नै सकिन्छन्,
बाबुलाई खाडीमा बेचेर किनेको आइफोनले
देश बनाउने सपना कसरी खिच्ला ?
श्रीमान्लाई लण्डनमा बेचेर किनेको गहनाले
शोषितवर्गको पीडा कसरी छोप्ला ?
हरेक दसैंँमा घर सम्झेर फर्किने छोराले,
म त यहीँ वर्गशत्रुसँग लड्छु भनेर,
देशमै उत्पादनमा लागे भने ।
हरेक तीजमा हाँस्दै माइत आउने छोरीले,
म त विदेशको शोषणबाट मुक्ति चाहन्छु भनेर,
आन्दोलनमा सहभागी भए भने ।
नेपाली क्रान्तिकारी संस्कृति रहला,
श्रमजीवीवर्गको परम्परा फस्टाउला ।
खुलामञ्चको ठुलो चौरमा,
जनसभा र वर्गसङ्घर्षको भेलामा लाग्ला,
चचहुइ गर्दै वर्गशत्रुलाई परास्त गर्ने दृढ सङ्कल्प पलाउला ।
अहिले पो दलालहरू छन् ।
बेचौँला उनैलाई साम्राज्यवादीलाई,
नव–उदारवादी विकासको भ्रम देखाउँदै ।
कुनै दिन दलालहरू सकिएलान्,
देशमा क्रान्तिकारी शक्ति बलियो होला ।
बेच्नलाई वर्गशत्रु नसकिएको दिनसम्म
ए श्रमिक जनताको सरकार !
– मुखमा स्वाधीनताको गाँस अवश्य रहला,
– बस्ने जनवादी बास अवश्य रहला,
– बाँच्ने वैज्ञानिक समाजवादको आश अवश्य रहला,
अनि मात्र यो देश सदाकालसम्म रहला !

Leave a Reply

Your email address will not be published. Required fields are marked *