सीपमूलक तालिमका प्रशिक्षार्थीहरूको अभिमुखीकरण कार्यक्रम
- जेष्ठ ४, २०८३
भक्तपुर, २ पुस । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको ७६ औँ स्थापना दिवसको अवसरमा नगरपालिकाको आयोजनामा मङ्सिर २० गते सम्पन्न योमारी प्रतियोगिताका विजयीहरूलाई पुरस्कार र सहभागीहरूलाई प्रमाण–पत्र वितरण तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन कार्यक्रम एक समारोहबिच सम्पन्न भयो ।
कार्यक्रममा अतिथि सुवालले जनप्रतिनिधि र कर्मचारीहरू नगर र नगरवासीको सेवामा थप समर्पित भएर आ आप्mनो जिम्मेवारी पूरा गर्नु नै आजको स्थापना दिवसको औचित्य पुष्टि हुने बताउनुभयो ।
रूसको निर्वाचन पर्यवेक्षणमा पुगेका एक सरकारी अधिकारीेले त्यहाँको नगरपालिका, गाउँपालिका र वडा कार्यालयको काम हिउँ सफा गर्ने भएको, हवाईजहाज ओराल्न मिल्ने चौडा–चौडा सडक भएको र विकासमा नेपाल रूसभन्दा ५०० वर्ष पछाडि परेको अनुभव सुनाउनुभएको उहाँले बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “अहिले घर–घरमा खानेपानी ट्याङ्कीको व्यवस्था छ तर ती ट्याङ्की सफा गर्ने प्राविधिकहरूको अभाव देखिन्छ । खानेपानी ट्याङ्की सफा नभए पानीजन्य रोग बढ्नेछ । यतातिर पनि नगरपालिकको ध्यान जानु जरूरी छ ।”
“विद्यालय र कलेजको सङ्ख्या बढी भएको नगरकोट सडकमा बढ्दो सवारी साधनको कारण दुर्घटना हुने खतरा बढ्दो छ । विद्यार्थीको चाप नगरकोट सडकमा नपर्ने गरी वैकल्पिक सडकको व्यवस्था हुनुपर्नेबारे हामीले संसद्मा पटक–पटक उठाएका थियौँ । हनुमन्ते र खासाङखुसुङ खोलाको दुबैतिर सडक विस्तार गरे सवारी साधनको चाप कम हुनेछ र दुर्घटना हुने खतरा पनि कम हुनेछ, उहाँले थप्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “संस्कृतिभित्र मानिसको बोली व्यवहार, भेषभूषा, लवाइखवाइ, सरसफाइ आदि पर्दछन् ।”
सचिव सुवालले भन्नुभयो, “नगरपालिकाले जनताको सबै समस्या समाधान गर्न जनतासँग छलफल गरी अगाडि बढिरहेको सकारात्मक हो । जनताको गुनासो समयमै सम्बोधन गर्न छलफल महत्वपूर्ण हुनेछ । स्थानीय तहलाई आवश्यक कर्मचारी स्थानीय तहमै कर्मचारी पदपूर्ति समितिको व्यवस्था हुनुपर्दछ । यसबारे संसदीय समितिमा हामीले संशोधन पनि राखेका थियौँ । त्यसबेला एक सरकारी अधिकारीले स्थानीय तहका प्रमुख र अध्यक्षले आफ्ना परिवारजन र नातेदार नियुक्ति गर्ने आरोप लगाए । यसको हामीले खण्डन गरेका थियौँ । लोक
सेवा आयोगबाट नियुक्ति गरिएका कतिपय निजामती कर्मचारीहरू पनि भ्रष्टाचारमा परेका उदाहरण सार्वजनिक भइरहेका छन् । सुसंस्कृत समाजले मात्र भ्रष्टाचारलाई नियन्त्रण गर्ने सरकारले बुभ्mनुपर्ने हो ।”
उहाँले भन्नुभयो, “उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण, सबैको निम्ति योग्यताअनुसार काम र कामअनुसार ज्यालाको व्यवस्था हुनु जरूरी छ । भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण र ठुला भष्टाचारीहरूलाई मृत्यु दण्डसमेत हुने कानुनी व्यवस्था जरूरी छ”, उहाँले भन्नुभयो, “कर्मचारीहरूले हाजीर गरेपछि तलब र पारिश्रमिक पाउने ठान्नु हुँदैन, हाजिर सँगसँगै काम पनि गरेर पुष्टि गर्नुपर्दछ । बिहान १० बजे हाजिर हुने र साँझ ४—५ बजे कार्यालयबाट छुट्टि भएपछि पाएको पारिश्रमिकअनुसार काम भए नभएको तर्पm ध्यान दिनुपर्दछ ।”
भक्तपुरका जनताले भक्तपुरलाई सफा स्वच्छ, सांस्कृतिक नगर र पर्यटकीय गन्तव्य बनाउने लक्ष्य राखेको र यो लक्ष्य पूरा गर्न जनप्रतिनिधिहरूले नीतिकार्यक्रम बनाउने र कर्मचारीहरूले कार्यान्वयन गर्ने कामलाई निरन्तरता दिनु उपयुक्त हुने धारणा राख्दै सचिव सुवालले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीका अध्यक्षले धेरै अगाडि नै कर्मचारीहरू एम्बुलेन्स र दमकलजस्तै देश र जनताप्रति जिम्मेवार हुनुपर्ने बताउनुभएको थियो । कर्मचारीहरू चौबीसै घण्टा देश र जनताप्रति जिम्मेवार र जवाफदेही हुनु आवश्यक छ । भदौ २३ र २४ गतेको घटनापछि राष्ट्रिय मानव अधिकार आयोगले सरकारहरू जनताका माग समयमा सम्बोधन गर्न समर्थ नभएको र सम्भावित दुर्घटनाको पूर्वानुमान गर्न नसकेको वक्तव्य प्रकाशित गरेको तर्फ सबैको ध्यान जानुपर्दछ ।”
“२०१९ सालयता नेपाल मजदुर किसान पार्टीका अग्रजहरू जनप्रतिनिधि बनेर भक्तपुर नगरपालिकालाई स्थानीय जनताको उपभोक्ता समिति र श्रमदानसमेतमा विकासका कार्यमा आर्थिक अनुशासन, मितव्ययिता, पारदर्शिता कायम गर्दै अघि बढाउनुभएको हो । भक्तपुर नगरपालिकालाई देशको नमुना नगरपालिका बनाउन जनप्रतिनिधि र कर्मचारीहरूले थप मेहनत गर्ने जनताको अपेक्षा हो”, सचिव सुवालले भन्नुभयो ।
“नयाँ पुस्ता हाम्रा भविष्य हुन् । चिकित्सकहरूका अनुसार सहरका विद्यार्थीहरूमा केही मात्रामा कुपोषण देखिएको, शारीरिक गतिविधि र सरसफाइमा कमी भएको सार्वजनिक भएको छ । यसबारे जनप्रतिनिधि र विद्यालयहरूबिच छलफल हुनु उपयुक्त हुनेछ”, उहाँले भन्नुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २००६ साल असार २४ गते भक्तपुर म्युनिसिपालिटीको रूपमा स्थापना भएको भक्तपुर नगरपालिका स्थापनाकालदेखि आजसम्म विभिन्न कालखण्डमा नगरपालिकामा जनप्रतिनिधिहरूको रूपमा निर्वाचित भएर सेवा गर्नुभएका, प्रत्यक्ष र अप्रत्यक्ष रूपमा भक्तपुरको विकासमा योगदान गर्नुभएका सम्पूर्णमा हार्दिक कृतज्ञता ज्ञापन गर्नुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले संविधानले दिएको अधिकार क्षेत्रभित्र रहेर विभिन्न ऐन–कानुनहरू निर्माण गर्दै सबै क्षेत्रमा विकास निर्माणलाई अगाडि बढाउँदै आएको उल्लेख गर्नुभयो । उहाँले भनपाले निर्वाचनमा जनताबिच घोषणामार्फत गरेका प्रतिबद्धताहरू पूरा गर्न शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण, विकास निर्माण, सीपमूलक तालिमहरू दिएर भनपाले जनभावनाअनुसार कार्य गर्दै आएको छ भन्नुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले २५–२६ वर्षअघि देख्नुभएको सपनाअनुसार भक्तपुर ‘एक घर एक स्नातक’, पारदर्शी, भ्रष्टाचारमुक्त, स्मारक संरक्षित, कला संस्कृति जोगिएको र आफ्नो छुट्टै पहिचान बोकेको नमुना नगरको रूपमा विकास हुँदै छ ।”
सांस्कृतिक नगर भक्तपुरका मूर्त तथा अमूर्त सम्पदाहरूलाई जीवन्त राख्न भनपाले निरन्तर जोड दिँदै आएको उल्लेख गर्दै उहाँले विदेशीको सहयोगमा होइन आफ्नै पौरखले हाम्रा सम्पदा उठाउनुपर्छ भन्ने भावनाले नगरपालिकाले जनतासँग मिलेर श्रमदान, आर्थिक सहयोग लिएर सम्पदाहरूको पुननिर्माण र जीर्णोद्धार गर्दै आएको स्पष्ट पार्नुभयो ।
वाग्मती प्रदेशका प्रदेश सदस्य सुरेन्द्रराज गोसाईले भक्तपुर नगरपालिकाले यहाँका संस्कृतिहरूको संरक्षण र प्रवद्र्धनमा जनतालाई उत्साहित गर्दै आएको बताउँदै नगर निर्माण र दिगो विकासको निम्ति सङ्गठित शक्ति र सही विचार आवश्यक भएको बताउनुभयो ।
उहाँले प्रजग कोरियाले छोटो समयमा संसारलाई आश्चर्यचकित हुने ढङ्गले विकास गरेको चर्चा गर्दै प्रजग कोरियाको प्योङयाङ सहर भक्तपुरजस्तै कला, कृति र कलाकारहरूको सहर भएको बताउनुभयो ।
भक्तपुरका पुराना कला र संस्कृतिलाई विज्ञान, प्रविधि र आधुनिकतासँग जोडेर लान सके नयाँ युगको सेवा हुने उल्लेख गर्दै उहाँले जनताको सांस्कृतिक र नागरिक भावना जोगाउनु आवश्यक छ भन्नुभयो ।
उहाँले भक्तपुरको नेवार सभ्यता केवल सांस्कृतिक समुदायमा सीमित नरहेको बताउँदै यहाँका जनता राजनीतिक रूपमा सचेत र सङ्गठित भएकै कारण यसको छुट्टै पहिचान कायम भएको हो भन्नुभयो ।
भक्तपुरका पुस्तकालयहरू स्तरोन्नतिसँगै यहाँका नागरिकहरूको बौद्धिक र सांस्कृतिक स्तर पनि माथि उठ्दै जाने विश्वास व्यक्त गर्दै उहाँले भक्तपुर देशकै लागि रोल मोडलको रूपमा अगाडि बढिरहेको छ भन्नुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाका विविध गतिविधि र कार्यक्रमले गर्दा देशकै उदाहरणीय नगरको रूपमा स्थापित हुन सफल भएको चर्चा गर्दै भक्तपुरका मूर्त तथा अमूर्त सम्पदा संरक्षण गरी पर्यटन उद्योगसँग जोडी विभिन्न कार्यक्रमहरू अगाडि बढाउँदै आएको बताउनुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भक्तपुरको संस्कृति संरक्षण र प्रवद्र्धनमा नगरपालिकाकाले खेल्दै आएको भूमिका प्रशंसनीय छ भन्दै यस्ता गतिविधिलाई निरन्तरता दिँदै जानुपर्ने बताउनुभयो ।
नेपाल कर्मचारी एसोसिएसन एकाइ समिति भक्तपुरका अध्यक्ष गौतमप्रसाद लासिवाले भक्तपुर नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीहरूको समन्वय र समभावमा काम गरेकै कारण देशको उदाहरणीय बन्न सफल भएको बताउँदै सरकारले स्थानीय तहका कर्मचारीहरूलाई दोस्रो दर्जाको कर्मचारीहरूको रूपमा हेर्न नहुने बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रेम सुवालले योमारी प्रतियोगिताका सहभागीहरूलाई प्रमाण पत्र र विजयीहरूलाई पुरस्कार तथा मायाको चिनो वितरण गर्नुभएको थियो । प्रमुख प्रजापतिले निर्णायकहरूलाई धन्यवाद पत्र र मायाको चिनो वितरण, प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले योमारी उत्सवमा सहभागी सांस्कृतिक समूहहरूलाई धन्यवाद पत्र र मायाको चिनो तथा उपप्रमुख जोशीले सहयोगी सङ्घ–संस्थाहरूलाई धन्यवाद पत्र र मायाको चिनो वितरण गर्नुभयो ।
भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां र ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो । भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन गर्नुभयो ।
उक्त कार्यक्रममा योमारी निर्माण र प्रतियोगितासम्बन्धी लघु वृत्तचित्र प्रदर्शनी गरिएको थियो ।
भक्तपुर नगरपालिकाको आयोजनामा भएको योमरी प्रतियोगितामा ६२ वटा समूहले सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा भनपा वडा नं. ८ को छिकोङ समूह प्रथम, भनपा वडा नं. ९ को विश्वकर्मा भैल प्याखँ खलः तौलाछेँ दोस्रो, भनपा ८ को ख्वप्रिङ एकेडेमी तेस्रो, भनपा ६ को भादगाउँ दिदी बहिनी समूह र भनपा ४ को सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि. ले सान्त्वना स्थान हासिल गरेको थियो ।
Leave a Reply