भर्खरै :

पशुपन्छीमा अत्यधिक एन्टिबायोटिक प्रयोगबाट मानव स्वास्थ्यमा आघात

पशुपन्छीमा अत्यधिक एन्टिबायोटिक प्रयोगबाट मानव स्वास्थ्यमा आघात

‘एन्टिबायोटिकले काम नगर्दा नेपालमा वार्षिक ६ हजार मृत्यु’ भएको समाचारबाट नेपालीलाई चिन्ताको विषय बन्यो । चिकित्सकको सिफारिसविना एन्टिबायोटिक बिक्री हुँदा बर्सेनि नेपालीको मृत्यु हुने सङ्ख्या बढ्दो छ ।
आवश्यक औषधिको डोज पूरा नहुँदा पनि एन्टिबायोटिक खानेहरूमा स्वास्थ्य समस्या बढ्दो छ । स्वास्थ्य मन्त्रालयले सन् २०२४ देखि नेपालमा एन्टिबायोटिकले काम नगर्दा मृत्यु हुनेको अध्ययन र तथ्याङ्क सङ्कलन गर्न थालेको हो । मन्त्रालयका अनुसार सन् २०२४ मा पाँच हजार हाराहारी मृत्यु भएकोमा सन् २०२५ अक्टोबरसम्म करिब ६ हजारको मृत्यु भयो । अस्पतालहरूमा उपचारमा आउने बिरामी र उपचारमा संलग्न चिकित्सकले दिएको रिपोर्टका आधारमा तथ्याङ्क तयार गरेको मन्त्रालयले जनायो ।
पछिल्लोपटक अस्पतालहरूमा नमुना सङ्कलन गरेर हेर्दा एन्टिबायोटिकले काम नगर्ने अवस्था बढ्दै गइरहेको मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. सरोज शर्माले बताए । अस्पतालहरूमा मृत्यु हुनेको रिपोर्ट र बिरामीको उपचार अभिलेखको आधारमा मन्त्रालयले एन्टिबायोटिकले काम नगरेको बताएको हो ।
विश्व स्वास्थ्य सङ्गठनले सन् २०५० सम्म एन्टिबायोटिकको कारण विश्वमा वार्षिक एक करोड मानिसको मृत्यु हुने प्रक्षेपण गरेको अर्को समाचार छ । एन्टिबायोटिकको बढी प्रयोगले मानिसको स्वास्थ्यमा गम्भीर असर पु¥याउँदासमेत नेपाल सरकार के गर्दै छ ?
कम समयमै बढी तौल लिनका लागि पशुपंछीलाई प्रयोग गरिने दाना र इन्जेक्सनमा एन्टिबायोटिक मिसाउने गरेको जानकारहरू बताउँछन् । बढी एन्टिबायोटिक खुवाएको पशुपक्षीका मासु खाँदा सीधै मानिसको शरीरमा असर पुगेको विभिन्न तथ्याङ्कले बताएको चिकित्सकहरूको भनाइ छ । खाद्यान्न बालीमा पनि विभिन्न प्रकारका विषादीको प्रयोग बढ्दो छ । एन्टिबायोटिक मिसाएको विषादीले उपभोक्ताको स्वास्थ्यमा असर पारिरहेको विभिन्न तथ्याङ्कले देखाए पनि नेपाल सरकार कानमा तेल हालेर बस्दै छ ।
चिकित्सकहरूले आवश्यकताभन्दा बढी एन्टिबायोटिक मानव स्वास्थ्यका लागि हानिकारक रहेको समयमै सुझाए पनि सरकारको बेवास्ताले वर्षमा हजारौँ नेपालीको मृत्यु हुनु दुःखद हो । सरकारले बढी एन्टिबायोटिक प्रयोग गर्दा हुनसक्ने असरका बारेमा समयमै जनचेतना किन दिएन ? यसबारे विश्व स्वास्थ्य सङ्गठन ९ध्ज्इ० ले नेपाल सरकारलाई बेलैमा सचेत गराएको समाचार छ । सरकारले विदेशी औषधीको नाममा नेपालीलाई विष खुवाएको गम्भिर अपराध नै हो । यसबारे आजसम्मका प्रधानमन्त्री, मन्त्रीहरूलाई जवाफदेही बनाउनु जरुरी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *