नेपाली चलन, विदेशी अनुसन्धान
- फाल्गुन १४, २०८२
भक्तपुर, ४ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारमा जुटेका दलहरूले सोमबारबाट घरदैलो अभियान सुरु गरेका छन् ।
प्रतिनिधिसभाको निर्वाचनका लागि भक्तपुर क्षेत्र नं. १ र क्षेत्र नं. २ मा उम्मेदवारी दिएका मुख्य दलहरूले आजबाट घरदैलो कार्यक्रम सुरु गरेका हुन् । सोमबार बिहान नेकपा (एमाले), नेपाली काङ्गे्रस, नेमकिपा, राप्रपा, रास्वपालगायतका दलहरूले निर्वाचनका दुवै क्षेत्रमा घरदैलो अभियान सुरु गरिसकेका छन् भने अन्य दल र स्वतन्त्र उम्मेदवारले पनि प्रचारप्रसार तीव्र पारेका छन् ।
नेपाल मजदुर किसान पार्टीका उम्मेदवार युवा कृषि विज्ञ रमेश वैद्यले मध्यपुर थिमिबाट घरदैलो कार्यक्रम सुरु गर्नुभएको छ ।
भक्तपुर क्षेत्र नं. २ मा चुनावी सरगर्मी बढेको छ । मुख्य प्रतिस्पर्धी दलहरूलाई चुनावी माहोलले तताएको छ । निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरू जनतामाझ पुगिरहनुभएको छ भने विकासका एजेण्डा बोकेर उम्मेदवारहरू घरघर टोलटोल पुग्न थालेका हुन् ।
यसअघि विसं २०७० को निर्वाचनमा रामेश्वर ढुङ्गेलसँग पराजित हुनुभएका एमालेका महेश बस्नेत २०७४ सालमा नेपाली काङ्गे्रसका उम्मेदवार दमननाथ ढुङ्गानालाई पराजित गर्नुभएको थियो । साथै २०७९ सालको निर्वाचनमा नेपाली काङ्गे्रसका दुर्लभ थापाले २४ हजार २३८ मत ल्याएर निर्वाचित हुँदा एमालेका महेश बस्नेतले भने २३ हजार २७९ मत ल्याएर बस्नेत पराजित हुनुभएको थियो ।
यसपटकको निर्वाचनमा बस्नेतसँगै नेपाली काङ्गे्रसको तर्फबाट पत्रकार कबिर राणा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पत्रकार राजीव खत्री, नेमकिपाका रमेश वैद्य र नेकपाका रामप्रसाद सापकोटा प्रतिस्पर्धामा हुनुहुन्छ ।
यस क्षेत्रमा २०४८ सालमा नेपाली काङ्गे्रसका जगन्नाथ आचार्य, २०५१ सालमा नेमकिपाका आशाकाजी बासुकला, २०५६ सालमा काङ्गे्रसका लेखनाथ न्यौपाने, २०६४ सालमा नेमकिपाका सुनिल प्रजापति, २०७० सालमा नेपाली काङ्गे्रसका रामेश्वर ढुंगेल, २०७४ सालमा नेकपा एमालेका महेश बस्नेतले र २०७९ सालमा नेपाली काङ्गे्रसका दुर्लभ थापाले निर्वाचित हुनुभएको थियो । रासस
Leave a Reply