भर्खरै :

चुनाव आयो हेर

चुनाव आयो हेर

गाउँ घर सबैतिर
चहलपहल बढेको छ ।
मिठा मिठा आश्वासन बाँड्ने
लहर चलेको छ ।

खादा माला लगाएर
खेतैमा भेटिन्छन्
घाँसको बारी बोक्नेदेखि
जलेबीसम्म पकाएका छन् ।

एक पार्टीकाले अर्को पार्टीको
खेदो खन्नुसम्म खन्छन् ।
आफ्ना राम्रा एजेन्डा मात्र
भने हुने थियो जनता भन्छन् ।

चुनावको माहोलले जनता
अन्योलमा छन्
कुन सही पार्टी हुन्
छुटाउन गाह्रो भो भन्छन् ।

चुनाव आउँदा गाउँ
धाउने पुरानै छ चलन
जितेपछि कता पुग्छन्
बिर्सन्छन् तिनका आश्वासन ।

जनताका दुःख बुझ्ने नेतृत्व
अब चाहियो
आश्वासन होइन अब काम गर्ने
नेता चाहियो ।

नयाँ नेपाल बनाउने
भनी त्यत्रो विध्वंस गरे
भएभरका संरचना

Leave a Reply

Your email address will not be published. Required fields are marked *