विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
सन्दर्भ : प्याट्रिस लुमुम्बा स्मृति दिवस (जनवरी १७)
प्याट्रिस लुमुम्बालाई अफ्रिकामा साम्राज्यवाद र नवउपनिवेशवादविरोधी आन्दोलन तथा अफ्रिकी एकताको प्रतीकको रूपमा मानिन्छ । उनले आफ्नो छोटो र अत्यन्त आँधीमय जीवनमा शताब्दियौँदेखि अफ्रिकामाथि लादिएको युरोपेली दासत्वको विरुद्ध लड्दै आफ्नो जीवन आहुति दिए । यस वर्ष प्याट्रिस लुमुम्बाको सयौँ जन्मदिन मनाइँदै छ । यही सन्दर्भमा यहाँ प्याट्रिस लुमुम्बाको जीवनको आँखीझ्यालबाट उनको देश कङ्गोको समकालीन इतिहासलाई चियाउने प्रयास गरिनेछ ।
एक शताब्दीअघि जन्मिएको क्रान्तिकारी
प्याट्रिस लुमुम्बाको जन्म आजभन्दा ठीक १०० वर्षअघि, २ जुलाई १९२५ मा बेल्जियम अधीनस्थ अफ्रिकी देश कङ्गोको कसाइ प्रान्तको ओनालुआ गाउँमा भएको थियो । उनी बाटेटेला कबिलाका थिए । उनलाई उनका पिताले पादरी बनाउने उद्देश्यले एउटा क्याथोलिक स्कूलमा भर्ना गरिदिए । त्यसबेला बेल्जियमको औपनिवेशिक सरकारले कङ्गोलीहरूलाई औपचारिक अध्ययनलाई सीमित गरेर व्यवसायिक शिक्षालाई जोड दिन्थ्यो । कुशाग्र बुद्धिका लुमुम्बाले अध्ययनमा ठुलो प्रतिभा देखाए । उनको प्रतिभा देखेर त्यही सहरमा रहेका प्रोटेस्टेन्ट मिसनरीहरू आकर्षित भए, जो त्यही सहरमा चिकित्सा सहायक तालिम स्कूल चलाउँथे । १३ वर्षीय लुमुम्बा त्यो स्कूलमा भर्ना भएर चिकित्साशास्त्र पढ्न थाले ।
लुमुम्बा अत्यन्त जिज्ञासु थिए । उनको जिज्ञासाको दायरा स्कूलको पाठ्यक्रमभन्दा फराकिलो थियो । दुई वर्षपछि उनले आफ्नो औपचारिक अध्ययन पूरा नगरी स्कूल छोडे । अझ, उनले स्कूल छोडेकोमा उनका शिक्षकहरू बढी खुसी थिए ।
लुमुम्बाको अध्ययन यात्रा र प्रारम्भिक विद्रोही चेतना
पढाइ छोडेपछि लुमुम्बा किन्डु सहर पुगे । त्यो सहर टिन खानीको लागि प्रख्यात थियो । उनले धेरै मुस्किलले खानीमा क्लर्कको काम पाए । खानीमा उनले किताब र अध्ययनप्रति रुचि राख्ने थुप्रै मानिसहरू भेटे । त्यहाँ ती व्यक्तिहरूको बौद्धिक सर्कल गठन गरियो । उनले आफ्नो स्वाध्यायन जारी राखे । किताबको खोजीमा उनी अनेक दुःख व्यहोर्ने गर्थे । उनले आफ्नो खाली समय पुस्तक पढेरै बिताउँथे । लुमुम्बाले भोल्टेयर, रुसो र भिक्टर ह्युगो आदि लेखकका पुस्तकहरूको गहन अध्ययन गर्न थालेका थिए । लुमुम्बा पत्रकारितातर्फ लागे । उनले लेखहरू लेख्न पनि थाले । उनका लेख र रिपोर्टहरू राजधानी लियोपोल्डभिलका अखबारहरूमा छापिन थाले । त्यसैबेला उनले लेखेका थिए – ‘किन केही गोराहरूले आफ्ना कुकुरहरूलाई आफ्ना निग्रो नोकरहरूभन्दा राम्रो व्यवहार गर्छन् ?’ उनका लेखहरू प्रगतिशील समूहमाझ चर्चित बन्न थालेका थिए ।
प्रशासनिक जागिर, जेल सजाय र राजनीतिक उकालो
सन् १९४४ मा लुमुम्बा स्ट्यान्लिभिल (हालको किसाङ्गानी) पुगे र त्यहाँ पोस्ट अफिसमा क्लर्कको काम पाए । उनले त्यहाँ ३ वर्षसम्म त्यो काम गरे । सन् १९४७ मा लुमुम्बा कङ्गोको राजधानी लियोपोल्डभिल (हालको किन्शासा) पोस्ट अफिस तालिम केन्द्रमा पढ्ने मौका पाए । उनले त्यो तालिममा उत्कृष्ट प्रदर्शन गर्दै उत्तीर्ण गरे । त्यसपछि उनलाई तेस्रो श्रेणीको पोस्टल क्लर्कको रूपमा मासिक ५,००० फ्रयाङ्क तलबमा नियुक्त गरियो । यो औसत कङ्गोलीको आम्दानीभन्दा धेरै थियो, तर उही काम गरिरहेका बेल्जियनको तुलनामा आधा मात्र थियो । लुमुम्बाले पाउलिन ओपङ्गोसँग त्यसैबेला बिहा गरेका थिए ।
स्ट्यान्लिभिलमा लुमुम्बा समाजसेवामा सक्रिय भए । उनले नजिकको सार्वजनिक पुस्तकालयमा स्वयंसेवकको रूपमा काम गरे, पोस्टल कामदारहरूको क्लव गठन गरे र अफ्रिकी सरकारी कर्मचारी सङ्घको सचिव र पछि अध्यक्ष भए । उनी बेल्जियन कङ्गोका रैथानेहरूको सङ्घ (Association of Native Personnel of the Belgian Congo) का सभापतिमा चुनिए । उनी बेल्जियम लिबरल पार्टीको सदस्य बने । सन् १९५५ मा बेल्जियमका राजा बाउदोयानले स्ट्यान्लिभिलको भ्रमणमा आउँदा, कङ्गोका प्रबुद्ध व्यक्तिको रूपमा लुमुम्बासँग भेट गराइयो । कङ्गोली जनतामाझ उनको बढ्दो लोकप्रियताले उपनिवेश प्रशासनको ध्यान तान्यो र चाँडै उनलाई पोस्ट अफिसबाट रकम दुरूपयोग गरेको आरोप लगाइयो । लुमुम्बाले आफू निर्दोष रहेको दाबी गरे तापनि उनलाई दोषी ठहराइयो र दुई वर्षको जेल सजाय सुनाइयो, जूनपछि घटाएर ११ महिना बनाइयो ।
लियोपोल्डभिलबाट राष्ट्रिय राजनीतिमा प्रवेश
जेलबाट छुटेपछि लुमुम्बा लियोपोल्डभिलतर्फ लागे, जहाँ उनले एउटा ठुलो बियर कम्पनीमा जागिर पाए । यस कामले उनलाई राजधानीभरि घुम्न र थुप्रै मानिसहरूसँग भेटघाट गर्ने वातावरण उपलब्ध गरायो । उनको धाराप्रवाह वाक्शक्ति र विद्वत्ताले राजधानीमा उनको लोकप्रियता ठुलो रूपमा फैलियो ।
कङ्गोमा उनी राजनीतिमा घनिभूत रूपमा संलग्न हुन थाले । उनी आफ्नो कबिलाको सङ्गठनका अध्यक्ष बने, साथै लिबरल पार्टीको मिटिङमा पनि जान थाले । तर, उनी त्यहाँको राजनीतिबाट सन्तुष्ट हुन सकेनन् । उनी कङ्गोमा उपनिवेशवादको अन्त्य र तत्काल स्वतन्त्रता चाहन्थे । त्यस्तै, उनी त्यस्तो पार्टी चाहन्थे, जून जातीय, क्षेत्रीय र कबिलाई सङ्कीर्णताबाट मुक्त होस्, जो सबै कङ्गोलीहरूको साझा पार्टी बनोस् ।
कङ्गोलिज नेसनल मुभमेन्ट (CNM) को स्थापना र अक्रा सम्मेलन
लुमुम्बाले १९५८ को अक्टोबरमा कङ्गोलिज नेसनल मुभमेन्ट (CNM) पार्टी गठन गरे । लुमुम्बाले लेखेको पार्टीको कार्यक्रममा प्रस्टसँग उल्लेख गरिएको थियो – कङ्गोलाई उपनिवेशवादबाट मुक्त गर्नका लागि सबै साधनको प्रयोग गरिनेछ ।
लुमुम्बा र सीएनएमले आफूलाई कङ्गोको मुक्ति सङ्घर्षमा मात्र सीमित राखेनन् । उनीहरूले पूरै अफ्रिकालाई भ्रातृत्वपूर्ण एकबद्धताको लागि आह्वान गरे । सीएनएमले आफूलाई सङ्गठित गर्नेबित्तिकै अफ्रिकाभरिका मुक्ति आन्दोलनहरूसँग सम्पर्क राख्न थाल्यो ।
डिसेम्बर १९५८ मा घानाको राजधानी अक्रामा भएको अफ्रिकन पिपल्स काङ्ग्रेसमा लुमुम्बा सहभागी भए । उनी सम्मेलनको स्ट्यान्डिङ कमिटीको सदस्यमा चुनिए ।
स्वतन्त्रताको माग र बेल्जियमसँगको टकराव
लुमुम्बा आक्राबाट फर्केपछि कङ्गोमा स्थिति चर्किँदै जान थाल्यो । अफ्रिकी कन्फरेन्सको सन्देश सुनाउन उनले गर्न खोजेको सभामा बेल्जियम सरकारले प्रतिबन्ध लगायो । हजारौँ कङ्गोलीहरूले बेल्जियम प्रशासनको प्रतिबन्धको बेवास्ता गर्दै सडकमा ओर्लिए । बेल्जियमका प्रहरीहरूले गोली चलाए । सयौँ प्रदर्शनकारीहरूको मृत्यु भएको थियो । कङ्गोलीहरूले आमहडतालको आह्वान गरे । उनीहरूले राजधानी लियोपोल्डभिलमा रहेका प्रहरी चौकीहरू कब्जा गरे, बेल्जियमका अफिस र पसलहरूमा आगो लगाए ।
आन्दोलनको राप बढ्दै गएपछि बेल्जियमका राजा बाउदोयानले कङ्गोलाई स्वतन्त्रता प्रदान गर्ने आश्वासन दिए । यसपछि लुमुम्बाले कङ्गोको स्वतन्त्रताको माग गर्दै देशभर आमसभा गर्न थाले । सीएनएम पार्टीले कङ्गोको स्वतन्त्रताको माग गर्दै बेल्जियम र कङ्गोका प्रतिनिधिहरूको सम्मेलनको माग ग¥यो । बेल्जियमले कङ्गोमा अशान्ति फैलाएको आरोपमा लुमुम्बालाई गिरफ्तार गरेर जेलमा हाल्यो । तर, यसले पनि स्वतन्त्रता आन्दोलनलाई दबाउन सकेन । आन्दोलन झन् चर्किँदै गयो ।
गोलमेच सम्मेलन र लुमुम्बाको बढ्दो प्रभाव
बाध्य भएर बेल्जियम सरकारले १९६० को जनवरीमा गोलमेच सम्मेलनको मिति तय ग¥यो । बेल्जियम सरकारले लुमुम्बालाई सहभागी नगराई गोलमेच सम्मेलन गर्ने विचार गरेको थियो । तर, त्यो दिवास्वप्न साबित भयो । कङ्गोको भविष्य लुमुम्बाको सहभागिताबिना तय हुन नसक्ने अवस्था बनिसकेको थियो । बाध्यताबस बेल्जियम सरकारले लुमुम्बालाई जेलबाटै गोलमेच सम्मेलनका लागि ब्रसेल्स पु¥यायो ।
सम्मेलन सुरु भएको दुई दिनपछि त्यसमा सहभागी भएका लुमुम्बाको उपस्थितिले बेल्जियमको सपना चकनाचुर बनायो । गोलमेच सम्मेलन ३० जून १९६० मा कङ्गोको स्वतन्त्रता घोषणा गर्ने निर्णय गर्दै समाप्त भयो ।
बेल्जियममा हुन लागेको गोलमेच सम्मेलनमा कङ्गोको तर्फबाट बहुरङ्गी प्रतिनिधित्व भएको थियो । बेल्जियमले चलाखी गरेर कङ्गोको प्रतिनिधित्व गर्नेहरूमध्ये बहुमत उदारवादीहरूलाई चयन गरेको थियो । प्रगतिशीलहरूलाई अल्पमतमा पारिएको थियो । बेल्जियमले सम्मेलनलाई आफूले सहजै नियन्त्रण गर्ने सोचेको थियो । तर, सम्मेलन सुरु भएको दुई दिनपछि त्यसमा सहभागी भएका लुमुम्बाको उपस्थितिले बेल्जियमको सपना चकनाचुर बनायो । गोलमेच सम्मेलन ३० जून १९६० मा कङ्गोको स्वतन्त्रता घोषणा गर्ने निर्णय गर्दै समाप्त भयो ।
सम्मेलनले तय गरेको मितिअनुसार मे १९६० मा कङ्गोमा आम निर्वाचन हुने भयो । लुमुम्बाको पार्टीले व्यापक रूपमा चुनाव प्रचार ग¥यो । १७–१९ मेमा भएको संसदीय चुनावमा उनको पार्टीले अत्यधिक मतका साथ विजय हासिल ग¥यो । सीएनएम पार्टीले संसद्को ३३ सीट जित्यो । तर, पनि पूर्ण बहुमत प्राप्त गर्न सकेन । अरू पार्टीहरूसँग गठबन्धन गरेर लुमुम्बाको पार्टीले बहुमत जुटायो । सहमतिअनुसार जोसेफ कासाभुवु राष्ट्रपति र लुमुम्बा प्रधानमन्त्री बने ।
३० जून १९६०ः स्वतन्त्रता, अपमान र प्रतिवाद
३० जून १९६० को दिन कङ्गोको राजधानी लियोपोल्डभिलमा स्वतन्त्रता समारोह आयोजना गरियो । सो समारोहका प्रमुख अतिथि थिए उपनिवेशवादी देश बेल्जियमका राजा बोदुवा । उनले आफ्नो भाषणमा बेल्जियमको उपनिवेशवादी शासनको प्रशंसा गरे । अझ उनले आफ्ना हजुरबुबा राजा लियोपोल्ड द्वितीयको पनि प्रशंसा गर्न थाले । राजा बाउदोयानका अनुसार लियोपोल्ड द्वितीयले कङ्गोमा सभ्यता भित्राएको दाबी गरे । उनले लियोपोल्ड कङ्गोको लागि समाज सुधारक रहेको चर्चा गरे । राजा बाउदोयानले कङ्गोको स्वतन्त्रता बेल्जियमले कङ्गोलाई सभ्य बनाउने ‘मिसन’ को परिणति भएको दाबी गरे ।
बेल्जियमका राजाको यो भाषण सुनेपछि कङ्गोका नवनियुक्त प्रधानमन्त्री प्याट्रिस लुमुम्बा क्रुद्ध बने । उनले त्यही समारोहमा त्यसको कडा प्रतिवाद गरे । उनले भाषण गर्दै भने, उपनिवेशवाद हामीमाथि बलपूर्वक लादिएको अपमानजनक दासता थियो । त्यसलाई हाम्रो स्मृतिबाट हटाउनु सम्भव छैन, किनकि हाम्रा घाउहरू अझै पनि आलै छन् र दुखिरहेका छन् । उनले अझ थपे, यो स्वतन्त्रता बेल्जियमले दान दिएर प्राप्त भएको होइन । बरु कुनै पनि कङ्गोलीले भुल्ने छैन कि स्वतन्त्रता सङ्घर्षबाट प्राप्त भएको हो । उपनिवेशवादबाट कङ्गोको मुक्तिमा बेल्जियमको भूमिका यत्ति मात्र थियो कि उसले अन्ततः इतिहासको दिशा बुझेर हाम्रो स्वतन्त्रताको बाटोमा अवरोध बन्ने प्रयास गरेन ।
बेल्जियमका राजा लुमुम्बाको यो भाषण सुनेर स्तब्ध बने । यसअघि कुनै पनि अफ्रिकी अश्वेतले युरोपेलीहरूको सामु यति प्रस्टसँग बोल्ने हिम्मत गरेको थिएन । अझ लुमुम्बा, जसलाई बेल्जियमका पत्रिकाहरूले औँठाछाप चोर ठान्थे, उसैले बेल्जियमका राजालाई खुलेआम अपमानित गरेका थिए । कालान्तरमा यो भाषण लुमुम्बाका लागि मृत्युपत्रमा आफैले हस्ताक्षर गरेसरह बन्यो ।
लियोपोल्ड द्वितीयको क्रूरताको ऐतिहासिक पृष्ठभूमि
प्याट्रिस लुमुम्बाको आक्रोश नाजायज पनि थिएन । १८८५ मा भएको बर्लिन कन्फरेन्सले अफ्रिकालाई युरोपका साम्राज्यवादीहरूबिच केक काटेजस्तै गरी बाँडेको थियो । बेल्जियमको भागमा अफ्रिकाको मध्य भागमा रहेको ठुलो क्षेत्र परेको थियो, जसलाई त्यसबेला ‘फ्री कङ्गो’ भनिन्थ्यो । कङ्गो खनिज सम्पदाले भरिपूर्ण देश थियो । यसको क्षेत्रफल लगभग पश्चिम युरोप बराबर थियो । अझ, बेल्जियमभन्दा करिब ८० गुणा ठुलो देश थियो ।
राजा लियोपाल्डले कङ्गोलाई बेल्जियमको उपनिवेशभन्दा पनि आफ्नो व्यक्तिगत बिर्ताको रूपमा शासन गर्न थाले । त्यसबेला कङ्गोमा रबरको खेती र हात्ती दाँतको सङ्कलन आम्दानीको ठुलो स्रोत बनेका थिए । उनले अत्यन्तै क्रूरताका साथ शासन गर्न थाले । कङ्गोलीहरूलाई उनको व्यक्तिगत सम्पत्ति आर्जनमा काम गर्न बाध्य बनाइएको थियो । जसले तोकिएको मात्रामा रबर सङ्कलन गर्न सक्दैनथ्यो, उसको हात काटिन्थ्यो ।
राजा लियोपाल्ड द्वितीयको शासनकालमा हत्या, भोकमरी र महामारीका कारण कङ्गोमा करिब १ करोड मानिसको मृत्यु भएको थियो । राजा लियोपाल्डको क्रूर शासनको चर्चा युरोपमा समेत हुन थाल्यो । युरोप र अमेरिकाका विद्वान् तथा लेखकहरू यसविरुद्ध बोल्न थालेपछि सन् १९०८ मा राजा लियोपाल्ड ‘फ्री कङ्गो’ लाई बेल्जियम सरकारलाई फिर्ता गर्न सहमत भए । त्यसपछि यस देशलाई ‘बेल्जियन कङ्गो’ भनिन थालियो ।
स्वतन्त्रतापछि तुरुन्तै सुरु भएको सङ्कट
कङ्गोले स्वतन्त्रताको मधुमास धेरै दिनसम्म मनाउन पाएन । स्वतन्त्रता प्राप्त गरेको एक हप्ता पनि नबित्दै सैनिक विद्रोह भयो । कङ्गोली सैनिकहरूले तलब बढाउने र बेल्जियन अफिसरहरूलाई निष्कासन गर्नुपर्ने माग राख्दै विद्रोह गरे । कङ्गोमा अशान्ति भएको र आफ्ना नागरिकहरूको जिउज्यानमा खतरा भएको निहुँमा बेल्जियमले आफ्ना सैनिकहरू परिचालन ग¥यो । त्यस्तै, १२ दिनमै लुमुम्बाका विरोधी नेता मोसे चोम्बेले खनिज पदार्थले सम्पन्न कटाङ्गा प्रान्त कङ्गोबाट स्वतन्त्र भएको घोषणा गरे । यसको पछाडि बेल्जियमको हात थियो । त्यसैगरी, दक्षिणमा रहेको कसाई प्रान्तले पनि स्वतन्त्र भएको घोषणा ग¥यो ।
लुमुम्बाको सरकार यी विद्रोहहरू नियन्त्रण गर्न असमर्थ बन्न थाल्यो । स्वतन्त्रता प्राप्त गरेको एक महिना नपुग्दै फेरि बेल्जियन सैनिकहरूले देशभरिका हवाईअड्डाहरू कब्जा गरे । उनीहरू राजधानी लियोपोल्डभिलतर्फ अगाडि बढ्न थाले । बेल्जियन सैनिकहरूले लुमुम्बालाई कहाँ जान पाइन्छ र कहाँ पाइँदैन भनेर अनुमति दिन थाले ।
अमेरिका, राष्ट्रसङ्घ र सोभियत सङ्घबिचको शक्ति खेल
विद्रोह दबाउन र बेल्जियन सैनिकहरूलाई आफ्नो देशबाट फिर्ता गराउन लुमुम्बाले अमेरिका र संयुक्त राष्ट्र सङ्घको मद्दत मागे । विद्रोह दबाउन र बेल्जियमको हस्तक्षेपलाई नियन्त्रण गर्न सहयोगको याचना लिएर लुमुम्बा अमेरिका पुगे । अमेरिकाले विद्रोह दबाउन र बेल्जियमविरुद्ध सहयोग गर्न अस्वीकार ग¥यो । अमेरिकाले राष्ट्र सङ्घमार्फत मात्र आफूले सहयोग गर्न सक्ने बतायो ।
उता, राष्ट्र सङ्घको शान्ति सेनाले कटाङ्गा प्रान्तमा चलिरहेको विद्रोह दबाउन आफूले कुनै सहयोग गर्न नसक्ने बतायो । कतैबाट कुनै सहयोग नपाएपछि लुमुम्बाले सोभियत सङ्घसँग सहयोग मागे । सोभियत सङ्घसँग सैनिकहरूलाई ढुवानी गर्ने प्लेनहरूको सहयोग मागे । यसले पश्चिमी जगत् लुमुम्बासँग झन् सशङ्कित बनायो ।
लुमुम्बाको राष्ट्रवादी विचार र प्रगतिशील चिन्तनले पश्चिमी राष्ट्रहरू क्रुद्ध बन्न थालेका थिए । उनको विरुद्ध छिट्टै षड्यन्त्र सुरु भयो । १९६० मा कङ्गो स्वतन्त्र भएपछि पनि बेल्जियमले सैनिक र आर्थिक हस्तक्षेप कायम राख्न खोजेको थियो, तर लुमुम्बाले यस्तो सतही सार्वभौमिकता अस्वीकार गरे । लुमुम्बाले कङ्गोका खनिज स्रोतहरूलाई राष्ट्रियकरण गर्ने योजना बनाएका थिए । यसले बेल्जियमको माथिल्लो कटाङ्गा खनन युनियन (Union Minière du Haut Katanga) जस्ता निगमहरूको अपार मुनाफालाई खतरा पु¥याउने थियो । उनको नीति अफ्रिकामा पश्चिमको नवऔपनिवेशवादलाई ठाडो चुनौती थियो ।
– ‘दायित्वबोध डटकम’ बाट
Leave a Reply