अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, १९ पुस । शनिबार स्थानीय समयअनुसार एकाबिहान २ बजे संरा अमेरिकाले भेनेजुयलामाथि कायरतापूर्ण आक्रमण गरेको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार भेनेजुयलाको राजधानी काराकससँगै अमेरिकाले ला ग्वाइरा, आराग्वा, मिरान्दालगायत प्रान्तमा पनि हवाई बमबारी गरेको छ । भेनेजुयली अधिकारीहरूले बमबारीमा कारण कैयन् भेनेजुयाली मारिएको र घाइते भएको जनाएका छन् । आक्रमणका कारण विद्युत् आपूर्तिलगायत भौतिक पूर्वाधारमा क्षति पुगेको बताइएको छ ।
भेनेजुयला सरकारको वक्तव्य
अमेरिकाको शृङ्खलाबद्ध आक्रमणलगत्तै राष्ट्रपति मादुरोको सरकारले राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ । एक विज्ञप्ति जारी गर्दै उसले भेनेजुयाली भूमि तथा जनतामाथि संरा अमेरिकाले गरेको ‘अत्यन्त गम्भीर सैन्य आक्रमणको निन्दा एवम् भत्र्सना’ गरेको छ । वक्तव्य भन्छ – “राष्ट्रको राजनीतिक स्वाधीनतालाई बलपूर्वक तोड्दै यस आक्रमणको उद्देश्य भेनेजुयलाका रणनीति सम्पदामाथि कब्जा जमाउनु हो† खासगरी तेल र खनिज सम्पदा कब्जा गर्नु हो ।”
विज्ञप्ति अगाडि भन्छ – “फासीवादी सम्भ्रान्त वर्गसँगको मिलेमतोमा देशको गणतान्त्रिक सरकारलाई ध्वस्त गर्न बलजफ्ती उपनिवेशवादी युद्ध थोप्ने र बलात ‘सत्तापलट’ गर्न खोज्ने प्रयास अघिल्ला दुस्प्रयासहरूजस्तै विफल हुनेछ ।” उसले अमेरिकी आक्रमणले संयुक्त राष्ट्रसङ्घको बडापत्र तथा अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको बताएको छ ।
सरकारी विज्ञप्तिमा सिमोन बोलिभारलगायत देशभक्त नेताहरूको विरासत कायम गर्दै भेनेजुयलाका जनतासँग साम्राज्यवादी आक्रमणको प्रतिरोध गर्न र देशको स्वाधीनता रक्षा गर्न आह्वान गरिएको छ । त्यस्तै, बोलिभारियाली सशस्त्र बललाई देशैभरि सार्वभौमिकता तथा शान्तिका लागि तैनाथ हुन निर्देशन दिइएको छ । विज्ञप्तिमा अमेरिकी आक्रमणविरुद्ध अन्तर्राष्ट्रिय कूटनीतिक नियोगहरूमा उजुरी गर्ने जनाइएको छ ।
मादुरो सरकारले राष्ट्रसङ्घको बडापत्रको धारा ५१ अनुसार भेनेजुयला सरकारसँग आफ्ना जनता, भूगोल तथा स्वतन्त्रताको बचाउमा आत्मरक्षा गर्ने अधिकार रहेको जनाउँदै विश्वव्यापी ऐक्यबद्धताको लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष आह्वान गरेको छ ।
ट्रम्पको दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत भेनेजुयलाविरुद्ध ‘ठुलो आक्रमण’ गर्नुका साथै राष्ट्रपति निकोलस मादुरोलाई उहाँकी पत्नीसहित अपहरण गरेको जनाएका छन् ।
आक्रमणपछि भेनेजुयलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपति मादुरो र उहाँकी पत्नीबारे जानकारी नभएको बताउँदै ट्रम्पलाई मादुरो जीवित रहेको प्रमाण दिन ट्रम्प प्रशासनसित माग गर्नुभएको छ । एक भिडियो वक्तव्य जारी गर्दै उहाँले अमेरिकी आक्रमणको निन्दा गर्दै भेनेजुयलामा विदेशी फौजको सामना गर्न देशभरि फौजी तैनाथ गर्ने घोषणा गर्नुभएको छ ।
भेनेजुयलाका रक्षामन्त्री भ्लादिमिर पेद्रिनो लोपेजले भन्नुभयो, “अन्त्यमा भेनेजुयलाकै जीत हुनेछ, सम्झौता हुँदैन.. हिम्मत नहारौँ ।” उहाँले भन्नुभयो, “हामी विजयको झन्डामुनि एकताबद्ध हुनेछौँ । हामी शान्तिकामी जनता हौँ । स्वतन्त्रताको निम्ति सदा लड्नेछौँ । हामीले सधैँ मानव जातिको सेवामा हातेमालो गरेका छौँ । हामीले हाम्रो जन्मभूमि र हाम्रा जनताको एकताको रक्षा गरिरहनेछौँ ।”
त्यसैगरी गृहमन्त्री डायसडाडो काबेलोले अमेरिकी आक्रमणसामु ‘शान्त रहेर’ जवाफ दिन आह्वान गर्नुभएको छ । उहाँले भन्नुभयो, “हाम्रो नेतृत्वमा विश्वास गर्नुस् । राजनीतिक तथा सैन्य कमान्डले परिस्थिति नियन्त्रणमा लिनेछ । शान्त रहनुहोस् । निराश नबनौँ । कपटपूर्वक आक्रमण गर्ने आतङ्ककारी र कब्जाकारी सेनालाई सजिलो नबनाऔँ ।”
अन्ततः आक्रमण
भेनेजुयाली राष्ट्रपति मादुरो ‘लागुऔषध तस्करी’ मा सक्रिय रहेको आरोप लगाएको महिनौँपछि अमेरिकाले यो आक्रमण गरेको हो । भेनेजुयला सरकार अमेरिकाविरुद्ध लागुऔषध तस्करीमा संलग्न रहेको आरोपमा अमेरिकाले भेनेजुयलाका तेल बोक्ने जहाजहरूविरुद्ध ‘कारबाही’ बढाउँदै राष्ट्रपति मादुरोलाई पदबाट हट्न धम्की दिँदै आएको थियो । गत सेप्टेम्बर यता अमेरिकाले भेनेजुयलाको समुद्री क्षेत्रमा रहेका डुङ्गाहरूमाथि २० भन्दा बढी आक्रमण गरिसकेको र ११० जनाभन्दा बढीको ज्यान लिइसकेको छ ।
इन्धन निर्यात नै भेनेजुयलाको मुख्य आयस्रोत हो । यसअघि मादुरो सरकार ढलेमा भेनेजुयलाको तेल भन्डार अमेरिकाको लागि खुला गर्ने भेनेजुयाली विपक्षी नेतृ मारिया कोरिना मचाडोले खुलेआम घोषणा गरेकी थिइन् ।
आफ्नै देशको सरकारविरुद्ध आक्रमण गर्न विदेशी गुहार्ने मचाडोलाई यो वर्षको नोबेल शान्ति पुरस्कार दिइएको थियो । यद्यपि, अमेरिकी आक्रमणमा भेनेजुयलाका सरकारविरोधीहरू मौन छन् ।
Leave a Reply