भर्खरै :

समाजवादको विचारधारात्मक आधारका केही समस्याहरूको सम्बन्धमा – ३

  • फाल्गुन ६, २०८२
  • किम जोङ इल
  • विचार
समाजवादको विचारधारात्मक आधारका केही समस्याहरूको सम्बन्धमा – ३

महान् नेताद्वारा प्रतिपादित नेतृत्व विधि सम्बन्धमा जुछेमुखी सिद्धान्तको फलस्वरूप काम गर्ने विधि र तरिकामा नेतृत्वको सिद्धान्तलाई व्यवस्थित गरेर क्रान्ति र निर्माणको अगुवाइमा देखापरेका सबैखाले समस्याहरूको पूर्णरूपले विसद् व्याख्या भयो । मुख्य रूपले सार्थकताको तथ्य के हो भने समाजवाद र साम्यवाद निर्माणको नेतृत्व विधिलाई नयाँ प्रकाश र विस्तृत रूपमा व्यवस्थित पारियो । कोरियाली क्रान्तिको गोरेटोलाई उजिल्याउने र यसलाई विजयसम्म दोहो¥याउने सिलसिलामा महान् नेताले नेतृत्व र क्रान्तिकारी कार्य विधिको सिद्धान्तको रचना गर्नुभयो । यसले समाजवाद र साम्यवादको आजुको विजय प्राप्त गर्ने एउटा शक्तिशाली हतियारको रूपमा काम गर्यो । यसरी हाम्रो पार्टीले नेता, पार्टी र जन–समुदायबिचको एकमनको एकता प्राप्त गर्नसक्यो र समाजवाद र साम्यवादको आजुलाई सशक्त ढङ्गले अघि बढायो ।
महान् नेताद्वारा प्रतिपादित जुछे विचारधारा, सिद्धान्त र विधिले हाम्रो युगको समाजवाद र साम्यवाद निर्माणको सबैभन्दा सही निर्देशक विचारधारा, निर्देशक सिद्धान्त र निर्देशक विधि भएको छ ।
जुछे विचारधारा, सिद्धान्त र विधि भनेको महान् नेताको प्रतिभाशाली बुद्धिमत्ता र उहाँले प्राप्त गर्नुभएको उच्च कोटीको श्रेष्ठतम् र विस्तृत अगाध अनुभवहरूको सार–सङ्ग्रह हो । जो पायो त्यसले प्रतिपादन गर्ने गरेको कुनै एउटा नयाँ विचारधारा र सिद्धान्त केही पनि होइन किनभने परिवर्तित समय र वास्तविकताले ती कुराहरू मागेका हुँदैनन् । उच्च कोटीको बुद्धि–विवेक भएको मजदुरवर्गको नेताले मात्र नयाँ विचारधारा र सिद्धान्तको रचना गर्नसक्छन् । यस्तो व्यक्तिले मात्र क्रान्तिकारी आन्दोलनमा प्राप्त अनुभवहरूलाई सामान्यीकरण गरेर नयाँ विचारधारा, सिद्धान्त र विधिलाई अघि बढाउन सक्छन् । यस्तो व्यक्तिले मात्र गहिरो अन्तरदृष्टिबाट समयको आवश्यकता, जनचाहनाअनुरूपको विचारधारा, सिद्धान्त र विधिको प्रतिपादन गर्नसक्छन् । त्यसलाई वास्तविकतामा उपयोग गर्ने क्रममा निरन्तर रूपले अझ समृद्ध पार्नलाई पूर्णता प्राप्त गर्न सक्षम हुन्छन् । महान् नेताले आफ्ना सुरुका दिनहरूमा यसै विचारधारालाई उपयोग गरेर क्रान्ति र निर्माणको सबै क्षेत्रमा स्वाधीनताको युगको माग र जनसमुदायको स्वाधीनताको चाहनालाई आत्मसात गर्दै अमर जुछे विचारधाराको रचना गर्नुभयो र समृद्ध व्यावहारिक अनुभवहरू र बहुमूल्य उपलब्धिहरूको सञ्चय गर्नुभयो । सबै किसिमका सामाजिक क्रान्ति र निर्माणको बुद्धिमत्तापूर्ण नेतृत्वको क्रममा ६० वर्ष पूरा गर्नुभएका महान् नेताले सबैभन्दा उत्कृष्ट र समृद्धशाली व्यावहारिक अनुभव र उपलब्धि प्राप्त गर्नुभयो र त्यसलाई सामान्यीकरण गर्नुभई जुछे विचारधारा, सिद्धान्त र विधिलाई विस्तृत रूपले पूर्णता दिनुभयो ।
हाम्रो समयको वास्तविक स्थितिले यसैको आधारमा नै समाजवादी आजुलाई ज्वाज्वल्यमान विजयसम्म दोहो¥याउन सक्ने तथ्यलाई प्रमाणित गरेको छ । यस सत्यता र जीवन्तताको निम्ति जुछे विचारधारा, सिद्धान्त र विधिलाई हाम्रो समयको क्रान्ति र निर्माणको सबैभन्दा सही निर्देशक विचारधारा, निर्देशक सिद्धान्त र निर्देशक विधिको रूपमा मान्यता दिइएका छन् र जुछे विचारधाराको अध्ययन अपरिहार्य प्रवाह भइसकेको छ ।
माक्र्सवाद–लेनिनवाद अघिल्लो चरणको मजदुरवर्गको एउटा क्रान्तिकारी सिद्धान्त हो । त्यसो भएर ऐतिहासिक सीमिततालाई उपेक्षा गरेर कोही पनि माक्र्सवाद–लेनिनवादमा टाँस्सिएर क्रान्ति र निर्माणमा सफल हुनसक्दैन । अहिले सबैलाई के कुरो प्रस्ट भइसकेको छ भने एक शताब्दीअघि गरिएको भविष्यवाणी र अनुमानको आधारमा अघि बढाइएको सिद्धान्तलाई पछ्याएर कसैले पनि ठीक ढङ्गले समाजवादको निर्माण गर्नसक्दैन ।
माक्र्सवाद–लेनिनवादमा विद्यमान सीमाहरूको आधारमा मजदुरवर्गको माक्र्सवाद–लेनिनवादका सिद्धान्तहरूलाई हामीले अस्वीकार गर्नुहुँदैन । अन्ततोगत्वा, त्यसबेलाको अवधिमा देखापरेका परिस्थिति र ऐतिहासिक कार्यभार नै भविष्यमा लामो अवधिसम्म रहने माक्र्सवाद–लेनिनवादका सीमाहरू हुन् । हामीले माक्र्सवाद–लेनिनवादको सीमितताबाट पार पाउनैपर्छ । तर, यसमा निहित मजदुर वर्गीय सिद्धान्तलाई परित्याग गर्नुहुँदैन । मजदुर वर्गीय क्रान्तिकारी सिद्धान्तमा अटल रहनु नै जन–समुदायको स्वाधीनता प्राप्तिको लागि क्रान्तिकारी आजुको मूलभूत आवश्यकता हो । यदि समाजवादको निर्माणमा लागेका पार्टीहरूले माक्र्सवाद–लेनिनवादको क्रान्तिकारी सिद्धान्तलाई सही ढङ्गले कायमै राख्छन् भने माक्र्सवाद–लेनिनवादमा सीमितताहरू रहे तापनि र समाजवाद निर्माणका विशिष्ट उपायहरू सुस्पष्ट गर्न असफल भए तापनि ती पार्टीहरूले वर्ग चरित्रको ¥हासलाई रोक्न सक्छन् ।
आज साम्राज्यवादी र प्रतिक्रियावादीहरूले ‘समाजवादको सङ्कट’ को होहल्ला मच्चाउँदै गर्नुको अर्थ ‘माक्र्सवाद–लेनिनवाद’ समाप्त भएको भनी दावा गर्नु हो । माक्र्सवाद–लेनिनवादका रचनाकारहरूविरूद्ध तिनीहरूको गाली–गलौज त समाजवादको आदर्श सुरुदेखि नै आफैमा गलत र समाजवादी क्रान्तिको परिचालनको शुभारम्भ नै गल्ती भएको भन्ने प्रतिक्रियावादी कुतर्क अघि सार्ने ध्येय हो ।
आधुनिक संशोधनवादीहरूले पनि विगतमा समाजवादी निर्माणमा ‘गल्ती भएको’ भन्ने हो–हल्ला गर्दै छन् र उहाँहरूको विचारधारामा नै गल्ती भएको कुरालाई लिएर माक्र्सवाद–लेनिनवादका संस्थापकहरूलाई निन्दा गर्दै छन् । मूलतः मजदुरवर्गका नेताहरूका आधिकारिकता र सार्थकतामाथिको गाली–गलौजले त संशोधनवादीहरूको प्रतिक्रियावादी स्वरूपको सारलाई देखाउँछ । आधुनिक संशोधनवादीहरूले माक्र्सवाद–लेनिनवाद र यसका संस्थापकहरूलाई मजदुरवर्गका ती नै नेताहरूद्वारा निर्देशित समाजवादी आजुमा जनताको विश्वासलाई जनताको मन–मस्तिष्कबाट हटाउने र समाजवादलाई पुँजीवादमा फर्काउने प्रतिक्रान्तिकारी योजनालाई सिद्ध गर्ने उद्देश्य लिई माक्र्सवाद–लेनिनवाद र यसका संस्थापकहरूलाई निन्दा गर्दै छन् ।
केही देशहरूमा समाजवादी निर्माणमा देखिएका गल्तीहरूको दोषीका भागिदारहरू माक्र्सवाद–लेनिनवाद र संस्थापकहरू नभइकन जडसूत्रवाद र संशोधनवादलाई पछ्याउने पार्टीहरू हुन् ।
विगतमा माक्र्सवाद–लेनिनवादबाट निर्देशित भएर समाजवाद निर्माणमा लागेकाहरूले परिवर्तित ऐतिहासिक परिस्थितिसँग मेलखाने गरी नयाँ सिद्धान्त अघि बढाउन सकेनन् किनभने तिनीहरूले माक्र्सवाद–लेनिनवादलाई जडसूत्रवादी ढङ्गले लागू गरे । मजदुरवर्गको क्रान्तिकारी सिद्धान्तको जडसूत्रवादी प्रयोग भनेको माक्र्सवाद–लेनिनवादको अवमूल्यन हो । माक्र्सवाद–लेनिनवादप्रतिको जडसूत्रवादी धारणाले अघिबाटै माक्र्सवाद–लेनिनवादका सीमाहरू देखाइदियो र समाजवादबाट हुने लाभहरूको पूर्ण रूपले सदुपयोगको स्थितिलाई असम्भव बनाइदियो । खासमा, आधुनिक संशोधनवादले मजदुरवर्गको क्रान्तिकारी सिद्धान्तलाई परित्याग गर्यो र समाजवादी निर्माणमा गम्भीर धक्का पु¥यायो । केही देशहरूमा संशोधनवादी नीतिको कारणले ठीक ढङ्गले पार्टीको विकास भएन र नेतृत्वको भूमिका पङ्गु बनाइयो, समाजमा अनुशासन र अमन–चैनको अभाव खट्कियो र वर्ग शत्रुहरूले धमिलो पानीमा माछा मारेर पुँजीवादी उदारवादको प्रभावबाट विचारधारात्मक रूपले समाजलाई ओरालो लगायो ।
केही देशहरूमा जडसूत्रवाद र संशोधनवादको प्रभावमा परेपछि समाजवादले आफ्नो सार्थकता पूर्ण रूपले प्रदर्शन गर्न नसकेको थियो । विस्तारै विस्तारै समाजवादमा ¥हास आयो र समाजवादी निर्माणमा विभिन्न बिघ्न बाधाहरू आइपर्यो । यहीँ मौकाको फाइदा उठाएर साम्राज्यवादी र प्रतिक्रियावादीहरूले समाजवादको विरूद्ध निर्लज्ज पड्यन्त्रको दुष्प्रयास गरे र तिनीहरूकै उक्साइ र समर्थनमा आधुनिक संशोधनवादीहरूले ‘सामाजिक प्रजातन्त्र’ को दृढतापूर्वक माग गर्दै खुलमखुला पुँजीवादलाई फर्काउने नीति तय गरे ।
धेरै वर्ष पहिले दक्षिणपन्थी धारको विचारधाराको रूपमा ‘सामाजिक प्रजातन्त्र’ देखापरेको थियो । सामाजिक प्रजातन्त्रलगायत सबैखाले अवसरवादी विचारधाराहरू उहिल्यै साम्राज्यवादी र प्रतिक्रियावादीहरूले कम्युनिस्ट आन्दोलन र मजदुरवर्गको आन्दोलनलाई भित्रभित्रै समाप्त पार्ने विचारको प्रतिक्रियावादी धारहरू हुन् । साम्राज्यवादी र प्रतिक्रियावादीहरूले खुलेआम माक्र्सवादको निन्दा, बदनाम गर्ने र मजदुरवर्गको आन्दोलनलाई निर्ममतापूर्वक दबाए । त्यसबेला नै माक्र्सवादको क्रान्तिकारी सारलाई बेकम्मा पार्ने उद्देश्यले मजदुरवर्गको आन्दोलनका उच्च पदाधिकारीहरू, क्रान्तिका भगुवा र विश्वासघातीहरूलाई घूस ख्वाउँथे र छेड्की हान्थे । परिणामस्वरूप साम्राज्यवादी र पुँजीवादीहरूको चाहनाअनुरूप माक्र्सवादलाई विस्तृत रूपले पुनः संशोधन गर्न र माक्र्सवादको सारलाई भुत्ते पार्ने संशोधनवाद देखापर्यो । संशोधनवादी विचारधाराको विभिन्न धार रहेको छ । तर, यसको मुख्य विचारधारात्मक प्रारम्भ विन्दु के भने चुनाव अभियान र संसदीय गतिविधिलाई प्राथमिकता दिएर मजदुरवर्ग र पुँजीपतिवर्गबिचको अन्तरविरोध र सङ्घर्षलाई स्वीकार नगर्नु, वर्ग–समन्वयको वकालत गर्नु, समाजवादी क्रान्ति र सर्वहारा अधिनायकत्वलाई अस्वीकार गर्नु हो । संशोधनवादले मजदुर वर्गीय पार्टीको वर्ग चरित्रलाई बेकम्मा पार्ने, मजदुर वर्गीय पार्टीलाई सुधारवादी पार्टीमा फेर्ने, वाद–विवाद मात्र गर्ने शक्तिहीन क्लवमा फेर्ने, साम्राज्यवादको प्रशंसा र साम्राज्यवादविरोधी जनताको क्रान्तिकारी सङ्घर्षको विरोध गर्न लगाउने पनि प्रयत्न गर्छ । दक्षिणपन्थी अवसरवादको विचारधारात्मक धारको रूपमा रहेको ‘संशोधनवाद’ लाई कम्युनिस्टहरूको सङ्घर्षले विफल पारिदियो । यद्यपि विभिन्न नाममा संशोधनवादी धार फेरि देखापरेको छ । त्यसमा सामाजिक प्रजातन्त्र पनि एउटा हो । यसले तथाकथित ‘तेस्रो बाटो’ को वकालत गर्छ । यसअनुसार, यसले ‘राज्य नियन्त्रणवाद’ र ‘कल्याणकारिता’ को सङ्केत पाटी झुण्ड्याएर ‘पुँजीवादी अर्थव्यवस्थाको प्रभावकारिता’ सँगै ‘समाजवादी सार्वजनिक नीति’ लाई संयोजन गरेर ‘वृद्धि र कल्याणको उच्च दर’ को लक्ष्य राख्छ । यो सबै क्रान्तिकारी सामाजिक प्रजातन्त्रको विरोध गर्ने उद्देश्यले क्रान्तिभित्र लुकेका विश्वासघातीहरूले स्वीकार गरेको विचारधारात्मक धार त पुँजीवादी सिद्धान्तविरूद्ध पहिलेका मजदुरवर्गको क्रान्तिकारी सङ्घर्षको बेला देखापरेका पूर्व अवसरवादी सामाजिक प्रजातन्त्रको फेरिएको मकुन्डो मात्र हो ।
‘तेस्रो बाटो’ ग्रहण गर्ने सामाजिक प्रजातन्त्रको प्रतिक्रियावादी स्वरूप र मूर्खतालाई उहिल्यै इतिहासले नङ्ग्याइसकेको थियो । यो देखापरेको वर्षाैँ वर्ष बितिसकेको छ । यद्यपि, संसारमा कुनै पनि देशले ‘तेस्रो बाटो’ सँगै ‘कल्याणकारी समाज’ लाई चरितार्थ गर्नसकेको छैन । तथाकथित ‘सामाजिक प्रजातन्त्र’ चरितार्थ भइसकेको दावा गर्ने मान्छेहरू पनि छन् । तर, यस्ता देशहरूमा धनी झन् धनी र गरिब झन् गरिब हुने पुँजीवादी समाजको विकास हुनुबाहेक अरू केही भएको छैन । यस्तो पुँजीवादी प्रजातन्त्रमा शोषणको बलियो आधार रहेको हुन्छ । यस्तो स्थितिमा विश्वमा दुईओटा मात्र बाटो रहन्छन् : समाजवाद वा पुँजीवाद । ‘तेस्रो बाटो’ जस्तो कुनै कुरो हुँदैन । सामाजिक प्रजातन्त्रको बाटो रहेको ‘तेस्रो बाटो’ पुँजीवादकै बाटो हो ।
सामाजिक प्रजातन्त्रको प्रतिक्रियावादी चरित्र पूर्णरूपले उदाङ्गो भए तापनि आधुनिक संशोधनवादीहरूले यसलाई श्रृङ्गारपटार गरेका छन् र आजभोलि यसको खुब वकालत गरिरहेका छन् । साम्राज्यवादीहरूले समाजवादविरूद्धको पुँजीवादी उदारवाद, बहुदलीय व्यवस्था, पुँजीवादी निजी स्वामित्व र बजार अर्थतन्त्रसहितको आफ्नो रणनीति समाजवादी देशहरूलाई खुलेआम लागू गर्न दबाब दिइरहेका छन् । समाजवादविरोधी रणनीतिको सेवा गर्ने दक्षिणपन्थी अवसरवाद त आधुनिक सामाजिक प्रजातन्त्रबाहेक अरू केही होइन । पुँजीको दमनको विरूद्ध मजदुरवर्गको क्रान्तिकारी सङ्घर्षमा समाजवादी आदर्शलाई निमिट्यान्न पार्ने सामाजिक प्रजातन्त्रलाई त्यसबेला सुरुका दिनहरूमा अवसरवादीहरूले यसको दुरूपयोग गरेर आज साम्राज्यवादीहरूको समाजवादविरोधी हतियारको रूपमा प्रयोग हुँदै छ । परिणामस्वरूप, आज यो क्रान्ति र समाजवादविरूद्धको सबैभन्दा घृणित र विश्वासघातको पर्याय भएको छ । समाजवादलाई ध्वस्त पारी पुँजीवाद फर्काउनु नै आधुनिक सामाजिक प्रजातन्त्रको प्रतिक्रियावादी चरित्र पुँजीवादलाई पछ्याउने विगतको अवसरवादी सामाजिक प्रजातन्त्र र आधुनिक सामाजिक प्रजातन्त्रबिच कुनै भेद छैन । अवसरवादी सामाजिक प्रजातन्त्रले समाजवादमा क्रान्तिकारी रूपान्तरणलाई रोक्ने ब्रेकको काम गर्छ भने आधुनिक सामाजिक प्रजातन्त्रले समाजवादलाई शान्तिपूर्ण सङ्क्रमणको माध्यमबाट पुँजीवादमा फेर्ने मार्ग प्रशस्त गरेर पथप्रदर्शकको भूमिका खेल्छ । एउटै शब्दमा भन्नुपर्दा अवसरवादी सामाजिक प्रजातन्त्र पुँजीवादी सुधारवाद हो भने आधुनिक सामाजिक प्रजातन्त्र पुँजीवाद पुनःस्थापनाको धार हो ।
मजदुरवर्गको नेतृत्व र समाजवादी राज्यको एकीकृत निर्देशनलाई अस्वीकार गर्दै आधुनिक सामाजिक प्रजातन्त्रको ‘प्रशासनिक कर्मचारीतन्त्रीय समाजवाद’ को ठाउँमा ‘मानवीय र प्रजातान्त्रिक समाजवाद’ को वकालत गर्दछ । यहाँ के भनिरहनु पर्दैन भने आफू रहेको धरातलअनुसारको निर्देशित विचारधाराअनुसार समाजवादको फरक फरक स्वरूप, समाजवाद निर्माणको फरक–फरक विधि र फरक–फरक व्यवस्थापन हुनसक्छ । त्यसो भए तापनि समाजवादको मूलभूत सिद्धान्त, मजदुरवर्गको राजनीतिक नेतृत्व र समाजवादी राज्यको एकीकृत निर्देशनबाट अलग्याइएको समाजवादको कल्पनासम्म गर्न सकिँदैन । विभिन्न रूपमा समाजवादको निर्माण भइरहनु एउटा कुरो हो भने समाजवाद पुँजीवादमा फर्किरहनु अर्को कुरो हो । यसको तात्पर्य के हो भने मजदुर वर्गीय चरित्रलाई स्थिर रूपले कायमै राखेर हरेक देशको विशिष्ट स्थिति र राष्ट्रिय चरित्रसँग मेल खाने गरी समाजवादको निर्माण र बन्दोबस्त गरिनुपर्छ र आ–आफ्नो भिन्न भिन्न विशेषता अनुरूप समाजवादका विभिन्न स्वरूपका फाइदाहरू एक अर्कोबाट फरक हुनसक्छ । तर, हरेक भिन्न भिन्न प्रकारका पुँजीवादभन्दा श्रेष्ठ हुन्छ । ‘प्रजातान्त्रिक समाजवाद’, ‘मानवीय प्रजातान्त्रिक समाजवाद’ जुनसुकै नाममा समाजवादको आधारभूत सिद्धान्तलाई परित्याग गर्नु भनेको पुँजीवादी बाटोमा पतन हुनुबाहेक अरू केही होइन । यदि ‘प्रशासनिक कर्मचारीतन्त्रीय साम्यवाद’ को ठाउँमा ‘मानवीय प्रजातान्त्रिक समाजवाद’ लाई साँच्चि नै अक्षरशः स्थापना गर्ने हो भने पुँजीवादी विधि प्रयोग गर्नु हुँदैन र पूर्ण रूपले समाजवादी विधि नै प्रयोग गर्नैपर्छ । सुरूदेखि नै कर्मचारीतन्त्र म्याद नाघेको शोषणयुक्त समाजको शासन विधि थियो । समाजवादी समाजको मूलभूत स्वरूपसँग कर्मचारीतन्त्रको कुनै पनि कुरा मेला खाँदैन । समाजमा टाँसेर रहेको पुरानो समाजका अवेशषहरूको कारणबाट समाजवादी समाजमा कर्मचारीतन्त्र देखापर्ने गर्छ । पुँजीवादी विधि कार्यान्वयन गरेर कर्मचारीतन्त्रको कहिल्यै उन्मूलन गर्न सकिँदैन । यसको ठीक उल्टो, यसले कर्मचारीतन्त्रलाई ब्युत्याउँछ । आजभोलि केही मान्छेहरू ‘प्रशासनिक कर्मचारीतन्त्रीय तरिका’ को विरोधमा ‘प्रजातन्त्र’ को वकालत गरिरहेका छन् । तर, यो कुनै नयाँ कुरा होइन । यो त ‘सर्वहारा अधिनायकत्व’ को विरोधमा दोस्रो अन्तर्राष्ट्रमा ‘प्रजातान्त्रिक केन्द्रवाद’ लाई ‘कर्मचारीतन्त्रीय शासन’ र ‘पूर्ण शुद्ध’ र ‘अति उत्तम प्रजातन्त्र’ को रूपमा संशोधनवादीहरूको प्रतिक्रियावादी कुतर्कको सिलसिलाबाहेक अरू केही होइन । सङ्गठित एकाइ पार्टीलाई ध्वस्त गर्नलाई नै तिनीहरूले यसो गरेका थिए ।
(१९९० मे ३० को दिन कोरियाली मजदुर पार्टीको केन्द्रीय समितिका विशिष्ट अधिकारीहरूको भेलामा प्रस्तुत प्रवचन)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *