भर्खरै :

अभिभावक सचेतनात्मक कार्यक्रम सम्पन्न

अभिभावक सचेतनात्मक कार्यक्रम सम्पन्न

भक्तपुर, २७ मङ्सिर । भक्तपुर देकोचास्थित जेन्युइन स्कूलले बालबालिकाको समग्र विकासमा अभिभावकको भूमिकालाई सुदृढ बनाउने उद्देश्यले आयोजित अभिभावक सचेतनात्मक कार्यक्रम शनिबार गरेको छ ।
कार्यक्रममा स्रोतव्यक्ति एवम् प्रशिक्षक, इसिइसि इनोभेसन इन एजुकेसनका प्रबन्ध निर्देशक पिताम्बर न्यौपानेले सहजीकरण गर्दै सकारात्मक अभिभावकत्व विषयमा प्रस्तुतीकरण गर्नुभयो ।
साना साना बालबालिकाहरूलाई नरम र नियन्त्रणात्मक व्यवहारमा सन्तुलन गर्ने तरिका, उमेरअनुसारको सिकाइ प्रक्रिया तथा अपेक्षाका विषयवस्तुमा विस्तृत छलफल गरिएको थियो । उपस्थित अभिभावकहरूले राखेका आफ्ना सन्तानका समस्याको व्यवस्थापनका उपायहरूबारे प्रशिक्षक न्यौपानेले स्पष्ट पार्नुभएको थियो ।
अभिभावकहरूलाई बालबालिकाहरूको उमेरअनुसार मस्तिष्कको विकास हुने हुनाले कम उमेरमै सिकाइ क्षमता र व्यवहारमा परिवर्तन अपेक्षा गरेझै नहुने भएकोले यथार्थपरक बालमैत्री क्रियाकलापमा उहाँले जोड दिनुभयो । नानीहरूका जग राम्रो बनाउन कथाको माध्यमबाट सुनाइ बोलाइ र पढाइमा विशेष ध्यान दिन आवश्यकता रहेको र उमेरअनुसारको थप पुस्तकहरू अध्ययन गराउँदा शब्द भण्डार पनि वृद्धि हुने उहाँले स्पष्ट पार्नुभयो ।
नानीहरूको हुर्काइमा माया र अनुशासनबिचको सन्तुलन कायम हुनुपर्ने, जीवनउपयोगी सीप र घरायसी क्रियाकलापमा संलग्न गराउदै बालबालिकाहरूको मानसिक तथा शारीरिक विकासमा अभिभावकले मालीले बोटबिरुवा स्याहार गरेजस्तै आफ्ना नानीमा सामाजिक व्यवहार र आवश्यक ज्ञानहरू उमेर र समयअनुसार विकास हुने वैज्ञानिक तथ्यहरूको बारेमा चर्चा उहाँले गर्नुभयो ।
उक्त कार्यक्रममा स्वागत विद्यालयका निमित प्रिन्सिपल राजन धौभडेलले र धन्यवाद प्राइमरी इन्चार्ज इरा कर्माचार्यले गर्नुभएको थियो । कार्यक्रम स्कूलका पीजीदेखि कक्षा ५ सम्मका अभिभावकहरूलाई लक्षित गरी आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *