के आगजनी र निर्वाचनमा नेपाली सेना निर्णायक हो ?
- बैशाख २, २०८३
नेपालको वर्तमान राजनैतिक अवस्थाबारे के विश्लेषण गर्नुहुन्छ ?
एमाले, माओवादी केन्द्र र मधेसवादी दलहरूको दुई–तिहाइको सरकार भए पनि अन्योलको पर्दा हटेको छैन । संविधानले निर्धारण गरेको सीमा बाहिर गएर कुनै पनि बेला एमाले र माओवादी केन्द्रको सरकारको सट्टा नेका, माओवादी केन्द्र र मधेसवादीहरूको सरकार बन्न सक्ने सम्भावना टरेको छैन ।
सिद्धान्त र नीतिहीन शासक राजनैतिक दलहरू र निश्चित उद्देश्य अङ्गीकार नगरेको सरकार आफ्नो आजुमा पुग्ने सम्भावना न्यून छ ।
नेपाली काङ्ग्रेस र एमालेको सरकारले समाजवादी देशहरूले दिएको उद्योगधन्दा र सेवालाई निजीकरण गरेजस्तै भएको संरचनासमेत ध्वस्त बनाउन सक्ने सम्भावना धेरै छ । लोभलालच, पैसा र पदको लेनदेन र आश्वासनको भरमा मत दिने जनताको प्रवृत्तिमा परिवर्तन नभएसम्म देशको यथोचित विकास असम्भव छ ।
गुण्डा, डकैट, कालाबजारी, कर–चोर र ठगहरूको भरोसामा चल्ने सरकारहरूबाट जनताले आशा गर्नु मृगमरिचिका हो ।
निर्वाचनमा उठ्नुभएन, यसबाट पार्टी कार्यकर्ता, समर्थक र जनता निरूत्साहित छन् कि ?
निर्वाचन त २–४ वर्षमा आउने एक राजनैतिक सङ्घर्ष हो । संसद पनि वर्गसङ्घर्ष, सैद्धान्तिक सङ्घर्ष र राजनैतिक सङ्घर्षको थलो भएको हुँदा मैले २५–२६ वर्ष संसदीय सङ्घर्षलाई देश र कामदार जनताको निम्ति उपयोग गरें । पूर्वदेखि पश्चिमसम्मका सचेत जनताले नेपाल मजदुर किसान पार्टीको संसदीय सङ्घर्षबारे जानकारी हासिल गरे । बुद्धिजीवी समुदाय र सचेत जनताले निःस्वार्थ रूपले संसदीय सङ्घर्षमार्फत पनि सैद्धान्तिक, वर्गसङ्घर्ष र राजनीतिलाई प्रचारप्रसार गर्न सकिने एक उदाहरणको रुपमा अनुभव गरे । नेमकिपाले विभिन्न जिल्लामा अनेक उम्मेदवारहरूमार्फत निर्वाचनलाई एक प्रकारको अवसरको रूपमा प्रयोग गर्यो । त्यस अभियानमा नयाँ–नयाँ कार्यकर्ता, समर्थक र नयाँ पुस्तालाई हामीले अगाडि सार्दै गयौं । नयाँ पुस्ता अति उत्साहका साथ त्यस सङ्घर्षमा होमिए । शासक दलहरू र जनता ठग्ने ठेकेदार, प्रदूषण फैलाउने बालुवा चोर, असामाजिक तत्व सबै मिलेर नेमकिपाको विरोध गरे । तर हामीले हाम्रो रातो झण्डालाई फहराइ नै रह्यौं । पार्टी कार्यकर्ता, समर्थक र जनताले साँचो अर्थमा लोभ–लालचको पूँजीवादी राजनीतिको विरोधमा नेमकिपा कसरी बहादुरीपूर्वक सङ्घर्ष गर्दैछ भन्ने एक नैतिक सङ्घर्षको दर्शन गरे । सचेत जनतामा एक नयाँ जागरण, नयाँ उत्साह र अनुभवको सञ्चार भयो ।
नेपालको किसान समस्या र यसको समाधानबारे बताइदिनुहुन्छ कि ?
शासक दलहरू मोहियानी, जमिन जोत्नेजस्ता महत्वपूर्ण किसान समस्यालाई बेवास्ता गर्दै शोषक र जमिनदार वर्गको हितमा काम गर्दैछन् । नेमकिपाले मात्र यसबारे किसान जनताको पक्षमा प्रचारप्रसार र सङ्गठनलाई अगाडि बढाउँदै छ ।
तराई–मधेस, पहाड र हिमालको किसान समस्यामा के कति भिन्नता छ ?
तराई, पहाड र हिमालको किसान समस्या ठाउँअनुसार फरक हुनु स्वाभाविक छ । तत् ठाउँका समस्या समाधानबारे किसान सङ्गठनले अध्ययनपछि नयाँ दिशा दिनु आवश्यक छ ।
एक समय वाम एकताको चर्चा खुबै चल्यो । अहिले वाम एकताको स्थिति के छ ?
पञ्चायत व्यवस्थाको विरोधमा सङ्घर्ष गर्न नेपाली काङ्ग्रेससँग प्रतिस्पर्धामा वाम एकता अगाडि बढ्यो । पञ्चायतको पतन र पूँजीवादी प्रजातन्त्रको सरकारमा हिजोका एमाले र अन्य वामहरू सरकारमा गएपछि वाम आन्दोलन शिथिल बन्दै गयो । सत्तामा पुगेका हिजोका वामहरू आज पूँजीवादी शासक दलमा परिणत भएका छन् । अब कामदार जनताको सङ्घर्ष तिनीहरूकै विरोधमा केन्द्रित गर्नुपर्ने छ ।
एमाले र माओवादी (केन्द्र) को सरकारले निर्वाचन घोषणापत्र कार्यान्वयन गर्लान् ?
ती शासक दलहरूले पूँजीपति वर्ग र विदेशी पूँजीको हितमा काम गर्नेछन् तर कामदार वर्गको हितमा काम गर्ने छैनन् ।
अन्तर्राष्ट्रिय राजनीतिक अवस्थाबारे तपाईंको सङ्क्षिप्त विश्लेषण बताइदिनुहुन्छ कि ?
संरा अमेरिकाले अफ्गानिस्तान, इराक, लिविया र सिरियामा आक्रमण गरेर ती देश र जनताको असङ्ख्य धन–जनको क्षति ग¥यो । त्यस युद्धले अमेरिकी साम्राज्यवाद पनि ती क्षेत्रका जनता र संसारबीच बद्नाम भयो, शत्रु भयो, उसकै अर्थतन्त्रमा समेत क्षति पुग्यो । युद्ध अनुत्पादक र ध्वंसात्मक कार्य भएको हुँदा अमेरिकी अर्थतन्त्र ओरालो लाग्दै गयो । संसारमा सय–डेढ सय ठाउँमा अमेरिकी सेना तैनाथ गरिएको छ, यसकारण आज उसले संरक्षित देशहरूसँग तिनीहरूको बजेटको २ प्रतिशत खर्च माग्दैछ । विश्व वातावरणमा बढ्दै गएको तापमान नियन्त्रण गर्न पेरिस सम्झौताबाट अमेरिकी राष्ट्रपति ट्रम्पले हात झिकेछ । अमेरिकामा समेत ओबामाको राष्ट्रपतिकालमा निर्णय गरेको गरिब जनताको स्वास्थ्य बन्दोबस्तमा ठूलो धनराशी चाहिने भनी त्यसलाई खारेज गरिएको छ र अन्य देशलाई दिने अनुदान पनि खारेज गरिएको छ । यो अमेरिकाको अर्थतन्त्र ओरालो लाग्दै गएको लक्षण हो । त्यसबाट मुक्ति पाउन विश्व व्यापार सङ्गठनको नियमविपरीत चीन, जापान र अन्य देशबाट आउने सामानमा कर लगाएर संरक्षणवाद लागू गरिएको छ । चीनले पनि अमेरिकी सामानमा कर लगाउने भएको छ । यसबाट अमेरिका आफैलाई पनि ठूलो नोक्सान हुने निश्चित छ । यस कदमले अमेरिकाको अर्थतन्त्र सुध्रनेभन्दा अझ खस्कने निश्चित छ ।
अमेरिकी अर्थतन्त्रको ¥हासबाट आक्रोशित भएर संरा अमेरिकाले चीनको दक्षिणी टापूहरूमा गरेको सुरक्षा प्रगतिबारे किचलो गर्दै युद्धको धम्की दिंदैछ । तर त्यो बाँदर घुर्कीले आज संसारका कसैलाई तर्साउन सक्ने सम्भावना छैन । एकातिर चीनको कूटनैतिक र व्यापार सम्बन्ध एसियाली देशहरूसँग मात्रै होइन अफ्रिका, ल्याटिन अमेरिका र युरोपसँग समेत अगाडि बढेको छ भने अमेरिका सबैतिरबाट तिरस्कृत हुँदैछ ।
प्रजग कोरिया र संयुक्त राज्य अमेरिकाबीच वार्ता हुँदैछ, यसबारे बताइदिनुहुन्छ कि ?
प्रजग कोरियाको चौतर्फी प्रगतिले अमेरिका तर्सेको छ र दक्षिण कोरिया, जापान, फिलिपाइन्स, इण्डोनेसिया आदि दक्षिण–पूर्वी एसियाबाट अमेरिका पन्छिंदै जाने सम्भावना बढ्दै छ । यस्तो अवस्थामा उत्तर कोरिया र अमेरिकाको वार्ता तेलकासाजस्तो खेल चलिरहनेछ ।
सिरियामा विद्रोहीहरूको गतिविधिबारे बताइदिनुहुन्छ कि ?
अमेरिकी समर्थक सिरियाली विद्रोहीहरू हार्दैछन् ।
चीनको राष्ट्रपतिमा सि जिङ पिङको दोस्रो पटक निर्वाचन र संविधानमा दुईपटक राष्ट्रपति निर्वाचित हुने संशोधनबारे केही बताइदिनुहुन्छ कि ?
राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपले चीनको नेतृत्वमा स्थिरताको आवश्यकता अनुभव गरी संविधान संशोधनबाट राष्ट्रपतिको निर्वाचनको सीमा हटाउँदा देशी र विदेशी प्रतिक्रियावादीहरूले खेल्ने मौका पाउँदैनन् । त्यसैकारण साम्राज्यवादीहरू सि जिङ पिङ माओ त्सेतुङजस्तो तानाशाह हुने’ भन्नेजस्ता प्रचारहरू गरेर आफ्नो रिस पोख्दैछन् । माओ त्सेतुङकै शिक्षाअनुसार शत्रु रिसाउनु नराम्रो कुरा होइन ।
Leave a Reply