भर्खरै :

बुद्धिचाल प्रतियोगितामा आदर्श आजाद प्रथम

बुद्धिचाल प्रतियोगितामा आदर्श आजाद प्रथम

भक्तपुर, २३ मङ्सिर । माध्यमिक तह कक्षा ११/१२ को संयुक्त परीक्षा समिति भक्तपुरको वार्षिक कार्ययोजनाअनुसार आदर्श आजाद माध्यमिक विद्यालयको आयोजनामा भएको कक्षा ११/१२ स्तरीय माध्यमिक तहको विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिता मङ्गलबार सम्पन्न भयो ।
स्वीस लिगको आधारमा खेलाइएको सो प्रतियोगितामा पुरुषतर्फ आदर्श आजाद माविका नसिव राई प्रथम, वागीश्वरी माविका मेरिट प्रजापति द्वितीय र वागीश्वरीकै कपिल ठगुना तृतीय भएका छन् । महिलातर्फ बासु माविका प्रतीक्षाकुमारी कठायत प्रथम, वागीश्वरी माविका रविना विक द्वितीय र वागीश्वरीकै लुइस मगर तृतीय भएका छन् ।
भक्तपुर जिल्लाका ७ माध्यमिक विद्यालयका २८ जना विद्यार्थीको सहभागिता रहेको यस बुद्धिचाल (चेस) प्रतियोगिताको पुरस्कार तथा प्रमाणपत्र वितरण समारोहमा संयुक्त परीक्षा समितिका अध्यक्ष एवं आदर्श आजाद माविका प्रधानाध्यापक चक्रबहादुर चाकतुले बुद्धिचाल खेलको महत्व र आवश्यकताबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा आदर्श आजाद माविका सहायक प्रअ सुभद्रा दुवाल, शिक्षक शिवराम बोहजू र अर्विटर प्रवीश प्रजापतिले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *