भर्खरै :

समाजवादको विचारधारात्मक आधारका केही समस्याहरूको सम्बन्धमा – १

  • फाल्गुन ४, २०८२
  • किम जोङ इल
  • विचार
समाजवादको विचारधारात्मक आधारका केही समस्याहरूको सम्बन्धमा – १

हालसालैका वर्षहरूमा साम्राज्यवादीहरू समाजवादलाई विफल पार्न आफ्ना प्रयत्नहरूमा झन्झन् उन्मत भएर लागिरहेका छन् । समाजवादी संयन्त्रविरोधी तिनीहरूको बेगवान पाइलामा समाजवादी आदर्शलाई विकृत र अस्वीकार गर्ने विभिन्न धारहरू देखापरिरहेका छन् । केही देशहरूमा यी समाजवादविरोधी धारहरूले समाजवादी व्यवस्थालाई खियाउँदै छन् र यी देशहरूमा गम्भीर परिणामहरू निम्त्याउँदै त्यहाँको समाजलाई पुँजीवादी बनाइदिएका छन् । विशेषगरी आफूहरूले माक्र्सवाद–लेनिनवादबाट निर्देशित कुरो दृढतापूर्वक जाहेर गर्दागर्दै पनि मजदुरवर्गको क्रान्तिकारी सिद्धान्त कायमै राखिराख्न असफल र बदलिँदो परिस्थितिलाई सुहाउने गरी सिर्जनात्मक ढङ्गले नीति र कार्यनीतिलाई सूत्रबद्ध गर्न असफल केही देशहरूमा यस्ताखाले परिवर्तन देखापरेको थियो ।
आफ्नो स्वाधीनतालाई कायमै राख्न सफल देशहरू मजदुरवर्गको क्रान्तिकारी सिद्धान्तमा अडिग भएर सधैँ समाजवादको बाटोमा अघि बढ्दै छन् । ती देशहरूले आ–आफ्ना वास्तविक स्थितिसँग मिल्ने गरी सिर्जनात्मक ढङ्गले माक्र्सवाद–लेनिनवादलाई लागू गर्दै आएका छन् र जे जस्तो गरे तापनि त्यसको अन्धानुकरण गरेका छैनन् ।
समाजवाद मजदुरवर्गको क्रान्तिकारी विचारधारामा आधारित समाज हो र वैज्ञानिक क्रान्तिकारी चरित्र र समाजवादमा आधारित विचारधारा र सिद्धान्तको वास्तविक अभिव्यक्तिबाट नै समाजवादको विकासको प्रत्याभूति हुन्छ । सबैखाले शत्रुहरूसँगको भयङ्कर सङ्घर्षमा समाजवादको रक्षा र विकास गर्नलाई हामीले अझ मजदुरवर्गको क्रान्तिकारी विचारधारा र सिद्धान्तलाई विकास गर्नुपर्छ र समयको गति र विकसित क्रान्तिको मागअनुरूप त्यसलाई पूर्णता दिनुपर्छ ।
हामीसँग जुछे विचारधारा भएकोले हामीले समाजवादको विचारधारात्मक जगलाई मजबुत पार्ने समस्यालाई राम्रो नतिजासहित समाधान गरिसकेका छौँ । यदि हामीसँग जुछे विचारधारा नभएको भए वा अरूहरूको अन्धानुकरण गरेको भए संसारमै सबैभन्दा लाभदायक समाजवादको अनौठो स्वरूप निर्माण गर्नसक्ने थिएनौँ ।
जुछे विचारधारा लागू गर्ने हाम्रो समाजवाद विश्वमै राजनीतिक रूपले सबैभन्दा स्थिर रहेको छ । यसमा जीवनका सबै पक्षहरू उत्साह र उमङ्गले भरिएका छन् । हाम्रो समाजवाद जुछे विचारधारामा आधारित भएकोले नै साम्राज्यवादी र प्रतिक्रियावादीहरूको हरेक किसिमको दबाब र बदनामबाट अलिकति पनि विचलित नभइकन विश्वासपूर्वक विजयको बाटोबाट अघि लम्कँदै छ । हाम्रो समाजवादप्रति जनताको पूर्ण समर्थन र विश्वास अविचलित छ । हाम्रो आफ्नै किसिमको समाजवादको स्वरूप देखेर धेरै देशका मानिसहरू यसलाई ‘समाजवादको नमुना’ र ‘अन्त कतै नभएको समाजवाद’ भन्दै आश्चर्यचकित हुन्छन् । वास्तविकताले प्रस्टसित के प्रमाणित गरेको छ भने हाम्रो समाजवाद आश्रित रहेको जुछे विचारधारा सबैभन्दा महान् विचारधारा हो ।
हामीले जुछे विचारधाराको रक्षा र यसको अक्षरशः पालना गर्दै समाजवादको विचारधारात्मक जगको रूपमा रहेको यस महान् जुछे विचारधारालाई ग्रहण गर्दै गर्व र सुखानुभूति गर्नुपर्छ र हामी सबै यस विचारधाराबाट सुसज्जित हुनुपर्छ ।
यस सम्बन्धमा महान् नेता किम इल सङको क्रान्तिकारी विचारधारा जुछे विचारधाराको मौलिकता र सर्वश्रेष्ठतालाई बुझ्नु महत्वको कुरा हो ।
जुछे विचारधारा र माक्र्सवाद–लेनिनवादबिचको सह–सम्बन्धलाई बुझ्नु पर्दा हामीले मौलिकतालाई जोड दिएर हेर्नुपर्छ । यसको अर्थ के भने हामीले महान् नेताको क्रान्तिकारी विचारधाराको गहिरिएर अध्ययन गर्दा यसको मौलिकतामा विशेष जोड दिनुपर्छ । जुछे विचारधारालाई माक्र्सवाद–लेनिनवादको एउटा सामान्य र विकासको रूपमा हेरिनु हुँदैन । यसलाई एउटा नयाँ र मौलिक विचारधाराको रूपमा हेरिनुपर्छ । उत्पत्तिको सम्बन्धमा हामीले मौलिकतालाई हेर्नुपर्छ भन्नुको तात्पर्य जुछे विचारधारा माक्र्सवाद–लेनिनवादविपरीतको विचारधारा होइन र माक्र्सवाद–लेनिनवादको ऐतिहासिक उपलब्धिलाई स्वीकार गरिनुपर्छ ।
हामीले माक्र्सवादको द्वन्द्वात्मक भौतिकवादको ऐतिहासिक उपलब्धिलाई स्वीकाछौँ किनभने यसले प्रतिक्रियावादी आदर्शवाद र खोटपूर्ण विश्व दृष्टिकोणलाई ध्वस्त पारेको छ, तर यसलाई मजदुरवर्गको एउटा पूर्णता प्राप्त गरिसकेको दर्शनको रूपमा लिइँदैन । हामीले माक्र्सवाद–लेनिनवादको ऐतिहासिक उपलब्धिलाई मुक्तकण्ठले प्रशंसा गछौँ किनभने पुँजीवादको पतन र समाजवादको विजयको सुनिश्चितता प्रमाणित गरेर देखाइदियो र शोषण र दमनबाट मुक्त वर्गविहीन आदर्श समाज निर्माण गर्ने विचार र सिद्धान्तको वर्गीकरण गर्यो, यद्यपि हामीले यसमा मजदुरवर्गको पूर्णता प्राप्त भइसकेको एउटा कम्युनिस्ट क्रान्तिकारी सिद्धान्तको रूपमा देख्ने गर्दैनौँ । खासमा भन्ने हो भने हामीले माक्र्सवाद–लेनिनवादका सीमितताहरू सम्बन्धमा त्यस्तो विधि चर्चा गर्दैनौँ । तर, आज यसका सीमितताहरू झन्झन् प्रस्ट हुँदै आउँदा हाम्रा अधिकारीहरूलाई यस सम्बन्धमा जानकारी गराउन आवश्यक भयो । त्यसो भएपछि मात्र तिनीहरूले महान् नेताको क्रान्तिकारी विचारधारा जुछे विचारधाराको मौलिकता र सर्वश्रेष्ठतालाई पूर्ण रूपले बुझ्नेछन् र जुछे विचारधारामा आधारित हाम्रो आफ्नै शैलीको समाजवादप्रति तिनीहरूको विश्वासलाई अझ दृढ बनाउनेछ ।
महान् नेता कामरेड किम इल सङले प्रतिपादन गर्नुभएको क्रान्तिकारी विचारधारा त विचारधारात्मक सिद्धान्त र जुछे विधिको एकीकृत प्रणाली हो । महान् नेताको नामसँग जोडेर नामकरण गरिएको जुछे विचारधारा पूर्णरूपले मौलिक विचारधारा हो ।
जुछे विचारधारा महान् नेताद्वारा प्रतिपादित मौलिक दार्शनिक विचारधारा हो ।
माक्र्सद्वारा मजदुरवर्गको पहिलो दर्शन प्रतिपादित भयो । उहाँको दर्शन पूर्ववत् दर्शनहरूको आलोचनात्मक विरासत र विकास हो । सुरुका भौतिकवाद र द्वन्द्वात्मकतामा रहेका अवैज्ञानिक र प्रतिक्रियावादी तत्वहरूको आलोचना गर्दै अनि एउटा विवेकपूर्ण गुडीलाई ग्रहण र विकास गर्दै माक्र्सले द्वन्द्वात्मक भौतिकवादको प्रतिपादन गर्नुभयो । उहाँले यसलाई सामाजिक इतिहासमा प्रयोग गर्दै ऐतिहासिक भौतिकवादलाई विशुद्ध पार्नुभयो । म्याद नाघेको र प्रतिक्रियावादी विश्व दृष्टिकोणबाट अलग्गिएर उहाँले ऐतिहासिक चरणमा देखापरेको नयाँ मजदुरवर्गको मुक्तिको सम्बन्धमा विद्यमान दार्शनिक सिद्धान्तहरूको आलोचनात्मक ढङ्गले जाँच्ने कार्यमा आफ्नो मुख्य प्रयासलाई केन्द्रित गर्नुभयो । त्यसबेला पटक–पटकको वाद–विवादबाट पनि सुल्झाउन नसकेका भौतिक वस्तु र चेतनाबिचको आपसी सम्बन्ध अनि प्राणी र विचारबिचको सह–सम्बन्धसँग सम्बन्धित प्रश्नहरूको वैज्ञानिक उत्तर दिनुभयो ।
स्वाधीनताको युगमा प्रवेश गर्दै इतिहासले मजदुरवर्गको विश्व दृष्टिकोणलाई मौलिक रूपमै परिपूर्णता प्रदान गर्नुपर्ने आवश्यकतालाई देखाइदियो । आम जनता नै आफ्नो भाग्यको मालिक आफै भई उदीयमान हुनु नै यस स्वाधीन युगको प्रारम्भिक स्वरूप थियो ।
यस युगले दर्शनको क्षेत्रमा मान्छे नै आफ्नो भाग्यको मालिक आफै हुने हैसियतमा उसको स्थिति र भूमिका सम्बन्धमा सही ढङ्गले व्याख्या हुनुपर्ने आवश्यकताको बोध गरायो । यस आवश्यकतालाई प्रतिबिम्बित गर्ने जुछे विचारधाराले दर्शनको मूलभूत प्रश्नको रूपमा संसारमा मान्छेको स्थिति र भूमिकालाई नयाँ ढङ्गले प्रस्तुत गर्यो । के कुरा भन्नु आवश्यक छैन भने माक्र्सवादको द्वन्द्वात्मक भौतिकवादका आवश्यक सिद्धान्तहरूलाई जुछे दर्शनले आफूमा समाहित गरेको छ । त्यसो भए तापनि दर्शनमा मूलभूत नयाँ प्रश्न अगाडि सारेको मौलिक दर्शन हो र यसले आफ्नो संरचनागत प्रणाली र विषयवस्तुलाई व्यवस्थित गर्यो ।
मान्छे नै सबै कुराको मालिक हो र यसले नै सबथोकको निर्णय गर्दछ भनी दार्शनिक सिद्धान्तको व्याख्या गर्दै संसारमा मान्छेको स्थिति र भूमिकासम्बन्धीको प्रश्नलाई सबैभन्दा सही ढङ्गले उत्तर दिनुभयो ।
जुछेको दार्शनिक सिद्धान्तले सामाजिक इतिहासको दृष्टिकोणमा एउटा ताजा (नयाँ) परिवर्तन ल्याइदिएको छ । माक्र्सवादका रचनाकारहरूले प्रतिक्रियावादी शोषणयुक्त प्रणालीलाई सुस्पष्ट गर्न सघाउने सामाजिक इतिहासको आदर्शवादी र अलौकिक/आध्यात्मिक दृष्टिकोणलाई गलत साबित गर्ने कार्यमा विजय प्राप्त गर्ने सबै प्रयत्न लगाउनुभयो र सामाजिक इतिहासको क्षेत्रमा भौतिकवादी र द्वन्द्वात्मक सिद्धान्तलाई लागू गरेर उहाँहरूले समाजलाई प्रकृतिजस्तै भौतिक रूपले अस्तित्वमा रहने र भौतिक संसारको विकासलाई सञ्चालन गर्ने सामान्य नियमअनुसार विकास हुने भनी स्पष्ट पार्नुभयो । जे भए पनि उहाँहरू प्रकृतिले गति र सामाजिक गतिबिचको मूलभूत भिन्नता र सामाजिक गति र सामाजिक ऐतिहासिक गतिमा The law inherent बिचको भिन्नता सम्बन्धमा व्याख्या गर्न असफल हुनुभयो । मजदुरवर्गको सामाजिक ऐतिहासिक दृष्टिकोणलाई पूर्णता प्रदान गर्नुपर्छ भन्ने आवश्यकताको बोध गराउने नयाँ युगले मजदुरवर्ग प्रेरक शक्ति हुने सामाजिक–ऐतिहासिक गतिको The law peculiar लाई पार्नुपर्ने हुन्छ । यो ऐतिहासिक अभिभारा जुछे दर्शनबाट विश्वसनीय ढङ्गले पूरा भयो । मान्छे नै सबथोकको मालिक र मान्छेले नै हरेक कुराको निर्णय गर्दछ भन्ने सामाजिक ऐतिहासिक दर्शनलाई अपनाउँदै जुछे विचारधाराले जनसमुदाय नै इतिहासको प्रेरक शक्ति हो र सामाजिक–ऐतिहासिक गति, स्वाधीन, सृजनशील र जनसमुदायको सचेत आन्दोलन हो भन्ने सिद्धान्तलाई नयाँ प्रकाश दियो ।
मान्छे नै सबथोकको मालिक हो । मान्छेले नै हरेक कुराको निर्णय गर्दछ भन्ने जुछे विचारधाराको दार्शनिक सिद्धान्त र जुछेको मूर्त रूपको प्रतिरूपको रूपमा मान्छेको प्रारम्भिक स्वरूपको वैज्ञानिक व्याख्यामा आधारित छ । इतिहासमै पहिलोपटक जुछे विचारधाराले मान्छे नै स्वाधीनता, सृजनशीलता र चेतनाले युक्त सामाजिक प्राणी भएको यथार्थलाई सुस्पष्ट गर्यो । यसैको आधारमा यसले मान्छेको भाग्य कोर्ने सबैभन्दा सही बाटोलाई देखाइदियो । कोरियाली क्रान्तिको सम्पूर्ण अध्यायले जुछे विचारधारालाई लागू गरेको थियो । हामीले जुछे विचारधारा लागू गरेकोमा नै समाजवादलाई कसरी सुदृढ पारिएको छ र सबैभन्दा उत्कृष्ट रूपले कसरी विकास गरिएको छ भन्ने कुरामा भर पर्छ । जुछे विचारधाराको मौलिकता र सर्वश्रेष्ठता हाम्रो आफ्नै ढङ्गको समाजवादको लाभमा प्रतिबिम्बित भएको छ ।
हाम्रो आफ्नै स्वरूपको समाजवादको आधारभूत लाभ भनेको मान्छेलाई केन्द्रमा राखेर हरेक वस्तुको विचार गर्ने र हरेक वस्तुलाई मान्छेको सेवा गर्न लगाउने समाज हो । मानवकेन्द्रित जुछे विचारधाराले नै यसै लाभको व्याख्या गरेको छ ।
हाम्रो समाजवादले एक स्वाधीन सामाजिक प्राणीको रूपमा रहेको मान्छेको मूलभूत आवश्यकतालाई सशक्त ढङ्गले लागू गरेको छ ।
स्वाधीन सामाजिक प्राणी मान्छे स्वाभाविक रूपले दमनका सबै तरिकाहरूबाट स्वतन्त्र भई स्वाधीनतापूर्वक जीउने र विकासको चाहना गर्छ । सामाजिक आन्दोलन आम जनताको स्वाधीनता र समाजको विकासमा लक्षित हुन्छ । यसको तात्पर्य स्वाधीनता प्राप्तिको निम्ति आम जनताको सङ्घर्षलाई तीव्रता दिनु हो । यो सामाजिक आन्दोलनको प्रारम्भिक विशेषता हो ।
सामाजिक इतिहासमा भौतिक वस्तु र आर्थिक अवस्थालाई जोड दिने दृष्टिकोण राख्नाले उत्पादनका शक्तिहरूको विशेषतामा उत्पादनको सम्बन्धको मेलको उपयोगिताको नियमअनुसार उत्पादनको प्रणाली ठाउँ लिइरहेको समाज विकासको इतिहास भनी माक्र्सवाद एउटा टुङ्गोमा पुग्यो । यस विचारअनुसार के बुझ्न सकिन्छ भने समाजवादी उत्पादनको माध्यम उत्पादनको समाजवादी प्रणाली स्थापना भएपछि मात्र विशेष रूपले क्रान्तिलाई अघि बढाउन सकिन्छ । तसर्थ, के निष्कर्ष निकालिन्छ भने उत्पादनको समाजवादी प्रणालीलाई एकत्रित र विकास गर्ने कार्य मात्र बाँकी रहन्छ । यसलाई यसरी पनि भन्न सकिन्छ कि माक्र्सवाद लेनिनवादले पुँजीवादी प्रजातान्त्रिक क्रान्तिबाट समाजवादी क्रान्तिको निरन्तरको क्रान्तिलाई निकै जोड दिइए तापनि समाजवादी क्रान्तिको विजयपश्चात् माक्र्सवादी–लेनिनवादी ग्रन्थकारहरूले निरन्तर क्रान्तिको सम्बन्धमा विस्तारमा व्याख्या गर्न असफल हुनुका विभिन्न कारणहरूमध्ये यो पनि एउटा हो । इतिहासको सम्बन्धमा माक्र्सवादी भौतिकवादी सिद्धान्तले समाजवादी व्यवस्थाको स्थापनापछिको क्रान्तिको प्रश्नको सही उत्तर दिन सकेन । व्यवहारमा समाजवादी निर्माणले के देखाएको छ भने समाजवादी व्यवस्थाको स्थापनापछि विचारधारा र सांस्कृतिक क्षेत्रमा क्रान्तिलाई अघि नबढाएसम्म समाजवादको लाभले पूर्ण रूपले खेल्न पाउँदैन र आम जनसमुदायको स्वाधीनताको आजुलाई पूरा गर्न सकिँदैन ।
जुछे विचारधाराले पुनः नयाँ ढङ्गले के स्पष्ट पार्यो भने क्रान्तिकारी सङ्घर्षका सबै रूपहरू स्वाधीनता प्राप्त गर्ने जनसमुदायहरू नै हुन् र श्रमिक जनताको स्वाधीनता पूर्णरूपमा प्राप्त नभएसम्म क्रान्तिलाई जारी राख्नुपर्छ, यसो गरेर जुछे विचारधाराले समाजवादी समाजमा निरन्तर क्रान्तिको प्रश्नको वैज्ञानिक समाधान गरिदियो । उत्पादनको म्याद नाघेको सम्बन्धलाई निर्मूल पारेपछि र सामाजिक–राजनीतिक दमनबाट मात्र हैन प्रकृतिको सिक्री पुरानो म्याद नाघेको विचारधारा र संस्कृतिबाट पनि मुक्त भई जनसमुदाय पूर्णरूपले स्वतन्त्र हुन्छन् ।
समाजवादी व्यवस्था स्थापनासँगै जनसमुदाय सामाजिक–राजनैतिक दगनबाट मुक्त भए पनि तिनीहरू प्रकृति, म्याद नाघेको विचारधारा र संस्कृतिको सिक्रीबाट बाँधिएका हुन्छन् । यसो हुनुमा मुख्य गरेर पुरानो समाजको अवशेष हो । समाजवादी समाजको स्थापनापश्चात् पनि केही निश्चित अवधिसम्म विचारधारा प्रविधि र सांस्कृतिक क्षेत्रमा पुरानो समाजको अवयवको अवशेषको रूपमा पछ्यौटेपन बाँकी रहिरहन्छ । यसले जनसमुदायको स्वाधीनताको मागलाई पूर्ण रूपले हासिल गर्न मुख्यमुख्य बाधा अड्चनलाई समाजवादी व्यवस्थाको स्थापनापछि पनि पुरानो समाजको अवशेषलाई हटाउन विचारधारा, प्रविधि र सांस्कृतिक क्षेत्रमा क्रान्तिलाई जारी राख्नुपर्छ । निरन्तर क्रान्तिको झण्डालाई माथि उठाउँदै हाम्रो पार्टी र जनताले विचारधारा, प्रविधि र सांस्कृतिक तीनत्रटा क्रान्तिको नीतिलाई अक्षरशः अघि बढाउँदै छन् । विना कुनै ढिलाइ तिनीहरूले यसप्रकार आफूहरूले लिएको स्वाधीन स्थितिलाई सुदृढ पार्दै छन् र जनताको स्वाधीनताको आजु सफलतापूर्वक पूरा गर्दै छन् ।
हाम्रो समाजवादले सानपूर्वक सृजनात्मक सामाजिक प्राणी मान्छेको मूलभूत आवश्यकतालाई पूरा गर्दै छ ।
स्वाधीनता र सृजनशीलता नै आफ्नो मूलभूत स्वभाव भएको मान्छे स्वाधीन तरिकाका साथसाथै सृजनशील ढङ्गको जीवन र विकासमा इच्छुक हुन्छ । मान्छेले प्रकृति र समाजलाई रूपान्तरण गर्न आफ्नो सृजनशील गतिविधि प्रदर्शन गर्छ र आफ्नो सृजनशील क्षमताको प्रस्फुटन गर्छ ।
माक्र्सवादले जन–समुदायको सृजनशील क्षमता र भूमिकालाई समुन्नत पार्ने प्रश्नमा उचित रूपमा गम्भीर ध्यान दिएन । किनभने, यसले मुख्य गरेर भौतिक र आर्थिक अवस्थाको विकासको नियमलाई सामाजिक प्राणी मान्छेको गतिविधिमा भौतिक उत्पादन र सामाजिक–आर्थिक सम्बन्धलाई निर्णायक महत्व दिएर समाजको विकास नै भौतिक नियमलाई पछ्याउने प्राकृतिक ऐतिहासिक प्रक्रिया भएको भन्ठान्यो । के कुरा भनिरहनु आवश्यक छैन भने मान्छेले प्रकृति र समाजको रूपान्तरणमा वस्तुगत नियमहरूलाई अँगाल्छ । यद्यपि उसले आफूलाई यस भौतिक नियममा मात्र समायोजन गर्ने गर्दैन । उसले आफ्नो अगुवाइमा ती नियमहरूलाई बुझ्छ र उपयोग गर्छ । स्वाधीनताको माग पूरा गर्न वस्तुगत नियमलाई खिचेर प्रकृति र समाजलाई रूपान्तरण गर्ने अनन्त सृजनात्मक मान्छेमा हुने गर्छ । यही कारण, मान्छेको यस सृजनात्मकता क्षमता र भूमिका निरन्तर अगाडि बढिरहन्छ । लामो समयसम्म जनसमुदायको सृजनात्मक क्षमता र भूमिकाको प्रगतिसँगै समाजको विकास प्राप्त गरिन्छ । मजदुर वर्गीय पार्टीले मान्छेको सृजनात्मक सक्षमता र भूमिकालाई समुन्नत पारेर वस्तुगत नियमहरूको बुझाइ र त्यसको उपयोग गर्ने कार्यमा गहिरो ध्यान पु¥याउनुपर्छ । व्यवहारमा समाजवादी निर्माणले के देखाउँछ भने मान्छेको सृजनात्मक क्षमता र भूमिकालाई सवल पार्ने कार्यलाई सशक्त ढङ्गले पूरा नगरेसम्म प्रभावकारी ढङ्गले क्रान्ति र निर्माण सफलतापूर्वक पूरा गर्न सकिदैन । हामीले यस कार्यमा सामञ्जस्यता ल्याउन ठुलो प्रयत्न गर्यो । यस समस्याको सही समाधान पत्ता लगायौँ र परिणामस्वरूप सारा श्रमिक जनता सशक्त ढङ्गले क्रान्तिको मालिकत्वको चेतना र उच्च कोटीको सृजनशील क्षमता लिएर क्रान्ति र निर्माण कार्यमा अघि बढ्दै छन् । हाम्रो समाजवादले सचेत सामाजिक प्राणी मान्छेको चेतनालाई पूर्ण रूपले खेल्न दिएको छ ।
चेतना मान्छेको अति महत्वपूर्ण गुण हो । यसले उसको स्वाधीनता र सृजनशीलताको प्रत्याभूति दिन्छ ।
(१९९० मे ३० को दिन कोरियाली मजदुर पार्टीको केन्द्रीय समितिका विशिष्ट अधिकारीहरूको भेलामा प्रस्तुत प्रवचन)

इतिहासको विभिन्न कालखण्डदेखि मान्छेको चेतना सम्बन्धमा प्रगतिशील र प्रतिक्रियावादी चेतनाबिच चर्को वादविवाद हुँदै आएको छ । आदर्शवादीहरूले आत्मालाई पूर्ण र रहस्यमय बनाइदिए । मानौँ कि भौतिक जीवात्माभित्र स्वाधीन रूपले अस्तित्वमा रहने एउटा तत्व थियो । आदर्शवादको ठीक उल्टो भौतिकवादीहरू आत्मा भौतिक संसारको एउटा प्रतिबिम्ब भएको कुरालाई जोड दिन्छन् । प्रतिबिम्बको सिद्धान्त आत्माको रहस्यात्मकताविरुद्ध अघि बढेको एउटा सिद्धान्त थियो । यद्यपि, चेतनाको भूमिकामा यो एउटा वैज्ञानिक वर्गीकरण हुनसक्दैनथ्यो । माक्र्सले सामाजिक सत्ताले मान्छेको चेतना निर्धारण गर्ने कुरालाई सुस्पष्ट पार्दै आदर्शवादले भौतिकवादको सक्रियतापूर्वक प्रतिक्रिया जनाउने कुरालाई सुस्पष्ट पार्नु भए तापनि उहाँले (माक्र्सले) मान्छेको गतिविधिमा विचारधारात्मक चेतनाको निर्णायक भूमिका सम्बन्धमा सुस्पष्ट पार्न असफल हुनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *