भर्खरै :

नयाँ विचारको विकल्प ‘नयाँ पुस्ता’ होइन

नयाँ विचारको विकल्प ‘नयाँ पुस्ता’ होइन

पूर्वी युरोपेली समाजवादी देशहरू (पूर्वी जर्मनी, पोल्यान्ड, चेकोस्लोविया, हंगेरी, रोमानिया, योगोस्लाविया, बुल्गेरिया र अल्बानिया) लाई ‘नयाँ विचार’ को नाममा दोस्रो विश्वयुद्धपछि ती समाजवादी देशहरूका सत्ताबाट फालिएका सामन्तवादी (जातिवादी) र पुँजीवादी तत्वहरूलाई संयुक्त राज्य अमेरिका र नाटोका युरोपेली साम्राज्यवादी शक्तिहरूले उचालेर सोभियत समर्थक सत्ताहरूलाई एकएक गरेर ती देशहरूमा पुँजीवादको पुनः स्थापना गरे । त्यसबेलाका सोभियत सङ्घको पार्टीको महासचिव निकिता ख्रुश्चेभ गुटको संशोधनवादी नेताहरूले अमेरिकी साम्राज्यवादको आणविक युद्धको धम्कीबाट तर्सेर ती देशका संशोधनवादी नेतृत्वले आत्मसमर्पण ग¥यो । (संशोधनवादको अर्थ – मुखमा ‘कम्युनिस्ट’ र समाजवादी आन्दोलनमा घुसेका पुँजीवादी विचारका नेतृत्व हुन् ।) यसरी त्यसबेलाको ख्रुश्चेभी संशोधनवादी नेतृत्वले अमेरिकी साम्राज्यवादको आणविक धम्कीको अगाडि आत्मसमर्पण गरेको थियो ।
खुश्चेभपछि पनि ‘गोर्भाचोभ’ सम्मको सोभियत नेतृत्व संशोधनवादी वा पुँजीवादी विचार के भयो, त्यही कुरालाई बुझेरै नाटो शक्तिले सोभियत सङ्घको पश्चिमका समाजवादी गणतन्त्रहरू (इस्टोनिया, लिथुआनिया, बेलारुस, युक्रेन र मोल्डाभिया) मा ‘नयाँ पुस्ता’ को नाममा मोबाइल र अन्य विद्युतीय प्रचार यन्त्रहरू, भ्वाइस अफ अमेरिका र गैरसरकारी संस्थाहरू (एनजीओ) मार्फत समाजवादी विचारको विरोधमा पुरानै पुँजीवादी र सङ्कीर्ण राष्ट्रवादमा वा जातीय विषयहरूलाई लिएर सोभियत सङ्घबाट अलग हुने जातिवादी र अन्धराष्ट्रवादी विचारका विद्रोहहरू फैलायो ।
त्यसबेलाका संशोधनवादी सोभियत नेतृत्वले सजिलैसित नाटो र अमेरिकी साम्राज्यवादको धम्कीको अगाडि आत्मसमर्पण गर्दै गयो ।
साम्राज्यवादीहरू झन्झन् उत्साहित हुँदै सोभियत सङ्घको दक्षिण पश्चिमका गणतन्त्रहरू जर्जिया, आर्मेनिया, अजरबैजान र तुर्केमेनियामा पनि सोभियत सङ्घबाट टुक्रिने र टुक्राउने जालसाजी गर्दै गए । सन् १९९० सम्ममा गोर्भाचोभको पुँजीवादी नेतृत्वले सोभियत सङ्घको दक्षिणको मुसलमान धर्म मान्ने गणतन्त्रहरू उजेकिस्तान, कजाकिस्तान, किर्गिस्तान र ताजकिस्तानसमेत टुक्र्याइयो । अन्तमा सोभियत सङ्घमा पुँजीवादको पुनः स्थापनाको घोषणा गर्यो र सोभियत कम्युनिस्ट पार्टी पनि विघटन गरेको घोषणा गर्यो । त्यहाँ बोल्सेविक कम्युनिस्टहरू ब्युँझँदा धेरै कमजोर भइसकेका थिए ।
नेपालमा बारम्बार सरकारको नेतृत्व गर्ने ‘कम्युनिस्ट भनिने एमाले’, ‘माओवादी’, ‘जनमोर्चा’ आदि वामपन्थी भनिने ‘कम्युनिस्ट’ दलहरू खु्रश्चेभी र गोर्भाचोभका विचारका पिछलग्गु साबित भए, तिनीहरू हाकाहाकी ‘भाइ काङ्ग्रेस’ भए तिनीहरूले ‘निर्माण गरेको संविधान’ लाई भारतीय विस्तारवादले नाकाबन्दी गरेर वा पूर्वन्यायाधीशहरूलाई ‘प्रधानमन्त्री’ बनाउन बाध्य पार्दै प्रजातान्त्रिक संविधानलाई व्यवहारमा अमान्य घोषणा गरेर देखायो ।
‘नयाँ पुस्ता’ (जेन–जी) को नाममा संसद् भवन, सिंहदरबार र सर्वोच्च अदालतका भवनहरूमा गरेको आगलागीको अर्थ नेपालको ‘विधानपालिका’ ‘कार्यपालिका’ र ‘न्यायपालिका’लाई अस्वीकार गरेको ‘प्रतीक’ को रूपमा बुझ्नेहरूले लिएका छन् । ‘नयाँ पुस्ता’ वा ‘जेन–जी’ मा घुसपैठीलाई देखाएर देशभरमा सरकारी भवनहरूमा गरेको आगलागी नेपालभन्दा बाहिरी शक्ति देखाएको एक सङ्केतात्मक हाँक हो – “नेपालका शासकहरू तिमीहरूको औकात यही हो ।”
केही दिनअगाडि अमेरिकी राष्ट्रपति ट्रम्पका धनाढ्य साथीले हाकाहाकी भने, “नेपाल एक भ्रष्टाचारी देश हो’, यो देशमा आफ्नो कम्पनीले स्वीकृति लिन दर्खास्त हाल्दैन ।” सरकार मौन !
ती धनाढ्यको भनाइ आगलागीहरूभन्दा ‘नैतिक हाँक’ हो । के पूर्वप्रम ओली, शेरबहादुर देउवा, प्रचण्ड र सरकारका पूर्वमन्त्रीहरू र तिनीहरूले विदेशीहरूका त्यस्ता भ्रष्टाचारी आरोपलाई नैतिकरूपले जवाफ दिन सकेको खोइ ? १०/१२ वर्षसम्म ठेक्काको नाममा पुल निर्माणलाई अलपत्र बनाएर १०–१५ वर्षसम्म दसौँ जिल्लाको यातायातलाई अवरुद्ध गर्दै सरकारमा बसेर जनताको करले भत्ता लिइरहेका मन्त्रीहरूले खोइ विदेशीहरूले दिएका त्यस्ता नैतिक हाँकको उत्तर ?
शासक दलहरूलाई अर्बौं पैसा खर्च गरेर चुनाव जित्न विरोध प्रदर्शन गर्न त सिकिसकेकै छन् । तर, देश र जनताको नैतिक स्तरलाई कायम गरेको खोइ ? नयाँ विचार खोइ ? ‘नयाँ पुस्ता’ लाई (जेन जी) उत्तर दिएको खोइ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *