क्युवाले डाक्टर पठायो, वाशिङटनले एउटा डिस्ट्रोयर !
- बैशाख ४, २०८३
निर्वाचन पनि एक प्रकारको जनमतसङ्ग्रह हो । निर्वाचन अभियान स्वयम् वैचारिक एवम् राजनीतिक कक्षा सञ्चालन हो । निर्वाचनको बेला नेपाल मजदुर किसान पार्टीले जनतालाई पुँजीवादको खराबी र समाजवादको अपरिहार्यताबारे सचेत पार्ने काम ग¥यो । यसकारण, नेमकिपाले निर्वाचनलाई जनताको चेतनास्तर नाप्ने ब्यारोमिटर भन्दै आएको हो; खराबलाई फाल्ने र असललाई तिखार्ने वा सचेत र सङ्गठित बनाउने अवसरको रूपमा निर्वाचनलाई उपयोग गर्दै आएको हो । वर्गीय राजनीतिबाट सैद्धान्तिक र व्यावहारिक ज्ञानको विकासको साथै कार्यकर्ताहरू शिक्षित र चनाखो हुनेछन् । कार्यकर्ताहरू योग्य, इमानदार, देशभक्त र क्रान्तिकारी होस् भन्ने नेमकिपाको चाहना हो । कार्यकर्ताहरू हर किसिमले दुःख, कष्ट र आँधीबेहरीसँग जुझ्न सक्ने तथा गाउँ र नगरका जनताको निःस्वार्थ रूपले सेवा गर्ने र देश र जनताप्रति समर्पित हुनुपर्छ भन्ने धारणा नेमकिपाको हो ।
नेमकिपा व्यापक जनताको हितको निम्ति सङ्घर्षरत पार्टी हो । आमूल परिवर्तन भएपछि मात्र श्रमजीवी जनताको हित हुन्छ भन्ने पार्टीको धारणा हो । नेपाली भूमि जोगाउन, अतिक्रमित भूमि फिर्ता लिन सङ्घर्षरत नेमकिपाले भारतीय र अमेरिकी हस्तक्षेप, आक्रमण र दबाबको विरोध गर्दै आएको हो । अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत नेपाल–भारत सीमामा बनाइएको बाँध तथा तटबन्ध भत्काउन र आइन्दा नबनाउन खबरदारी गर्दै आएको पार्टी नेमकिपा हो । देशको स्वाधीनता र सार्वभौमसत्तामा दाग पर्ने, असमान सन्धि र सम्झौता गरेर नेपाल र नेपाली जनतामा आघात पुग्ने सवालमा नेमकिपाले जहिल्यै सरकारलाई खबरदारी गर्दै आएको हो । नेपालका प्राकृतिक स्रोत र साधन विदेशीलाई दिन नहुने, देशका उद्योगधन्दा तथा कलकारखाना विदेशी कम्पनी र दलाललाई दिन नहुने सवालमा पनि नेमकिपाले सरकारको खबरदारी गर्दै आएको हो । यसरी देश र जनताको पक्षमा सधैँ सङ्घर्षरत नेमकिपा र नेमकिपाका सांसदहरू देशको निम्ति जरुरी छ । यो कुरा हरेक युवा–विद्यार्थी या नयाँ पुस्ताले बुझ्नुपर्ने या थाहा पाउनुपर्ने हो । युवा विद्यार्थीहरूले नेमकिपाले गर्दै आएको गुण र योगदानलाई भुल्नु हुँदैन ।
देश र जनताभन्दा दल माथि छैन । देश र जनताकेन्द्रित भएर अघि बढिरहेको नेमकिपा कहिले पनि सत्ता स्वार्थमा अल्झेन । पुँजीवादी शासकहरूले निजीकरणको नाउँमा उद्योगलाई एक एक गर्दै नियोजित ढङ्गमा विदेशी पुँजीको अधीनमा दिने काम गरे । यसको कारण नेपाल विदेशी एकाधिकार पुँजीको नवउपनिवेश बन्दै गयो । जनतासँग प्रत्यक्ष सरोकार राख्ने उद्योगहरूलाई निजीकरण गर्नु हुँदैनथ्यो । कुनै पनि उद्योग विदेशी पुँजीको हातमा दिनु हुँदैनथ्यो । सत्तामा पुगेका पुँजीवादी पार्टीहरूले देश र जनताको स्वाभिमानको अवमूल्यन गरे । प्रजातन्त्र सत्तामा बस्ने पार्टीहरूको मनपरीतन्त्र होइन । सिद्धान्ततः प्रजातन्त्रविरोधीहरू र जनताको मतलाई यथोचित आदर गर्ने, प्रशासनयन्त्र र प्रचार साधनलाई एकहत्ती नगर्ने र आलोचना सहने जीवन पद्धति हो । यो जीवन पद्धतिलाई बस्ती–बस्तीसम्म पु¥याउन नेमकिपाले निर्वाचनलाई उपयोग गरेको हो ।
पुराना दल सबैलाई शासकको दल देख्नु युवा–विद्यार्थीहरूको दृष्टिदोष हो । पुराना दल सबै शासक होइनन् । पुराना दललाई शासकहरूको सूचीमा राखेर उही दृष्टिले हेर्ने नयाँ पार्टी या युवा–विद्यार्थीको हेराइ सही होइन । पुराना दलका नेता, सांसद र कार्यकर्ताहरूले पनि सरकारको कमी कमजोरी औँल्याउने, सरकारलाई खबरदारी गर्ने काम गरिरहेका छन् । नेमकिपाले जनताले दिएको विश्वासको मतलाई कहिल्यै धोका दिएन । जनताको विश्वासको मतलाई इमानदारीपूर्वक नेमकिपाले आदर र सम्मान गरेको छ । सिद्धान्त र राजनीतिक नैतिकताले बाँधिएका नेता तथा कार्यकर्ताहरू हल्लाको भरमा कसैको पछि लाग्दैनन्† पछि लाग्नु हुँदैन । विदेशी शक्ति राष्ट्रहरूको हस्तक्षेप र दबाबमा त झनै लाग्नु हुँदैन ।
जनताको राजनीतिक मनोबल उँचो बनाउन, असमान सन्धि सम्झौता गर्ने दलका उम्मेदवारहरूलाई हराउन, कर्णालीलगायत देशका अन्य जलस्रोतहरू संरक्षण गर्नुपर्ने सवालमा नेमकिपाले सदन र सडकमा आवाज बुलन्द गरेको हो । कला र संस्कृतिको संरक्षण, संवद्र्धन गर्न, शिशुशाला र बालोद्यानको विकास गरी महिलाको श्रम शक्तिलाई सहयोग गर्न, आर्थिक अनुशासन कायम गर्ने, भ्रष्टाचारीहरूमाथि कारबाही गर्न, जनताको सांस्कृतिक स्तर र नागरिक भावनाको विकासमा जोड दिँदै आएको दल नेमकिपा हो । राजनीतिक, आर्थिक, सामाजिक तथा धार्मिक अपराधीहरूलाई जनतामाझ उदाङ्ग्याउन र फेरि त्यस्ता कुत्सित कार्य नगर्न र नगराउन नेमकिपाले खबरदारी गर्दै आएको यथार्थ हो । स्थानीय तहको स्वायत्ततालाई बलियो बनाउन, विकास निर्माणमा सामूहिक भावना जगाउन, युवा जनशक्तिलाई सृजनात्मक कार्यमा उत्प्रेरित गर्नुपर्नेमा नेमकिपाले जोड दिँदै आएको हो । महिलालाई हरेक क्षेत्रमा आत्मनिर्भर बनाउन शिक्षा र रोजगारमूलक कार्यमा जोड दिँदै आएको नेमकिपाले देशमा खाद्यान्न उत्पादन बढाउन, आयस्रोत बढाउन स्वदेशमै रासायनिक मल कारखाना स्थापना गर्न दशकौँ अघिदेखि सरकारको ध्यानाकर्षण गर्दै आएको हो ।
देशको शैक्षिक स्थिति पनि चित्तबुझ्दो छैन । शिक्षा क्षेत्रमा देखिएको अराजकता अन्त्य गर्नुपर्छ । सरकारी विद्यालयको शैक्षिक स्तर उकास्न अझ मेहनत गर्नु आवश्यक छ । शिक्षालाई उत्पादन श्रमसँग मिलाउनुपर्ने समयको माग हो । निजीकरण र उदारीकरणको नाउँमा देशलाई नवउपनिदेशवादको भासमा डुबाउने नीतिको विरोध गर्नु अहिले पनि आवश्यक छ । लोकसेवा आयोग, निर्वाचन आयोग, राष्ट्रिय योजना आयोग र अख्तियार दुरूपयोग अनुसन्धान आयोगहरूलाई स्वतन्त्र र अधिकार सम्पन्न बनाइनुपर्छ । यसलाई शासक दल या अन्य कुनै दलको निकाय सम्झनु हुँदैन† बनाउनु हुँदैन, कसैले आफ्नो दबाब र प्रभावमा राखेर त्यसले दिने न्यायमा हस्तक्षेप गर्नु हुँदैन ।
नेपाल–भारत खुला सीमाको कारण सीमा तस्कर एवम् अपराधी एक अर्काे देशमा लुक्ने र समस्या विवाद समाधान भएको छैन । दुवै देशको हितको लागि खुला सीमा नियमित गर्नुपर्ने हो, त्यो पनि भइरहेको छैन । दुई देशको सीमा व्यवस्थापन पनि भएको छैन । छाउपडी, बोक्सी, दहेजजस्ता अन्धविश्वासका कारण महिला र बालबालिकाको मृत्यु भइरहेको छ । त्यसबारे शासक दलका नेताहरूलाई कुनै चासो छैन । देश अझै साक्षर बनेको छैन । न त विकासशील देश नै बनेको छ । कृषिप्रधान देशमा कृषिमा नै आत्मनिर्भर बनेको छैन ।
अपराधीहरू बढ्दै छन् । महिला बेचबिखन अन्त्य भएको छैन । बालबालिका बेपत्ता पार्ने, हत्या, हिंसा र बलात्कारका घटना बारम्बार दोहोरिरहेको छ । देश र जनताका यी यावत समस्याबारे आवाज उठाउँदै आएको दल नेमकिपा हो । यी सबै कुरा नयाँ पुस्ताले बुझ्नुपर्ने हो । कसैको हल्ला र लहैलहैमा लागेर कुनै दलको पक्षमा लाग्नु र मतदान गर्नु बुद्धिमानी होइन । लहै लहैमा गएको मत कुनै दलको सिद्धान्तले भिजेको मत होइन । यस्तो मत कुनै पनि बेला, कुनै पनि समयमा अदलबदल भइरहन्छ । त्यस्तो मत न सिद्धान्तले भिजेको मत हो न त त्यो स्थिर नै रहन्छ । अतः हरेक पक्ष र सवालमा जनता सचेत र चनाखो हुनुपर्छ । नत्र देशको स्थिति अझ जटिल बन्न सक्नेछ ।
Leave a Reply