नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
(खड्काजी र थापाजी फरक जिल्लाका भए पनि दुवै काठमाडौँको एउटै कलेजमा पढ्छन् । कलेजको चिया पसलमा दुई जनाबिच फागुन २१ गतेको चुनावबारे छलफल हुन्छ ।)
खड्काजी : चुनावमा नयाँ र पुराना पार्टीबारे पनि चर्चा चल्यो । यसलाई कसरी बुभ्mनु पर्ला ?
थापाजी : पनेपालको संविधानअनुसार सरकारमा प्रम, उपप्रम र मत्री भएका पार्टी, तिनका नेता र उम्मेदवारहरू सबै पुराना हुन् । अनुहारको अर्थ छैन ।
खड्काजी : नयाँ पार्टी र नयाँ पुस्ताका नेता र उम्मेदवार दाबी गरिएको के हो त ?
थापाजी : पुरानो पुँजीवादी विचारको पक्ष लिनेहरू नयाँ होइनन् । यसमा उमेरको ल्याकत राखिंदैन, नयाँ विचार समाजवादका पक्षधरहरू जुनसुकै उमेरका भए पनि नयाँ हुन् ।
खड्काजी : यसलाई अझ स्पष्ट पार्नु पर्ला कि ?
थापाजी : मानव समाज जङ्गली युग, दास युग, भूदास युग र सामन्ती युगलाई पार गर्दै अहिले अधिकांश देशमा पुँजीवादी युग छ । यतिबेला थोरै देशमात्र समाजवादतर्पm अघि बढ्दै छ ।
खड्काजी : के नेपालमा समाजवाद आउला ?
थापाजी : मानव समाजको विकासको सिलसिलाअनुसार एउटा युग पार गर्न पनि शताब्दी लाग्छ । अहिले पुँजीवादले आप्mनो आयु लम्ब्याउने थप कोसिस गर्दै छ । समाजवादबारे नेपाली जनता सचेत हँुंदै छन् ।
खड्काजी : के पुँजीवादको आयु अभैm लम्बिन्छ ?
थापाजी : नेपालका नयाँ र पुरानो पुस्ताले पुँजीवादी व्यवस्था, तिनका दल र उम्मेदवारहरूलाई समर्थन गरेसम्म पुँजीवादको आयु लम्बिने छ । पुँजीवादले व्यापक जनताको समस्या समाधान नगर्ने हुँदा अन्ततः पुँजीवादको अन्त्य र समाजवादको स्थापना हुनेछ ।
२०८२ फागुन २९ गते
Leave a Reply