भर्खरै :

बनेका छन् उम्मेदवार

बनेका छन् उम्मेदवार

पद र पैसाको शक्ति देखाई
निमुखाको सम्पत्ति कब्जा गर्ने
आज जनताको सेवाको नाउँमा
बनेका छन् उम्मेदवार

गरिब र निमुखा जनतालाई
डर त्रास देखाई खुला आकाश र बाटो
कानुनको आधारमा कब्जा गरेर
बनेका छन् उम्मेदवार
विदेशी ऋण र सहयोग लिई
देशको विकास र समृद्धि देख्ने
दलाल विचारका नेता कार्यकर्ता
बनेका छन् उम्मेदवार

सामान्य जनताको जीवनचर्या
व्यवस्थाअनुसार सेवा पाउन
कष्टकर भए तापनि लाजै नमानी
बनेका छन् उम्मेदवार
देशको स्रोत साधन
विदेशीको हातमा सुम्पिएर
देशको विकास गर्ने दलाली सोचले
बनेका छन्् उम्मेदवार

जनताको श्रम र पसिना
सहकार्यको नाउँमा ठगेर
अपराध र भ्रष्टाचार गरे तापनि
बनेका छन् उम्मेदवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *