संसारका शान्तिप्रिय र न्यायप्रेमी जनताद्वारा अमेरिकी साम्राज्यवादको विरोध
- फाल्गुन १४, २०८२
भक्तपुर, २६ माघ । नेपाल मजदुर किसान पार्टीको ५२ औँ स्थापना दिवसको अवसरमा नेमकिपा भनपा ८ वडा समितिको आयोजनामा सोमबार पार्टी कार्यकर्ताहरूको भेला भयो ।
भेलामा पार्टीका सचिव एवं निर्वाचन क्षेत्र नं. १ का नेमकिपाका उम्मेदवार प्रेम सुवालले नेमकिपा आदर्श समाज निर्माणको लागि स्थापना भएको बताउनुभयो ।
देश र जनताको सुन्दर भविष्य, नयाँ युगको सुरूआत, सुशासन, प्रजातन्त्रको जीतको लागि देशभरि नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरू निर्वाचित हुनु आवश्यक भएको यथार्थ नेपाली जनताले बुझ्दै आएको उहाँले बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्री भएका शासक दलहरूले देशलाई ऋणको जालमा पारे । सरकारको ढुकुटीको मुख्य स्रोत नेपालीलाई जग्गा बेच्न लगाएर विदेशको गाडी र मोटरसाइकल खरिदमा कर लगाउने, मदिरा र धूमपानमा अन्तशुल्क लगाउने र साम्राज्यवाद र विस्तारवादसँग ऋण ल्याउने बताउने शासक दलहरू निर्वाचनपछि सरकारमा गएमा देश र जनतालाई थप दुःख हुनेछ ।”
नेमकिपाले स्थापनादेखि नै किसान आन्दोलन, भ्रष्टाचारविरोधी आन्दोलन र देशको सार्वभौमिकता रक्षा आन्दोलन गरेर नयाँ पुस्तालाई देशभक्ति भावना दिँदै छ भने विद्यालय र कलेजहरू सञ्चालनमा जोड दिएर नयाँ पुस्तालाई उच्च शिक्षाको मार्ग प्रशस्त गर्दै छ, उहाँले थप्नुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष सुरेन्द्रराज गोसाईले शासक दलहरूले निर्वाचनमा पैसाको छेलोखेलो गरेकै कारण देशमा भ्रष्टाचार तथा अनियमितता बढेको धारणा राख्नुभयो ।
निर्वाचन जित्नकै निम्ति अपराधीहरूलाई समेत सुनपानी छर्किदिनाले देशमा अपराध र अराजकता बढेको उल्लेख गर्दै उहाँले विचार, सिद्घान्तमा आधारित सङ्गठन नभएसम्म विकास सम्भव छैन भन्नुभयो ।
कार्यक्रममा लक्ष्मीनारायण दुवाल, के.पी. कोजू, महेन्द्र खायमली, जितेन्द्र खायमलीलगायतले बोल्नुभएको थियो ।
त्यस्तै नेपाल मजदुर किसान पार्टीको ५२ औँ स्थापना दिवसको अवसरमा पार्टीका सचिव एवम् भक्तपुर क्षेत्र नं. १ का उम्मेदवार प्रेम सुवालले चाँगुनारायण नगरपालिका वडा नं. ५ ताहापाका जनतासँग सोमबार भेटघाट गर्नुभयो ।
सचिव सुवालले राजनीतिक दल एक आदर्श समाज निर्माणको लागि स्थापना हुनुपर्ने हो तर नेपालका शासक दल र तिनका नेताहरू पालैपालो प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्री हुन राजनीतिक दललाई भ¥याङ बनाउनमा लागेको उल्लेख गर्नुभयो ।
नेमकिपा आदर्श समाज स्थापनाको लागि देश र जनताको निःस्वार्थ सेवामा लागिरहेको उल्लेख गर्दै सचिव सुवालले भक्तपुर नगरपालिकामा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरू ख्वप कलेजहरू सञ्चालन गरी ७७ वटै जिल्लाका नयाँ पुस्तालाई उच्च शिक्षा अध्ययनको मार्ग प्रशस्त गराउन समर्पित भएर लागेको बताउनुभयो ।
“शासक दलहरूले देश र जनताको समस्या समयमा समाधान गर्न नसकेको र सम्भावित दुर्घटनाबारे पूर्वानुमान गर्न नसकेको हुँदा गत भदौ २३ र २४ गतेको हत्या, तोडफोड र आगजनी भएको हो । शासक दलहरूको लाखौँ लाख पार्टी कार्यकर्ता र कर्मचारी सङ्गठनको औचित्य पुष्टि भएन”, सचिव सुवालले स्पष्ट पार्नुभयो ।
सचिव सुवालले थप्नुभयो, “देशमा सुशासन, सुन्दर भविष्य, नयाँ युगको सुरूआत, प्रजातन्त्रको जीत हुन देशभरि नेपाल मजदुर किसान पार्टीका प्रतिनिधिहरू विजयी हुनु जरूरी छ । अमेरिकी साम्राज्यवादले संसारका सार्वभौम देशमाथि नाकाबन्दी र आक्रमण गर्दै तेल, ग्यास र बहुमूल्य खनिज कब्जा गर्दै छ । नेमकिपाले यसको विरोध एवम् भत्र्सना गरेको छ ।”
छलफलमा नेमकिपा चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply