दसैँ
- आश्विन ३०, २०८३

दुर्गालाल श्रेष्ठ
प्राचीन ऐतिहासिक नगर कान्तिपुरका
एक चेतनशील साहित्यसेवी
विद्याको सागरका लगनशील शिक्षासेवी
नेपालभाषाका एक चम्किलो तारा ।
जीवनको प्रत्येक मोडमा रत्तिभर नथाकी
साहित्य सेवा, शिक्षा सेवामा जीवन अर्पण गरेर
युगान्तकारी परिवर्तनको लागि
सशक्त रचनाकार कहलिएका
प्रतिभाशाली, मिलनसार जनकवि दुर्गालाल श्रेष्ठ ।
तिम्रो सङ्घर्षशीलता, तिम्रो इमानदारीता
यो नवयुगको आकाशमा
प्रगतिशील भावनाको प्रतीक हुन
तिमीले देखाएका भाषा सेवाका रेखाहरू
कोर्नेछन् भोलिका नव भाषासेवीहरूले
तिम्रो न्यायपूर्ण आवाजका शब्दहरू
यो जनमानसमा सधैँ सम्झिरहने छन्
सदियौँदेखि अँध्यारो पथमा
जीवनभर ज्ञानको प्रज्ञा प्रज्वलन गरेको
केवल सामाजिक सेवाको लागि
तर,
यो अनित्य संसारमा
एक दिन यो नश्वर शरीरको मृत्युवरण हुन्छ
सायद यो प्रकृतिको नियम
दिवङ्गत आत्माको चिरशान्तिको कामना गरी
हाम्रो यो श्रद्धासुमन
यो धरतीमा सधैँ सम्झिरहने छन्
तिमी यो विशाल जनमानसमा
सदासर्वदा अमरदीप भएर चम्किरहने छन् ।
Leave a Reply