भर्खरै :

सुख दुःखमा साथ रहौँ !

सुख दुःखमा साथ रहौँ !

भदौ १० बिहान नौ नबज्दै
अचानक वितण्डा
भोटेकोसी भेलबाढीको
विभत्स ताण्डव ।।

बस्ती–बस्ती स्कूल बगायो
मानव, पशुधन सबै
पूर्वाधारहरू हेर्दाहेर्दै लग्यो
गल्र्यामगुर्लुम्म ।।

मनको पीडाले बग्यो आँसु
आफन्तको बेपत्ताले
किन हामीमाथि थोपरिन्छन्
अनेक विपत्ति ।।

देशी विदेशी पाहुनाहरू कति
तिर्खालु भक्तालु पनि
राष्ट्रसेवक कर्मचारीहरू
अफिस कार्यालयहरू ।।

क्षणभरमा तहस नहस
जनधनको विनास
नेपाली देशभक्त हामी
बढौँ न साथ रही ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *