भर्खरै :

गाँसमा ढुङ्गा

गाँसमा ढुङ्गा

रमाइलो छ परिस्थिति
मनमोहक अति
अग्रज, युवा, युवतीको
सहभागी कति कति ।

नानाथरीका बाजाहरू
एउटै धुन बोली
जात्रा, पर्व, मेलाको बेला
सांस्कृतिक झाँकी ।

एकाग्र मन मिठो स्वाद
सुन्दै आनन्द भई
गाँसमा ढुङ्गा पर्दाखेरि
मनै नमिठो कति ।

भान्छेलाई भन्छ नमज्जा ठानी
केलाउनु पर्दैन र ?
अनाजजस्तै परेपछि
ठम्याउनै सकिन्न हेर ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *