भर्खरै :

शान्ति निकेतन माविको ५६ औँ वार्षिकोत्सव कार्यक्रम

शान्ति निकेतन माविको ५६ औँ वार्षिकोत्सव कार्यक्रम

भक्तपुर, २९ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शान्ति निकेतन माविको ५६ औँ वार्षिकोत्सव कार्यक्रमको शुक्रबार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा उहाँले शिक्षामा गरेको लगानी कहिल्यै पनि खेर नजाने बताउँदै शान्ति निकेतन स्कूल भक्तपुरमा गुणस्तरीय शिक्षा प्रदान गर्ने सामुदायिक विद्यालयमध्ये एक हो भन्नुभयो ।
विद्यार्थीले आफू सफल हुन निरन्तर प्रयास गर्नुपर्ने उल्लेख गर्दै उहाँले असफलताबाट पाठ सिक्दै अगाडि बढ्नुपर्छ भन्नुभयो ।
विद्यार्थीले समय व्यवस्थापनमा विशेष जोड दिँदै पुस्तकालयमा गएर नयाँ–नयाँ विषय अध्ययनमा पनि जोड दिनुपर्ने बताउँदै उहाँले शिक्षा कसैले पनि चोरी गर्न नसक्ने अमूल्य धन भएको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विजयराम प्रजापतिले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने वार्षिकोत्सवको अवसरमा विद्यार्थी, शिक्षकलाई सम्मान र पुरस्कार वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *