भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
ग्रीसमा हजारौं ज्येष्ठ नागरिकहरुले राजधानी एथेन्समा बुधबार प्रदर्शन गरेका छन् । सन् २०१९ का लागि ग्रीेसेली सरकारले तय गरेको सामाजिक क्षेत्रमा लगानी कटौतीको विरोधमा उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । ग्रीस सरकारले हालै मात्र अन्तर्राष्ट्रिय ऋणदाताहरुसमक्ष सामाजिक क्षेत्रमा लगानी कटौती गर्ने सहमति गरेको थियो ।
सरकारीको यो सहमतिले सबभन्दा बढी नकारात्मक प्रभाव ग्रीसका निवृत्तिभरणको भरमा बाँच्दै आएका ज्येष्ठ नागरिकहरुलाई पर्नेछ ।
सन् २०१० मा शुरु भएको तेस्रो चरणको सामाजिक कटौती यो गर्मीयामा अन्त्य हुँदैछ । तर ग्रीस सरकारले गरेको नयाँ सम्झौताले सबभन्दा बढी पीडा निवृत्तिभरणमा बाँच्ने ज्येष्ठ नागरिकलाई दिएको छ । विगत आठ वर्षदेखि उनीहरु आधा निवृत्तिभरणमा आफ्नो जीवन कष्टकर तरिकाले बिताइरहेका छन् ।
एउटा आधिकारिक तथ्याङ्कअनुसार ग्रीसमा दुई जनामध्ये एक जना निवृत्तिभरणमा बाँचिरहेका ज्येष्ठ नागरिकको मासिक निवृत्तिभरण सात सय युरो भन्दा कम छ । त्यत्ति रकमले उनीहरुले आफ्नो पूरा परिवार धान्ने गाह«ो समय सामना गरिरहेका छन् ।
उनीहरुले आगामी मे १ को श्रमिक दिवसमा पनि त्यस्तै प्रदर्शन गर्ने तयारी गरेका छन् ।
ग्रीस सन् २००८ देखि शुरु भएको पूँजीवादी आर्थिक संकटको सबभन्दा बढी प्रभावित भएको देश हो । अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत अन्तर्राष्ट्रिय वित्तीय निकायहरुको नियन्त्रणमा गएको ग्रीसेली अर्थतन्त्र तिनै निकायहरुको आदेशअनुसार सामाजिक क्षेत्रमा लगानी कटौती गरिरहेको छ ।

Leave a Reply