भर्खरै :

बहुलाउनु मानसिक रोग

बहुलाउनु मानसिक रोग

मान्छे बहुलाएपछि
जे पनि भन्दो रहेछ
सत्य तथ्य मतलब गर्दैन
विश्वास गरोस् या नगरोस्
बोल्न पाए पुग्दोरहेछ ।

बहुला मान्छेको
हुँदैन लाज शरम
ऊ नाङ्गै हिँड्न बेर छैन
आफ्नो इज्जत, अरूको इज्जत
कहिल्यै ख्याल गर्दैन ।

बहुलाएको मान्छेले
जो कोहीलाई झम्टिन्छ
मान्छे होस् या पशु
उसको चालबाल स्वभावदेखि
सचेत मानिस र कुकुर छेउ लाग्छन् ।

तर, देशका नेता कार्यकर्ताहरू बहुलाएपछि
देशभक्त इमानदार पार्टी
दूरदर्शी योग्य सक्षम नेताप्रति
जथानाम लान्छना लगाउँछन् ।

बहुला नेताको कुरा सुन्दा
सचेत कार्यकर्ताहरू लज्जित हुन्छन्
जनताबाट विस्तारै तिरस्कृत हुन्छन्
झूटो आरोपदेखि सधैँ जनता सचेत हुन्छन् ।

आजभोलि स्वार्थवस
नेताहरू बहुलाउँदै छन्
राम्रो होस् या नराम्रो
देश र जनतालाई विश्वासघात गरी
प्रचारमा आउन चाहन्छन् ।

वास्तविक्तालाई छोप्न
इमानदारितालाई हिलो छ्याप्न
उनीहरू कहिल्यै पछि पर्दैनन्
सचेत जनता भने
फोहरलाई चलाउन चाहँदैन  ।

मान्छे होस् या पशु
बहुलाउनु मानसिक रोग हो
समयमै रोगको उपचार गर्नु
बुद्धिमानी हुनेछ
औषधि त अवश्य तीतो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *