महाधिवेशन र कार्यकर्ताको दुखेसो
- असार १४, २०८३
भक्तपुर, २९ मङ्सिर । ‘भक्तपुर महोत्सव – २०८१’ भव्य रूपमा सम्पन्न भएको ठीक एक वर्ष पूरा भएको अवसरमा भक्तपुर महोत्सव सचिवालयको आयोजनामा महोत्सवबारे एक विशेष छलफल कार्यक्रम आइतबार सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भएको छलफल कार्यक्रममा उहाँले महोत्सव राम्रोसँग सम्पन्न भएकोमा सहयोगी सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दै अथक मेहनत गर्नुहुने सचिवालयका सदस्यलगायत विशिष्ट व्यक्तिहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
प्रमुख सुनिल प्रजापतिले सांस्कृतिक नगर एवम् प्राचीन सहरको मूर्त तथा अमूर्त कला र संस्कृतिको संरक्षण भएको, ऐतिहासिक सम्पदाहरू जीर्णाेद्धार र पुनःनिर्माण सम्पन्न भइसकेकोले ती सम्पदाहरू प्रदर्शनमार्फत भक्तपुरको पर्यटन विकास गरी यहाँका जनताको आर्थिक स्तर बढाउन नगरपालिकाले महोत्सव आयोजना गर्नु नै मुख्य उद्देश्य रहेको कुरा स्पस्ट पार्नुभयो ।
उहाँले भक्तपुर महोत्सवबाट भक्तपुर नगरको राम्रो प्रचारप्रसार हुनु नै हाम्रो लागि फाइदा हो भन्नुभयो । नगरको सन्तुलित विकास गर्न विभिन्न समयमा नगरका सबै क्षेत्रहरूमा उत्सव तथा कार्यक्रमहरूको आयोजना गरेको प्रकाश पार्दै उहाँले भक्तपुर महोत्सवबाट भक्तपुरको आन्तरिक पर्यटन प्रवद्र्धन गर्न महोत्सव प्रभावकारी भएको बताउनुभयो ।
प्रमुख प्रजापतिले ऐतिहासिक नगर भक्तपुर सानो भए तापनि यहाँको मौलिक कला र संस्कृति जगेर्ना गरी भविष्यमा यहाँको जनताको आयआर्जनको मुख्य स्रोत पर्यटन व्यवसाय नै बनाउन लागिपरेको उल्लेख गर्दै त्यसका लागि भक्तपुरका पर्यटकीय क्षेत्रहरूमा सवारी साधनमुक्त नगरको रूपमा विकास गर्न प्रयासरत रहेको र यस सहरलाई कसरी पर्यटकीय हिसाबले अझ विशेष बनाउने भन्नेबारे अडिग रहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले प्रजग कोरिया र क्युवा भौगोलिक हिसाबले सानो भएर पनि हरेक हिसाबले सक्षम र सार्वभौम रहेको उदाहरण प्रस्तुत गर्दै हामी पनि त्यही बाटो अँगालेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै पैसाले नभई भावनाले राम्रो काम गर्ने भएकाले यसबारे सबैलाई सचेत पार्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “राज्यले आम्दानी र खर्चको सन्तुलन कायम गर्न नसक्दा राज्य नै असफल हुन्छ । तसर्थ, खर्च र आम्दानीको व्यवस्थापन गर्नु राज्यको दायित्व हो । हामीले हरेक काम जनताको भावनाअनुसार गर्नुपर्ने र आलोचनादेखि डराउने होइन† कमी कमजारीलाई आत्मसात गरी त्यसलाई सच्याउनुपर्छ ।”
हामीले फाइदाको लागि भन्दा पनि रोजगारीको अवसर सिर्जना गर्न पनि काम गर्नुपर्ने औंल्याउँदै उहाँले भक्तपुर नगरपालिकाले भक्तपुर नगरका शैक्षिक क्षेत्रको विकास गर्न ख्वप कलेजसमेत सञ्चालन गरी ४५ हजार विद्यार्थीहरूलाई अध्यापन गरिसकेको बताउनुभयो । यसबाट भक्तपुर नगर शिक्षाको केन्द्रको रूपमा विकास भइरहेको उहाँले प्रस्ट पार्नुभयो ।
जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न भक्तपुर नगरपालिकाले ख्वप अस्पताल सञ्चालन गरी न्यून शुल्कमा उपचार सेवा दिइरहेको प्रस्ट पार्दै उहाँले कोभिडको समयमा जनताको बिचमा गएर जनताकै सहयोगमा अक्सिजन प्लान्ट स्थापना, निःशुल्क आइसोलेसन सञ्चालन गरेको बताउनुभयो ।
महोत्सव सचिवालय संयोजक गौतमप्रसाद लासिवाले भक्तपुर महोत्सवलाई जनताको महोत्सव बनाउने उद्देश्य सफल भएको बताउँदै भक्तपुर महोत्सव एउटा अध्ययन केन्द्रको रूपमा विकास भएको अतिथि पाहुनाहरूको कथनबारे प्रकाश पार्नुभयो ।
भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल बनाउन नगरभरि नै महोत्सव विभिन्न गतिविधिहरू प्रदर्शन र सम्पूर्ण जनता सहभागी हुने वातावरण तयार गरेको उल्लेख गर्दै भक्तपुर महोत्सव तयारीको क्रममा महोत्सव सचिवालयले महोत्सवलाई सफल पार्न नगरवासी र जनप्रतिनिधिहरूसँग समन्वय गरी कार्य गरेकोे बताउनुभयो । उहाँले भक्तपुर महोत्सवबाट भक्तपुरको सामाजिक, सांस्कृतिक र आर्थिक विकासमा टेवा पुगेको बताउनुभयो ।
सचिवालयका सदस्य दामोदर सुवालले भविष्यमा पनि भक्तपुरमा पर्यटन उद्योगलाई विकास गर्न यस्तै महोत्सवहरूको नियमित आयोजना गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्मा, भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका पूर्वअध्यक्ष वीरेन्द्र जति, रामसुन्दर सुजखु, मुरज दिदिया, विकास प्रजापति, रामसुन्दर भेले, न्हुज किजु र रीना प्रजापतिले पनि आ–आफ्नो अनुभव व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम सकिएपछि प्रमुख अतिथिले विशेष सहयोग पु¥याउनुहुने सबैलाई मायाको चिनो प्रदान गरी कृतज्ञता ज्ञापन गर्नुभयो ।
Leave a Reply