भर्खरै :

चोरमाथि चकार

चोरमाथि चकार

चोरले चिच्यायो, “चोर आयो !” आफ्नै झोला पछाडि लुकायो ।
आगो बालेर धुवाँ देखायो, घर जल्दै छ भन्ने अरूलाई सुनायो ।
नैतिकताको पाठ पढाउँदै हिँड्छ, सत्य–धर्मको झन्डा उचाल्छ ।
तर, उसको छायाँले नै भन्छ, उसका पाइला सधैँ अँध्यारोतिर चाल्छ ।
औँलाले सधैँ अर्कैलाई देखायो, तीन औँला आफूलाई फर्किएको नदेखायो ।
ऐना देख्दा आँखा चिम्लिन्छ, आफ्नै अनुहारसँग डराएर भाग्छ ।
उपदेश बाँड्दा ठुलो स्वर गर्छ, शब्दले नै भीडलाई थर्काउँछ ।
तर, मौनले सोध्दा प्रश्नहरू, उसको आत्मा नै लुक्न खोज्छ ।
न्यायको नाममा ढोल पिट्छ, इमानको खोल ओढेर नाच्छ ।
तर, अवसरको सानो ढोका खुल्दा, उसको चरित्र नै नाङ्गिन्छ, भाँचिन्छ ।
चोर माथि चकारको यही कथा – सबैभन्दा पहिले ऊ नै कराउँछ ।
आफू जोगिन्छ, दोष अरूमा सर्छ र भीडले नै सत्यलाई मार्छ ।
जबसम्म कराइ नै प्रमाण बन्छ र मौन सधैँ दोषी ठहर्छ,
त्यतिञ्जेल यस्ता चोरहरू, सिंहासनमा बसेर नीति लेख्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *