अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २२ माघ । विश्वविद्यालय अनुदान आयोगको शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायान परिषद्बाट ख्वप कलेज अफ इन्जिनियरिङको गुणस्तर तथा सुनिश्चितता प्रत्यायन (क्यु.ए.ए.) प्रक्रियाअन्तर्गत बिहीबार आयोग र कलेजबिच गुणस्तर परीक्षण भ्रमण प्रतिवेदनमा हस्ताक्षर कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङ नगरपालिकाद्वारा सञ्चालित कलेज भए पनि देशको लागि आवश्यक जनशक्ति निर्माण गर्ने प्राविधिक शिक्षालयको रूपमा सञ्चालन रहेको उल्लेख गर्दै कलेजको उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्सँग प्रतिस्पर्धी विद्यार्थीहरू तयार गर्नु हो भन्नुभयो ।
कलेजले पाठ्यपुस्तक अध्ययन गराउने मात्र नभई अनुसन्धानलाई पनि प्राथमिकता दिँदै आएको विचार व्यक्त गर्दै उहाँले नेपालमा विश्वविद्यालय शिक्षा बेरोजगारको प्रमाणपत्र वितरण गर्ने केन्द्र मात्र बनिरहेको स्पष्ट पार्नुभयो ।
विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेजहरूमा अध्ययन गर्ने विद्यार्थीहरूको सङ्ख्या बढिरहेको तर नेपालका धेरै कलेजहरू विद्यार्थी अभावमा बन्द हुने अवस्था पुगेकोमा चिन्ता व्यक्त गर्दै प्रमुख प्रजापतिले भक्तपुर नपाले सबै युवालाई विश्वविद्यालय शिक्षासँगै हातमा सीप दिनुपर्छ भन्ने भावनाले काम गर्दै आएको बताउनुभयो ।
उहाँले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रक्रियाको क्रममा विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त सुझावलाई सुधार गर्दै कलेज अगाडि बढ्ने प्रतिबद्ध रहेको बताउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले विश्वविद्यालय अनुदान आयोगको निर्देशनलाई कलेजले कानुनकै रूपमा अङ्गीकार गरेको बताउँदै क्युएएको प्रतिवेदन कलेजको लागि मार्गदर्शन नै भएको र यसमा समावेश विषयवस्तु अक्षरशः पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा विश्वविद्यालय अनुदान आयोग एभभच चभखष्भध तभबm का संयोजक प्रा.डा. जीवराज पोखरेलले उच्च शिक्षाको गुणस्तर विभिन्न ८ वटा मापकको आधारमा मूल्याङ्कन हुने उल्लेख गर्दै कुनै पनि अध्ययन संस्थानको प्राण भनेको अनुसन्धानको पाटो हो भन्नुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजको कार्यसम्पादन उच्च कोटी रहेको बताउँदै उहाँले कलेजबाट भएका विभिन्न गतिविधिहरूको अनुगमन र मूल्याङ्कनमा पनि कलेजले जोड दिनुपर्छ भन्नुभयो ।
एभभच चभखष्भध तभबm का सदस्य प्रा.डा. हरिदर्शन श्रेष्ठले भक्तपुर नपाबाट सञ्चालित कलेजप्रति विद्यालय व्यवस्थापन समिति, प्राध्यापक, विद्यार्थी, कर्मचारी, जनसमुदायको प्रतिबद्धता उल्लेखनीय रहेको बताउँदै कलेजका सबै विषयहरूमा विद्यार्थी सङ्ख्या उत्साहजनक रहेको बताउनुभयो ।
अर्का सदस्य प्रा.डा. रजनी मल्लले कलेजको शैक्षिकलगायतका वातावरण प्रशंसनीय रहेको बताउँदै कलेजका प्राध्यापकहरूलाई पीएचडी अध्ययनमा जोड दिनुपर्ने बताउनुभयो ।
Leave a Reply