शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
भक्तपुर, २७ मङ्सिर । नेपाल मजदुर किसान पार्टी सूर्यविनायक नगर समितिको आयोजनामा शुक्रबार नगरस्तरीय पार्टी कार्यकर्ता भेला भयो ।
समसामयिक विषयमा छलफलको निम्ति आयोजित उक्त भेलामा पार्टीका सचिव प्रेम सुवालले सरकारमा बसेकाहरूले वर्तमान मात्र होइन भविष्यमा हुनसक्ने घटनाहरूबारे पनि सोच्नुपर्ने र जानकार हुनुपर्ने बताउनुभयो ।
उहाँले शासक पार्टीहरू सत्ता स्वार्थमा लागेका कारण भदौ २३ र २४ गते मुलुकले अपूरणीय क्षति व्यहोर्नु परेको चर्चा गर्दै सरकारमा बस्नेहरूले जनताको समस्या समाधान गर्न नसकेको कारण देश भद्रगोलको स्थितिमा पुगेको र विदेशी हस्तक्षेप बढेको प्रस्ट पार्नुभयो ।
व्यक्तिगत स्वार्थभन्दा सार्वजनिक हितलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने विषयमा पार्टीको धारणाबारे प्रस्ट पार्दै उहाँले भन्नुभयो, “निःस्वार्थपूर्वक देश र जनताको सेवा गर्नु नै राजनीति हो† बहुमत जनताको हित साम्यवादी समाजमा मात्र हुन्छ, जहाँ गाउँ र सहरबिच भिन्नता हुन्न† मानिसले मानिसलाई गर्ने शोषणको अन्त्य हुन्छ† सबै मानिस समान हुन्छन्† वर्ग रहँदैन ।”
भ्रष्टाचारको विरोधमा नेमकिपाका अग्रजहरूले पञ्चायती व्यवस्थाको सुरुदेखि नै आन्दोलन गरेकाले भ्रष्टाचारमा लिप्त शासक पार्टीहरूले नेमकिपाबारे झूटा प्रचार गरिरहेको बताउँदै सचिव सुवालले पार्टीका अग्रजहरूको सङ्घर्षकै कारण किसानले मोहियानी हक पाएको चर्चा गर्नुभयो ।
उहाँले पुष्पलाल नेतृत्वको तत्कालीन कम्युनिस्ट पार्टीमा सैद्धान्तिक खोट देखापरेपछि त्यसको खण्डन गर्दै २०३१ सालमा नेमकिपा स्थापना गरिएको स्पष्ट पार्दै जनतालाई राजनीतिक चेतना दिएर सङ्गठित गर्न सके राजनीतिक पार्टी पनि बलियो हुने र देश बनाउन पनि सक्ने बताउनुभयो ।
राजनीतिक कार्यकर्ताले राष्ट्रिय–अन्तर्राष्ट्रिय विषयमा जानकारी राखिराख्नुपर्ने र अध्ययन गोष्ठी, अन्तरक्रिया गरिरहनुपर्ने आवश्यकता औँल्याउँदै सचिव सुवालले भदौ २३ र २४ गतेको घटनाका लागि दोषी शासकहरू नै हुने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष सूर्यभक्त त्वातीको सभापतित्वमा सम्पन्न उक्त भेलामा पार्टीका केन्द्रीय सदस्य अनुराधा थापामगर, नेमकिपा सूर्यविनायकका महेन्द्र बखुन्छेँ र राजेन्द्र बखुन्छेँले पनि बोल्नुभएको थियो ।
Leave a Reply