भर्खरै :

ट्रम्प प्रशासनको नयाँ राजाको हैकमविरुद्ध संरा अमेरिकामा विरोध

ट्रम्प प्रशासनको नयाँ राजाको हैकमविरुद्ध संरा अमेरिकामा विरोध

संरा अमेरिकाको ट्रम्प प्रशासनले यही पुस १९ गते भेनेजुयलामा बम वर्षा ग¥यो । त्यहाँका राष्ट्रपति मादुरो र उहाँकी पत्नीलाई अपहरण गरी संरा अमेरिकाको न्यूयोर्कको अदालतमा लागुपदार्थ तस्करीको आरोपमा मुद्दा चलायो । नेमकिपाले पुस २० गते वक्तव्य प्रकाशित गरेर भेनेजुयला र ल्याटिन अमेरिकी देशमा ट्रम्प प्रशासनको आक्रमण र हस्तक्षेपको विरोध ग¥यो र मादुरो दम्पतीको तत्काल सकुशल फिर्ताको लागि आह्वान ग¥यो । नेमकिपाका युवा र विद्यार्थीहरूले संयुक्त रूपमा पुस २५ गते काठमाडौँमा ट्रम्प प्रशासनको विरोधमा प्रदर्शन पनि गरे ।
नेपाली कामदारवर्गका जनता र अमेरिकी कामदारवर्गका जनता मित्र हुन् । नेपाली जनताको विरोध संरा अमेरिकी साम्राज्यवादको हो । ट्रम्प प्रशासनको तानाशाहीको विरोधमा संरा अमेरिकाभरी विरोध भइरहेको छ । मिनियापोलिसका जनताले संरा अमेरिकी झन्डा जलाएर विरोध गरे । संरा अमेरिकाको ग्रीसको एथेन्समा पनि प्रदर्शनकारीले संरा अमेरिकी झन्डा जलाए ।
संयुक्त राष्ट्र सङ्घको बडापत्रमा संसारमा युद्ध रोक्ने, मानव अधिकारको प्रत्याभूत गर्ने, अन्तर्राष्ट्रिय कानुनको पालना गराउने, स्वतन्त्रतासहितको सामाजिक उन्नति गर्ने, शान्ति सुरक्षा प्रत्याभूत गर्ने, कुनै एउटा देशको विरोधमा हतियार र बल प्रयोग नगर्ने, सबै देशको साझा हित हेर्ने उल्लेख छ ।
संरा अमेरिकाको ट्रम्प प्रशासनको भेनेजुयलामा आक्रमण र ल्याटिन अमेरिकी देशमा धम्की संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन हो । अन्तर्राष्ट्रिय विवाद समाधान गर्ने संरा सङ्घअन्तर्गतको निकाय अन्तर्राष्ट्रिय अदालत हो, ट्रम्प प्रशासन होइन ।
संरा सङ्घको सुरक्षा परिषद्मा फ्रान्स, रुस र चीनले ट्रम्प प्रशासनको भेनेजुयलामाथि हमलाको निन्दा गरे र राष्ट्रपति मादुरो दम्पतीको तत्काल रिहा गर्न जोड दिए । तर संरा अमेरिकी विदेशमन्त्री मार्को रूबियोले संरा सङ्घले के बोल्छ भन्नेबारे आफू (संरा अमेरिका) लाई चासो नभएको अहङ्कार व्यक्त गरे ।
ट्रम्प प्रशासनको राष्ट्रिय सुरक्षा नीति, २०२५ (नोभेम्बर) मा संसारमा संरा अमेरिका पहिलो हुने, नाटो देशहरूलाई कुल गार्हस्थ उत्पादन (जीडीपी) को ५ प्रतिशत बजेट खर्च गराउने, संरा अमेरिकी डलरलाई विश्वमा आरक्षित मुद्रा बनाउने दाबी गरिएको छ । सो नीतिमा अन्य देशलाई आफूभन्दा बलियो हुन नदिने र सन् १९९० मा युरोपेली देशको विश्वव्यापी जीडीपीमा २५ प्रतिशत हिस्सा रहेकोमा अहिले १४ प्रतिशतमा झरेको उल्लेख छ । संयुक्त राष्ट्र सङ्घकै सदस्य देशहरूमाथि आक्रमण र लुट मच्चाएर ट्रम्प प्रशासनले धनी हुने लक्ष्य राखेको न्यायोचित होइन ।
ट्रम्प प्रशासनले भेनेजुयलामा आक्रमण अघि बिजुली निभाएर अँध्यारो पारेको थियो । सार्क विद्युत् ग्रीड सम्झौतामा नेपालका शासक दलहरूले नेपालको बिजुली बाल्ने र निभाउने स्वीच दिल्लीमा राख्ने गरी अनुमोदन गरे । यो देशघाती सम्झौताको संसद्मा नेमकिपाले मात्र विरोध गरेको हो ।
नेपाल मजदुर किसान पार्टी देश र जनताको निःस्वार्थ सेवालाई राजनीति ठान्दछ । तर, सरकारमा गएका दलहरूले राजनीतिको नाममा पक्षपात, नातावाद, भ्रष्टाचार बढाउँदै छन् । यसको परिणाम बहुदल र गणतन्त्रको पैतीस वर्षयता शासक दलहरूले देशलाई २८ खर्ब रुपैयाँ बढी ऋण बोकाए भने वर्षको पन्ध्र खर्ब रुपैयाँ बढी व्यापार घाटा पारे । युवालाई राहदानी बाड्दै वैदेशिक रोजगारीमा पठाउनु राजनीति होइन एक देशद्रोह हो ।
नेपालमा भदौ २३ र २४ गते भएको घटनाबारे संरा अमेरिकी पत्रकार र लेखकहरूले नेसनल इन्डोमेन्ट फर डेमोक्रेसी र इन्टरनेसनल रिपब्लिकन इन्स्टिच्युटलगायत संस्थाहरूको हात रहेको उल्लेख गरे । ट्रम्प प्रशासनको इन्डो प्यासिफिक स्ट्राटेजीमा सैन्य उद्देश्य भएको एमसीसीमा उल्लेख ग¥यो । एमसीसीमा संरा अमेरिकी सरकारको नियम र कानुन पालना गर्नुपर्ने प्रावधान छ । यसकारण, नेमकिपाले संसद्मा एमसीसीको विपक्षमा मत दिएको हो ।
ट्रम्प प्रशासनले कोलोम्बिया, डेनमार्क (ग्रीनलैन्ड), मेक्सिको, इरान र क्युवालाई पनि बल प्रयोग गर्ने धम्की दिँदै छ । संरा अमेरिकी जनताले ‘राजा चाहिँदैन’ भन्दै ट्रम्प प्रशासनको हैकमवादको विरोध गर्दै छन् । भेनेजुयलाका राष्ट्रपति मादुरोको अपहरणको विरोधमा संरा अमेरिकी सहरहरूमा ट्रम्प प्रशासनको विरोध भइरहेको छ ।
भेनेजुयलाको कार्यवाहक राष्ट्रपति ट्रम्प आफै भएको घोषणा पनि सार्वजनिक भयो । यसको विरोध न्यायपे्रमी जनताले गर्नु जरुरी छ ।
भेनेजुयलाका राष्ट्रपति ह्युगो चाभेजले तेल र ग्यास खानीलाई राष्ट्रियकरण गर्ने र विदेशी कम्पनीहरूलाई समेत निषेध गर्ने समाजवादी कार्यक्रम अघि बढाउनुभयो । चाभेजको यो कार्यक्रमलाई राष्ट्रपति मादुरोले पनि निरन्तरता दिनुभयो । यसकारण, ट्रम्प प्रशासनले राष्ट्रपति मादुरोलाई अपहरण गरी झुटा मुद्दा चलाएको हो । ट्रम्प प्रशासनले संयुक्त राष्ट्र सङ्घको औचित्यलाई नै समाप्त पार्न खोज्दै छ । यसकारण, संसारका न्यायपे्रमी जनताले ट्रम्प प्रशासनको विरोध र निन्दा गर्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *