नयाँ सरकारले के भारतीय सेना फर्काउला ?
- फाल्गुन २५, २०८२
काठमाडौँ, १७ फागुन । नेपाल मजदुर किसान पार्टी काठमाडौँ क्षेत्र नं. ९ को निर्वाचन परिचालन समितिको आयोजनामा बलम्बुस्थित महालक्ष्मी स्थानमा आइतबार चुनावी सभा भयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापागरले नेमकिपाका सबै उम्मेदवारहरू राजनीतिकरूपले जुझारू, सिद्धान्तनिष्ठ, इमानदार हुनुको साथै देश र जनताप्रति निःस्वार्थपूर्वक सेवा गर्न तत्पर रहेको बताउनुभयो ।
ठुला भ्रष्टाचारीहरूको सम्पत्ति जफत गरी मृत्युदण्डको कानुन बनाउन नेमकिपाले जोड दिइरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “एमसीसी सम्झौता राष्ट्रघाती भएकोले त्यो पारित गर्ने सबै एक दिन सजायभागी हुनेछ ।”
यो निर्वाचनमा देशघातीहरूलाई हराउनुपर्ने र देशभक्तहरूलाई जिताउनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
नेमकिपाका प्रतिनिधिरूले देश र जनताको पक्षमा कानुन बनाउन सङ्घर्ष गर्ने उहाँले स्पष्ट गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले नेमकिपाले निर्वाचनलाई समाजवादी प्रचार अभियानको रूपमा लिई जनतालाई राजनीतिक रूपमा सचेत गरिरहेको छ भन्नुभयो ।
समाजवादी व्यवस्थामा शिक्षा, स्वास्थ्य उपचार निःशुल्क, योग्यताअनुसारको काम र कामअनुसारको ज्याला तथा व्यक्तित्व विकासमा समान अवसरको व्यवस्था हुने भएकोले समाजवादी व्यवस्था स्थापनाको लागि नेमकिपा सङ्घर्षरत छ भन्नुभयो ।
नेमकिपाको तर्फबाट काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार शान्त महर्जनले नेमकिपाको घोषणापत्रअनुसार देश र जनताको पक्षमा कानुन बनाई सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सुमन महर्जनले पनि बोल्नुभएको थियो । सभाअघि घरदैलोसहित नगर परिक्रमा गरिएको थियो ।
Leave a Reply