भर्खरै :

भेनेजुयलाको आन्तरिक मामिलामा हस्तक्षेप नगर

भेनेजुयलाको आन्तरिक मामिलामा हस्तक्षेप नगर

भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोले संरा अमेरिकासँगका सबै कूटनीतिक सम्बन्ध विच्छेद गर्ने घोषणा गरे । स्वघोषित ‘अन्तरिम राष्ट्रपति’ ह्वान वाइडोलाई संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औपचारिक मान्यता दिने घोषणासँगै माडुरोले यस्तो घोषणा गरेका थिए ।
यतिबेला भेनेजुयलामा ‘दुईवटा सरकार’ को अवस्था छ । जसले राजनीतिक विध्वंसको खतरालाई बढाएको छ । संरा अमेरिकाले विपक्षी सरकारलाई मान्यता दिएपछि त्यसैलाई पछ्याउँदै लिमा समूहका देशहरूले पनि ग्वाइडोलाई ‘अन्तरिम राष्ट्रपति’ को मान्यता दिएको थियो । तर, भेनेजुयलाका रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले सेनाले ग्वाइडोलाई मान्यता नदिने बरू भेनेजुयलाको सरकारले संविधान र – सार्वभौमिकताको रक्षा गर्ने घोषणा गरेका थिए ।
रूसी विदेश मन्त्रालयका प्रवक्ताले मस्को सरकारको समर्थन माडुरोलाई – रहेको प्रस्ट पार्दै संरा अमेरिकाले भेनेजुयलाको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै – सत्ता परिवर्तनको प्रयास गरेको धारणा सार्वजनिक गरिसकेका छन् ।
आर्थिक सङ्कटले निम्त्याएको कहालीलाग्दो मुद्रास्फीतिले भेनेजुयलामा – राजनीतिक अन्योलको अवस्था सिर्जना गरेको छ । सन् २०१८ को मे महिनामा सम्पन्न चुनावले भेनेजुयलालाई थप विभाजनको अवस्थामा पु¥याएको हो ।
भेनेजुयलामा जारी प्रतिकूलता कसैबाट लुकेको विषय होइन । विश्व अर्थतन्त्रमा आएको शिथिलताले ल्याटिन अमेरिकी देश भेनेजुयलामा पनि विकासको गतिमा सुस्तता ल्याएको हो । यस्तो अवस्थामा वामपन्थी पार्टीलाई टिक्न गाहो भइरहेको र दक्षिणपन्थी शासकहरू दबुमा आउन थालेका छन् । भेनेजुयलामा माडुरो सरकारमाथि दक्षिणपन्थी शक्तिहरूले दबाब बढाइरहेका छन् ।
पछिल्ला वर्षमा वाशिङटनले भेनेजुयला र क्युवाका आन्तरिक मामिलामा हस्तक्षेपको मात्रा बढाइरहेको छ । ल्याटिन अमेरिकामा आफ्नो प्रभाव अझ बलियो बनाउने प्रयत्न गरिरहेको छ । ग्वाइडोलाई हतारमा मान्यता दिएर संरा अमेरिकाले भेनेजुयलाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको छ ।
वाशिङटनको कदम प्रस्ट लक्ष्यसहितको आक्रामक किसिमको छ, जसले भेनेजुयलाको राजनीतिमा प्रत्यक्ष प्रभाव पारिरहेको छ । अन्तर्राष्ट्रिय कानुनी प्रणाली कायम राख्ने कोणबाट हेर्दा त्यस्ता हस्तक्षेपलाई हौस्याउनु उचित होइन । आफ्नो हितको रक्षाको लागि सार्वभौमिकता र त्यसको रक्षाको विषय कुनै पनि देशको लागि अत्यन्त महत्वको विषय हो । कुनै पनि देशको प्रमुख आन्तरिक मामिलामा बाहिरी शक्तिले आफ्नो मान्यता लाद्न नाक ठोकाउने काम गर्छ भने अन्तर्राष्ट्रिय कानुनमा ठुलो भ्वाङ रहेको ठहरिनेछ ।
लामो समयदेखि संरा अमेरिकाले आफ्ना हस्तक्षेपकारी कदमलाई वैधानिकता दिन भूराजनीतिक स्वार्थ र मान्यताअनुसार अन्तर्राष्ट्रिय कानुनमा परिवर्तन ल्याउन खोजिरहेको छ । केही हस्तक्षेप र घुसपैठलाई सामान्य घटनाजस्तो व्यवहार गरेर वाशिङटनले के ठीक हो र के बेठीक भन्ने कुरामा अन्योलको अवस्था निम्त्याइरहेको छ ।
वाशिङटनको पछिल्लो कदमले ल्याटिन अमेरिकी देशहरूलाई वामपन्थी खेमा वा दक्षिणपन्थी खेमामध्ये एउटा खेमा रोज्न बाध्य तुल्याएको छ । वाशिङटनले ल्याटिन अमेरिकी देशहरूको मनमुटावलाई अझ खराब अवस्थामा पु¥याइदिएको छ र त्यहाँको क्षेत्रीय एकतालाई दुरूह बनाइदिएको छ ।
भेनेजुयलामा दुईवटा सरकारको अवस्था दुर्भाग्यपूर्ण छ । यो घटनाले मानवीय सङ्कट निम्त्याउन र अन्तर्राष्ट्रिय समुदायले कुनै कदम चाल्नुपर्ने रक्तपातपूर्ण द्वन्द्वको अवस्थामा परिणत हुनुअघि नै भेनेजुयलाको विभिन्न राजनीतिक शक्ति मिलेर सुरूमै यो राजनीतिक विवादको अन्त्य गरिनुपर्छ । सबै पक्षले संयमतापूर्वक काम गर्नुपर्छ र भेनेजुयलामा सैनिक हस्तक्षेपको सम्भावित अवस्था रोक्न सजग हुनुपर्दछ ।
अन्तर्राष्ट्रिय समुदायले भेनेजुयलाका शक्तिहरूलाई संवादमार्फत शान्तिपूर्वक समस्याको समाधान गर्न उत्साहित गर्नुपर्छ । यतिबेला कुनै एउटा पक्षको पक्षधरता लिनु उपयुक्त होइन । त्यसले दुश्मनी बढाउने र अवस्थालाई अझ बनाउनेछ । फलतः भेनेजुयलालाई दीर्घकालीन द्वन्द्वतिर धकेल्न सक्छ । भेनेजुयला रङ्गीन क्रान्तिको अर्को रक्तपातपूर्ण रणभूमि बन्नुहुन्न ।
No interference in venezuelan issues, Jan, 24th २०१९
स्रोत : चिनियाँ समाचारपत्र ग्लोबल टाइम्सको सम्पादकीय

Leave a Reply

Your email address will not be published. Required fields are marked *