क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
सन्दर्भ : जे.भी. स्तालिन जन्म दिवस (डिसेम्बर २१)
क्रान्तिको बेला शोषकवर्गको जफत गरिएको कलकारखाना, जग्गा–जमिन, यातायात र व्यापारका साधन र बैङ्कको नाफाबाट पुँजी जम्मा गरियो । किसानहरूको करबाट उठ्ने ५० करोड रुबल जारले बर्सेनि विदेशलाई तिर्ने गरेको ब्याजलाई तिर्न बन्द गरिदियो र त्यही रकमबाट खेतीको ज्यावल र उद्योगको कलकारखाना बनाउन सुरु ग¥यो । रुसले उद्योगको विकास गरेकोले पुँजीवादी र साम्राज्यवादी देशहरू रिसले बहुला भए । १६२७ मई महिनामा बेलायती सरकारले सोभियत व्यापार संस्थामा धावा बोल्यो र २६ मईको दिन कूटनैतिक सम्बन्ध चुँडाली दियो । ७ जूनको दिन पोल्यान्डमा रुसी राजदूतलाई मारिदियो । लेनिनग्राड र रुसका विभिन्न भागमा बेलायती जासुसहरूबाट ध्वंसात्मक गतिविधि गराइयो । जर्मनी र चीनका विभिन्न ठाउँमा सोभियत व्यापार प्रतिनिधिहरूमाथि हमला गर्न दिइयो । पार्टीभित्र पनि तात्स्की, जिनोबियव र कामेनेभहरूले अर्कै केन्द्र र छापाखाना बनाएर पार्टी नीतिकै विरोध गरे† मजदुर र किसानको बिच झगडा गराउने काम गरे । कुलाकहरूलाई ‘सुसंस्कृत वर्ग’ भनेर पक्ष लिए र औद्योगिकीकरणलाई बाधा दिन थाले । त्यसैले स्तालिनले भन्नुभयो, “बेलायतको चेम्बरल्यान्डदेखि त्रोत्स्कीसम्म एक संयुक्त मोर्चा बनाउँदै थियो ।”
पार्टीका ७,२४,००० पार्टी सदस्यहरूले स्तालिन र पार्टी केन्द्रको नीतिलाई समर्थन गरे र ४ हजार अथवा १ प्रतिशत पार्टी सदस्यहरूले मात्र विरोधीहरूको नक्कली केन्द्र र नीतिलाई समर्थन गरे । १४ नोभेम्बर, १९२७ मा केन्द्रीय समिति र नियन्त्रण समितिको संयुक्त बैठकले त्रोत्स्की र जिनोवियबलाई पार्टीबाट निकालिदियो । २९ डिसेम्बर १९२७ मा पार्टीको १५ औँ महाधिवेशन भयो । स्तालिनले प्रगति रिसोर्टमा भन्नुभयो, औद्योगिक उत्पादन देशको जम्मा उत्पादनमा २४ प्रतिशत पुग्यो । खेती उत्पादन युद्धभन्दा पहिलेको तुलनामा ९१ प्रतिशतमात्रै थियो र बजारमा अन्नको पूर्ति ३७ प्रतिशतमात्रै थियो । खेतीलाई त्यस नराम्रो स्थितिबाट जोगाउन स्तालिनले “स–साना खेतहरूलाई एउटै ठुलो फाँट बनाएर सामूहिक खेती सुरु गर्नुपर्छ, जबरजस्ती होइन, उदाहरण दिएर सम्झाइबुझाइ, बिस्तारै स–साना खेतलाई ठुलठुला खेतमा मिलाउनुपर्छ† मेसिन र ट्राक्टरहरूले जोतेर बाक्लो र वैज्ञानिक ढङ्गले सामूहिक र साझा खेती गर्नुपर्छ” भनेर नयाँ बाटो देखाउनुभयो । उहाँले सामूहिक खेतीको विकासमा स्वास्नीमानिसहरूको महत्व र योगदानमाथि जोड दिनुभयो । देशको अर्थतन्त्रको छिटो विकास गर्न पहिलो पाँचवर्षे योजना लागु गर्न उहाँले प्रस्ताव राख्नुभयो । ‘जनवादी केन्द्रवादी’ गुटका मुख्य मुख्य नेताहरूलाई पार्टीबाट निकालिदियो र केहीलाई सुध्रने मौका दिइयो । गाउँमा समाजवादलाई अगाडि बढाउन स्तालिनले भन्नुभयो, “गरिब किसानहरूको भर गर, मध्यम किसानहरूको सहयोगलाई बलियो बनाऊ र कुलाकहरूसँग कम्मरकसेर लड ।” पहिलो पाँचवर्षे योजनालाई सफल पार्न स्तालिनले मजदुर, किसान र जनतामा ‘समाजवादी प्रतियोगिता’ लागू गर्नुभयो र मेहनत गर्नु इज्जत र गौरव, साहस र वीरताको कुरो हो भन्ने नयाँ सिद्धान्त अगाडि सार्नुभयो । समाजवादी प्रतियोगिताले ट्राक्टर–कारखाना, पानी–बिजुली र कोइला खानीको काममा धेरै छिटो काम हुन थाल्यो । त्यसैले अप्रिल, १९२९ मा स्तालिनले भन्नुभयो, “महान् परिवर्तनको एक वर्ष ¤’ तर, बुखारिन र अरु विरोधीहरू विदेशी तत्वहरूसँग मिलेर सहकारी खेतीको विरोधमा कुलाकहरूको समर्थनमा गाउँ–गाउँमा हुल हुज्जत गर्न थाले । तर, गरिब किसानको भरमा र मध्यम किसानको सहयोग लिएर अन्न थुपारेर महँगीमा बेच्ने कुलाक र कालाबजारियाहरूको उपद्रलाई तह लगाइयो । १९३० पुँजीवादी संसार आर्थिक सङ्कटको मार भोग्दै थियो, करोडौँ मजदुरहरू बेकार भएर उत्पादनमा धेरै ठुलो ¥हास हुन थाल्यो । यता रुसमा वर्षको ५० हजार ट्याक्टरहरूको निर्माण हुन थाल्यो र त्यसअनुसार खेती र उद्योगमा पनि प्रगति हुँदै थियो । २ मार्च १९३० मा केन्द्रीय समितिको निर्णयअनुसार स्तालिनले उत्ताउलाहरूलाई तह लगाउन ‘सफलताबाट मात्तिनु हुन्न’ शीर्षकमा एक लेख लेख्नुभयो । कार्यकर्तालाई उहाँले शिक्षा दिनुभयो, “नेतृत्वको कला एक गम्भीर कुरा हो । आन्दोलनमा पछि पर्नाले जनतासँगको सम्बन्ध गुम्छ र जनताभन्दा बढी अगाडि बढ्नाले आफू एक्लिन्छ । आन्दोलन अगाडि बढाउन चाहनेले सधैँ व्यापक जनतासँग सम्बन्ध गाँसी राख्नुपर्छ र पछाडि पर्ने र धेरै अगाडि बढ्ने दुवै थरीसँग भिडन्त गर्नुपर्छ ।”
२६ जून १,९३० मा पार्टीको सो¥हौँ महाधिवेशनमा स्तालिनले भन्नुभयो, “हाम्रो आफ्नो देश खेतीवाल देशबाट औद्योगिक देश बन्ने सङ्घारमा छ ।” पहिलो पाँचवर्षे योजना ४ वर्ष ३ महिनामा पूरा भयो । १९३४ जनवरी महिनामा भएको पार्टीको १७ औँ महाधिवेशनमा स्तालिनले रिपोर्ट दिनुभयो, “खेतीप्रधान देश अब औद्योगिक देश बन्यो । एक अनपढ, अज्ञानी र असंस्कृत देशबाट ऊ शिक्षित र सुसंस्कृत देश बन्यो । देशमा उच्च माध्यमिक र प्राथमिक स्कूलहरूको एक जाल फैलिएको छ ।” ९१ प्रतिशत उद्योग र ९० प्रतिशत खेती समाजवादमा फेरियो ।
आकाशमा युद्धको धुवाँ
१९३७ मा पुँजीवादी देशलाई आर्थिक सङ्कटले फेरि चपेटा हान्यो । अमेरिकामा मात्रै डेढ करोड मजदुर बेकार भए । त्यसले पुँजीवादी संसारमा मजदुर आन्दोलन चर्किन थाल्यो । सङ्कटबाट जोगिन पुँजीवादी देशहरूले मजदुर आन्दोलन दबाउन थाले र उपनिवेशहरूमा लुटपाट सुरु गरे । जर्मनी, जापान र इटाली एक भए । १९३५ मा इटालीले अविसिनिया (इथोपिया) कब्जा ग¥यो र युरोपदेखि भारत पुग्ने समुद्रका बाटाहरूमा हमला ग¥यो ।
जर्मनीले जर्मन जाति भएको देश अस्ट्रिया र चेकोस्लाभाकियामाथि हमला ग¥यो । कम्युनिस्ट दबाउने निहुँ राखेर १९३९ मा जर्मनी र इटालीले स्पेनको दक्षिणी भागमा आफ्नो पल्टन उता¥यो । १९३९ मा जापानले चीनको पेइचिङ, साङ्घाई, तेनसिन कब्जा ग¥यो । त्यसले अमेरिका र बेलायतको बजार कब्जा गरिए जतिकै थियो । पुँजीवादी देश आपसमा काटाकाट भइरहँदा १ अप्रिल १९३७ सम्ममा रुसले आफ्नो दोस्रो पाँचवर्षे योजना ४ वर्ष ३ महिनामा पूरा ग¥यो । १९२९ को तुलनामा औद्योगिक उत्पादनमा ४२८ प्रतिशत बढ्यो, युद्धभन्दा पहिलेको हिसाबबाट ७ सय प्रतिशतको वृद्धि थियो । खाद्यान्नमा पनि ठुलो वृद्धि भयो । १९१३ मा खाद्यान्न ४ अरब ८० करोड पुग्यो र १९३७ मा ६ अरब ८० करोड पुग्यो । मजदुरहरूको तलब १९३३ मा ३४ रुबल थियो भने १९३७ मा ८१ रुबल पुग्यो । १९१४ मा ८० लाखमात्र विद्यार्थीहरू पढ्थे, सरकारले अनिवार्य शिक्षा लागु गरेको हुनाले १९३७ सम्म विद्यार्थीहरूको सङ्ख्या २ करोड ८० लाख पुग्यो ।
पुँजीपति र कुलाकवर्ग दबिसकेको थियो, वर्ग शक्तिको सम्बन्ध फेरिसकेको थियो । खेती र उद्योगमा समाजवाद लागु भइसकेको हुनाले १९२४ मा बनाइएको संविधानमा हेरफेर ल्याउनु आवश्यक थियो । यसकारण, १९३६ नोभेम्बर मा सोभियतहरूको समाजवादी गणतन्त्र सङ्घको आठौँ महाधिवेशनले नयाँ संविधान स्वीकार ग¥यो । संविधानले सोभियत समाजवादी गणतन्त्र सङ्घलाई मजदुर र किसानहरूको ‘समाजवादी’ राज्य घोषणा ग¥यो । समाजवादी समाजलाई साम्यवादी समाजमा फेर्नु नै संविधानको उद्देश्य थियो । त्यसलाई ‘स्तालिन संविधान’ पनि भन्ने चलन छ । समाजवादी निर्माणले देश अगाडि बढ्दै थियो । तर, विरोधीहरू षड्यन्त्रमा लागिरहेका थिए । १ डिसेम्बर, १९३४ को दिन पार्टीका एक ठुला नेता किरोवलाई गोली हानेर मारिदिएका थिए । सर्वोच्च न्यायालयको सैनिक अदालतले अपराधीहरूलाई गोली हानेर मार्ने फैसला गर्यो । जाँचबुझको सिलसिलामा १९३७ मा त्रोत्स्की, जिनोबियव, कामेनेव, बुखारिन, राइकोव आदि मिलेर उक्रेन, बेलोरूसिया कब्जा गर्ने र देशको समुद्री इलाका विदेशी शत्रुको हातमा पार्ने षड्यन्त्र गरेको र गुप्त कुरा बताएको पत्ता लाग्यो । सोभियत अदालतले बुखारिन र वात्स्की गुटका मुख्य मुख्य सदस्यहरूलाई गोली हानेर मार्ने सजाय दियो ।
१२ डिसेम्बर १९३७ को दिन नयाँ संविधानअनुसार सर्वोच्च सोभियतको चुनाव भयो र स्तालिन सबभन्दा बढी मतले विजयी हुनुभयो । सोभियत जनता लेनिन र स्तालिनको झन्डाको चारैतिर एक भए । सर्वहारा हुकुमलाई अझ व्यवस्थित र सफलतापूर्वक अगाडि बढाउन र नयाँ कार्यकर्ताहरूलाई बोल्सेविक सिद्धान्त वा लेनिनवादको सिलसिलेवार ज्ञान दिन १९३७ मा स्तालिनले ‘सोभियत सङ्घको कम्युनिस्ट पार्टी
(बोल्शेविक) को इतिहास’ लेख्नुभयो । त्यसमा द्वन्द्वात्मक–भौतिकवादको राम्रो व्याख्या हुनुको साथै रुसी मजदुर आन्दोलनमा देखापरेका नरोदनिकवाद, अर्थवाद, कानुनी माक्र्सवाद, मेन्सेविकवाद, त्रोत्स्कीवाद, बुखारिनवाद, जिनोवियववाद आदि खोटा विचारहरू र विरामहरूलाई छर्लङ्ग्याइ दिनुभयो । माक्र्सवादी साहित्यमा यो सा¥है महत्वपूर्ण र नाउँ चलेको किताब हो ।
१९३९ मार्च महिनामा पार्टीको अठारौँ महाधिवेशनमा स्तालिनले अन्तर्राष्ट्रिय परिस्थितिबारे महत्वपूर्ण व्याख्या गर्नुभयो । पूर्वमा जापानले चीनको तिनसिन, साङ्घाई र क्यान्टन कब्जा गरिसकेको थियो । पश्चिममा इटालीले अबिसिनियादेखि जिब्राल्टरसम्म ५० करोड जनता युद्धमा मुछिसकेको थियो । तर, बेलायत, फ्रान्स र संरा अमेरिका तटस्थताको स्वाङ गर्दै थियो र बेलायत र फ्रान्स जर्मनीसँग मिलेर युद्धलाई पूर्वतिर अर्थात् रुसतिर मोड्न चाहन्थे ।
स्तालिनको नेतृत्वमा सोभियत सङ्घले युद्धलाई रोक्न फ्रान्स र बेलायतसँग ‘सामूहिक सुरक्षा नीति’ अगाडि बढाउने प्रस्ताव राख्यो । बेलायत र फ्रान्सले त्यस प्रस्तावलाई स्वीकार गरेनन् र अहस्तक्षेपको नीति लिए । त्यसले हिटलर झन् उत्साहित भएर १९३९ मार्चमा चेकोस्लाभाकिया कब्जा गर्यो, मईमा जापानले जनवादी गणतन्त्र मङ्गोलिया कब्जा गर्यो । तर, लालसेनाले जापानी सेनालाई खालकिनगोल भन्ने ठाउँमा हराइदियो । शान्ति कायम गर्न स्तालिनले अगस्तमा जर्मनीसँग आक्रमण नगर्ने सन्धि गर्नुभयो । उहाँले शरद्मा युक्रेन र पश्चिमी बेलोरसियाका जनतालाई पोलियाली जमिनदारहरूको पञ्जाबाट मुक्त गरी दिनुभयो ।
२० डिसेम्बर, १९३९ को दिन स्तालिन ६० वर्ष पुग्नुभयो । त्यस सुअवसरमा संसारका सबै शान्तिप्रिय, मुक्ति र स्वतन्त्रता सङ्ग्राममा लागेका जनताले शुभकामना व्यक्त गरे । चिनियाँ जनताका महान् नेता माओ त्सेतुङले जापानी आक्रमणको विरोधमा सङ्घर्ष गर्दा गर्दै भन्नुभयो, “स्तालिनलाई शुभकामना दिनुको अर्थ उहाँ र उहाँको उद्देश्यलाई समर्थन गर्नु हो, समाजवाद र मानव जातिको निम्ति उहाँले देखाइरहनुभएको बाटोलाई समर्थन गर्नु हो । यसको अर्थ एक साथीलाई समर्थन गर्नु हो ।” १९४० अगस्टमा स्तालिनले बाल्टिक गणतन्त्रहरू लिथुनिया, लातभिया र इस्टोनियालाई सोभियत सङ्घमै सङ्गठित गर्नुभयो । उहाँले देशको रक्षा शक्तिलाई बलियो पार्दै जानुभयो र ६ मई १९४१ को दिन सर्वोच्च सोभियतको अध्यक्ष मण्डलको निर्णयअनुसार स्तालिन सोभियत सङ्घको मन्त्रिपरिषद्को अध्यक्ष चुनिनुभयो ।
दोस्रो विश्व युद्ध र आक्रामकहरूको हार
आपसमा आक्रमण नगर्ने सन्धिलाई भङ्ग गरेर २२ जून, १९४१ को दिन हिटलरी जर्मनले रुसमाथि अचानक धावा बोल्यो† १० दिनभित्र लिथुआनिया, लातभिया, बेलोरसिया र युक्रेनको पश्चिमी भाग कब्जा गर्यो । ३० जूनको दिन सर्वोच्च सोभियतको अध्यक्षमण्डल, पार्टीको केन्द्रीय समिति र मन्त्रिपरिषद्को बैठकले सर्वशक्ति सम्पन्न ‘राज्य सुरक्षा समिति’ गठन ग¥यो । स्तालिन त्यसको अध्यक्ष मनोनीत गरिनुभयो । हजारौँ टैङ्क हवाईजहाजहरूले सुसज्जित १७० डिभिजन आक्रमक सेनाको हमलाबाट आफ्नो देशलाई जोगाउन ३ जुलाई १९४१ को दिन स्तालिनले सोभियत जनता, लालसेना र जलसेनालाई बहादुरीपूर्वक लड्न रेडियोबाट आह्वान गर्नुभयो । उहाँले हिटलरको विरोधमा अरु पीडित देशका जनतासँग संयुक्त मोर्चा हुने भविष्यवाणी गर्नुभयो । १२ जुलाईको दिन जर्मनविरोधी लडाइँमा मिलेर लड्न बेलायत र रुसको बिचमा एक सम्झौता भयो । ११ जुलाईको दिन स्तालिन जनरक्षाको सर्वोच्च सेनानायक चुनिनुभयो ।
हिटलर मस्को र लेनिनग्राड जबरजस्ती कब्जा गर्न चाहन्थ्यो । रुसी जनताको निम्ति यो एक हाँक र नैतिक प्रश्न थियो । स्तालिनको निर्देशनमा सोभियत जनता सारा नगर र गाउँले इलाकामा स्वयम्सेवक र गुरिल्ला दलमा सङ्गठित हुन थाले । १९४२ जूनमा संरा अमेरिकाले पनि आक्रमणविरोधी लडाइँ लड्न रुससँग एक सम्झौता ग¥यो । इटाली र जर्मनीको विरोधमा बेलायत, रुस र संरा अमेरिका एक भए । ७ नोभेम्बर १९४२ मा स्तालिनले भन्नुभयो, “शत्रुले लालसेनाको प्रहार सहने दिन टाढा छैन, हाम्रो पनि पालो आउँदै छ ।” लाखौँ लाख मजदुरहरू र सहकारी खेतीका किसानहरूले हातहतियार र अन्न उत्पादन गरेर सेनालाई मद्दत गरे । स्तालिनको आदेश पाएर लालसेनाले स्तालिनग्राडमा धावा बोल्यो र ३ लाख जर्मनी सेना घेरामा पा¥यो । लालसेनाको आश्चर्यजनक विजयले जर्मनीको हार सुरु भयो ।
संसारका मजदुर आन्दोलनको सङ्घ ‘तेस्रो अन्तर्राष्ट्रिय’ ले विश्वव्यापी सर्वहारा आन्दोलनलाई अगाडि बढाउन ठुलो योगदान गर्दै थियो । त्यसले आफ्नो ऐतिहासिक काम पूरा गरिसकेको हुनाले अन्तर्राष्ट्रिय कार्य समितिको अध्यक्षमण्डलको निर्णयअनुसार १९४३ मईमा अन्तर्राष्ट्रिय मजदुर आन्दोलनको केन्द्रको रूपमा त्यसलाई स्तालिनले विघटन गर्नुभयो ।
स्तालिनको नेतृत्वमा लाल सेनाले एकपछि अर्को विजय पाउँदै गयो । लाल सेनाले उत्तरी अफ्रिका र इटालीसँगको सङ्घर्षमा मित्र शक्तिलाई मद्दत गर्यो । मित्र शक्तिले जर्मनीको लडाइँसम्बन्धी औद्योगिक केन्द्रहरूमाथि बम वर्षा गर्यो । त्यसले जर्मनीको मुख्य मित्र इटाली सैनिक र राजनैतिकरूपले खतम भयो र १९४३ सेप्टेम्बरमा इटालीले बिनासर्त आत्मसमर्पण ग¥यो । यसले हिटलर एक्लिए । १९४३ नोभेम्बरमा इरानको राजधानी तेहरानमा स्तालिनले संरा अमेरिकाको राष्ट्रपति र बेलायतको प्रधानमन्त्री भेट्नुभयो र जर्मनीको विरोधमा संयुक्तरूपले लड्ने निर्णय गराउनुभयो । यस भेटघाटले आपसमा लडाउने शत्रुको जालझेल ध्वस्त भयो । १९४३ को डिसेम्बरमा स्तालिन आफैँ ज्यासल र कारखानाहरूमा जानु भई मजदुरहरूको काम गर्ने भावनालाई उत्साहित गर्नुभयो । युद्धको बेलामै पूर्वी इलाकामा २,२५० भन्दा बढी नयाँ नयाँ कारखानाहरूको निर्माण गरियो र उत्पादन कार्य चालु राखियो । सोभियत सेनाले स्तालिनको रणनीतिअनुसार १० पटक हमला गरेर रुसको भूमिलाई मुक्त गर्यो र १९४४ मा रुमानिया, फिनल्यान्ड र बुलगेरियामा धावा बोल्यो र आत्म–समर्पण गरायो । तिनीहरूले पनि आफ्नो पहिलो मित्र जर्मनीमाथि हमला गरे । हङ्गेरी घुँडा टेक्ने अवस्थामा पुग्यो । अब जर्मनी एक्लो भयो । जुलाईमा बेलायत र मित्र सेनाले जर्मनीको कब्जामा रहेको उत्तरी फ्रान्समा धावा सुरु गर्यो, जर्मनी बिचमा पर्यो । १९४४ जुलाईसम्ममा लालसेनाले आफ्नो भूमिलाई मुक्त गर्यो । रुसी इलाकामा ८० लाख जर्मनी आक्रमक सेना मारिए, एक लाख ६० हजार तोप र ६२ हजार हवाईजहाज र ५५ हजार टैङ्क ध्वस्त भयो वा सोभियत सेनाले कब्जा गर्यो ।
१९४५ फेब्रुअरीमा रुस, संरा अमेरिका र बेलायतका नेताहरूको सम्मेलन क्रिमियामा भयो । स्तालिनले त्यस सम्मेलनमा भाग लिनुभयो र पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैतिरबाट शत्रुमाथि धावा बोल्ने टुङ्गोमा पु¥याइदिनुभयो । सम्मेलनको निर्णयअनुसार लालसेनाले जापानमाथि धावा बोल्यो, जनवरी र फेब्रुअरीमा लालसेनाले पोल्यान्ड र चेकोस्लाभाकियालाई मुक्त ग¥यो र हङ्गेरीमाथि प्रहार ग¥यो । २३ फेब्रुअरी १९४५ को दिन लालसेनाको २७ औँ वर्ष दिन थियो । त्यस सुअवसरमा स्तालिनले भन्नुभयो, “जर्मनीमाथि अन्तिम विजय नजिकिँदै छ ।” लालसेनाले अस्ट्रियाको राजधानी मियना कब्जा ग¥यो† पूर्वी प्रशियासँग अलग्ग गरिदियो र जर्मनीको औद्योगिक इलाका, सिलेसिया कब्जा गर्यो । स्तालिनले आह्वान गर्नुभयो, “बलिनमा झन्डा गाड्यो ।” २ मई १९४५ को दिन लालसेनाले बर्लिन कब्जा ग¥यो र विजयको रातो झन्डा गाड्यो । ८ मई १९४५ को दिन जर्मनीको माथिल्लो कमानले बिनासर्त घुँडा टेक्यो । ९ मई १९४५ को दिनलाई सोभियत जनताको महान्् देशभक्तिपूर्ण युद्धको विजयको दिन घोषणा गरियो । त्यस ऐतिहासिक दिनमा स्तालिनले जर्मनी साम्राज्यवादमाथि रुसी जनताको विजयमा आफ्ना प्यारा देशवासीहरूलाई बधाई दिनुभयो । जर्मनीको आक्रमणले गर्दा १७ सय रुसी नगर र बस्ती ध्वस्त भयो, ७० हजार गाउँ धुलो भयो, ३२ हजार कलकारखाना नास भयो, ६५ हजार किलोमिटर रेलको बाटो बिग्रियो, १ लाखभन्दा बढी सामूहिक खेती र मेसिन, ट्रयाक्टर राख्ने गोदामहरू लुटियो । हजारौँ स्कूल, कलेज, अस्पताल माटो भयो र २ करोड ५० लाख जनता घरबारविहीन भए ।
रुस, संरा अमेरिका र बेलायतको त्रिपक्षीय सम्मेलनमा भाग लिन स्तालिन १६ जुलाईको दिन बर्लिन पुग्नुभयो । १७ जुलाईदेखि २ अगस्तसम्म भएको सम्मेलनले जर्मनी, अस्ट्रिया र पोल्यान्डबारे छलफल ग¥यो । जापानले आत्मसमर्पण गरिसकेको थिएन । उसले चीनसहित सारा पूर्वी एसियामा कब्जा जमाइराखेको थियो । चीन, कोरिया, भियतनाम, लावस, कम्बोडिया, इन्डोनेसिया, मलाया, थाइल्यान्ड, बर्मा, भारत आदि सम्पूर्ण पूर्वी एसियाली देशका जनता जापानी साम्राज्यवादको विरोधमा सङ्घर्ष गर्दै थिए । ती मुक्ति आन्दोलनले विजय पाउँदै गइरहेको थियो । त्यस क्रान्तिकारी परिरिस्थिति देखेर संरा अमेरिका तर्सन लाग्यो र युद्धलाई आफ्नो पक्षमा फेर्न उसले ६ अगस्त १९४५ को दिन जापानको हिरोसिमा र नागासाकीमा एटम बम खसालेर हजारौँ जनताको हत्या गरिदियो र लाखौँ जनतालाई घाइते तुल्यायो । संरा अमेरिकाको यो एक अपराध थियो । २ सेप्टेम्बर १९४५ मा जापानी साम्राज्यवादले आत्मसमर्पण ग¥यो ।
Leave a Reply