एप्सटिन फाइलले पश्चिमा आदर्श र नैतिक श्रेष्ठताको भ्रम चि¥यो
- फाल्गुन ४, २०८२
भारतीय विस्तारवाद र एकाधिकार पुँजीको थिलथिलो भोगिरहेका नेपाली जनतालाई भारतभित्रै शोषितपीडित जनताको अर्को भारतबारे निकै कममात्र जानकारी होला । भारतमा आज पनि बहुसङ्ख्यक जनता शोषितपीडित नै छन् । सामन्त र पुँजीपतिवर्गको हालीमुहाली चलेको भारतको महत्वपूर्ण पाटो भने त्यहाँको कामदार वर्गीय मुक्ति सङ्घर्ष, शोषण—उत्पीदनविरुद्धको आन्दोलन, साम्राज्यवाद र बेलायती उपनिवेशविरुद्धको जनसङ्घर्ष हुन् । यो पाटोलाई भारतीय शासकहरूले सधँैभरि छोप्न खोजे । भारतीय शासकहरूको ज्यू—हजुरी गर्ने नेपालका शासकहरूले पनि नेपाली जनतालाई भारतको वास्तविकता कहिल्यै बताएनन् ।
यथार्थ के हो भने नेपालको राजनीतिक—साहित्यिक वृत्तमा समेत भारतमा शोषित वर्गको अवस्था, कामदारवर्गीय एवम् कम्युनिस्ट आन्दोलनबारे सत्यतथ्य जानकारी दिने नेपाली भाषाका पुस्तकहरू अत्यन्त न्यून छन् । भारतीय शोषित वर्गको हितमा होमिएका योद्धाहरूलाई चिनाउने नेपाली साहित्य या प्रकाशन हातमा गन्न मिल्छ भन्दा फरक नपर्ला ¤ निश्चय नै कुनै पनि देशको अर्थ भूगोल, जनसङ्ख्या या सिमाना मात्र होइन । देशभित्रको वर्ग, चिन्तन, विचार, सङ्घर्ष र आन्दोलन पनि देश हो । शोषित वर्गको भारतलाई मुक्त गर्न उठेका सङ्घर्षबारे यथोचित जानकारी दिने पुस्तक आजभन्दा १२ वर्षअघि वर्कर्स पब्लिकेशनले प्रकाशन गरेको रहेछ । वरिष्ठ लेखक महत्तोजीले “भारतीय कम्युनिस्ट नेताहरू” नामको सो पुस्तकमार्फत भारतीय कम्युनिस्ट आन्दोलनको इतिहास, आरोह—अवरोह, सफलता—असफलताबारे सटिक विश्लेषणसँगै आन्दोलनका नेताहरूको सङ्क्षिप्त समालोचनात्मक जीवनी प्रस्तुत गर्नुभएको छ । पुस्तकबारे चर्चा आज पनि सान्दर्भिक होला ।
पुस्तकले नेपाल र भारतको कम्युनिस्ट आन्दोलनबिच तुलनात्मक अध्ययन गर्न सघाउँछ । समयक्रममा भारतको कम्युनिस्ट आन्दोलनभित्र देखापरेका सैद्धान्तिक बेमेल, खोट र फुटहरूले नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको स्मरण गराउँछ । त्यसो त संसारका पुँजीवादी राजनीतिक दलहरू जस्तै कम्युनिस्ट पार्टीहरू पनि सिद्धान्त, नीति र अन्य कारण फुट्ने र जुट्ने गरेको लामो इतिहास छ, असङ्ख्य दृष्टान्त छन् । आजभन्दा झण्डै १०४ वर्ष अघि अर्थात् १७ अक्टोबर १९२० मा पूर्वी बङ्गालको शक्तिशाली गुप्त क्रान्तिकारी सङ्गठन अनुशीलन समितिका पूर्व सदस्य एमएन रायले तास्कन्दमा (सोभियत रुस) प्रवासी भारतीय कम्युनिस्ट पार्टी
(सीपीआई) को स्थापना गरे । २ वर्षपछि सीपीआईका १३ सदस्यहरू भारत पुगे । तर ती सबै मस्को पेशावर षड्यन्त्रको मुद्दामा पक्राउ परे । त्यसपछि शौकत उस्मानी सहित ४ जना प्रवासी भाकपा सदस्य कोमिन्टर्नको छैठौँ महाधिवेशनमा भाग लिए । बेलायती सरकारले १९२४ मा कानपुर षड्यन्त्र र १९२८ मा मेरठ षड्यन्त्रको मुद्दामा धेरै कम्युनिस्ट नेताहरूलाई अभियुक्त ठहर ग¥यो । त्यसपछि पनि धरपकडका श्रृङ्खला रोकिएन । भारतमा बढ्दो अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको प्रभाव निस्तेज गर्न बेलायती शासकहरूले त्यसो गरेका थिए । पुस्तकका अनुसार यो भारतमा कम्युनिस्ट आन्दोलनको सुरुआती अवस्था थियो ।
दोस्रो विश्व युद्धताका भाकपाको युद्धविरोधी अडानका कारण बेलायती शासकले भाकपामाथि प्रतिबन्ध लगायो । हिटलरले सोभियत सङ्घमाथि युद्धको घोषणा गरेपछि बल्ल भाकपाले जनयुद्धको घोषणा गरेको थियो । युद्धमा सोभियत सङ्घले बेलायतको पक्ष लिएपछि भाकपामाथि प्रतिबन्ध फुक्यो । त्यही समय गान्धी र भारतीय राष्ट्रिय काङ्ग्रेसले स्वतन्त्रता आन्दोलन छेड्यो । भाकपा अन्तर्राष्ट्रिय कर्तब्य निर्वाह गर्ने भन्दै काङ्ग्रेसको ‘भारत छोड’ आन्दोलनबाट टाढा बस्यो । जनलहर काङ्ग्रेसको स्वतन्त्रता आन्दोलनको पछाडि थियो । १५ अगष्ट १९४७ मा भारत स्वतन्त्र भयो ।
शासनसत्ता फेरि पनि पुँजीपति शासकहरूकै हातमा थियो । डाँगेसहित भाकपाका केही नेता नेहरू नेतृत्वको काङ्ग्रेससँग एकता गर्न चाहन्थे । कम्युनिस्ट नेता रणदिवेले भने भारतको स्वतन्त्रता नाम मात्रको दाबी गर्दै चिनियाँ शैलीको क्रान्तिको पक्षमा उभिए । उनले सशस्त्र सङ्घर्षको कलकत्ता अवधारणा तयार गरे । डाँगे नेहरूको पछि लागेपछि रणदिवे भाकपा महासचिवमा चुनिए । तत्काल तेलंगाना किसान विद्रोह सुरु गरे । केही समयमै ३ हजार गाउँको ४१ हजार वर्ग किमी क्षेत्रफल विद्रोही इलाका घोषित भयो । त्यो विद्रोह त्रिपुरा, त्राभान्कोर र पश्चिम बङ्गालमा फैलियो । विद्रोहमाथि नेहरू प्रशासनले निर्ममतापूर्वक दमन ग¥यो ।
स्तालिनको मृत्युपछि सोभियत रुसमा ख्रुस्चेभले संशोधनवादी मात्र होइन सामाजिक साम्राज्यवादी नीति लियो । एमएन राय र डाँगेहरूले पनि भारतको कम्युनिस्ट आन्दोलनमा संशोधनवादी विचार भित्याए । सन् १९६२ मा भारतीय प्रतिक्रियावादीहरूले बढ्दो कम्युनिस्ट आन्दोलन दबाउन बेलायती अमेरिकी साम्राज्यवादीहरूसँग मिलेर नेहरू प्रशासनले भारत—चीन सिमा भिडन्त चर्कायो । त्यतिबेला चीन र रुसको पनि सैद्धान्तिक कारण मतभेद सुरु भएको अवस्था थियो । रुसले संसोधनवादी नीति लिएको प्रति चीनले खण्डन गर्दै थियो । सिमा भिडन्तमा डाँगे, ए के गोपालन, मुज्जफर अहमद र संशोधवादीहरूले नेहरूको पक्ष लिए, चीनको विरोध गरे । बी.टी रणदिवे, पी सुन्दरैया, पी.सी.जोशी, बासु पुनैया, ज्योति बसु, हरिकिसन सिंहलगायतका कम्युनिस्ट नेताहरूले चीनको समर्थन गरे । भूपेश गुप्ता अस्थिर देखिए । अजय घोषले एकताको प्रयास गरिरहे भन्ने जानकारी पुस्तकमा छ । डाँगेले भारतको कम्युनिस्ट आन्दोलनको सिद्धान्तमा अलमलिएपछि आन्दोलनले अर्को मोड समात्यो । पश्चिम बंगालमा वामपन्थीहरूले भूमिगत एकाइ सुरु गरे । १७ हजार पार्टी सदस्यमध्ये १४ हजार वामपन्थीको पक्षमा उभिए । नम्बुदिरिपाद र ज्योती बसुहरूले डाँगेको संशोधनवादी नीतिको विरोध गरे । वामपन्थी धारका सम्पूर्ण कम्युनिस्ट नेताहरू डाँगेसँग छुटिए । सन् १९६४ अक्टोबर १३ देखि नोभेम्बर ७ सम्म कलकत्तामा भएको पार्टी महाधिवेशनले भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीको जन्म गरायो । पी.सुन्दरैया महासचिव बने । पुस्तकमा उल्लेख छ – “सन् १९६५ को केराला राज्य विधानसभाको निर्वाचनमा भाकपाको ७९ उम्मेदवारमध्ये ३ जनामात्र विजयी भए र ५० हजार मत अर्थात् ८.३० प्रतिशत प्राप्त ग¥यो । भाकपा (माक्र्सवादी) को ७३ उम्मेदवारमध्ये ४० जना विजयी भए । झण्डै १३ लाख मत अर्थात् १९.८७ प्रतिशत मत प्राप्त ग¥यो ।” यसले डाँगे नेतृत्वको भाकपा कमजोर हुँदै गएको देखाउँछ । डाँगेले १९७० मा फेरि भारतीय काङ्ग्रेससँग मिल्ने नीति लिँदा भाकपाभित्र पुनः फुट भयो र डाँगे एक्लिए । पटक पटक गरी पार्टी धेरै टुक्रामा विभाजित भयो । भाकपा (माक्र्सवादी) पनि चारु मुजमदारको नक्सलवारी आन्दोलनका कारण टुक्रिएर भाकपा (माक्र्सवादी–लेनिनवादी) बन्यो । त्यसबाट पनि टुक्रिएको इतिहास पुस्तकमा पढ्न पाइन्छ ।
पुस्तकभित्र २२ जना भारतीय कम्युनिस्ट नेताहरूको समालोचनात्मक जीवनी प्रस्तुत छ । कम्युनिस्ट आन्दोलनमा तिनको योगदान र व्यक्तित्वबारे चर्चा छ । मानवेन्द्रनाथ राय (सन् १८८७–१९५४) अर्थात् एमएन राय अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा परिचित नाम नै हो । सुरुमा सोभियत रुसबाट प्रभावित भएर भारतीय कम्युनिस्ट पार्टी स्थापनामा अगुवाइ गर्ने उनको खास नाम नरेन्द्रनाथ भट्टाचार्य हो । उनले माक्र्सवादी साहित्य अध्ययन सँगै पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा जोड दिए । अध्ययन र चिन्तनका मामिलामा नेता लेनिनले पनि उनको प्रशंसा गर्नुुहुन्थ्यो । लेनिनको थेसिसको विकल्पमा रायको विचार अघि सारिएको घटना पनि पुस्तकले खोतलेको छ । तर राय रुसबाट पलायन भए । स्तालिनको विरुद्धमा त्रोत्स्की र जिनोभित् गुटसँग मिल्न गए । उनको माक्र्सवादी चिन्तनमाथि धार्मिक र आतङ्कवादी विचारको बादल लाग्यो ।
पुस्तकमा लेखिएको छ – “उनी बुखारिन, कामेनेभ र त्रोत्स्की जस्ता अराजकतावादी र लेनिनवादविरोधीहरूको शिविरमा पुगे । उनको बौद्धिक प्रखरताले नै उनलाई बौद्धिक व्यक्तिवादी र अहङ्कारी बनायो ।” यद्यपि, भारतीय स्वतन्त्रता सङ्घर्षमा एक नौजवानको हैसियतले उनको योगदान कम मान्न सकिन्न । गान्धी र काङ्ग्रेसले “भारत छोड् आन्दोलन” सुरु गर्दा भने उनको मत बेग्लै थियो । त्यतिबेला उनी साम्यवादको निन्दा गर्दै काङ्ग्रेसमा प्रवेश गरिसकेका थिए । ‘परिवर्तनवादी मानवतावाद’ बारे उनको धारणा र विचार माक्र्सवादी धारबाट बाङ्गिएको थियो । उनमा रहेको व्यक्तिवादी प्रवृत्ति, अस्थिरता र मनोगत कमीकमजोरी विस्तारै सतहमा आयो । राजनीतिक अनुशासनसँगै सिद्धान्तमा चिप्लिएका एक नेताको रूपमा एमएन रायको आलोचना भारतीय कम्युनिस्ट आन्दोलनमा हुन्छ ।
मुजफ्फर अहमद (सन् १८८९—१९७३) लाई भारतीय कम्युनिस्ट आन्दोलनका पहिलो कम्युनिस्ट या पार्टी संस्थापक मानिन्छ । गरिबी र दुःख कष्टमा हुर्केका उनले आप्mनो अध्ययनका लागि पनि खुब मेहनत गरे । साहित्यको अध्ययनमा रुची राख्ने उनी सन् १९१५ तिरै बङ्गला साहित्य परिषद्को सचिव भए । उनले साहित्यमार्फत् राजनीतिको सेवा गर्ने बाटो चुने । पुस्तकका अनुसार सन् १९२० मा कवि काजी नजरुल इस्लामसँग मिलेर ‘नयाँ युग’ भन्ने बङ्गाली दैनिक निकाले । त्यो कम्युनिस्ट पत्रिका हो भन्ने प्रेस मालिकलाई थाहा भएपछि प्रकाशन रोकियो । त्यतिबेलासम्म मुजफ्फरलाई समाजवाद र साम्यवादबिच भिन्नता थाहा थिएन । तब उनको ध्यान सोभियत रुसले तान्यो । उनले माक्र्सवादी साहित्य खोजीखोजी पढ्न थाले । भाकपा नेता डाँगे, शौकात उस्मानीसँग भेटघाट बढ्यो । मुजफ्फरले बम्बईबाट निस्किने डाँगेको ‘समाजवाद’ भन्ने पत्रिका पढ्न थालेका थिए । बिस्तारै उनी कम्युनिस्ट आन्दोलनको हिस्सा बने । सन् १९२९ मार्च २० मा उनी मेरठ कम्युनिस्ट षड्यन्त्र मुद्दामा परे । सन् १९३३ मा उनलाई आजीवन कालापानी सजाय सुनाइएको थियो । अपिल पछि ३ वर्षको सजाय भयो । सन् १९६२ मा भएको भारत चीन सीमा सङ्घर्षमा उनलाई रुसविरोधी र चीन समर्थकको रूपमा पक्राउ ग¥यो । भारतीय कम्युनिस्ट र भारतीय जनता उनलाई तल्लो वर्ग र दुःख कष्टबाट माथि उठेका एक नेताको रूपमा स्मरण गर्छन् ।
भारतीय स्वतन्त्रता सङ्घर्ष र कम्युनिस्ट आन्दोलनमा एउटा चिरपरिचित नाम रजनी पाम दत्त (सन् १८९६–१९७४) हो । उनी बेलायती कम्युनिस्ट पार्टीका नेता थिए । उनले भारतको कम्युनिस्ट आन्दोलनमा वैचारिक सहयोग पु¥याए । घरबाटै राजनीतिक कक्षा सुरु गर्ने नेता थिए उनी । साम्र्राज्यवाद विरोधी भावना भएका उनी रुसी कम्युनिस्ट पार्टीको नीतिका समर्थक थिए । भारतमा स्वतन्त्रता आन्दोलनसँगै समाजमा देखापरेका सङ्कीर्णतावाद, जातिवाद र साम्प्रदायिकतालाई पन्छाउने अभियान अघि बढ्नुपर्ने उनको विचार थियो । उनले सन् १९३६–३९ मा ‘आधुनिक भारत’ पुस्तक लेखे । भारतको निम्ति माक्र्सवादी व्याख्या भएको पहिलो पुस्तक थियो त्यो । स्वतन्त्रता आन्दोलनको निम्ति भारतको सामाजिक, आर्थिक र राजनीतिक बनावटको विश्लेषण उनले गरे । उनले थुप्रै पुस्तक र रचनाहरू प्रकाशन गरे । भारतमा बेलायती उपनिवेशवादको चिरफार गरे । बेलायती अर्थशास्त्रीहरूको कर्तुत उदाङ्ग्याए । त्यतिमात्र होइन भारतमा जनसङ्ख्या वृद्धिको अवस्थामा माल्थसको सिद्धान्तलाई माक्र्सवादी आँखाले विवेचना गर्ने नेता पनि उनी नै थिए । उनी बौद्धिक चिन्तन र आप्mना रचनाहरूको कारण भारतको कम्युनिस्ट आन्दोलनमा लोकप्रिय बने ।
श्रीपाद अमृत डाँगे (सन् १८९९–१९९१) भारतीय कम्युनिस्ट आन्दोलनमा चर्चा भइरहने नाम हो । देशको स्वतन्त्रताको पक्षदेखि लेनिनको विचार अर्थात् सोभियत रुसको समाजवादका पक्षपाती बने उनी । पछि स्तालिनको मृत्युपछि खु्रस्चेभहरूले लिएको संशोधवादी नीतिको पनि समर्थन गरे । उनले समातेको लाइनका कारण भाकपाभित्र सैद्धन्तिक मतभेद सुरु भयो । सशस्त्र सङ्घर्षका पक्षपाती रणदिवे लगायतका नेताले तेलङ्गाना, त्रिपुरा, ट्राभनकोर र पश्चिम बङ्गालमा सशस्त्र विद्रोह गर्दा उनी शान्तिपूर्ण सङ्क्रमणको बाटोमा हिँडे । उनी गान्धी र नेहरूको पछि लागे । सन् १९६२ को चीन भारत सिमा भिडन्तमा उनले चीनको विरोध गरे । डाँगेको पतन त्यहीबाट सुरु भयो । भाकपामा फुट आयो । सन् १९६७ महानिर्वाचनमा डाँगेकै कारण भाकपा कमजोर बनेको दृष्टान्तबारे चर्चा भइसकेको छ । सन् १९६९ मा अखिल भारतीय मजदुर महासङ्घ पनि फुट्यो । लगत्तै कलकत्तामा भारतीय मजदुर सङ्घहरूको केन्द्र बन्यो ।
डाँगे काङ्ग्रेससँगै पुच्छर बनेर बङ्गलादेशको समर्थन र इन्दिरा गान्धीको सङ्कटकाल र राष्ट्रपति शासनको समर्थनमा उत्रे तब उनी भाकपाबाट निकालिएका हुन् । उनले अखिल भारतीय कम्युनिस्ट पार्टी खोले । त्यहाँबाट पनि डाँगे निकालिए । दुवै पार्टी मिलेर संयुक्त सङ्गठन ‘युसीपीआई’ गठन गरियो । तर भारतमा त्यसको प्रभाव शून्यजस्तै छ । यसरी सिद्धान्तमा चिप्लेको डाँगेको राजनीतिक पतन भएको जानकारी पुस्तकले दिन्छ । कम्युनिस्ट आन्दोलनमा डाँगे एक विवादास्पद व्यक्ति रहे । यद्यपि, उनलाई बहुआयामिक वा बहुमुखी नेताको रूपमा स्मरण गरिन्छ । भाकपाबाट निकालिँदा उनी इन्दिरा गान्धीतर्फ लाग्छन् भन्ने अनुमान गरिएको थियो । तर उनी नेहरू र गान्धीकै पछि लागे ।
भारतीय कम्युनिस्ट आन्दोलनका हस्तीहरू दादा अमिर हैदर खान, बालचन्द्र त्रिम्बाक रणदिवे, त्रिपुराका मुख्यमन्त्रीसमेत बनेका नृपेन चक्रवर्ती, सज्जाद जहीर, पी. कृष्णा पिल्लाईको जीवन र कम्युनिस्ट आन्दोलनमा तिनको योगदान साँचै ऊर्जाप्रदायक छ । भारतको पहिलो कम्युनिस्ट राज्य केरलामा कम्युनिस्ट पार्टीको स्थापना पी.कृष्णा पिल्लाई (सन् १९०६–१९४८) ले गरेका थिए । केरालामा कम्युनिस्टहरू जित्दा शिक्षा, स्वास्थ्य र किसानहरूको जीवनमा आएको परिवर्तनबारे पुस्तकमा चर्चा छ । केरलामा अहिले पनि कम्युनिस्टहरूको प्रभाव छ । कोभिड १९ महामारीमा जनतालाई सङ्क्रमणबाट जोगाउन केरला सरकारले गरेको काम विश्वले प्रशंसा ग¥यो । केरलामा हुने राजनीतिक, सांस्कृतिक, आर्थिक र सामाजिक गतिविधिको केरला मोडेल आज पनि स्थापित छ ।
पुस्तकले कम्युनिस्ट आन्दोलनका नेताहरू पुरनचन्द्र जोशी, अजय घोष, पी.रामामूर्ति, ई.एम.एस.नम्बुदिरिपाद, पुचलापाल्लि सुन्दरैया, ज्योति बसुको जीवन र सङ्घर्ष उजिल्याएको छ । नेता ज्योति बसुले भारत चीन सिमाविवाद कम्युनिस्ट आन्दोलन दबाउन उछालिएको मुद्दा भन्दै विरोध गरे र रुसको संशोधनवादी लाइनको बुद्धिमत्तापूर्ण विरोध गरे । कम्युनिस्ट आन्दोलनमा एक सरल र इमान्दार नेताको रूपमा बसु परिचित छन् । माकिनेनि बासुपुनैया, हरकिशन सिंह सुरजीत, टी नागी रेड्डी पनि भारतीय कम्युनिस्ट आन्दोलनका पढ्नैपर्ने नामहरू हुन् ।
चारु मजुमदार (सन् १९१८–१९७२) भारतीय कम्युनिस्ट आन्दोलनमा एउटा फड्को या फरक धारको नाम हो । उनी भारतमा सशस्त्र कम्युनिस्ट विद्रोह नक्सलवारी आन्दोलनका प्रणेता हुन् । बङ्गालमा जन्मेका उनी किसान आन्दोलनहरूका साक्षी थिए । चारु रुसमा स्तालिनको मृत्युपछि खु्रस्चेभहरूले थालेको साम्राज्यवादी गतिविधिका प्रखर विरोधी थिए । चीनले समातेको सैद्धान्तिक बाटो या क्रान्तिका पक्षपाति थिए, चारु । यद्यपि, उनको तरिका गलत थियो । सन् १९६७ मा पश्चिम बङ्गालमा संयुक्त सरकार गठन भएपछि उनले सशस्त्र क्रान्तिमाथि धोखाको अनुभव गरे र मई २५ का दिन नक्सलवारीमा ऐतिहासिक किसान विद्रोह सुरु गरे । संयुक्त सरकारले चर्को दमन ग¥यो । तर आन्दोलनको प्रभाव तामिलनाडु, केराला, उत्तर प्रदेश, विहार, कर्णाटक, उडिसा र बंगालका विभिन्न ठाउँसम्म पर्यो । र सन् १९६९ अप्रिल २ मा भाकपा (माक्र्सवादी–लेनिनवादी) स्थापना गरियो । चारु महासचिवमा चुनिए । चारु धेरैपटक पक्राउ परे, भूमिगत भएर पनि काम गरे । उनले सुरु गरेको नक्सलवारी आन्दोलन पनि खोटपूर्ण साबित भयो । पुस्तकमा आन्दोलनको समीक्षा छ — वर्ग दुश्मनको सफाया, चीनको अध्यक्ष हाम्रो अध्यक्ष, चीनको बाटो हाम्रो बाटो, जसको हात वर्ग शत्रुको रगतले रातो हुँदैन, त्यो कम्युनिस्ट हुँदैन, भारतमा क्रान्तिपछि मात्र संयुक्त मोर्चा हुन्छ, पार्टी र नेतालाई स्थापित गर्नेबारे, स्थानीय हातहतियारले सशत्र पार्ने र वर्ग दुश्मनमाथि प्रहार गर्ने, सबै पुँजीपतिवर्ग विदेशी दलाल हुन् भन्ने जस्ता बुझाइ र नक्सलवारी आन्दोलनको सैद्धान्तिक अडान वामपन्थी अवसरवादी विचार हो भन्ने पुष्टि भयो । वर्गशत्रु सफाया र व्यक्ति हत्या उही हो । अराजकतावाद र माक्र्सवाद एउटै हुन सक्दैन भन्ने आवाज उठ्यो । चीनको अध्यक्षलाई अध्यक्ष मान्ने सवालमा चिकपाले नै खण्डन गरेको थियो भन्ने पढ्न पाइन्छ । देश—देशको फरक फरक परिस्थिति हुन्छ । देशको माटो सुहाउँदो ढङ्गले माक्र्सवादको व्याख्या गर्नु बुद्धिमत्तापूर्ण हुने सन्देश पनि दिए ।
चारु मजुमदारपछि कानु सन्याल, नागि रेड्डी, कामरेड अपु, सरोज दत्त, सत्यनारायणलगायतका नेताहरूले पश्चिम बङ्गाल, आन्ध्र प्रदेश, तामिलनाडु, विहार आदि प्रान्तमा पार्टी गतिविधि अघि बढाए । त्यसमध्ये नेता नागभूषण पटनायक (सन् १९३५–१९९८) ले चारु मजुमदार नेतृत्वको भाकपा (मा.ले) को व्यक्तिगत आतङ्कवाद, निर्वाचनको बहिस्कार, चीनको बाटो जस्ता ‘वामपन्थी’ अवसरवाद र संशोधनवादको विरोधमा आप्mनो मत राखे । कोरा सिद्धान्तवाद र दक्षिणपन्थी अवसरवादको विरोधमा उनले संसदीय मञ्चको प्रयोगबारे लेनिनवादी नीतिको वकालत गरे । भारतको कम्युनिस्ट आन्दोलनमा वामपन्थी अवसरवादविरुद्ध खरो उत्रने नेता उनै हुन् ।
यसरी पुस्तकले २२ जना भारतीय कम्युनिस्ट नेताहरूको जीवन आकृतिमा कम्युनिस्ट आन्दोलनको शताब्दी लामो इतिहास पस्केको अनुभव हुन्छ । भारतको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचार, डाँगेको दक्षिणपन्थी र चारुको वामपन्थी अवसरवाद पढिरहँदा नेपालको कम्युनिस्ट आन्दोलनका अवसरवादीहरूको झल्को मिल्छ । पुस्तकले नेपालको कम्युनिस्ट आन्दोलनको आजको अवस्था विश्लेषण गर्न र सच्चा कम्युनिस्ट नेताहरूबाट ऊर्जा प्राप्त गर्न सघाउँछ । अत्यन्त पठनीय पुस्तकका लेखक महत्तोजीप्रति सम्मान छ । वर्तमान भारतको पृष्ठभूमि अर्थात् अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा भारतको स्थान थाहा पाउन नपढी नहुने र राजनीतिशास्त्रका विद्यार्थीले छुटाउनै नहुने यस पुस्तकका प्रकाशकप्रति साधुवाद छ ।
Leave a Reply