भर्खरै :

भुइँ मान्छे

  • मंसिर १३, २०८२
  • रामेश्वर जलन, बुङ्गमति
  • साहित्य
भुइँ मान्छे

भुइँ मान्छे
श्रमको नदीमा पौडिएर
अनवरत पसिना बगाउँछ
बाँझो धर्तीमा अन्नका दाना उब्जाउँछ
आफू बाँचेर अरुलाई पनि बचाउँछ
भुइँ मान्छे
कलकारखानामा दसनङ्ग्रा खियाउँछ
आवश्यक वस्तु उत्पादन गर्छ
अहोरात्र काममा खट्छ
समाजको लागि आवश्यकता पूरा गर्न जुट्छ
भुइँ मान्छे
धर्मको पाखण्डी हुँदैन
धनको घमण्डी हुँदैन
सत्ता र राजनीतिको आडले उद्दण्ड हुँदैन
नियम, नीतिको विरोध गर्न सक्दैन
आफ्नै धरातलमा टेकेर हिँड्छ
आजीवनभर दुःख, पीडा नै उसको जेथा हुन्छ
इतिहासमा नलेखिने उसको कथा हुन्छ !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *