भर्खरै :

बाल विकासको ३८ औँ वार्षिकोत्सव सम्पन्न

बाल विकासको ३८ औँ वार्षिकोत्सव सम्पन्न

भक्तपुर, २९ फागुन । बाल विकास सेकेन्डरी स्कूल भक्तपुरको ३८ औँ स्थापना दिवसको अवसरमा कक्षा ५ देखि १० सम्मको अर्थात् तेस्रो चरणको वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी शुक्रबार सम्पन्न भयो ।
वार्षिकोत्सवको अवसरमा विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज गोसाईले नयाँ पुस्तामा सही र गलत छुट्याउन सक्ने गुण तथा हल्लाको पछि दौड्न नहुने बताउनुभयो ।
उहाँले सार्वजनिक सम्पत्ति नास गर्नेहरू जतिसुकै ठु्लो पदमा पुगे पनि देशलाई कुनै फाइदा नपुग्ने धारणा राख्दै विद्यार्थीहरूमा देशको सार्वजनिक सम्पत्तिप्रति माया हुनुपर्ने बताउनुभयो ।
व्यावहारिक ज्ञानबिनाको किताबी ज्ञानले मानिसलाई कुनै पनि क्षेत्रमा सफल बन्न नदिने भएकोले विद्यालय र अभिभावकले नयाँ पुस्तालाई व्यावहारिक ज्ञान सिकाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
आफूमात्र ज्ञानी बन्न खोज्ने वा एक्लै अघि बढ्न खोज्ने प्रवृत्तिले मानिसलाई पतन बनाउने भएकोले विद्यार्थीहरूमा सामूहिक भावना हुनुपर्ने बताउँदै उहाँले विद्यार्थीहरूलाई स्वार्थी नबन र अग्रज तथा गुरुहरूप्रति कृतज्ञ बन्न सल्लाह दिनुभयो ।
खराब सङ्गतले भविष्य बर्बाद हुने भएकोले विद्यार्थीले आप्mनो सङ्गत सुधार्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रिन्सिपल गोसाईले अनुशासन नै सफलताको कडी भएको बताउँदै जीवनका जुन क्षेत्रमा लागे पनि असल, इमानदार र अनुशासित बन्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा शिक्षिका सीतालक्ष्मी प्रजापतिले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने शिक्षकहरू सूर्यबहादुर पञ्च, शङ्कर आचार्य, सृष्टि प्रधान तथा चिनियाँ भाषा शिक्षिका सोफियाले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा विद्यार्थी तथा शिक्षक÷शिक्षिकाहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *