विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
भेनेजुयलामा अहिले जे भइरहेको छ, त्यो खासमा त्यस देशको आन्तरिक समस्या वा वैश्विक भूराजनीतिमा भेनेजुयलाको भूमिकासँग खासै जोडिएको छैन । किनकि, अमेरिकी नाकाबन्दीका कारण भेनेजुयलाको तेल उत्पादन अहिले खासै धेरै छैन । भेनेजुयलाका सहयोगी देशहरू रुस र चीनले समेत निकोलस मादुरोलाई बचाउन खास भूमिका खेलेको देखिएन । भेनेजुयलाको अर्को सहयोगी देश इरान पछिल्लो समय आफैँ घरेलु समस्याले घेरिएकाले ऊ बाहिर ध्यान दिन सक्ने अवस्थामा छैन ।
निश्चित रूपमा, अमेरिकी तेल कम्पनीहरू भेनेजुयलाको विशाल तेल भण्डारको भावी उपभोगप्रति चासो दिइरहेका छन् । तर, अहिले त्यस देशमाथि अमेरिकाले चालेको कदमको लक्ष्य त्यतिमात्र होइन । त्यसमाथि ट्रम्प र उनको ‘मेक अमेरिका ग्रेट अगेन (मागा)’ नीतिले विदेशमा भन्दा अमेरिकाकै घरेलु मुद्दामा जोड दिनुपर्ने भन्छ । ट्रम्प आफैँले भेनेजुयलाका घटनाक्रमलाई ‘लोकतन्त्र’ का लागि हो भन्ने ढोङ्ग नगरेकोले यो लोकतन्त्रका लागि भन्नु ठीक हुँदैन । उसै पनि ट्रम्प लोकतन्त्रलाई लिएर उत्साहित हुने नेता होइनन् । आखिर उनी संसारका कतिपय तानाशाहीहरूसँग उठबस गर्न पाउँदा खुसी नै देखिन्छन् । देशभित्र उनका नीति तथा कारबाहीले पनि उनले ‘लोकतन्त्र’ लाई उच्चस्थान दिएको उदारण प्रस्तुत गर्दैन ।
भेनेजुयला प्रकरणबारे टिप्पणी गर्दा प्रायः ट्रम्पले लागु पदार्थको तस्करी र ‘नार्को–आतङ्कवाद’ को सन्दर्भ उठाउने गर्छन् । तर, फेरि उही समयमा उनले होन्डुरसका पूर्वराष्ट्रपति हुवाँ ओर्लान्डो हर्नान्डेजलाई माफी दिएको कुराले पनि उनको ती सन्दर्भ सान्दर्भिक नरहेको बताउँछ । हर्नान्डेज तिनै नेता हुन् जोमाथि अमेरिकामा ४०० टनभन्दा बढी परिमाणको कोकिन ढुवानीमा प्रत्यक्ष संलग्न भएको दोषी ठहराइएका थिए । निकोलस मादुरोमाथिको अमेरिकी आरोपको कुनै प्रमाण आजसम्म सार्वजनिक भएको छैन । मादुरो दम्पति कब्जा गर्ने कदमको राजनीतिक ध्येय भिन्नै छ । अमेरिकामा यसै वर्ष नोभेम्बरमा तल्लो सदन मध्यावधि चुनाव हुँदै छ । सो चुनाव अझै टाढै लागे पनि ट्रम्पको पार्टीले सो सभामा बहुमत गुमाउन सक्ने जोखिम छ । यस परिपे्रक्ष्यमा वर्षको सुरुमै चालिएको कदम त्यो विपत् रोक्ने दिशाको पहिलो रणनीति पनि हुन सक्छ ।
भेनेजुयलामा चालिएको कदम खासमा चेसको त्यो कदमजस्तो हो, जसको मुख्य उद्देश्य क्यारिबियाली समाजवादी देश क्युवालाई ‘चेकमेट’ दिनु हो । अर्थात्, क्युवाको पहिले नै कमजोर अर्थतन्त्रलाई अझ नाजुक बनाउने । क्युवाको अर्थतन्त्रलाई टिकाउन भेनेजुयलाको तेल निकै महत्वपूर्ण रहँदै आएको छ । भेनेजुयलाले क्युवालाई अत्यन्त सस्तोमा तेल मात्र बेच्दैन कतिपय अवस्थामा क्युवाली चिकित्सक र सैन्य सहयोगको बदलामा ठुलो परिणाममा तेल निःशुल्क दिने गरेको थियो ।
भेनेजुयलाका राष्ट्रपति ह्युगो चाभेजको शासनकालमा सुरु भएको यो अभ्यासलाई पछि निकोलस मादुरोले निरन्तरता दिएका थिए । मियामीमा जन्मिएका क्युवाली मूलका अमेरिकी नेता मार्को रुबियोको विदेशमन्त्री चयनपछि सबै कुरा बदलियो । क्युवालाई ‘मुक्त गर्ने’ (कम्युनिस्ट शासन हटाउने) उनको जीवनभरको राजनीतिक उद्देश्यलाई अहिले उनी विदेश मन्त्रालयमार्फत साकार बनाउन लागिरहेका छन् । यस्तोमा भेनेजुयलाको सत्ता परिवर्तन ट्रम्पको मूल उद्देश्य होइन, जुन उनका लागि एक सानो अस्थायी सफलता मात्र हुनेछ । क्युवाली सत्ता परिवर्तनमाथि उनको निसाना छ । यो सफलता उनका लागि तत्कालीन राजनीतिक लाभभन्दा माथि हुनेछ ।
यसबाहेक, क्युवामा शासन परिवर्तन भयो भने नोभेम्बरको मध्यावधि चुनावमा ट्रम्पले हार टार्न सक्छन् । यसले रुबियोलाई पनि सन् २०२८ को राष्ट्रपतीय चुनावमा बलियो रिपब्लिकन उम्मेदवार बनाउन सघाउनेछ । रिपब्लिकन उम्मेदवारमध्ये हालसम्म ट्रम्पका उपराष्ट्रपति जेडी भान्स अग्रणी स्थानमा छन् । सबैलाई थाहा भएकै कुरा हो, क्युवाको आर्थिक अवस्था अत्यन्तै कमजोर छ, जुन दिनप्रतिदिन नाजुक हुँदै गइरहेको छ । तर, यतिले नै क्युवामा शासन परिवर्तन भइहाल्ला भन्न सकिन्न । क्युवाको कम्युनिस्ट शासनको आधार आर्थिक समृद्धि नभई समाजवादको भावना र जनताको एकता रहँदै आएको छ ।
आज अमेरिकी नाकाबन्दी र स्याबोटेजका कारण ६० प्रतिशत जनसङ्ख्या बिजुलीविना बाँच्न बाध्य छन् । क्युवाको वैदेशिक मुद्राको सञ्चितीको एक प्रमुख स्रोत पर्यटन नराम्ररी प्रभावित बनेको छ । भेनेजुयलाको सस्तो तेल रोकियो (जुन अमेरिकी हस्तक्षेपअघि नै बिस्तारै घट्दै गइरहेको थियो) र पर्यटनबाट हुने आम्दानीमा समेत उल्लेख्य गिरावट भयो भने क्युवाको आर्थिक अवस्था एकदम नाजुक हुनेछ । क्युवाली क्रान्तिपछिको ६५ वर्षको इतिहासमा सम्भवतः पहिलोपटक क्युवा यति ठुलो सङ्कटमा परेको छ । चीन र रुसजस्ता शक्तिशाली सहयोगी न त क्युवाको प्रतिरक्षामा अगाडि बढ्न सक्षम देखिएका छन् न त इच्छुक नै । संरा अमेरिकासितको प्रत्यक्ष टकराव र सम्भावित विश्वयुद्ध पन्छाउने उद्देश्यले पनि उनीहरू अगाडि नआएका हुनसक्छन् ।
(जोसे गेब्रियल पाल्मा चिलीको स्यान्टियागो विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक हुन् ।)
– ‘द वायर’ बाट
Leave a Reply