जड
- मंसिर २७, २०८२

म तिम्रो लागि एउटा शिरपेच गँुथिदिन्छु
तेजपात र हिबिस्कुसको
खुला पङ्खी पुतलीको जडाउ भएको,
र भएको स्थिरता फुलेको झाडीको ।
म तिम्रो लागि एउटा पन्नारङ्गी शिरपेच गुँथिदिन्छु
अतालान्ताको ढुकुटीका मोती भएको ।
एउटा शिरपेच मेरो आँसुका लहरीको ।
र एउटा माला
गुलाफी वसन्तहरूका गीतको
र छालहरूका स्वच्छताको ।
म तिम्रो लागि एउटा शिरपेच गुँथिदिन्छु
नीलो आकाश र नीलकान्त माणिको
र उत्तेजनाको वायुको
सुगन्धी उषाकालको जसमा प्राणीको सासले
रूप लिन्छ हावामा ।
म तिम्रो लागि एउटा शिरपेच गुँथिदिन्छु
लय र सुरको वसन्तका गीतहरूको
जसले जलन गराइदिन्छ हृदय बुलुबल चराको
बिहाको झुम्कादार लुगा लगाएको,
र भुवाका चप्पलको
रिसाएकी सिंहिनीको ।
म तिम्रो लागि एउटा शिरपेच गुँथिदिन्छु
आगोको पवित्र ज्वालाको इन्द्रधनुमा मिसिएको,
पहिलेको सम्पन्न भएको समयको
धपक्क बलेको सहस वर्षको तातोपन
साथ लागेको ।
म तिम्रो लागि एउटा शिरपेच गुँथिदिन्छु
नीलो रङ्गका भोरहरूको
र एउटा कण्ठी गँुथिदिन्छु गुलाफी रङ्गका रत्नहरूको
जसलाई साहस गर्नेछैन कालले पनि दाग लगाउन कहिल्यै ।
म गँुथिदिन्छु तिम्रो लागि एउटा शिरपेच
फूलहरूका सारको
सहित लर्कन जीवन र मानव–बुद्धिले बनेको
एउटा शिरपेच गँुथिदिन्छु म तिम्रो लागि
उज्यालाका कोमल–कोमल किरणहरूको
उष्णकटिबन्धका टल्किने शुक्रताराले
झिलिकझिलिक गर्ने झिम्काइको कक्षमा
आकाशगङ्गाको
म लेख्छु
अक्षरमा आगोको
आगोको
तिम्रो
नाम
ओ, अफ्रिका !
(‘अफ्रो–एसियन राइटिङ्स्’, वर्ष १ अङ्क १ बाट)
Leave a Reply