भर्खरै :

विदेशीसामु घुँडा टेक्नेलाई भोट दिन नहुने

विदेशीसामु घुँडा टेक्नेलाई भोट दिन नहुने

विदेशीसामु घुँडा टेक्ने दलालहरूलाई भोट दिए मन दुख्छ, जिउनै सिरिङ्ग हुन्छ । देशको ड्रात्र गतिलो भए, इमानदार भए देश नै राम्रो हुन्थ्यो र सहरदेखि स्थानीय तहसम्म राम्रो हुन्थ्यो । मित्र राष्ट्र चीन सरकारको सहयोगमा स्थापित कलकारखानाहरू सरकारले कौडीको मूल्यमा बिक्री ग¥यो । अहिले पनि कति जनता दुई बोतल वियर र रक्सीको भरमा बिक्ने प्रशस्त पाइन्छन् । आफ्नो छोराछोरी सन्ततिहरूलाई शिक्षा, संस्कृति, रहन सहन, संस्कार दिनुको सट्टा शैतानको व्यवहार सिकाउने गर्छन् र आफ्नो खुट्टामा आफै बञ्चरो हान्छन् । देशघाती एमसीसी, नागरिकता विधयेक पास गर्नेहरू सरकार टिकाउन गठबन्धन गर्छन् । अरु राष्ट्रसँग सहयोग मागेर देश चलाउने कस्तो देशको ड्रात्र होला ? देश चलाउने भनेको तपाईँ हाम्रो सिरानीमा अमेरिकी सर्प राखेर सुत्ने होइन । प्रजातन्त्रको नाउँमा लुटतन्त्र चल्छ । उनीहरूमा इज्जत र प्रतिष्ठाको ख्याल हुँदैन ।
भक्तपुरमा ख्वप विद्यालयको स्वीकृति नदिनु सत्तासीन पार्टीको मन साँगुडिएको देखियो । माओवादी जन आन्दोलनमा १७ हजार र जेन–जी आन्दोलनमा ७६ ज्यान गुमाएको व्यक्तिहरूको जिम्मा कसले लिने हो ? देशका प्रमुख संरचनाहरू जलेको जिम्मा कसले लिने ? खरबाँैको क्षतिको जिम्मा कसले लिने ? शासक वर्गहरू माहुरी फूलमा भुल्छ भनेजस्तै शासक वर्गहरू चास्नीमा भुलेका हुन्छन् । ने.म.कि.पा. ले सडकदेखि सदनसम्म एमसीसीको विरोध गरेको छ । आमाले आफ्नो सन्तानको माया गरे जसरी नै ने.म.कि.पा. ले आफ्नो देश चन्द्र–सूर्य जस्तै ठान्छ । आमाको ऋण कसैले तिर्न सक्दैन । प्यास लाग्यो भनेर जसरी विष खानु हँुदैन त्यसैगरी नयाँ भन्दैमा विदेशी दलाल र मतियारलाई भोट दिनु हुँदैन ।
– तुल्सीनारायण लाखेमरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *