मुखौटाभित्रको राजनीति
- फाल्गुन १, २०८२
आयो लाम कसेर
मासु भात खुवाउनेहरू
राजस्व छल्नेका सारथीहरू
जनतालाई धोका दिनेहरू ।
खानेहरू पनि लामै छन्
खोइ कहिले चेतिने हो ?
पुरानो शीशीमा नयाँ रक्सी
नबुझेका बिचराहरू ।
चुनावको शैली उस्तै !
नयाँ युगको सुरु कसरी होला ?
सुन्दर भविष्य कसरी बन्ला ?
लडाइँ लड्न कसरी नपर्ला ?
समृद्धि होइन, वर्गीय भेद बढ्यो
पुँजी सञ्चयसँगै हिंसा बढयो
हतियार बोक्ने बलिया भए
डाक्टरी सहयोग किन कमजोर ?
(२०८२ माघ २८)
Leave a Reply