भर्खरै :

ल्हालुका भूदासहरूको अभियोग

ल्हालुका भूदासहरूको अभियोग

(पश्चिमी सञ्चारमाध्यमहरूमा तिब्बतसम्बन्धी विषयलाई निकै गलत ढङ्गले प्रचार हुँदै आएको छ । ‘चीनले स्वतन्त्र तिब्बतमाथि कब्जा जमाएको’, ‘चिनियाँ जनमुक्ति सेनाले तिब्बतीहरूमाथि दुव्र्यवहार गरेको’, ‘तिब्बती जनताका नेता दलाइ लामालाई पदच्युत गरेको’ जस्ता समाचार उनीहरू प्रचार गर्छन् । के साँच्चै ‘स्वतन्त्र’ तिब्बतमाथि चीनले कब्जा जमाएको हो ? तिब्बती स्वर्गलाई जनमुक्ति सेनाले नर्क बनाएको हो ? जनताको शासनविरुद्ध असफल विद्रोह गरेर दलाइ लामा भागेका हुन् कि उनलाई पदच्युत गरिएको हो ? आदि प्रश्नका विस्तृत उत्तर प्रसिद्ध अमेरिकी महिला पत्रकार अन्ना लुइस स्ट्रङको पुस्तक
‘When Serfs Stood Up in Tibet’ मा पाउन सकिन्छ । यो पुस्तक सन् १९६० मा प्रकाशित भएको हो ।)

ल्हासा (Lhasa) को केही माइल पश्चिममा फोहर बाटो मोडेर हामी एउटा अव्यवस्थित ग्रमीण क्षेत्रमा गयौँ । ल्हासाको मार्चका विद्रोहका प्रमुख ल्हालु त्सेवङ्ग डोर्जे (Lhalu Tsewong Dorje) को ठुलो, अव्यवस्थित, छरिएको घरमा पुग्यौँ । त्यहाँ ल्हालुका भूतपूर्व भूदासहरूले आरोप लगाउन सान फान (San fan) सभाको आलोचना बैठक हुँदै थियो ।
ल्हालुको परिवार तिब्बतमा ‘पुरानो खान्दानी’ थिएन । एपेई (Apei) जस्तै हजारौँ वर्षदेखि प्राचीन राजाहरूसँग सम्बन्ध भएको खान्दानी थिएन । आठौँ र बा¥हौँ दलाइ लामा यो कुलमा जन्मेपछि यो परिवारले कुलीनता पायो । एक वा दुई शताब्दीपछि उनीहरू शक्तिशाली तथा सम्पन्न भए । तिब्बतभरमा उनीहरूको २२ वटा जमिनदारी थियो जसमध्ये त्यस पश्चिमी जिल्लाको पनि एउटा हो । ल्हालु स्वयम्ले पनि तिब्बतको स्थानीय सरकारमा केही उच्च पदहरू सम्हालेका थिए । स्थानीय सरकार कासागको निर्माण गर्ने ६ जना कालूनहरूमध्ये एक जना ल्हालु पनि थिए । कासाग दलाइ लामाको मातहतको स्थानीय क्षेत्रीय सरकार हो । १९४५ मा कासागको उच्च पदमा बस्नका लागि उनले २,५०,००० तामाका मुद्रा (Taels) घूस दिएको भन्ने गरिन्छ । त्यसपछि उनी विभिन्न समयमा कासागका सचिव र उपाध्यक्ष दुवै भए । सन् १९४७ मा उनलाई चाम्दोको सरकार प्रमुख नियुक्त गरियो । यसले गर्दा तिब्बत र सिचुआन प्रान्तबिच विवाद सिर्जना भयो । केही वर्षअघि तिब्बती लडाकूहरूले सिचुआन लडाकूहरूबाट चाम्दो हत्याएका थिए । नवनिर्मित जनवादी गणतन्त्र चीनको एक अभिन्न अङ्गकोहपमा तिब्बतको शान्तिपूर्ण मुक्तिका लागि पेकिङसित १९५१ को शान्तिपूर्ण वार्ता गर्नका लागि दलाइ लामाका सर्वाधिकार प्राप्त दूत एपेईका सहायकका रूपमा ल्हाल पनि पेचिङ पठाइएका थिए ।
सम्झौतामा हस्ताक्षर गर्नेहरू केहीले यसलाई इमानदारीपूर्वक ग्रहण गरे पनि ल्हालुले यसो गरेनन् । उनले तिब्बतको स्थानीय सरकारमा उच्च पदमा निरन्तरता पाए । सम्झौताले वर्तमान सरकारमा हेरफेर नहुने कुरा उल्लेख गरेको थियो । उनी १९५७ मा बीउ आपूर्ति प्रमुख भए । उनले निरन्तर चीनबाट तिब्बत अलग्ग राख्ने अभियान चलाइरहे । हालै १० हजार जनताको ल्हासामा भएको जनसभामा उनलाई दलाइ लामाका पहिलो राज्यसहायक राबछेन (Rabchen) तथा प्रगतिशील जीवित बुद्ध गेडा (Geda) को हत्या गरेको आरोप लागेको थियो । मुक्तिभन्दा केही समयअगाडि तिनीहरूको अपहरण र हत्या गरेको आरोप तिनीमाथि लगाइएको थियो । ल्हालुको त्यस कर्तुतका साक्षीहरू अदालतमा भरिए । पत्रकारहरूको समूहले हेर्न जान लागेको आलोचना बैठक ल्हालुले तिनका भूदासहरूप्रति गरेको व्यवहारसम्बन्धी स्थानीय मामिला थियो । त्यो बैठक ल्हासाको पश्चिमी जिल्लाको चौथो स्थानीय जन समितिले आयोजना गरेको थियो । चारैतिर पर्खालले घेरिएको ठुलो खुला अदालत महिलाहरू, पुरुषहरू तथा केटाकेटीहरूले भरिएको थियो । त्यहाँ आठ सयजति मानिसहरू चोकमा विछ्याइएको ढुङ्गामा बसेर दायाँ हात उठाइरहेका थिए र चिच्याइरहेका थिए । अदालतभन्दा टाढा छेउको टेबल पछाडि मेचहरूमा मानिसहरू बसिरहेका थिए ।
‘ल्हालु, पश्चाताप गर ।’ भीड चिच्याइरहेको थियो । ल्हालु स्वयम् तिनीहरूको अगाडि उभिरहेको थियो । एउटा रिसाएकी किसान महिला उनको अपराधको घोषणा गर्दै थिइन् । ४३ वर्षका कालो कपाल भएका, स्वस्थ र फूर्तिलो देखिने ल्हालु निहुरिएर उभेको थियो । पत्रकार समूहलाई बताइएअनुसार तिब्बतमा आरोपित व्यक्तिले औपचारिक रूपमै आरोपको सामना गर्ने चलन छ । यहाँ ल्हालुलाई अभियुक्त बनाईंदै थियो र तिनको भूतपूर्व भूदासहरू अभियोग लाउँदै थिए । आरोप लगाउनेहरूमध्ये एक जना ४२ वर्षका आइमाईले भनिन्, ‘ल्हालु ! तिमीले मेरा श्रीमान् र सन्तानलाई मा¥यौ । तिमीले मेरा श्रीमानलाई कोर्रा लगाएर तिम्रो कारागारमा जाक्यौ त्यहीं तिनको मृत्यु भयो । तिमीले मेरो छोरालाई नोकर बनाउन लिएर गयौ । भोक र कामको बोझले ऊ मर्यो । मेरा दुई साना छोराछोरी कठोर जीवनका कारणले मरे । मेरा पाँच वटा सन्तानमा दुईवटामात्र बाँकी छन् ।’
पहिलो महिलाको कुरा नसकिँदै लिनचेन (Lingchen) नामकी महिलाले आफ्नो कुरा राखिन् । तिनले ल्हालुले आफ्नो श्रीमान्को हत्या गरेको घोषणा गरिन् । तिनका श्रीमान् लगायतका १० जना मानिसहरूलाई कासागले दाउरा बोक्ने आदेश दिएका थिए । टाढादेखि दाउरा ल्याउनुपर्ने भएकाले ल्हालुकहाँ हाजिर हुन तिनका श्रीमान ढिलो भए । ल्हालुले उनलाई बेहोश हुने गरी यातना दिएर घरभन्दा टाढा फ्याँके । किसानहरूले राती तिनलाई देखे र घर ल्याइपु¥याए । उनी केही हप्तासम्म खाटबाट उठ्न सकेनन् र मरे ।
अभियोगको बैठकमा ती महिलासँग बसेका एक जना युवक– सम्भवतः तिनको छोरा – उफ्रेर ल्हालुमाथि आक्रमण गर्न खोजे । भीडमा अरु मानिसहरूलेविनलाई रोके, तानेर पछाडि लगे र गाली गरे । यो बैठकमा ल्हालुलाई सजाय बर्ने अधिकार नभएको र सजाय सुनाउने अधिकारसमेत नभएको कुरा बैठकमा उपस्थित एक जना अध्यक्षले बताए ।
‘ल्हालुविरुद्धको कुनै पनि सजायको निर्णय नियमित अदालतले मात्र गर्नुपर्छ । यो बैठकबाट प्रमाणहरू मात्र जुटाउन सकिन्छ । यो बैठक ल्हाललाई निन्दा गर्नका लागि नभई तिनका भूतपूर्व भूदासहरूलाई अब तिनीहरू आफै मालिक भइसकेका छन् र भूतपूर्व मालिकहरूबाट डराउन जरुरी छैन भन्ने सिकाउनका लागि आयोजना गरिएको हो । प्रजातान्त्रिक स्वशासन गठनको यो पहिलो चरण हो । भू–दासहरूले अब बोल्न सिक्नुपर्छ, तिनीहरूको दुःख र बेदनाहरू पोख्नुपर्छ, तिनीहरूको लामो दुःखको कारण थाहा पाउनुपर्छ । विगतमा भन्दै आएको कर्मको कारणले दुःख भोग्न परेको हो भन्ने होइन नराम्रा शत्रुतापूर्ण व्यवस्थाको दासप्रथाका कारणले त्यस्तो दुःख भएको हो, यसलाई ध्वस्त पार्नैपर्छ । यी बैठकहरूबाट किसान सङ्गठनको गठन सुरु भयो, पछि ती सङ्गठनहरू शहरमा स्थानीय सरकार र प्रान्तीय सरकारहरूमा बदलिनेछ । त्यस दिनको बैठकले सरकार गठनका लागि एउटा विशेष चरणको रूप लिने थियो । हामीले यहाँ सामन्ती ऋणका पुराना चलनहरूलाई ध्वस्त गर्नुपर्छ । तिब्बत स्वायत्त प्रदेशको लागि तदर्थ समितिले भर्खरैमात्र यसको कानुन बाहिर ल्याएको छ’ – अध्यक्षले भने ।
भाषण सकेपछि बिचको समयमा उपस्थित मानिसहरूको भीडलाई मैले हेरेँ । तिनीहरू सा¥है नै गरिव देखिन्थे । धेरैजसो बुढा र अँध्यारा अनुहार र फुस्रा देखिन्थे । तर तिनीहरू भाषणबाट उत्साहित (खुसी) भएपछि पहिले देखिएजस्तै बुढो देखिएनन् ।
अभियोग उच्चतम बिन्दुमा पुगेपछि पुरुष वा महिलाहरू दर्शकदीर्घाबाट उफ्रेर एकसाथ नारा लगाए – ‘ल्हालु ! टाउको निहुरिएर आरोप स्वीकार । यदि विनम्रतापूर्वक पश्चाताप गर्यो भने मानिसहरूले तिमीलाई क्षमा दिनेछन् ।’ ‘ल्हालु ! आफ्नो विगतलाई सम्झ । अब हामी उठिसकेका छौँ ।’
५७ वर्षीय कुप्रो हाबु (Habu) क्रोधित भएर बोले । ‘ल्हालुले अर्कै जमिनदारीमा नयाँ घर बनाउँदा भूदासहरूलाई थप श्रम करको आदेश दिएको उनले बताए । ल्हालुले हरेक परिवारले आफूकहाँ नौ सय इँटा र माटोको भारीबोक्नुपर्ने आदेश दियो । हरेक सय भारीलाई उसले एउटा चाँदीको सिक्का दिन्थ्यो । तर हामीले तिम्रो घरका लागि ती भारीहरू बोक्न सकेनौ, त्यसैले हामीले एकएक जना भरियालाई काम लगाउनुपन्यो । हामीले त्यसको मूल्य तिमीले दिने ज्यालाभन्दा वश गुना बढी तिर्नुपथ्र्यो ।’
‘म तिम्रो साइबा थिएँ, म तिम्रो श्रम कर तिर्थेँ । तर मेरो बुबाको मृत्य भयो र मेरो परिवारमा काम गर्ने एक जना कामदारको कमी हुन गयो । त्यसैले तिमीले दबाब दिए जति श्रम कर तिर्न सकिनँ ।’
‘त्यहाँ ७८ वटा परिवारहरू रहेकोमा २५ वटा परिवार साइवा र ४८ वटा दुइचुन थिए । जग्गाबापत अन्न तिर्ने भूदासहरूभन्दा श्रम सेवा दिने भूदासहरू कम थिए । पाँचवटा परिवार ‘श्रम करबाट मुक्त’ थिए । तीमध्ये एउटा परिवारको पुर्खाले ‘कानुनका राजा’ लाई विशेष सेवा पु¥याएबापत ‘उसका पछिका पुस्ताहरूलाई श्रम करबाट मुक्ति’ दिइएको थियो । बाँकी चार पारिवारका छोरीहरू कासागका चाडहरूमा नाचगान गर्ने भएकाले तिनीहरूका परिवारलाई अन्य श्रम कर लिइएको थिएन ।’
‘तर यी ७८ परिवारहरूलाई काम गर्नका लागि तिमीले दबाब दिँदै आएका थियौँ’ – ल्हालुलाई आँैला तेस्याएर त्यस कुप्रो मानिसले भने ।
के स्पष्ट थियो भने दासप्रथामा समेत शोषणको सीमालाई परम्पराले निर्देशित गरेको हुन्थ्यो । मालिकले परम्पराभन्दा बाहिर दासहरूबाट यप श्रमको माग गरेपछि दासहरूले त्यसको पालना गर्नुसिवाय अरु उपाय थिएन भन्ने पनि प्रष्ट भयो । तर समुदायले ल्हालुले गरेका ‘अन्यायहरू’ को लेखाजोखा गरेका रहेछन् र आज वर्षोंपछि तिनीहरूले ल्हालुविरुद्ध ती कुराहरू बाहिर ल्याए । तिनीहरूले अनिवार्य श्रम करका लागि ज्याला दिएर ज्यामी लिएको र पछिका वर्षहरूमा त्यो ऋण कहिल्यै चुक्ता गर्न नसकेका कुराहरू ताजा सम्झनामा राखिरहेको कुरामा दुविधा थिएन ।
सेतै कपाल फुलेका अर्को बुढो मान्छे बोलेपछि पुरानो ऋणको अर्को स्रोतका बारेमा थाहा भयो । धेरै बुढो र असक्त देखिने ती बुढाले बताएअनुसार उनी ६२ वर्षका मात्र रहेछन् । तिनले नरम तर अलि खस्रो पाराले भने, ‘तिमीले मलाई सम्झेका छौ, ल्हालु ? म तिम्रो साइबा थिएँ र मसँग दुई एकड (झन्डै ३६ रोपनी) जग्गा थियो । एक एकड श्रम करबाट मुक्त थियो र बाँकीमा श्रमकर तिर्नुपथ्यों । तिमीले मलाई धार्मिक कामको लागि प्रयोग गर्ने बैठकको हेरविचार गर्ने आदेश दियौ र त्यसपछि मलाई अर्को काममा पठायौ । बैठकमा फर्कदा त्यहाँ दुई वटा चाँदीका घेरुवाहरू बत्ती बाल्ने ढकी) हरायो । यसका लागि तिमीले मलाई दोष दियौ र मैले ६० पिङ (Ping) चाँदीको सिक्का तिर्नुपर्ने माग गर्यौ । त्यस्तो टुकीको जम्मा प्रतिटुकी १० पिङमात्र पथ्र्यो ।’
‘त्यसैले मैले आफ्ना दुई वटा घोडाहरू बेचेँ । घोडाहरू ती टुकीभन्दा मूल्यवान भए पनि तिम्रो मुखियाले मलाई जम्मा १९ पिङमात्र दियो र मैले श्रीमतीका लुगा र गहनाहरू बेचेँ, त्यसको जम्मा ४ पिङमात्र दियो जबकि त्यसको मूल्य १९ पिङ पथ्र्यो । यसबाट पनि नपुगेपछि मैले मुखियासित १६ प्रतिशत ब्याजमा ३० पिड ऋण लिएँ । यसरी म कङ्गाल भएँ, मेरा घोडाहरू गए, जहानका गहनाहरू पनि गयो र कहिल्यै तिर्न नसकिने ऋणमा डुबेँ । पछि तिमीले मलाई धार्मिक बैठकमा लग्यौ र नयाँ घेरुवाहरू अगाडि राखेर प्रार्थना गरायौ । प्रार्थना गरिसकेपछि आँखा खोल्दा चोरेको भनिएका घेरुवाहरू त्यही भएको देखेँ । मैले थाहा पाएँ, तिमीले मलाई सताउनुको कारण मैले चोरी गरेकोले नभई मेरा दुई घोडाहरू र मेरी श्रीमतीका गहनाहरू रहेछन् ।’
‘तिमीले मलाई सम्झेका छौ ? आजको दिनसम्म मैले जीवनमा धेरै दुःख भोगिसकेको छु म तिमीलाई यहाँ कैदीका रूपमा हेर्नका लागि जिउँदैछु ।’
ल्हालुकहाँ काम गर्ने युवाहरूले उनको अत्याचारका बारेमा अरु धेरै कथाहरू सुनाए । पछि ल्हालुकहाँ घोडाको तबेलामा काम गर्ने सइसका कथाहरू छुट्याउनै गा¥हो भयो र कतिजना सइसले बोले र कसलाई कुन अत्याचार गर्यो ठम्याउनै गा¥हो भयो । निश्चय पनि अरु भूदास मालिकहरूजस्तै ल्हालुका पनि ठुला सङ्ख्यामा नानसाम भू–दासहरू थिए । तिनीहरू मालिककै घरमा रहने र पछिसम्म पनि स्थायी रूपमा दास नै रहने र मालिकका ससङ्र्गमा रहिरहने हुनाले तिनीहरूले स–साना गल्तीहरूमा पनि सजाय भोग्नुपर्ने, गलत व्यवहारहरूको सामना गर्नुपर्ने, कहिलेकाहीं निश्चित समयसम्म ‘व्यक्तिगत कारागार’ मा थुनिएर बस्नुपर्ने हुन्थ्यो । एकजना मानिसले बताएअनुसार एक समारोहमा राती उनी ल्हासामा पर्खिरहँदा केही तिब्बती सिपाहींहरूले मात्तिएर उनीमाथि हमला गरेपछि ल्हालुले उनलाई ‘सिपाहींहरूसित झगडा गरेको’ निहुँमा पिटेको थियो ।

२० वर्षीय युवक डुसु (Dusu) ले ल्हालुका हातबाट धेरैपल्ट पिटाइखाएका थिए र ४९ दिन कारागारमा थुनिएका थिए ।
एकपल्ट ल्हालु सधैँझै कासागले आयोजना गरेको पार्टीमा जानका लागि सइसलाई काठीमा राम्रो भारतीय चकटी तयार गर्न आदेश दियो । घोडा तयार भएपछि ल्हालुले मन फेर्यो र त्यो एक धार्मिक कार्यक्रम भएको हुँदा तिब्बती चकटी नै ठीक हुने ठानेर तिब्बती चकटी तयार गर्ने आदेश दियो ।
‘त्यस चकटीलाई बदल्दा निकै समय लाग्छ । यसका लागि नरम कपडा खोल नै नयाँ काट्नु पार्ने भएकोले मैले समयमा तयार पार्न सकिनँ । त्यसैले उसले मलाई पिट्यो र खुट्टाहरूमा सिक्री बाँधेर एक महिनासम्म कारागारमा राख्यो ।’
अर्को एक समारोहमा डुसुले ल्हासामा राती अबेरसम्म ल्हालुलाई कुरिरहँदा थोरै रक्सी खाएर आफूलाई न्यानो पारे । ल्हालुले छिट्टै त्यस कुराको चाल पायो र उसले डुसुलाई ५० कोर्रा लगायो र ४९ दिनसम्म कारागारमा हात च्याप्ने हतकडीमा राख्न लगायो । कारागारबाट बाहिर आइसकेपछि ल्हालुले उनलाई ५० वटा ठुला ढुङ्गाहरू बोकाएर पाँच दिनमा एक्लैले पर्खाल बनाउन लगायो । यदि उनले समयमै त्यो काम नसिध्याएको भए अर्को यातना भोग्नपर्ने डरले उनले ठुल–ठुला ढुङ्गाहरू सकिनसकी बोके । यसले गर्दा लामो समयसम्म उनलाई जीउ दुख्ने व्यथा लाग्यो ।
त्यसपछि डुसुलाई विनाअनुमति ल्हासा नजानु भन्ने कठोर आदेश दिइयो । तर ल्हासामा हुने बत्तीको ठुलो पर्वमा उनी ल्हासा गए । त्यो ठुलो पर्वमा सबैजना जान्थे । ‘त्यसैले ल्हालुले मेरा खुट्टामा सिक्रीहरू बाँधेर काम गर्न लगायो । त्यसपछि उसले मलाई आफ्नो घोडाको दौड गर्ने बेलासम्म कारागारमा थुनिराख्यो ।’
डुसुले भने, ‘ल्हालुकहाँ काम गरुन्जेलसम्म आफ्नै आँखाले ५७ जनालाई यातना दिएको र २३ जनालाई घरबाट निकालेर सडकमा पु¥याएको देखेँ । ल्हालुकहाँ काम गर्ने भूदास तथा स्थायी दासहरू उसबाट राम्रो लत्ताकपडाको आश गर्दथे । तर ल्हालु कहिल्यै त्यस्तो राम्रो लुगा दिँदैनथ्यो । त्यसैले भूदासहरूले राम्रो लुगाका लागि ऋण लिन्थे ।’
डुसुले मालिकका लागि पूरा समय काम गर्ने र खानाको अर्को कुनै स्रोत नभएका घरेलु भूदासहरू नानसामको खानाको बारेमा पनि विस्तृत रूपमा बताए । तिनीहरूलाई वर्षभरिमा २० केस (Kes) (५५० पाउण्ड) जौ दिने भनिए पनि पूरा मात्रा कहिल्यै दिइँदैनथ्यो । रासनलाई जौको खानाको रूपमा दिइँदैनथ्यो । तिब्बतको मुख्य खाना ‘जाम्बा’ जौ पेलेर बनाइने भएकोले अन्तिम स्वरूपमा वास्तवमा पूरा रासन हुँदैन । योभन्दा बढी भूदासहरूले गर्मीयाममा तीन खेप र जाडोयाममा तीन शेप ल्हाको सिम्गात्सेको जमिनदारीबाट बोकेर ल्याउनुपथ्र्यो । यसरी ल्याउँदा श्री दिनहरूको यात्रा गर्नुपथ्र्यो । गर्मीयाममा जौ पग्लेर भिज्ने र च्यापच्याप भाग्ने र छिट्टै बिग्रिने हुन्छ । जाडोयामको जौमात्र राम्रो हुन्छ । तिनीहरूलाई तीन केस (Kes) (२३ पाउण्ड) घ्यू दिने भनिए पनि त्यो कहिल्यै दिइँदैनथ्यो । राम्रो वर्षहरूमा तिनीहरूले १० पाउण्डसम्म घ्यू पाउँथे तर विगतका वर्षहरूमा ल्हालुले विद्रोही सेनालाई घ्यू दिएकाले तिनीहरूले घ्यू पाएनन् ।
पत्रकारहरूको समूहसँग प्रतिप्रश्नहरू गर्न र ती आरोपहरू सत्य हुन् या होइनन् भन्ने जान्नका लागि समय थिएन । ल्हालु अथवा तिनको कारिन्दाले गरिएको भनिएका ती कार्यहरू तिनीहरूले व्यक्तिगत रूपले गरेको कुरामा शङ्का थियो । कतिपय आरोपहरू व्यक्तिलाई लगाए पनि ती दासप्रथाकै खराब तत्वहरू थिए भने कतिपय कुराहरू दासप्रथामा सर्वस्वीकृत चलनहरू थिए ।
यी सबै विस्तृत बयानहरू अदालतमा आवश्यक पर्न सक्ला, तर त्यस बैठकमा आवश्यक थिएन । महत्वपूर्ण कुरा के हो भने भूदासहरूको मनमा वर्षौंदेखि गुम्सिएर रहेका गुनासाहरू त्यस बैठकबाट आवाज भएर बाहिर निस्के । ती गुनासाहरू अनन्त थिए । बैठकभरिमा ती सबैलाई विस्तृत रूपमा अनुवाद गर्नु असम्भव थियो ।
भूतपूर्व भूदासहरू आफ्ना दुःख र सासनाहरू बताउन उत्साहित हुँदा र तिनीहरूलाई अरुहरूले नारा लगाएर समर्थन गर्दा के स्पष्ट झल्किन्थ्यो भने त्यहाँ सीमाहरू थिए र तिनीहरूले बुझेका थिए । अरु किसानहरूले ल्हालुलाई पछाडि तान्दा रोक्ने युवकहरूले मात्र होइन ल्हालुको मृत्युको मागको नारा नलगाउनेहरूले पनि बुझेका थिए । ल्हालुलाई ‘हत्यारा’ भन्ने ती किसानहरूका नजिकका व्यक्तिहरू, नातागोताहरू समेतले बदलामा मृत्युदण्ड भनेनन् । सबैको माग भनेको ‘पश्चाताप गर । गल्ती स्वीकार ।’ भन्ने थियो । त्यहाँ एक जना ‘त्यस विद्रोहीको टाउको फोर’ भन्ने चिच्याएको सुनियो । तर लगत्तै अरु नाराहरू सुनिए जसले ल्हालुको भौतिक शरीरमाथि आक्रमण गर्नुभन्दा पनि उसको शक्ति खत्तम गर्नुपर्छ भन्ने कुरालाई इंगित गरेको थियो । तिनीहरू कराए ‘पुराना सत्ता शक्तिका कागजहरूनष्ट गर । यातनाका ज्यावलहरू नष्ट गर । ठगी गर्ने मापहरू नष्ट गर र ऋणका तमसुकहरू च्यात ।’ त्यसबेला ल्हालुले केही आरोपहरूमात्र स्वीकार्यो । तर उसले धेरै आरोपहरूलाई स्वीकार गरेन । मानिसहरू सन्तुष्ट भएनन् ।
बैठकमा अशान्ति छायो । एकैचोटी दर्शक दीर्घाबाट युद्धको आवाजजस्तै ठुलो आवाज आयो ‘ऋणहरू खत्तम गर । ऋणहरू समाप्त पार ।’ एक जना अग्लो मानिसले जमिनदारको घरबाट कागजहरूले भरिएको ठुलो डोको तानेर ल्याए । धेरै मानिसहरूले उसलाई साथ दिएका थिए । ल्हालुका कारिन्दाले ‘ऋणहरूका कागजातहरू’ ल्यायो । उसले बाकस तानेर ल्यायो । त्यसरी नै धेरै वटा बाकसहरू खुला जमिनमा, ल्हालुको घरको आँगनमा ल्याइए । आरोप–प्रत्यारोप रोकियो, मानिसहरू ल्हालुलाई हेर्न छोडेर तिनका कारिन्दा र बाकसहरू तथा ऋणहरूका कागजातहरू भएका डोकाहरू हेर्न थाले । यातना दिने ज्यावलहरू तथा ठुल ठुला कोर्राहरू पनि ल्याइपु¥याइए, बाकसहरू नजिकै बिसाइए । कारिन्दाले ती कागजातहरू पढ्न थाल्यो र ती कागजहरू आदालतको ढुङ्गाको खम्बामा राख्यो । कागजहरूको चाङ बस्दै गयो । ‘झारा (Ula) श्रम सम्झौता’ …. ‘खम्बा–कर’ …. ‘बीउको लागि अन्न ऋण’ । यीमध्ये केही ऋणहरू पुस्तौँ पुस्तासम्म चलिरहेको थियो । बीउ ऋण हजबाको पालामा अथवा आफ्नो साति लिएको हन्थ्यो र त्यसको व्याज कहिल्यै तिर्न नसक्ने मात्रामा बढिसकेको हुथ्यो । सम्भवतः ती ऋणहरू बीउ ऋणहरू मात्रै नभएर चोरीको झठो आरोपबाट रोका ऋणहरू अथवा लगाका लागि लिएका ऋणहरू, मालिकले मागेको झारा इमवाट लागेका ऋणहरू अथवा अन्य कनै पनि बहानामा मालिकले लादेका इणहरू पनि थिए ।
सामन्ती तमसुकहरू ल्हालुको आँगनमा जलाइँदै
तिब्बत स्वायत्त प्रदेशको तदर्थ समितिले जुलाई १७ को पुनस्र्थापनाबाट सबै प्रकारको ‘सामन्ती ऋणहरू’ लाई गैरकानुनी घोषित गरिसकेको थियो । १९५९ मा लिएको ‘व्यापार ऋण’ मा मात्रै मासिक १ प्रतिशत अर्थात वर्षको १२ प्रतिशत व्याज लाग्थ्यो । जमिनदारहरूलाई कानुन लागू भइसकेको थियो । हरेकले ‘सामन्ती ऋण’ को अर्थ बुझिसकेका थिए ।
कागजका पानाहरू थुप्रिदै गए । हल्का हावाले पनि ती कागजहरूलाई उडाएर लग्यो र यत्रतत्र छरियो । कागज नछरियोस् भन्नाको निम्ति कोर्रामाथि राखियो । ती कागजमा आगो सल्काइयो । यातनाका ज्यावलहरू पनि कागजको थुप्रोमाथि राखेर जलाइए । भीडबाट ठुलो आवाज सुनियो । कागज र ज्यावलहरू जलेर आगोको ठुलो मुस्लो निस्क्यो । मानिसहरूले आगो तापे ।
ल्हालु सिधा बस्यो र आफ्नो टाउको उठायो । उसले कुनै प्रतिक्रियाबिना नै आफ्नो सामन्ती शक्तिका ती कागजातहरू जलिरहेको एकटक हेरिरह्यो । त्यसपछि केही सुरक्षाकर्मीहरू उसलाई लिन आए । ऊ हतकडीविना नै फक्र्यो ।
भूतपूर्व भूदासहरूले आगो निभेको र खरानी यत्रतत्र छरिएको हेरिसकेपछि हाम्रो टोली स–साना समूहहरूमा बाँडिएर जमिनदारको घर हेर्न गयौँ । तल्लो तल्ला भूदासहरू बस्नका लागि र भण्डार कोठाको लागि प्रयोग गरिन्थ्यो । भूइँमा ढुङ्गा विछ्याएको र पर्खाल पनि ढुङ्गाकै र धेरै सानो एउटा झ्याल भएको कोठा व्यक्तिगत कारागारको रूपमा प्रयोग हुन्थ्यो । तिब्बती खान्दानीहरूको घरको चलनजस्तै ल्हालुको कोठा माथिल्लो तल्लामा थियो । ऊ नियमित त्यहाँ कहिल्यै बसेन, ऊ ल्हासा वा चाम्दोमा आफ्नो सरकारी पदअनुसार बस्थ्यो ।
त्यस रात पाहुना घरमा राती दुईजना अनुवादकहरूसँगै बसेर पत्रकारहरूले तयार गरेका टिपोटहरूको जाँच गरिरहँदा स्थानीय प्रतिनिधिहरूले हामीलाई आरोप दिए । त्यो बैठकमा पत्रकारहरूले भाग लिएको बैठकभन्दा पनि तीखो र कडा बैठकभन्दा अघिल्लो २६ जुलाईको दिन भएको बैठकको टाइप गरिएको कागजात आरोपहरू लगाइएका थिए । बैठकमा विभिन्न ठाउँहरू राखिएको थियो र साक्षीहरू चाम्दोदेखि ल्याइएका थिए । ल्हासा बैठकमा दुईवटा राजनैतिक हत्याहरूको आरोप पनि संलग्न थियो र जनताबाट ठुलो मात्रामा आरोपहरू आएका थिए । तिनीहरू पहिले ल्हालुका साइबा थिए र पछि तिनीहरू साइबाबाट निकालिएर सडकमा माग्न पुगेका थिए ।
मालिकहरूलाई धनी बनाउन मरिमेटेर काम गर्ने साइबाहरू अन्ततः सडकमा मगन्ते भएका यस्ता धेरै कथाहरू छन् । ती असङ्ख्य आरोपहरूले यी प्रक्रियालाई छरपस्ट पारेका थिए ।
सबभन्दा महत्वपूर्ण आरोप प्रख्यात देशभक्त तिब्बती नेताहरू बुद्ध गेडा (Buddha Geda) र राज्यसहायक राबछेन (Regent Rabchen) को राजनैतिक हत्याकाण्डसँग सम्बन्धित थियो । मुक्तिभन्दा अघि बेलायती दलालहरूले तिनीहरूको हत्या गरेका थिए । वर्तमान दलाइ लामाका सुरुको आठ वर्षसम्म राज्यप्रतिनिधि रहेका माथिल्ला दर्जाका बुद्ध रावछेन हुटुकु (Rabchen Hutuku) लाई पक्रेर १९४७ मा कारागारभित्रै घाँटी निमोठेर मारियो । जीवित बुद्ध गेडा सन् १९५० मा चाम्दोमा अचानक मरे । विषका कारण मरेको लक्षण देखिए पनि तिनको मृत शरीरलाई अधिकारीहरूले हतार–हतार जलाएको कारण परीक्षण हुन सकेन । चाम्दोका अधिकारी ल्हालु र बेलायती प्रतिनिधि रोवर्ट फोर्ड (Robert Ford) लाई चिनियाँहरूले यसका लागि दोषी माने । जनमुक्ति सेनाले चाम्दोलाई अधीनमा राखेपछि फोर्डलाई केही वर्षसम्म कारागारमा राखियो र अन्तमा छोडियो । उसले बेलायतमा आफू निर्दोष भएको दाबी गर्दै किताब लेख्यो । उसले आफूलाई हत्यारा को हो भन्ने थाहा भएको तर बताउन नसक्ने उल्लेख गर्यो । फोर्डले ल्हालुको बयान गरेबाट नै हत्यारा को हो भन्ने कुरा इंगित गथ्र्यो ।
जीवित बुद्ध गेडाका दाजु सावा बान्देन (Tsaba Banden) ल्हालुविरुद्ध बयान दिन चाम्दोदेखि ल्हासामा पुगे । तिनले ‘मैले गेडालाई मारेको देखेँ’ भनी बताए । सम्वाददाताको टिप्पणीअनुसार गेडाका दाजुलाई देखेर ल्हालुको अनुहार अँध्यारो भएको थियो । साक्षीहरूले ल्हालुलाई ‘विषालु राक्षस’ र ‘साम्राज्यवादीहरूको दलाल’ भने पनि प्रतिवेदनमा मैले ठोस प्रमाण भेटाइनँ । राज्यप्रतिनिधि राबछेनको हत्याको प्रमाण बलियो थियो । सेरा मठ (Sera monastery) का सबैजना लामाहरूले ल्हालुलाई ‘जनतालाई माया गर्ने वेत बुद्धको हत्या गरेको’ आरोप लगाए । राबछेनका एकजना सेवकले कारागारमा घटेका घटनाहरू देखेको बताए ।
डनसुछेनचुन (Duntsuchienchun) नामका त्यस नोकरले आफ्ना पाखुरा तिघ्रामा भएको त्यसबेला लागेको घाउहरू देखाए ।
‘यी खत बसेको घाउहरूलाई हेर्नुस् । यी यो ब्वासोले बनाएका घाउहरू हुन् । यसले आफ्नै हातले राज्यप्रतिनिधि जीवित बद्धको घाँटी निमोठ्यो ।’ यसपछि ल्हालुतिर फर्केर उनले भने ‘तिब्बती भित्तेपात्रोअनुसार १९४७ को गार्च १७ को दिन तिमीले आफ्नै हातले उनको घाँटी निमोठेको मैले देखेँ । त्यसपछि उनका नोकरहरूले हामी सबैलाई धपाए र कोर्रा लगाएर यस्तो बनाए । अहिले जनताको सरकार आएको छ – तिमीले गरेको अन्यायका लागि तिमीमाथि सजाय होस् भन्ने म माग गर्दछु ।’ ल्हासा अदालतमा ल्हालुविरुद्ध दिइएका बयानहरू र प्रमाणहरूमाथि कुनै शङ्का छैन । मैले ल्हासामा भेटेका कसैले पनि ल्हालुले नै यस्तो गरेको भन्ने कुरामा शङ्का गरेनन् ।
हामी सहभागी भएको अभियोग बैठकमा गैले एकजना अध्यक्षसित प्रश्न गरँे –‘ल्हालुलाई कस्तो कारबाही गरिन्छ ?’
‘यो कुरा ल्हालुमा भरपर्छ’ तिनले जवाफ दिए । ‘यदि उसले पश्चाताप ग¥यो र सरकारलाई आफू विगतभन्दा बदलेको विश्वास दिनसक्यो भने उसलाई इंडिनेछ र उसको योग्यताअनुसारको काम दिइनेछ । तर यस्तो हुन सक्दैन । उसले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा धेरै मानिसको हत्या गरेको छ । तर यसले मृत्युदण्डको सजाय नै दिनु जरुरी छैन । उसलाई कम्तीमा केही समयसम्म नियन्त्रणमा लिइनेछ र श्रमिकहरूबाट पुनः शिक्षित गराइनेछ । धेरैजना विद्रोहीहरू साताको विद्युत् परियोजनाको निर्माणमा काम गरिरहेका छन् ।’
‘आरोपहरूबाट अदालतमा उसलाई उसको अपराधहरूका लागि मृत्युदण्ड हुने देखिन्छ । यसको मतलब उसलाई मृत्युदण्ड दिने भनेको होइन । हामीसँग माको मृत्युदण्डको सजायमा पनि दुई वर्षको कानुनी व्यवस्था छ । यदि दुई वर्षमा उसले आफूलाई नयाँ मानिसका रूपमा प्रस्तुत गरेमा मृत्युदण्डको सजाय हुँदैन । तीनवटा अदालतहरू तल्लो अदालत, प्रान्तीय अदालत र अन्तमा पेकिङको सर्वोच्च अदालतबाट स्वीकृति नभएसम्म मुत्युदण्डको सजाय हुनसक्दैन । ल्हालुलाई तत्कालै राम्रो वा नराम्रो केही पनि गर्न सकिदैन । उसको भविष्य अब गर्ने उसका कार्यहरूले देखाउँछ ।’
‘तपार्इँहरूले ल्हालुलाई लगाएको आरोप बैठकको निम्ति तिनको बाइसवटै जग्गामा लग्नुहुन्छ ?’ – मैले सोधेँ ।
‘सम्भवतः होइन । यो किसानहरूको माग र प्रशासनले ल्हालुलाई कसरी व्यवहार गर्छ भन्ने कुरामा भर पर्छ । उसका सबै जमिनदारीमा अभियोग लगाउन मानिसहरू चाहन्छन् । तर ल्हासा नजिकका उसका धेरैजसो किसानहरू ठुलो जनसभामा आइसकेका छन् । तिनीहरूले यी दुईवटा बैठकहरू पर्याप्त भएको निर्णय गर्नसक्छन् । सान फान (San fan) र शुयाङ्ग चियान (Shuang Jian) को अवधिमा यो बन्द हुनेछ ।’
ल्हालुबाट नियन्त्रणमा लिइएको ‘जमिन जोत्नेलाई’
उनले ‘प्रजातान्त्रिक सुधार’ लाई दुई चरणहरूमा सम्पन्न गर्ने बताए । ‘अहिलेको चरण भनेको सान फान र सुयाङ्ग चियान, ‘तीनवटा कुराको उन्मूलन र दुईवटा कुराहरू घटाउनु’ हो । त्यसमा जबरजस्ती लादिने झाराप्रथा र व्यक्तिगत नोकरचाकर राखिने कुराको र विद्रोहीहरूको उन्मूलन गर्नु र जग्गाको कूतदर र व्याजदर घटाउनु हो । जुलाई १७ को दिन तिब्बतको स्थानीय सरकारले लागू गरेको यस नीतिलाई जनताको माझमा कार्यान्वयन गर्नुपर्दछ ।’
‘यी बैठकहरूबाट जनताले अब आफूहरूले खान्दानीहरूको कुरालाई स्वीकार्न तथा उनीहरूप्रति वफादार रहन नपर्ने र हरेकले पालना गर्नुपर्ने कानुनको प्रमुख स्रोत आफूहरू स्वयं भएको बुझे । यसले किसान सङ्गठनको प्रतिनिधित्व गर्छ र यी नै सहरी र प्रान्तीय सरकार बन्दछ । खान्दानीहरू र मठहरूको पुरानो स्थानीय सरकारलाई पहिले नै सैनिक मुख्यालयले हटाइसकेको छ । अब सैनिक मुख्यालयले तिब्बती जनताको सरकार बनाउने बाटो दिनुपर्छ । यो काम सकिएपछि हामी दोस्रो चरणको काम थाल्नेछौँ । जमिन किसानहरूलाई वितरण गर्ने प्रक्रिया सुरु हुन्छ । तदर्थ समितिले पहिले नै खान्दानीहरूको जमिन खरिद गर्न मोलमोलाई गरिसकेको छ । नयाँ स्थानीय सरकारले यसको वितरणको जिम्मा लिनेछ । ती अभियोग बैठकहरू अस्थायी चरणमात्रै थिए ।’

स्रोत : तिब्ब्तका भू–दासहरू उठ्दा

Leave a Reply

Your email address will not be published. Required fields are marked *